Category: समाचार

  • कालीगण्डकी  २ कोटाकोटमा  नवाहा महायज्ञहुँदै

    कालीगण्डकी २ कोटाकोटमा नवाहा महायज्ञहुँदै

    चुरामणि तिमिल्सिना   असोज   २६

    स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा २ मा अवस्थित नवनिर्मित दुर्गा पाञ्चायनको उत्घाटन मुर्ती प्राण प्रतिष्ठा कार्यक्रम तथा देविभागबत महापुरण कार्यक्रमको आयोजना हुँदै छ । यस्को निम्ति यहाँहरु लाई हार्दिक निमन्त्रणा गर्दछौ ।

    २०८० साल असोज २८ देखि कार्तिक ६ गते सम्म रहने आयोजकले जानकारी गराएको छ। धार्मिक क्षेत्रको प्रचारप्रसार गर्न र सनातन धर्मको संरक्षण गर्न्को लागि नवाहा महायज्ञको आयोजना गरिएको हो। गाउँमै जन्मिएर हुर्केका आचार्य पण्डित भरत पाण्डे ज्यूले कथा प्रवचन गर्ने कार्यक्रम रहेको मुल समितिका अध्यक्ष युगराज पाण्डेले बताउनु भयो ।कार्यक्रममा बिहान दिउस र साझ राष्टिय कलाका हरुको बेजोड प्रस्तुति रहने र लिलामय कथा बाचन समेत हुने समाचारमा उल्लेख्य गरिएको छ । पछील्लो समय  धार्मिक  क्षेत्रमा  पर्यटन  प्रवधन  गर्न कार्यक्रमले थप सफलता  प्राप्त  हुने स्थानीयले बताएका  छन

  • गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

    गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

    गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै
    भुवन भुसाल, गुल्मी

    भनिन्छ ठूलो र पवित्र उद्देश्य भएको मान्छेलाई केहिले छेक्दैन । त्यहीँ फराकिलो हृदय भएका कर्मठ युवा हुन ३६ वर्षिय हिमाल गौतम । गौतमलाई सबैले चिन्दैनन तर दिनदुखी गरिव र असहायहरुले भने चिन्ने मात्रै होईन उनको दिर्घायुको समेत कामना गर्दछन कारण को उनको सामाजिक कर्म । हिमालले नेपालका हरेक बिपत्तिमा आफ्नो गाँस काटेर, हरेक असहायको दुखमा आफ्नो खर्च बचाएर सहयोग पठाउँदै आएका छन ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ को भञ्ज्याङ् मा बुवा स्वर्गीय चिन्तामणी गौतम र माता दिल कुमारी गौतमको कोखबाट २०४३ साल पुष ३ गते जन्मलिएका हिमालले व्याचलर सम्मको अध्ययन गरेका छन । देशमा सुनौलो अवसर नपाएपछी उनी सन २००७ मा बैदेशिक रोजगारिका निम्ति कतार पुगे । अझै सुनौलो अवसर पछ्याउँदै सन २०११ मा दुबै पुगेका उनी २०१५ देखि पपुवान्युगिनी लाई कर्मथलो बनाईरहेका छन ।

    ग्रामिण दुख राम्रो संग भोगेका र देखेका हिमाल भञ्ज्याङ् को खोँचमा जन्मिएको पिपल जस्तै हुन ।

    आफ्नो व्यक्तिगत जिवनलाई व्यवस्थित बनाउँदै सामाजिक कर्ममा कृयाशिल उनी त्यहाँ रहेका नेपालीका दुखमा मल्हम समेत बन्दै आएको सोही ठाउँमा बस्ने सन्तोष खत्रीले बताए । “हिमाल दाई परिवारको मात्रै छोरा होईन वहाँ त वास्तविक देशको सपूत हो, कसैको दुख देख्न सक्नुहुन्न सहयोग गरिहाल्नुहुन्छ” सन्तोषले भने । त्यहाँ मात्रै होईन हिमालले नेपालमा २०७२ सालको भुकम्प र कोभिडकालमा समेत राहत र स्वास्थ्य सामाग्री पठाएर जन्मथलोको गुन तिरेका थिए ।

    NRNA NCC पपुवान्युगिनीको एक कार्यकाल युवा संयोजक बनेर काम गरेका सामाजिक कर्ममा रमाउने हिमालले एक कार्यकाल महा सचिव हुँदै हाल त्यहीँको वरिष्ठ उपाध्यक्ष पदमा काम गरिरहेका छन । यहीँ अक्टोबर १७ देखि २० सम्म काठमाडौमा सम्पन्न हुन लागेको एन आर एन ए अन्तरास्ट्रिय समन्वय परिषदको अधिवेशनमा उनी रिजनल उपसंयोजक पदमा भिड्न लागेका छन । “म अध्यात्ममा बिष्वास गर्ने व्यक्ती हुँ, धर्मशास्त्र गितालाई आत्मसाथ गर्छु, निस्काम कर्म भन्छन नि हो त्यहीँ काम गर्दै जाँदा धेरैको सल्लाह बमोजिम उम्मेद्बारी दिने सोंच बनाएको हुँ आगे मेरो कर्मको फल जे छ त्यहीँ आउला, संस्था बलियो हुनुपर्यो म केही होईन” हामी संगको फोनमा हिमालले भने ।

    काठमाडौमा सम्पन्न हुने अधिवेशनले एनआरएनएनए को अस्ट्रेलिया, पपुवान्युगिनी,न्युजिल्यान्ड, लगायत ३६ राष्ट्रको अन्तरास्ट्रिय समन्वय परिषदको चयन गर्नेछ । यसको कार्यकाल २०२५ सम्म रहनेछ ।

  • गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ

    गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ

    गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ ।
    कालिदास आत्रेय
    असौज २२

    गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरिखुट्टामा गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले एक कार्यक्रमका बिच हिजो शिलान्यास गर्नु भएको छ। छत्रकोट गाउँपालिकाको सबै वडाका प्रत्येक वडा कार्यालय सम्म कालोपत्रे बाटो पुर्याउने नीति अनुरुप उक्त बाटो कालोपत्रे गर्ने कामको सुरुवात गरिएको हो। कुल १ करोड ९९ लाख ०४ हजार ४३४ रुपैयाँको लागतमा गैरिखुट्टा देखि १ किलोमीटर बाटो कालोपत्रे गर्नको लागि प्रतीक्षा निर्माण सेवा र छत्रकोट गाउँपालिका विच भएको सम्झौता अनुसार आगामी २०८१ को जेठ ३० गते सम्ममा काम सम्पन्न गरिने भएको छ। छत्रकोट गाउँपालिकाको विकट मानिने दौघामा बाटो पिच हुनेभए पछि स्थानीयहरु अत्यन्तै हर्षित बनेका छन ।

    छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघाका वडा अध्यक्ष नारायण रेस्मीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे रहनु भएको थियोे । त्यसैगरि बिशिस्ट अतिथिमा वडा नम्बर ३ का वडा अध्यक्ष तेजकान्त अर्याल , वडा नम्बर ५ का वडाअध्यक्ष राम प्रसाद कंडेल , कार्यपालिका सदस्यहरु कमला ज्ञवाली, राम बहादुर वि क , चन्द्रबहादुर नेपाली लगायत रहनुभएको थियोे ।

    ठाकुर ज्ञवालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली, प्रमुख अतिथी पाण्डे र सभापति नारायण रेस्मीले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेले आफुहरुको कार्यकाल भित्रै दौघाको वडा कार्यालय सम्म पिच बाटो पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थि

  • गुल्मीको रुरुमा पर्वलाई  लक्षित गर्दै यात्रु  सहायता कक्षको  स्थापना

    गुल्मीको रुरुमा पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्षको स्थापना

    चुरामणि   तिमिल्सिना  असोज २१

    गुल्मीको रिडी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको सहकार्यमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ।

    यात्रुहरु लाई सेवा सुबिधा दिन, कुनैपनि सामाग्रीहरु गन्तव्यतर्फ पुर्याउन भाडादर चेकजाँच, गुनासा सुनुवाइ जस्ता कार्यलाई सहजता पुर्याउन यो अभियानलाई अगाडी सारीएको ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बि.कले पर्वहरुमा यात्रुको चाप बढ्ने, यात्रु अलपत्र हुने यात्रुका हरेक समस्या हुने हुँदा यो अत्यन्त आवस्यक भएको बताउदै अभियानलाई सफल पार्न वडाले पनि हातेमालो गर्ने प्रतिबद्धता जायर गर्नुभयो । यस्तै कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी सामाजिक अभियन्ताहरु, महिला समुह युवा क्लब पत्रकार व्यापारी बुद्दिजिवी राजनैतिक दल लगायतको सहभागीता रहेको थियो।

  • पर्व लाई   लक्षित  गर्दै  गुल्मीको  रिडीमा यात्रु  सहायताको स्थापना

    पर्व लाई लक्षित गर्दै गुल्मीको रिडीमा यात्रु सहायताको स्थापना

    चुरामणि  तिमिल्सिना   असोज  २१

    गुल्मीको रिडी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको सहकार्यमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ।

    यात्रुहरु लाई सेवा सुबिधा दिन, कुनैपनि सामाग्रीहरु गन्तव्यतर्फ पुर्याउन भाडादर चेकजाँच, गुनासा सुनुवाइ जस्ता कार्यलाई सहजता पुर्याउन यो अभियानलाई अगाडी सारीएको ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बि.कले पर्वहरुमा यात्रुको चाप बढ्ने, यात्रु अलपत्र हुने यात्रुका हरेक समस्या हुने हुँदा यो अत्यन्त आवस्यक भएको बताउदै अभियानलाई सफल पार्न वडाले पनि हातेमालो गर्ने प्रतिबद्धता जायर गर्नुभयो । यस्तै कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी सामाजिक अभियन्ताहरु, महिला समुह युवा क्लब पत्रकार व्यापारी बुद्दिजिवी राजनैतिक दल लगायतको सहभागीता रहेको थियो।

  • आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप

    आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप

    आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप ।
    असोज २१

    आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप भएको छ । आज माइतीघर मण्डलबाट नयाँ बानेश्वर जाने क्रममा प्रहरीले बाटो रोक्न खोजेपछि झडप भएको हो।

    संघीय निजामती सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

    स्थानीय तह कर्मचारी संघर्ष केन्द्रीय तदर्थ समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरेको हो।

    समितिले ८ दिनदेखि दवावमूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यकभन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौं आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेका छन्।

  • रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने

    रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने

    रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने ।
    असोज २१

    रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने भएको छ । पालिकाले एकिकृत घुम्ति शिविर मार्फत सबै वडामा पुगेर पालिकाको सेवा दिने गाउँपालिकाअध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।

    शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका काम गरिनेछ ।

    पालिकाले यस वर्ष असोज मसान्तभित्रै योजनाहरुको सम्झौंता गरेर समयमै फरफारक हुने गरी काम गर्ने योजना बनाएको उपाध्यक्ष युवराज थापाले बताउनुभयो ।

    शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका साना तिना कामको लागि पालिकामा दुख पाउन नपरोस भनेर वडा र वस्तीमै पुगेर सेवा दिन थालिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।

    शिविर वडा नं.१ को सिद्धेश्वरबाट २१ गते सुरुभई ३० गते वडा नं. ८ को सत्यवतीमा समापन हुनेछ ।

  • आज बाट  उपत्यका सहित देशभर ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

    आज बाट उपत्यका सहित देशभर ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

    आजदेखी   सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ ।
    -काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने । जनाइएको छ ।

    -राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् ।

    -सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

    -साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

    -दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

  • इजरायलमा आतंकवादी हमला, नौ जना नेपाली घाइते दुई जनाको अवस्था गम्भीर

    इजरायलमा आतंकवादी हमला, नौ जना नेपाली घाइते दुई जनाको अवस्था गम्भीर

    इजरायलमा आतंकवादी हमला, नौ जना नेपाली घाइते दुई जनाको अवस्था गम्भीर ।

    असोज २१
    प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    इजरायलमा रहेको नेपाली दूतावासले आक्रमण भएको क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।

    नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग समन्वय गरिरहेको बताएको छ । दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षा उपायहरू पालना गर्न भनेको छ ।

    नेपाल सरकारले इजरायलमा हिजो भएको आतंकवादी हमलाको घोर भत्सर्ना गरेको छ । इजरायलका नागरिक र सरकारका साथै यस निर्मम हमलाका पीडितहरू साथै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरिएको मन्त्रालयले जनाएको छ ।

    हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाको दाबी छ ।