चुरामणि तिमिल्सिना माघ २९
गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा कृषक तथा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/८२ को निति तथा कार्यक्रमका लागि अन्तक्रिया कार्यक्रम गरिएको हो । रुरुक्षेत्र गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय कृषि तथा पशुविकास शाखा बलेटक्सार गुल्मीको आयोजनामा कार्यक्रम गरिएको हो। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पुर्व विशेष अधिकार समितिका सभापति कमल राज श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व माननिय श्रेष्ठले गाउँको जिवनस्तर उकास्नका लागि कृषि नै मुख्य पेसा भएकोले कृषि लगातार गर्नुपर्ने ,जग्गाको छनोट गरि कृषि गर्नुपर्ने , भुगोल छनोट गर्नुपर्ने ,समाज र परिवेश अनुसार कार्यक्रम छनोट हुनुपर्ने ,ब्यवसायिक खेति गरिनुपर्ने, अनुदान वितरण गर्दा अनुगमन गरेर मात्र वितरण गर्नु पर्ने जोड दिनुभयो।
यस्तै कार्यक्रममा पालिका उपाध्यक्ष मिना देवि गौतम , पुर्व अध्यक्ष निलकण्ठ गौतम वडा न २ का वडा अध्यक्ष घनश्याम अर्याल , वडा न ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ तथा वडा सदस्यहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा किसानहरुले अनुदान दिदा उत्पादनमा आधारित दिनु पर्ने , मल बिउ किटनासक औषधिको केन्द्र तोकेर बितरण केन्द्रको माग , हाट बजार , सहकारीको अवधाराणा , हरेक कृषिमा अनुदान ,कुलो सिचाइको आभाव, मेसेनरि सामाग्रीको अभाव ,किसान लागि प्रोत्साहन कार्यक्रम , प्राविधिक टोलि स्थानिय वडामा नपुग्नु अनुगमनमा कमि , उत्पादन भएका सामाग्री पालिकाले दर रेट तोक्नु पर्नु , कृतिम गर्भधारण गर्दा दक्ष प्राविधिक हुनुपर्ने ,तालिम आवस्यक जस्ता महत्त्व पुर्ण सुझाव किसानले पालिका लाई प्रदान गरेका थिए।
यस्तै किसानहरु लाई बिषादि प्रयोग गर्ने ,तरिकाका लागि प्रशिक्षण दिनुपर्ने , आवस्यक रहेको किसान्ले कार्यक्रममा उठाएका थिए । कार्यक्रममा पुर्व पालिका अध्यक्ष गौतमले ग्रामीण भेगमा भएका रैथानि बालि लाई संरक्षण गरिनु पर्ने , अनुदान मुखि किसान हुँदा हुन नहुने , उत्पादन भएको बस्तु लाई बजारीकरण गर्न पनि आग्रह गर्नु भयो।यस्तै उहाँले हरेक वडामा पकेट क्षेत्रलाई निरन्तरता दिन आवस्यक पनि रहेकोले पालिकाले कार्यक्रम अगाडी बढाएको बताउनु भयो।
कार्यक्रममा उपाध्यक्ष गौतमले हरेक किसानहरु पालिकाले प्रदान गरेका हरेक अनुदानलाई सहि सदुपयोग गर्नु पर्ने किसानका हरेक समस्या लाई प्राविधिक सित जोडन आग्रह गर्नु भयो।
कार्यक्रम समापन गर्दै अध्यक्ष ज्ञवालीले नीति कार्यक्रम बनाउदा कृषकका समस्या लाई समाबेश गरिने , उत्पादन लाई वृद्धि गर्ने , किसान का घर दैलोमा पुगेर सकारात्मक बिचारहरु प्रवाह गर्ने , साना किसान देखि ठुला किसान लाई पालिकाले सम्बोधन गर्ने , अनुदानको भरमा सधैभरि कार्यक्रम गर्न नसकिने, कृषक लाई सम्मानित पेसा बनाउने , किसानका हरेक कार्यक्रमलाई अनुगमन गरिने हरेक ब्य्वसायि ब्यवस्थाप गदै पालिकाले अगाडी बढाउने बताउनु भयो उहाँ केही समय पछी किसानको हितका लागि रुरु कृषि परियोजना अगाडी बढाउने योजना पनि अगाडी बढेको बताउनु भयो । कार्यक्रममा पशुशाखा प्रमुख अमित ज्ञवाली ले कार्यलयले गरेका काम कामका विषयमा जान्कारि गराउनु भएको थियो। कार्यक्रमलाई सहजीकरण कृषि शाखाकी अधिकृत प्रकृति ज्ञवाली र दामोदर ज्ञवालीले गर्नु भएको थियो।