Category: समाचार

  • रुरुक्षेत्र गाउँपालिकाको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता सम्पन्न, प्रदेश र संघ बाट धेरै बजेट ल्याएको सांसद पाण्डेयको दाबी

    रुरुक्षेत्र गाउँपालिकाको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता सम्पन्न, प्रदेश र संघ बाट धेरै बजेट ल्याएको सांसद पाण्डेयको दाबी

    रुरुक्षेत्र गाउँपालिकाको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता सम्पन्न, प्रदेश र संघ बाट धेरै बजेट ल्याएको सांसद पाण्डेयको दाबी ।
    भदौ १३
    रुरुक्षेत्र गाउँपालिका

    गुल्मी क्षेत्र नम्बर १ “क” का प्रदेश सांसद टिकाराम पाण्डेयले ३ तहको सरकार मध्ये स्थानिय तह सरकार स्थाइ भएको बताउनु भएको छ । नागरिकसंग प्रतक्ष जोडिएको सरकार भएकोले यसको भुमिका दैनिकी संग जोडिएको पनि बताउनु भयो । प्रदेश सरकार अधिकार बिहिन भएकोले केही गर्न सक्ने अवस्थामा नरहेको समेत बताउनु भयो । उहाले रुरुक्षेत्र गाउँपालिका गुल्मीको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता कार्यक्रम उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । रुरुक्षेत्र गाउँपालिकाले गुल्मीका अन्य पालिकाको तुलनामा प्रदेश र संघ बाट धेरै बजेट ल्याएकोमा गाउँपालिका अध्यक्ष यदु ज्ञववालीको प्रसंसा समेत गर्नु भयो ।

    कार्यक्रमका बिशिष्ठ अतिथी जिल्ला समन्वय समितिका अध्यक्ष द्रोण बहादुर खत्रीले रुरुक्षेत्र गाउँपालिकाले उत्पादनमा जोड दिनु पर्ने र त्यसमा पनि रुरुकै पहिचान बनेको उखु उत्पादनलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भयो । उहाले कार्यसम्पादन करार संझौता, सेवाप्रवाहमा सेवाग्राहीले अनुभुती गर्ने गरि कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञववालीले सबैै योजनाहरु असोज महिना भित्र संझौता र टेण्डर प्रक्रिया सक्ने बताउनुु भयो । उहाले अनुगमनलाई प्रभाबकारी बनाउने सेवाप्रवाहमा अब्बल बन्न सबै आआफ्नो ठाउँबाट लागिपर्नु पर्ने बताउनु भयो ।

    गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले प्रतिबद्धता र करार सफल कार्यान्वयनको लागि जोड दिनु भएको थियो ।

    बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता कार्यक्रम गाउँपालिकाको सभाहल रानिबासमा बुधबार सम्पन्न भएको हो ।

    कार्यक्रममा गत आर्थिक बर्ष २०७९ /८० को कुल बजेट ६२ करोड १० लाख ७४ हजार ४ सय ९ रुपैयाको आय ब्याय तथा कुल ८४.४८ प्रतिशत बित्तिय प्रगती प्रतिवेदना सार्वजनिक गरिएको थियो । जसमा चालु तर्फ ८७. १ प्रतिशत र पूँजिगत तर्फ ८०.४५ प्रतिशत बित्तिय प्रगती उल्यख गरिएको छ ।

    कार्यक्रममा बिभिन्न शाखा र ६ वटै वडाको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेय र प्रमुख प्रशासकिय अधिकृत पाण्डेयले शाखा प्रमुखहरुलाई बार्षिक कार्यसम्पादन करार गराउनु भएको थियो । अब देखि सोहि करार अनुसार मुस्कान सहित बिनाझन्झट कार्यसम्पादन र सेवाप्रवाह हुने प्रमुख प्रशासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।

    योजना तथा अनुगमन शाखाका रुद्रहरी पुरीले ३ सय ३१ योजना मध्ये ३ सय २६ सम्पन्न भएकको ४ वटा बहुबर्षिय रहेको र एउटा ययोजना असफल भएको प्रतिबेदन प्रस्तुत गर्नु भयो ।

    पूर्वाधार बिकास शाखाका मिलन श्रेष्ठले सडक, भवन, खानेपानी लगायतका योजनाको रिपोर्ट दिदै सानो रकमका योजनाले झन्झट मत्रै थपेको उल्ययख गर्नु भययो ।

    स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले स्वास्थ्य क्षेत्रको प्रतिबेदन प्रस्तुत गर्दै बिभिन्न समयमा पालिकाले संचालन गरेका शिबिर निकै प्रभाबकारी रहेको उल्यख गर्नु भयो ।

    शिक्षा शाखा प्रमुख झबिलाल बिकले शैक्षिक प्रतिबेदन प्रस्तुत गदै, सामुदायिक बिद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिशप्रधा बाट नियुक्त गर्ने कार्यबिधी तयार भई निर्णयको लागि छलफलमा रहेको बताउनु भयो । नितिगत समस्याको कारण पालिका भित्रका ३ वटा क्यम्पसले गालिकाको अनुदान प्राप्त गर्न नसकेको पनि प्रतिबेदनमा उल्यख गर्नु भएको छ ।

    कृषि शाखाकी पबित्रा गौतमले पालिकामा कृषी उत्पादनमा बृद्धी भएको बताउदै आलु पकेट कार्यक्रम प्रभाबबारी रहेको उल्यख गर्नु भयो ।

    पशु शाखाका प्रमुख अमीत  ज्ञवालीले रेबिज, लम्पीस्किन लगायतले पशु पालनमा क्षती पुगेको बताउदै अब पालिका सामान्य हुदै गएको उल्यख गर्नु भयो ।

    प्रशासन शाखा प्रमुख राम प्रसाद ज्ञवालीले प्रशासनिक प्रतिबेदन प्रस्तुत गर्दै पालिकाले बिज्ञापन गर्दा पनि आबेदन पर्न छोडेको र कर्मचारी अभाब भएको उल्यख गर्नु भयो ।

    आर्थिक प्रशासन प्रमुख हेम बहादुर कार्कीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

    यसै गरि प्रधान मन्त्री रोजगार तथा न्यायीक समितिका बिष्णुु रेग्मी,आन्तरिक लेखा परिक्षणका युवराज केशी ,पंजीकरण शाखाकी सीता ज्ञवाली,लधुउद्यम बिकास शाखाकी प्रतिमा पचभैया,आयुरबेद शाखाका नन्द बहादुर गेलाङ्ग र ६ वटै वडाका सचिबहरुले आआफ्ना प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

  • जोर्ते सुख्खा  पहिरोमा३ जनाको  घटना स्थलमा  मृत्यु

    जोर्ते सुख्खा पहिरोमा३ जनाको घटना स्थलमा मृत्यु

    पाल्पा तानसेन भदौ १३ । पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए।

    तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा सहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कारपियो गाडी पुरिदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो।

    मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७ की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवलदार अन्दाजी बर्ष ३२ का यम बहादुर  बोहरा  र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सीना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

    मृतक तिम्सीनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिचान गरिएको डिएसी थापाले बताए। ढुङ्गा सहिताको सुख्खा पहिरोले स्कारपियोको पछाडीको भाग क्षत विक्षत भएको छ मृतकहरु समेत पुर्ण रुपमा किचिएका थिए।

    तम्घास बाट बुटवल तर्फ जादै गरेको जिप विहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको चालक सकुसल रहेको सूचना अधिकारी थापाले बताए।

    घाइते मध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटना स्थल पहिरो स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजे देखी विहान ४ बजे सम्म सडक बन्द गरी स्तरउन्नती गर्दै आएको थियो ।

  • गुल्मी  अस्पतालमा  लापरबाहीले  एक जनाको मृत्यु

    गुल्मी अस्पतालमा लापरबाहीले एक जनाको मृत्यु

    हुमाकान्त पाेखरेल, भदौ १२,गुल्मी
    गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे ।

    प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हाे । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियाे। आज बिहान ६ बजेकाे समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएकाे थियाे । इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहाेस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बाेलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबाेलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाकाे ज्यान गएकाे पन्थीले बताए ।

  • गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न

    गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न

     

    गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न ।
    भदौ ११

    गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा गरिएको छ । गत आर्थिकवर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका सेवा र प्रगतिको शनिबार समिक्षा गरिएको हो ।

    गाउँपालिकाको सभाहलमा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाको प्रगति समिक्षा गरिएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र अन्य सातवटा स्वास्थ्य संस्थाहरुको संस्था प्रमुखहरुले प्रगति प्रस्तुत गरेका थिए ।

    सोही कार्यक्रममा स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सम्बन्धी सन्देशमूलक गीत
    र नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य स्ंवयसेविकाहरुलाई
    प्राथमिक उपचारका लागि किट बक्स समेत प्रदान गरिएको थियो ।

    समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सरोजकुमार थापा र उपाध्यक्ष तारा थापा ढेंगाले पालिका भित्रका नागरिकहरुको स्वास्थ्यप्रति पालिकाले पहिलो प्राथमिकता दिएको बताएका छन् ।

    कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधहरु, जनप्रतिनिधि ,स्वास्थ्य
    कार्यालयका प्रमुख पशुपति आचार्य र पत्रकारहरुको उपस्थिति रहेको थियो । वडा नम्वर तीनका वडा अध्यक्ष रामबबहादुर थापाको अध्यक्षतामा कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले गरेका थिए ।

  • पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    तानसेन । पाल्पामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ।
    सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।
    दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनापछि तानसेनस्तित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
    यस्तै मोटरसाइकलको पछाडी बसेका नवलपरासी श्रवल गाउँपालिका १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरीले जनाएको छ। घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
    मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियोे । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न

    नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न

     

    भदौ  १०  रिडी

    नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न ।

    नेकपा एमाले ले सत्यवती गाउँपालिकामा आफ्ना पार्टिका नेता निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भदौ १ गते देखि ८ गते सम्म सत्यवति गाउँपालिकाका ८ वटा वडाहरुमा आफ्नो कार्यक्रम पार्टि का केन्द्रीय सदस्य तथा क्लस्टर ईन्चार्ज कमरेड गणेश खनालको प्रमुख आतित्यथामा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश कमिटि सदस्य चिन्तामणि पाण्डेय, प्रदेश सदस्य तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे , सत्यवती गाउँपालिका अनेमा संघ अध्यक्ष तथा सत्यवती गाउपालिका उपाध्यक्ष निरमाया तरामु , जिल्ला कमिटि सदस्य द्दय युवराज न्यौपाने र गुणदेव कुंवर , जिल्ला कमिटि सचिवालय सदस्य तथा सत्यवती गाउपालिका ईन्चार्ज अमर सिंह सिजापति ,जिल्ला कमिटि सदस्य रुक बहादुर राना, होम राना, माया थापा सह ईन्चार्ज ठग प्रसाद ज्ञवालि पार्टि अध्यक्ष भिमलाल पाण्डे, पार्टि पालिका सचिब डिल्लिराज भट्टाराई र सत्यवति लुम्बिनी सम्पर्क मञ्चका अध्यक्ष सहित तत् वाडका पार्टि अध्यक्ष, सचिब र निर्वाचित वाड अध्यक्षहरु सदस्य हरु तथा कार्यपालिका सदस्य हरुको उपस्थिती भएको थियो ।

    • १-८ गते सम्म सञचालित कार्यक्रम मा पार्टि केन्दिय सदस्य ले पार्टि को केन्द्रीय निति तथा कार्यक्रम हरु को बारेमा पार्टि कार्यकर्ता हरुलाई प्रशिक्षण गर्नु भएको थियो उक्त कार्यक्रम मा दिएको प्रशिक्षण बाट त्यहाका कार्यकर्ता निकै उत्साहित भएको भएको कार्यक्रम मा उपस्थित कार्यकर्ता ले जानकारि दिनुभएको छ र पार्टि ले यस्तै कार्यक्रम हरु बेला बेला मा पार्टि ले ल्याउन पनि पार्टि नेतृत्व लाई सुझाब दिएका छन त्यस्तै गरि पार्टि बाँट निर्वाचित जनप्रतिनिध् को कार्यशैली प्रति पनि सन्तुष्टि भएको त्यहाका कार्यकर्ता ले जानकारि गराएका छन भने पालिका र वडबाट एमालेबाट निर्वाचित प्रतिनिधि ले गरेको कार्यक्रम हरु राम्रो संग प्रचार प्रचार गर्नु पर्ने सुझाब दिएका छन पार्टि लाई र जनप्रतिनिधि लाई बिपक्ष ले गरेको घेराबन्दी लाई राम्रो संग चिर्न को लागि पार्टि र पार्टि का जनवर्गिय संगठन हरु एकजुट भई जुरुक्क उठ्न पर्ने निष्कर्ष निकालेको छ।

    उक्त कार्यक्रम का प्रमुख अथिति क.गणेश खनाल ले पार्टिबाट निर्वाचित जनप्रतिनिधी लाई जनताको काममा अझै लाग्न सुझाब दिनुभएको छ, भने पार्टि लाई अझै मझबुत र बलियो बनाउनको लागि आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारि दिनुभएको छ साथै प्रदेश सभा सदस्य चिन्तामणि पाण्डे ले मेरो पाँच बर्षे कार्यकाल आफ्ना जनता को जिवनस्तर बढाउन र यस क्षेत्र विकस को लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
    त्यसै गरि गा पा अध्यक्ष र उपाध्यक्ष ले सत्यवती का जनता को लागि र यस क्षेत्र को विकाश को लागि कुनै पनि लोभ प्रलोभन मा नपरि काम गर्ने बताउनु भएको छ अफुहरु निर्वाचित भएको नै सत्यवती को सम्बृद्दि को लागि भएको जानकारि गराउदै यस क्षेत्र मा रहनु भएका सम्पुर्ण पार्टि र पार्टि का कार्यकर्ता लाई सत्यवती सम्बृद्द बनाउन सहयोग गर्न अनुरोध गर्नु भएको छ। यस्तै  कार्यक्रममा  प्रचार बिभाग प्रमुख बालकृष्ण भण्डारीले  आफ्ना बिचार  प्रकट गर्नी भएको   थियो।

    २०८०/५/१ देखि सत्यवति गाउँपालिका वाड १ बाट शुरु भएको कार्यक्रम सत्यवती ८ भार्सेमा समापन भएको हो । यस अबधिमा ८ वटै वाड मा पार्टि का कार्यकर्ता को उल्लेखेनिय उपस्थित रहेको थियो ।कार्यक्रम मा सबै वाड वाट १०००भन्दा अगुवा कार्यकर्ता को उपस्थित  रहेको  थियो । 

  • लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न

    लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न

    सुशील खनाल  बुटवल , ९ भदौ

    लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न भएको छ।लियो क्लब अफ बुटवल मेट्रोसिटिका बर्ष २०२३/२४ का अध्यक्ष सन्जिब सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री ,विशिष्ट अतिथी लियो डिस्टिक ३२५ पि नेपाल जिल्ला उपाध्यक्ष लियो श्रद्दा कुंवर, लियो एड्भाइजर लायन उमानाथ अधिकारी ( उमेश),लायन्स क्लब अफ बुटवल मेट्रोसिटिका अध्यक्ष लायन ई. गोबिन्द प्रसाद लामिछाने साथै अतिथिहरु जनप्रतिनिधि नकुल शाही ठकुरी , लियो जिल्ला सचिब लियो श्रीधर बश्याल ,लियो क्लब अफ बुटवल मेट्रोसिटिका संस्थापक अध्यक्ष लियो लायन मनोज गौतम , नि बर्तमान अध्यक्ष लियो मित्रजन भण्डारी , लियो डिस्टिक का विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
    लियो डिस्ट्रीक अन्तरगतका विभिन्न क्लबका १० टिमबिच भएको प्रतियोगिताको उपाधी आयोजक लियो क्लब अफ बुटवल मेट्रोसिटिले जितेको छ ।प्रतियोगिताको उपबिजेता लियो क्लब अफ अल्फा न्यु होराइजन बनेको छ ।बिजेताले नगद ७५५१/- ,शिल्ड ,मेडल र प्रमाणपत्र र उपबिजेताले नगद रु ४५५१/- मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
    बुटवल ११ देबिनगरस्थित लुम्बिनी बाणिज्य क्याम्पस प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको क्लबका सचिब लियो जि डि शिखरको सन्चालन , उपाध्यक्ष लियो पुनम कुंवर क्षेत्रीले स्वागत मन्तब्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सयोंजक लियो अमित गुप्ताले धन्यवाद मन्तब्य राख्नुभएको थियो ।

  • होटल पौवा घोराहीका प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा घोराहीका प्रबन्धक भुसालले आफ्नो जन्मदिन यसरी मनाय

    चुरामणि तिमिल्सिना  भदौ ९
    होटल पौवा घोराहीका मेनेजरद्वारा आफ्नो जन्मदिन यसरी मनाय

    दाङ । अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए । कार्यक्रमका अध्यक्ष   चुरामणि तिमिल्सिनाले   टेलीफोन  गरेर भुसाल लाई   जन्मदिनको   शुभकामना  प्रदान गर्दै सामाजिक  कार्यमा जोडिनु भएकोमा  बधाई  तथा शुभकामना  प्रदान गर्नु भएको  हो।

  • होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    चुरामणि तिमिल्सिना   भदौ  ९

    होटल पौवा घोराहीका  प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    दाङ । अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए । यता  कार्यक्रमका प्रमुख  चुरामणि तिमिल्सिनाले भुसाललाई  टेलीफोन  गरिए  जन्म दिनको   शुभकामना  प्रदान गर्दै  सामाजिक  काममा आफ्नो जम्म दिन  मनाउनु भएकोमा बधाई  तथा शुभकामना  प्रदान गर्नु भयो।

  • होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    चुरामणि  तिमिल्सिना   भदौ  ९

    होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए ।