Category: समाचार

  • यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

    यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

     

    पाल्पा

    बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको भन्दै बगनासकालीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरी प्रसाद पाठकले सामुदायिक स्वास्थ्य सुधारका लागि स्वास्थ्य संस्थासँगै नागरिकहरुको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । उपाध्यक्ष पाठकले भौतिक रुपले सम्पन्न स्वास्थ्य संस्थाहरुमा नियमितरूपमा जनशक्ति औषधी, औजार र उपकरण आपूर्ति गर्ने विषयमा गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, प्रवक्ता टिका बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिना, इन्जिनियर प्रमोद कुवर, निर्माण समितिका अध्यक्ष पोषकान्त बस्याल लगायतका वक्ताहरुले नागरिकको स्वास्थ्यलाई ख्याल राखी गाउँपालिकाले काम गर्नुपर्ने बताउनुभयो । यम्घामा वजेट व्यवस्थापन गर्ने अर्थ मन्त्रालयमा कार्यरत कर्मचारी तुल्सीराम बस्याल, निर्माण कार्यमा सहयोग गर्ने विभिन्न सहयोगी, निर्माण समिति लाई सम्मान गरिएको थियो ।

    चिर्तुङ्धारा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा प्रदान गर्ने ढुङ्गाना परिवारलाई सम्मान गरिएको थियो । जनसहभागिता सहित ४१ लाख,८१ हजार ९१७ रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य एकाई यम्घा र १ करोड ९० लाखको लागतमा स्वास्थ्य चौकी चुर्तुङ्धारा को भवन निर्माण गरिएको इन्जिनियर प्रमोद कुँवरले जानकारी गराउनुभयो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर चिदी, वडा न ं६ यम्घाका अध्यक्ष लक्ष्मीप्रसादले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

  • दीप  बोडिङमा एघारौँ दीप गायन तारा हुने

    दीप बोडिङमा एघारौँ दीप गायन तारा हुने

    फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा हुने

    माघ–२७, बुटवल ।
    पुरुषोत्तम पाण्डेय
    बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ ।

    विद्यालयले आज पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देहीक्षेत्रभित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

    कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका लागि १६६ वटा विद्यालयमा पत्राचार गरिएको र सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो एवम् अनलाइन पत्रिकामार्फत् रुपन्देहीका विद्यालयहरूलाई सूचना सम्प्रेषित गरिएको बताउनुभयो भने प्रतियोगितामा ५५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा रहेको बताउनुभयो ।

    त्यसैगरी दीप गायन तारा प्रतियोगिताको एघारौँ संस्करणका संयोजक बालकृष्ण पाठकले उपस्थित पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै दीप गायन तारा प्रतियोगिताका गतिविधिलाई छापा, मिडिया तथा अनलाइन पत्रिकामार्फत् समाचार प्रकाशन तथा प्रसारण गरिदिनु हुन अनुरोध गर्नुभएको थियो ।

    प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.समिति सदस्य वसन्तकुमार जोशी, कार्यक्रम सहसंयोजक श्याम बस्याल, प्रचारप्रसार उपसमिति संयोजक दिपकचन्द्र भुसाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमकोे सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रम मूल आयोजक समितिका सदस्यहरू कृष्ण भुसाल, विजया थापा, विजय सापकोटा, रेखा आचार्य, विन्देश्वर शाह लगायतले सहजीकरण गर्नुभएको थियो ।

    यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङ्गेनी गरी जम्मा १० जना प्रतियोगी विद्यार्थी दीप गायन तारा बनेका छन्् भने यस प्रतियोगिताका कतिपय विजेताहरूले हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा ख्याति कमाएका छन् ।

  • पाल्पामा मिडिया  साक्षरता  कार्यक्रम  सम्पन्न

    पाल्पामा मिडिया साक्षरता कार्यक्रम सम्पन्न

    पाल्पा । २ दिने मिडिया साक्षरता कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

    कार्यशालाको समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सञ्चारमाध्यमहरुले दिएका सूचनाबाट नागरिकहरु सुसुचित हुने भएकोले पत्रकारहरु निष्पक्ष भएर सूचना सम्प्रेषणमा लाग्नुपर्ने बताउनुभयो ।
    पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक–सामाजिक पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर रहने बताउनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष एवम् तानसेन वडा नं. ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले पाठक, दर्शक वा स्रोतामा मिडियाका काम र यसले प्रदान गर्ने सूचना–सामग्रीलाई मापन गर्ने र मूल्यांकन गर्ने क्षमता र साहस मिडिया साक्षरताले बढाउने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुंगा साबित हुने गरी विकास भइनसकेको बताउनुभयो । सहभागी पत्रकार दयाराज न्यौपानेले यो तालिम निकै फलदायी भएको बताउँदै आगामी दिनमा पनि यसप्रकारको तालिमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्काको संचालन र अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा चलेको थियो । तालिममा पाल्पा र गुल्मीका गरि ३० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यशालामा प्रशिक्षक शिरोमणी ढुङ्गाना र मन्जिमा ढकालले सहजीकरण गर्नुभएको थियो ।

     

  • चन्द्रकोट गाउँपालिकामा सार्वजनिक  सुनुवाइ   सम्पन्न

    चन्द्रकोट गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    माघ २५

    गाउँपालिका गुल्मीको आयोजनामा चालू आ.व. २०८०/०८१ को हाल सम्म संचालित योजना, कार्यक्रम तथा समग्र सार्वजनिक सेवा प्रवाहको बारेमा नागरिकको प्रश्न, गुनासो तथा सुझाव प्राप्त गर्दै आवश्यक सम्बोधनका लागि सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न संघ संस्था निकायका व्यक्तित्वहरू लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालले हाल सम्म भए गरेका कामका बारेमा प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको थियो। कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रूपमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत रहनुभएको थियो भने सहजीकरण पत्रकार टोपलाल अर्याल, डिबि खड्का तथा महेश बोहोराले गर्नुभएको थियो।

  • पाल्पा र गुल्मीका पत्रकारका लागि मिडिया साक्षरता कार्यशाला सुरू

    पाल्पा र गुल्मीका पत्रकारका लागि मिडिया साक्षरता कार्यशाला सुरू

    पाल्पा । पाल्पा र गुल्मीका पत्रकारहरुका लागि मिडिया सारक्षरता कार्यक्रम बुधवारबाट तानसेनमा सुरू भएको छ ।
    लुम्विनी प्रदेश सरकार, गृह मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समिमिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

    मिडिया साक्षरता कार्यशालामा प्रशिक्षक शिरोमणी ढुङ्गाना र मन्जिमा ढकालले सहजीकरण गर्नुभएको छ । कार्यशालाको उद्घाटन कार्यक्रम महासंघका लुम्विनी प्रदेश सदस्य भुवन कार्कीको अध्यक्षता, पाल्पा जिल्ला अध्यक्ष रेखीराम रानाको स्वागत र प्रदेश सदस्य प्रेमनारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

    कार्यशाला बिहीवारसम्म चल्नेछ । कार्यशालामा पाल्पा र गुल्मीका गरी ३० जना बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

  • रुरुक्षेत्र गाउँपालिकाको स्थानिय पाठ्यक्रमको पाठ्य पुस्तक बिमोचन

    रुरुक्षेत्र गाउँपालिकाको स्थानिय पाठ्यक्रमको पाठ्य पुस्तक बिमोचन

    माघ २४

    रुरुक्षेत्र गाउँपालिका गुल्मीले स्थानिय पाठ्यक्रमको पुस्तक बिमोचन गरेको छ ।
    कक्षा १ देखि ५ सम्मको स्थानिय पाठ्यक्रमको बिध्यार्थीले पढ्ने “रुरुक्षेत्र कृषि पर्यटन र संस्कृति” नामको किताब हिजो एक समारोहका बिच बिमोचन गरिएको हो ।

    “रुरुक्षेत्र कृषि पर्यटन र संस्कृति” किताबमा ७ वटा इकाई रहेका छन । जसमा रुरुक्षेत्र गाउँपालिकाको परिचय, हाम्रो गाउँपालिकाको कृषि बाली, पशुपंक्षी तथा माछा मौरी पालन,हाम्रो गाउँपालिकाको पर्यटन,हाम्रो गाउँपालिकाको संस्कृती, नैतिक शिक्षा सदाचार र कर्तब्य र श्रम प्रतीको सम्मान रहेका छन ।

    २०७७ साल देखि पाठ्यक्रम र पुस्तकको तयारिमा लागेको गाउँपालिकाले, शैक्षिक सत्र २०८० बाट एक सय पूणाङ्कको कक्षा १-३, १ सय ६० पाठ्य घण्टा र ४-५ , १ सय २८ पाठ्य घण्टा, किताब बिनै स्थानिय पाठ्यक्रमका आधारमा अध्यापन सुरु गरेको थियो ।

    पुस्तक बिमोचन गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, शिक्षा तथा सामाजिक बिकास समिती संयोजक शेषनारायण पौडेल, पुस्तक लेखन समिती संयोजक रमेश प्रसाद ज्ञवाली र जनबोध माध्यमिक बिधालयको कक्षा १ मा अध्ययनरत बिद्यार्थी अनिसा कुंवरले गर्नुभएको थियो ।

    पाठ्यपुस्तक रमेश प्रसाद ज्ञवाली संयोजक, रोहित प्रसाद भण्डारी, महेन्द्र प्रसाद गौतम,नारायण ज्ञवाली, राम प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद गौतम, नारायण ज्ञवाली , मिन प्रसाद ज्ञवाली , शान्ती पाण्डेय ज्ञवाली, सदस्य रहेको समूहले तयार पारेको हो ।

    बिमोचन कार्यक्रममा अध्यक्ष ज्ञवालीले पाठ्यपुस्तकले शिक्षण सिकाई कृयाकलापमा सकारात्मक भुमिका खेल्ने बताउनुभयो । उहाले पाठ्यक्रम र पुस्तक निर्माण गर्ने सबैलाई धन्यबाद व्यक्त गर्नुभयो ।

    उपाध्यक्ष मिनादेवी गौतम,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे,सामाजिक बिकास समिती संयोजक एवम् वडा नं ३ का वडा अध्यक्ष शेषनारायण पौडेल,सबै राजनैतिक दलको प्रतिनिधित्व गरेर नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी अध्यक्ष फर्शुराम ज्ञवाली,संघसस्थाको तर्फबाट जनज्योति माबि रिमुवाका प्रधानाध्यापक भुवनेश्वर भुसाल,पुस्तक लेखन समिती सदस्य शान्ती पाण्डे ज्ञवालीले सुभकामना ब्यक्त गर्नु भएको थियो ।

  • रुरु क्षेत्रमा  रक्तदान कार्यक्रम सम्पन्न

    रुरु क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  रिडी  माघ  २३

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रुरु फेन्ड्स क्लब रिडी गुल्मीको आयोजना तथा रुरु जनसेवा पोलिकिल्निक रिडीको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमलाई सफल पार्न भने नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीले प्राबिधिक सहयोग गरेको हो।
    रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क. कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियो । नवराज बि.क. ले कार्यक्रममा यो सेवा मुलक कार्यक्रम नियमित गर्न पर्ने भएकोले हरेकले समय अनुसार रक्तदान पुन्य पनि हुने र सरिर लाई कुनै पनि किसिमको असर नहुने हुँदा आउँदा दिनहरुपनि यो कार्यक्रम यस क्षेत्रमा सन्चालन गर्न कार्यक्रम आयोजक तथा स आयोजक लाई आग्रह गर्नु भयो।
    यस्तै सहआयोक बनेको क्लिनिकका डा बिकास पन्थिले रक्तदान गर्दा शरीरमा फाइदा हुने अन्य बिरामीको लागि रक्षा हुनेरक्त सन्चार प्रभावकारी हुने हुँदा यस्तो कार्यक्रम ३ महिनामा १ पटकहुन आवस्यक रहेको बताउदै आगामी दिनमा पनि सबैको सहयोग भएमा आफ्नो टिमले गर्ने प्रतिबद्धता जायर गर्नु भयो।
    यस्तै कार्यक्रममा जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष सिल्वाले आफ्ना भनाइ राख्दै आफ्नो टिम नै दैनिक यस सेवा मुलक कार्यमा लागेको र यस्तै कार्यमा सबै लाई जोडिन आग्रह गर्नु भएको थियो। उहाँ ले यस्ता कार्यक्रममले धेरै अस्पतालमा बिरामीको ज्यान बचाउन सफल भएकोले नियमित यो अभियान सन्चालन गरिएको बताउनु भयो।

    उत्घाटन सत्रमा जनप्रतिनिधि , राजनितिक दल , सुरक्षा निकाय , महिला समुह , बौद्धिक ब्यक्तिहरु, शिक्षाप्रेमि , उधोग बाणिज्य संघ , ब्यापारी , बैंकका कर्मचारी सामाजिक अभियानताहरु लगायतको आतिथित्यता रहेको थियो कार्यक्रमको सन्चालन चिरञ्जीवी ज्ञवालीले गर्नु भएको थियो। कार्यक्रममा ६० जनाले ६० पोका बल्ड दान गरेका थिए उक्त रगत बलड बैंक बुटवलमा रहने प्राबिधिक टोलिले जानकारी दिएको छ।

  • सामाग्री  वितरण  गर्दै  अध्यक्ष  ज्ञवालीले कृषक लाई  अगाडी  बढाउन  सहयोग  गर्ने प्रतिबद्धता

    सामाग्री वितरण गर्दै अध्यक्ष ज्ञवालीले कृषक लाई अगाडी बढाउन सहयोग गर्ने प्रतिबद्धता

      चुरामणि  तिमिल्सिना   माघ  १९

    रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वितरण कार्यक्रममा अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँमा अधिकांश मानिसहरु किसान भएकाले कृषिबाट नै आयआर्जन वृद्धि गर्न सफल भएकोले कृषि क्षेत्रमा गाउँपालिकाले लगानी गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।


    कार्यक्रममा उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडाध्यक्ष घनश्याम अर्याल, पशु विकास अधिकृत अमित ज्ञवाली, कृषि अधिकृत प्रकृती ज्ञवाली वडा सचिव, जन प्रतिनिधि तथा किसान बर्गको सहभागीता रहेको थियो । यो कार्यक्रम बिगतमा पनि सन्चालन गरिएकोले अहिले पनि निरन्तर गरिएको कृषि अधिकृत प्रकृति ज्ञवालीले बताउनु भयो।
    यता गाउँलाई कृषि बाट नै अगाडी बढाउन र युवाहरु लाई गाउँमानै कृषि गर्न सहयोग पुर्याउन सिङ्गो गाउँपालिका लागिरहेको पालिका उपाध्यक्ष मिना देवि गौतम बताउनु हुन्छ । कार्यक्रममा सहभागीता जनाउदै अधिकृत पाण्डेले युवाहरु लाई बिदेश हैन नेपालमा मै राज्यले विभिन्न सिपमुलक तालिम कृषि फम ठुला ठुला कृषि उधोगहरु तथा आधुनिक प्रबिधि सहित कृषि गर्न सकेमा मात्र कृषि क्षेत्रमा सिङ्गो राज्यले नै फडको मार्ने धारणा ब्यक्त गर्नुभयो अहिले रुरुका धेरै स्थानमा आलुको कार्यक्रम समेत चलिरहेको छ ।

  • कृषि समुहलाई उपकरण वितरण गर्दै अन्तरक्रिया गरियो

    चुरामणि  तिमिल्सिना माघ  १९

    रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वितरण कार्यक्रममा अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँमा अधिकांश मानिसहरु किसान भएकाले कृषिबाट नै आयआर्जन वृद्धि गर्न सफल भएकोले कृषि क्षेत्रमा गाउँपालिकाले लगानी गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

    कार्यक्रममा उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडाध्यक्ष घनश्याम अर्याल, पशु विकास अधिकृत अमित ज्ञवाली, कृषि अधिकृत प्रकृती ज्ञवाली वडा सचिव, जन प्रतिनिधि तथा किसान बर्गको सहभागीता रहेको थियो । यो कार्यक्रम बिगतमा पनि सन्चालन गरिएकोले अहिले पनि निरन्तर गरिएको कृषि अधिकृत प्रकृति ज्ञवालीले बताउनु भयो।
    यता गाउँलाई कृषि बाट नै अगाडी बढाउन र युवाहरु लाई गाउँमानै कृषि गर्न सहयोग पुर्याउन सिङ्गो गाउँपालिका लागिरहेको पालिका उपाध्यक्ष मिना देवि गौतम बताउनु हुन्छ ।

    कार्यक्रममा सहभागीता जनाउदै अधिकृत पाण्डेले युवाहरु लाई बिदेश हैन नेपालमा मै राज्यले विभिन्न सिपमुलक तालिम कृषि फम ठुला ठुला कृषि उधोगहरु तथा आधुनिक प्रबिधि सहित कृषि गर्न सकेमा मात्र कृषि क्षेत्रमा सिङ्गो राज्यले नै फडको मार्ने धारणा ब्यक्त गर्नुभयो अहिले रुरुका धेरै स्थानमा आलुको कार्यक्रम समेत चलिरहेको छ ।

  • शारदा माध्यमिक विद्यालयमा गायन र नृत्य तारा सम्पन्न

    शारदा माध्यमिक विद्यालयमा गायन र नृत्य तारा सम्पन्न

    श्रीराम गौतम  गुल्मी  माघ १९

    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं १ मा अवस्थित चन्द्रकोट क्षेत्रकै शैक्षिक धरोहरका रुपमा रहेको शारदा माध्यमिक विद्यालयमा आज माघ १९ गते “शैक्षिक गुणस्तर वृद्धि वर्ष २०८०” लाई भव्य रुपमा सफल पार्नका लागि शुक्रबार सरिय कार्यक्रम अन्तर्गत “शारदा तारा” तर्फका शारदा गायन तारा र शारदा नृत्य ताराको तेस्रो चरणको कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयका सहायक प्रधानाध्यापक लालबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायन अन्तर्गत १२ र नृत्य तरफ ११ गरी जम्मा २३ जनाको सहभागिता रहेको थियो।

    । विद्यार्थीहरु किताबी ज्ञानमा मात्रै सीमित नभई कला साहित्य तर्फ पनि सक्षम बनुन भन्ने उद्देश्यले यस विद्यालयमा विगत ७ वर्ष यता शारदा तारा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र यस्ता कार्यक्रमले विद्यार्थीमा अपेक्षित उपलब्धि भइरहेको र आगामी दिनमा थप परिष्कृत र परिमार्जन गर्दै जानुपर्ने समापन सत्रमा बोल्दै बिद्यालयका सहायक प्रधानाध्यापक रानाले बताउनु भयो । बिद्यालयका शिक्षक र सम्पूर्ण विद्यार्थीको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्ययनरत विद्यार्थी एलिश्मा वि. कले गर्नुभएको हो ।