Category: समाचार

  • रुरु क्षेत्र  गाउँपालिका गुल्मीको   १५ औं  गाउँसभा सम्पन्न

    रुरु क्षेत्र गाउँपालिका गुल्मीको १५ औं गाउँसभा सम्पन्न

    चुरामणि  तिमिल्सिना  पुस  २३  गुल्मी

    रूरूक्षेत्र गाउँपालिका  गुल्मीको  १५ औ गाउँसभा  गाउँपालिकाको  सभाहलमा सम्पन्न भएको  छ ।
    रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को नीति कार्यक्रम र बजेट संशोधन सम्बन्धमा   गाउँसभा  केन्द्रित  रह्र्दै सम्पन्न भएको  हो । पन्ध्रौ गाउँसभाबाट रू ४ करोड ३१ लाख ४९ हजार ३ सय (चालु : १ करोड १ लाख र पूँजीगत : ३ करोड ३० लाख ४९ हजार ३ सय) को बजेट संशोधन गरी कुल बजेट ५७ करोड ६२ लाख १७ हजार कायम भएको छ ।सभामा  गाउँसभाका अध्यक्ष  यदु ज्ञवाली  उपाध्यक्ष  मिना देवि गौतम  प्रमुख  प्रशासकीय अधिकृत  लक्षमण प्रसाद पाण्डे  वडाका अध्यक्षहरु सदस्यहरु पालिकाका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो।

  • नयाँ अभ्यास  गर्दै  जनता   माबिले मनायो  स्थापनाको  ५७ औं जन्मोत्सव

    नयाँ अभ्यास गर्दै जनता माबिले मनायो स्थापनाको ५७ औं जन्मोत्सव

    चुरामणि  तिमिल्सिना    पुस  २३  गुल्मी

    जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेले बिद्यार्थी शिक्षक अभिभावकले निरन्तर मिहिनेत गरेमा मात्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने हुँदा लगनशील भएर लाग्न आग्रह गर्नुभयो। उहाँले यो समय प्राबिधिक युग भएकोले अवका हरेक बिद्यार्थीलागि प्राबिधिक शिक्षा दिन आवश्यक रहेकोले गाउँपालिकाले प्राबिधिक शिक्षा लाई अगाडी बढाउन नयाँ अभ्यास पनि गर्दै आएको बताउनु भयो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे पुर्व पालिका अध्यक्ष पारिश्वर ढकाल विशिष्ट अतिथि रहनु भएको थियो । बिद्यालयका शिक्षक लिलाधर ज्ञवालीले स्वागत मन्तब्य राख्नु भएको थियो। समारोहमा पुर्व अध्यक्ष, पुर्व शिक्षक, पुर्व बिद्यार्थी तथा जनप्रतिनिधि हरुले समग्र रुपमा विद्यालयकाे बिकास, शैक्षिक सुधार, प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले हरेक विद्यालयले अबको शैक्षिक सत्र देखिनै प्राविधिक शिक्षा लागुगर्न पालिकाको सिङ्गो टिमलाई आग्रह समेत गर्नु भएको छ ।

    कार्यक्रममा बिद्यार्थीले मौलिक प्रतिभा शैक्षिक सामाग्री प्रदर्शन रेडक्रस झकल, स्काउट खुकुरि ड्रिल, सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरेका थिए ।बिद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने शिक्षक बिद्यार्थी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले बिद्यालयका गतिविधि भाबि योजना सहित आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो। यता कार्यक्रममा अन्य संघ सस्थाले पनि सिको गरौन समयको बचत होश र खर्चिलो पनि कम नै होश भनेर खादा र ब्याचकाे प्रयाेग नगरिएकाे, मायाकाे चिनाे हटाईएकाे,सम्बाेधन पनि हटाउदै नयाँ अभ्यासमा कार्यक्रम चलेको थियो।

  • जनता  माध्यमिक  बिद्यालयले नयाँ  अभ्यास  गर्दै  ५७ औं  जन्मोत्सव  मनायो

    जनता माध्यमिक बिद्यालयले नयाँ अभ्यास गर्दै ५७ औं जन्मोत्सव मनायो

    चुरामणि  तिमिल्सिना    पुस  २३  गुल्मी

    जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेले बिद्यार्थी शिक्षक अभिभावकले निरन्तर मिहिनेत गरेमा मात्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने हुँदा लगनशील भएर लाग्न आग्रह गर्नुभयो। उहाँले यो समय प्राबिधिक युग भएकोले अवका हरेक बिद्यार्थीलागि प्राबिधिक शिक्षा दिन आवश्यक रहेकोले गाउँपालिकाले प्राबिधिक शिक्षा लाई अगाडी बढाउन नयाँ अभ्यास पनि गर्दै आएको बताउनु भयो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे पुर्व पालिका अध्यक्ष पारिश्वर ढकाल विशिष्ट अतिथि रहनु भएको थियो । बिद्यालयका शिक्षक लिलाधर ज्ञवालीले स्वागत मन्तब्य राख्नु भएको थियो। समारोहमा पुर्व अध्यक्ष, पुर्व शिक्षक, पुर्व बिद्यार्थी तथा जनप्रतिनिधि हरुले समग्र रुपमा विद्यालयकाे बिकास, शैक्षिक सुधार, प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले हरेक विद्यालयले अबको शैक्षिक सत्र देखिनै प्राविधिक शिक्षा लागुगर्न पालिकाको सिङ्गो टिमलाई आग्रह समेत गर्नु भएको छ ।

     कार्यक्रममा बिद्यार्थीले मौलिक प्रतिभा शैक्षिक सामाग्री प्रदर्शन रेडक्रस झकल, स्काउट खुकुरि ड्रिल, सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरेका थिए ।बिद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने शिक्षक बिद्यार्थी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले बिद्यालयका गतिविधि भाबि योजना सहित आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो।

  • नयाँ  अभ्यास  गर्दै जनताले मनायो स्थापनाको ५७ औं जन्म जयन्ती  समारोह

    नयाँ अभ्यास गर्दै जनताले मनायो स्थापनाको ५७ औं जन्म जयन्ती समारोह

    चुरामणि  तिमिल्सिना    पुस  २३  गुल्मी

    जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेले बिद्यार्थी शिक्षक अभिभावकले निरन्तर मिहिनेत गरेमा मात्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने हुँदा लगनशील भएर लाग्न आग्रह गर्नुभयो। उहाँले यो समय प्राबिधिक युग भएकोले अवका हरेक बिद्यार्थीलागि प्राबिधिक शिक्षा दिन आवश्यक रहेकोले गाउँपालिकाले प्राबिधिक शिक्षा लाई अगाडी बढाउन नयाँ अभ्यास पनि गर्दै आएको बताउनु भयो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे पुर्व पालिका अध्यक्ष पारिश्वर ढकाल विशिष्ट अतिथि रहनु भएको थियो । बिद्यालयका शिक्षक लिलाधर ज्ञवालीले स्वागत मन्तब्य राख्नु भएको थियो। समारोहमा पुर्व अध्यक्ष, पुर्व शिक्षक, पुर्व बिद्यार्थी तथा जनप्रतिनिधि हरुले समग्र रुपमा विद्यालयकाे बिकास, शैक्षिक सुधार, प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले हरेक विद्यालयले अबको शैक्षिक सत्र देखिनै प्राविधिक शिक्षा लागुगर्न पालिकाको सिङ्गो टिमलाई आग्रह समेत गर्नु भएको छ ।

    कार्यक्रममा बिद्यार्थीले मौलिक प्रतिभा शैक्षिक सामाग्री प्रदर्शन रेडक्रस झकल, स्काउट खुकुरि ड्रिल, सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरेका थिए ।बिद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने शिक्षक बिद्यार्थी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले बिद्यालयका गतिविधि भाबि योजना सहित आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो।

  • रुरुक्षेत्र ४ रानीबासमा प्रहरी चौकी स्थापना, स्थानियको वर्षौ देखिको सपना पूरा

    रुरुक्षेत्र ४ रानीबासमा प्रहरी चौकी स्थापना, स्थानियको वर्षौ देखिको सपना पूरा

    भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा प्रहरी चौकी रुरुको स्थापना गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाको वडा नं ४ रानीवासमा प्रहरी चौकीको आज एक कार्यक्रमका बीच स्थापना गरिएको हो ।

    रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीन किशोर प्रधान, रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, ईलाका प्रहरी कार्यालय रिडिका प्रमुख अनिल थापा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य हरु, राजनीतिक दल, स्थानिय संघसस्था लगायतका प्रतिनिधि एवम् स्थानियको उपस्थिति रहेको थियो ।

    प्रहरी चौकी रुरुको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले शान्ती सुब्यवस्था आफुहरुको पहिलो आवश्कता रहेको बताउनुभयो । उहाँले जनता संग जोडिएर अपराध नियन्त्रण, अनुसन्धान गर्दै शान्ती स्थापना गर्न आग्रह गर्नुभयो । उहाँले स्थापनाको सुरुवाती पहलकर्ता पुर्व मुख्य सचिव लीलामणी पौड्याल लगायत हाल जग्गादाता सम्मलाई आभार व्यक्त गर्नुभयो । उपाध्यक्ष मिनादेवी गौतमले प्रहरी चौकी स्थापनामा सहयोग गर्ने सबैमा धन्यवाद दिंदै अब अझै शान्त रुरुक्षेत्र बन्ने बिष्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रम लाई संबोधन गर्दै गुल्मी जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक प्रधानले यस क्षेत्रमा प्रहरी चौकी स्थापनाको लागी मेहनत गर्ने सबैलाई धन्यवाद दिनुभयो । पहिले नै जग्गा व्यवस्थापन भएपनी प्रहरी प्रधान कार्यालयले गर्ने नापजाँच गर्दा नपुगेकाले बजेट फिर्ता जाने अवस्था बनेको भन्दै दु:ख समेत व्यक्त गर्नुभयो । उहाँले प्रहरी पनि यहीँ समाजको अभिन्न अंग रहेको भन्दै यहाँका नागरिकको जिउ,धनको सुरक्षा गर्न तत्पर रहेको बताउनुभयो । उहाँले आम नागरिकको हितमा काम गर्न प्रहरीलाई निर्देशन समेत दिनुभयो । समुदाय संग साझेदारी गर्दै काम गर्न उहाँले निर्देशन दिनुभयो ।

    नागरिक ढुक्क संग काम गर्न सक्ने, आफ्ना दैनिक कार्य संचालन गर्न सक्ने गरि आफुहरुले भुमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल रहेको भन्दै कुनै पनि अपराध गर्ने व्यक्ती उम्कन नपाउने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले प्रहरी चौकिको स्थापना भए संगै यस क्षेत्रको शान्ती सुरक्षा कायम राख्दै अमनचयन बढाउन उल्लेख्य भुमिका खेल्ने बताउनुभयो । उहाँले प्रहरी चौकी स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

    वडा नं ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले पहिले प्रहरी आवस्यक पर्दा रिडि र श्रिङ्गा गुहार्नु पर्ने अवस्था बाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका अध्यक्ष, प्रहरी प्रमुख संगै प्रहरी चौकी स्थापनाको पहल गर्ने पुर्व मुख्य सचिव लीलामणि पौड्याल, जग्गा दाता यदुनाथ पौड्याल, कल्पना पौड्याल लगायत भुमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो ।

    नेकपा समाजबादिका प्रतिनिधि नरहरी ज्ञवालीले प्रहरी समाजको अभिन्न अंग रहेको भन्दै रुरु प्रहरी चौकीले यो क्षेत्रमा सुरक्षा र आपत बिपतमा सहयोग गर्न सकोस भन्ने कामना गर्नुभयो । उद्योग बाणिज्य संघ बलेटक्सारका गंगा प्रसाद ज्ञवालीले प्रहरी चौकी स्थापना भए संगै यहाँका सबै खुसी भएको बताउनुभयो । असई सहित ११ जना प्रहरी रहने गरि प्रहरी चौकीले आज देखि आफ्नो सेवा सुरु गरेको छ ।

  • चन्द्रकोटमा राष्टपति  रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय  मा . वि  लाई

    चन्द्रकोटमा राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय मा . वि लाई

    श्रीराम गौतम

    चन्द्रकोट गुल्मी
    २०८०/०९/२१
    चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा संचालित गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०सम्पन्न भएको छ।  उदय माध्यमिक विद्यालय शान्तिपुरमा भएको समापन समारोहमा  गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ति मगरज्यूको प्रमुख आतिथ्यता, संविधान सभा सदस्य सिर्जना तरामु तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको विशिष्ट आतिथ्यता, जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामी, गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, शिक्षा अधिकृत, प्राविधिक सहायक लगायतका कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति भएको थियो।

    पुष २० र २१ गरी २ दिनसम्म सञ्चालित प्रतियोगितामा जम्मा १९ स्वर्ण , ४ रजत र २ कास्य सहित २५ पदकका साथ ज्ञानोदय माध्यमिक विद्यालय मजुवा प्रथम भइ रनिङ शिल्ड विजेता भएको छ भने ८ स्वर्ण, ५ रजत र ६ कास्य सहित कुल १९ पदकका साथ शारदा माध्यमिक विद्यालय सराङ दोस्रो स्थान, ७ स्वर्ण , ५ रजत र ५ कास्य सहित कुल १७ पदकका साथ उदय माध्यमिक विद्यालय शान्तिपुर तेश्रो स्थान तथा ३ स्वर्ण, ४ रजत र ५ कास्य सहित कुल १२ पदकका साथ ग्वाघा माध्यमिक विद्यालय ग्वाघाले सान्त्वना  स्थान हासिल गरेका छन्। प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराते लगायतका खेल समावेश गरिएको थियो। प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

  • चन्द्रकोट गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम’हाम्रो चन्द्रकोट’विमोचन

    चन्द्रकोट गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम’हाम्रो चन्द्रकोट’विमोचन

    इस्वरी  बश्याल पुष २०, गुल्मी ।

    चन्द्रकोट गाउँपालिका, गुल्मीको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १-८ का स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ को एक कार्यक्रमका विच विमोचन गरिएको छ।

    गाउँपालिकाद्वारा आयोजित स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी लगायतका अतिथिहरुद्वारा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ सयुक्त रूपमा पाठ्यपुस्तकको विमोचन गरिएको थियो।

    विमोचन कार्यक्रम गाउँपालिका अध्यक्ष क्षत्रीको अध्यक्षता, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीको प्रमखु आतिथ्यता, गाउँपालिका उपाध्यक्ष भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मरासिनी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति भएको थियो।

    नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले गरेको व्यवस्था अनुसार स्थानीय पाठ्यक्रममा आधारित कक्षा १ देखि कक्षा ८ सम्मका स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ निर्माणले स्थानीय राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुको बोध गराउन सघाउ पुग्ने अपेक्षा लिइएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीले बताउनु भयो।

    विमोचन कार्यक्रममा लेखन तथा सम्पादन मण्डललाई दोसल्ला तथा प्रशंसा पत्रद्वारा सम्मानित समेत गरिएको थियो।

    स्थानीय पाठ्यपुस्तकको माध्यमबाट चन्द्रकोट गाउँपालिकाका स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा, परम्परागत सिप र जीविकोपार्जनका आधार, विकासका पूर्वाधार, स्वास्थ्य पोषण र प्राथमिक उपचार, प्रकोप जोखिम व्यवस्थापन र हरित विद्यालय, गाउँपालिकाको दिगो विकासका अभ्यास, सम्भाव्यता र नवीनतम प्रविधि आदि जस्ता विषयवस्तु समेटिएको पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलका संयोजक एवम् शिक्षा अधिकृत नयन सिंह ठकुरीले जानकारी दिनुभयो।

  • गल्याङ नगरपालिकामा अन्तरक्रिया  कार्यक्रम  समपन्न

    गल्याङ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम समपन्न

    पुस    १५  स्याङ्जा

    गल्याङ नगरपालिका द्वारा आयोजित गल्याङ बजार र बजार आसपासको फोहोरमैला व्यवस्थापन ,खानेपानी ,ढल निकास आन्तरिक सडक व्यवस्थापन तथा वैकल्पिक मार्ग लगायतका समसामयिक विषयहरुमा आयोजित सर्वपक्षीय वृहत् अन्तरक्रिया कार्यक्रम गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को अध्यक्ष्यतामा सम्पन्न भएको छ।

    कार्यक्रममा नगरउपप्रमुख हेमा न्यौपाने तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा,नेपाली काङ्ग्रेस का पाटी सभापति श्याम प्रसाद वस्याल,नेकपा एमालेका नगर कमिटि अध्यक्ष दानबहादुर थापा,नेकपा माओवादि नगर कमिटी अध्यक्ष चित्र बहादुर थापा ,स्वतन्त्र पाटि का नगर अध्यक्ष टिकाराम भण्डारी ,वडा नम्बर १ देखि ११ सम्मका वडाअध्यक्षहरु,कार्यपालिका सदश्यहरु,जनप्रतिनिधिहरु ,फोहोरमैला सरसफाइ विज्ञ कृष्ण भण्डारी लगाएत गल्याङ बजार का समाजसेवी सरोकारवालाहरु को सहभागीता रहेको थियो।

  • नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन

    नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन

    नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन ।
    पुस १५
    नेपाली कांग्रेस रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ का सभापती भास्कर ज्ञवालीको ६३ बर्षका उमेरे निधन भएको छ । मुटु तथा फोक्सोको स्वास्थ्य समस्याका कारण रुपन्देही स्थित घरमा हिजो उहाको निधन भएको पारिवारले जनाएको छ । स्थाई बसोबास थानपतीमा भएका ज्ञवाली लामो समय देखि नेपाली कांग्रेसको राजनितिमा आबद्ध हुनुहुन्थ्यो । उहा १४ औं अधिबेसन बाट वडा नं. ३ को सभापती निर्वाचित हुनु भएको थियो । उहा कफी सहकारी संघ रुरुक्षेत्र ४ बलेटक्सारका सचिब समेत हुनुहुन्थ्यो । उहाका श्रीमती र २ छोेरा हुनुहुन्छ ।