पर्व लाई लक्षित गर्दै गुल्मीको रिडीमा यात्रु सहायताको स्थापना

चुरामणि  तिमिल्सिना   असोज  २१

गुल्मीको रिडी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको सहकार्यमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको छ।


यात्रुहरु लाई सेवा सुबिधा दिन, कुनैपनि सामाग्रीहरु गन्तव्यतर्फ पुर्याउन भाडादर चेकजाँच, गुनासा सुनुवाइ जस्ता कार्यलाई सहजता पुर्याउन यो अभियानलाई अगाडी सारीएको ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बि.कले पर्वहरुमा यात्रुको चाप बढ्ने, यात्रु अलपत्र हुने यात्रुका हरेक समस्या हुने हुँदा यो अत्यन्त आवस्यक भएको बताउदै अभियानलाई सफल पार्न वडाले पनि हातेमालो गर्ने प्रतिबद्धता जायर गर्नुभयो । यस्तै कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी सामाजिक अभियन्ताहरु, महिला समुह युवा क्लब पत्रकार व्यापारी बुद्दिजिवी राजनैतिक दल लगायतको सहभागीता रहेको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102