रुरु क्षेत्र गाउँपालिका गुल्मीको १५ औं गाउँसभा सम्पन्न

चुरामणि तिमिल्सिना पुस २३ गुल्मी

रूरूक्षेत्र गाउँपालिका गुल्मीको १५ औ गाउँसभा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को नीति कार्यक्रम र बजेट संशोधन सम्बन्धमा गाउँसभा केन्द्रित रह्र्दै सम्पन्न भएको हो । पन्ध्रौ गाउँसभाबाट रू ४ करोड ३१ लाख ४९ हजार ३ सय (चालु : १ करोड १ लाख र पूँजीगत : ३ करोड ३० लाख ४९ हजार ३ सय) को बजेट संशोधन गरी कुल बजेट ५७ करोड ६२ लाख १७ हजार कायम भएको छ ।सभामा गाउँसभाका अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत लक्षमण प्रसाद पाण्डे वडाका अध्यक्षहरु सदस्यहरु पालिकाका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो।

 

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102