Category: समाचार

  • अर्गली बहुमुखी  क्याम्पस  अर्गली पाल्पाले  मनायो १७ औं  जन्म दिवस समारोह

    अर्गली बहुमुखी क्याम्पस अर्गली पाल्पाले मनायो १७ औं जन्म दिवस समारोह

    चुरामणि  तिमिल्सिना   १३ मंसिर

    अर्गली बहुमुखी क्याम्पस तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १७ औं बार्षिकउत्सव समारोह सम्पन्न भएको छ। सन्चालक समितिका अध्यक्ष पदम प्रसाद शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वडा न १४ अर्गली वडा अध्यक्ष शोभाखर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले शिक्षा जस्तो महत्त्वपूर्ण बिषयलाई सबैले गम्भीर रुपमा लिएर गाउँकै क्याम्पसलाई अगाडी बढाउन आग्रह गर्दै यस क्षेत्र उर्बरा भुमि भएकोले यहाँ कृषि क्याम्पसको रुपमा लैजान सक्ने हो भने थप बिद्यार्थीको संख्यामा वृद्धि हुने कुरामा जोड दिनु भयो।

     

    यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य बसन्ता ज्ञवाली पुर्व वडा अध्यक्ष कमल राना यस्तै संस्थापक सञ्चालक दुर्गा दत्त रेग्मी संस्थापक अध्यक्ष पर्सुराम भट्टराई दलका प्रतिनिधि सामाजिक अभियानताहरु बितिय सस्थाका प्रमुखहरु जन्प्रतिनिधि संघसस्थाका प्रमुख हरु शिक्षा बिदहरुको आथित्यता रहेको थियो। सन्चालक समितिका उपाध्यक्ष कमल कृष्ण गैरेले स्वागत मनत्ब्य राख्नु भएको थियो। समारोहमा क्याम्प प्रमुख लक्षमण रेग्मीले कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। ।कार्यक्रमामा बोल्ने बक्ताहरुले गाउँमा नै बिद्यार्थीलाई राख्न सकेमा सस्तो र गाउँको मुहार समेत परिवर्तन हुन सक्नेकुरा आसा राखेका थिए । कार्यक्रमको सन्चालन शिक्षक सन्जय भट्टराईले गर्नु भएको  थियो।

  • शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको नतिजा सर्वजनिक गर्यो

    शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको नतिजा सर्वजनिक गर्यो

    शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको नतिजा सर्वजनिक गर्यो ।
    मंसिर १३
    शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ । आयोगले गत कात्तिक १८ गते लिएको लिखित परीक्षाको नतिजा हिजो मंगलबार प्रकाशित गरेको हो । ततिजा आयोगको वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ ।

    शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।

    बुधबार सार्वजनिक नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् ।

  • गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    ११ मंसिर ।  गुल्मीमा मोटर साइकल  दुर्घटना  हुँदा   १जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ४ बस्ने १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।
    सोमबार बिहान तम्घासबाट जेगिथुम तर्फ जाँदै गरेको लु ८७प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा एक आपसमा ठोक्कीएका हुन् । बससँग एक आपसमा ठोक्कीए घाइते भएका झाँक्रीलाई गुल्मी अस्पतालमा उपचारमा ल्याइएको थियो ।
    अस्पतालमा ल्याएको केहि बेरमै उनलाई मृत घोषण गरिएको प्रहरीले जनाएको छ । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घर तर्फ जाँदै थिए ।
    घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा १० जनाको टोली खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलसँग एक आपसमा ठोक्कीएको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

  • गुल्मीको  रुरुमा  लाखे महोत्सव  भब्य  रुपमा सम्पन्न

    गुल्मीको रुरुमा लाखे महोत्सव भब्य रुपमा सम्पन्न

    लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सम्पन्न

    लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सम्पन्न ।
    मंसिर १०

     

    लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीमा हिजो सम्पन्न भएको छ।

    नेवा देय् दबु गुल्मी द्वारा आयोजना गरिएको लाखे प्रतियोगितामा विभिन्न जिल्लाका २१ ठाउँका लाखे समूह सहभागी भएका थिए।

    प्रतियोगितामा स्थान नेवा संस्कृति संरक्षण समाज बुटवल ११ रुपन्देही प्रथम, टक्सार काल भैरव लाखे नृत्य तानसेन पाल्पा टक्सार टोल द्वितीय र नेवा जाती व भाषा पुच रिडी गुल्मी तृतीय भएका छन ।

    सहभागी सम्पूर्ण लाखे समूहहरूलाई नेवास् देय् दबु गुल्मी बलेटक्सार द्वारा नेवारी परम्परा अनुसार सगुन खुवाई स्वागत गरिएको थियो। रुरुक्षेत्र गाउँपालिका को कार्यालय देखि सामूहिक झांकी निकाली बलेटक्सार बजार, बलेचौर,रानीबास परिक्रमा गरी रुरुक्षेत्र गाउँपालिका को नयाँ भबन घिउबेसी खेल मैदानमा पुर्याइ झाँकी सम्पन्न भएको थियो।

    झाँकी प्रदर्शन पश्चात् घिउबेंसी खेल मैदानमा आयोजित लाखे महोत्सवमा विभिन्न स्थाहरूबाट आमन्त्रित २१ ओटा लाखे समूह बिच लाखे नाच प्रतियोगिता गराइएको थियो तर आयोजक नेवा देय् दबु गुल्मी भने प्रतियोगितामा सहभागी भएनन्।

  • रुरु क्षेत्रधाममा निकालियो भगवान ऋषिकेशको रथ यात्रा

    रुरु क्षेत्रधाममा निकालियो भगवान ऋषिकेशको रथ यात्रा

    पाल्पा – नेपालको चार धाम मध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्रमा अवस्थित भगवान ऋषिकेशको रथ यात्रा निकाली रुरु क्षेत्र परिक्रमा गरिएको छ ।

    पाल्पाली राजा मणिमुकुन्द सेनले वि.स. १५७५ मा बनाएको यस मन्दिरमा हरिबोदनी एकादशीको भोलि पल्ट रथ यात्रा निकालिने परम्परा चलिआएको छ । भगवान नारायणको रुपमा लिईने ऋषिकेश मन्दिरमा कालीगण्डकी नदीमा स्नान गरी दर्शन गरेमा पून्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । १६ औ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा नदीमा भेटिएको नारायणको मुर्तिलाई मन्दिरमा स्थापना गरेको इतिहास रहेको छ ।

    पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थलमा रहेको यस रुरु क्षेत्रमा निकालिएको रथ यात्रामा सयौं भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रामा भजन किर्तन , झाकी सहित शोभायात्रा गरिएको थियो । रथयात्रामा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखाँची प्यूठान लगायतका जिल्ला बाट भक्तजनको सहभागिता रहेको थियो ।

    यस दिन रथ यात्रामा सामेल हुने भक्तजनहरुको इन्द्रिय जन्य अंङ्गले गरेका पापको मोक्ष हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम भट्टराईले बताउनुभयो ।।

  • घरमा आगलागी हुदा ४ जनाको मृत्यु

    घरमा आगलागी हुदा ४ जनाको मृत्यु

    घरमा आगलागी हुदा ४ जनाको मृत्यु ।
    मंसिर ९
    बर्दियाको सदरमुकाम गुलरियाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

    गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुरमा गएराती ८ करिब १० बजेको समयमा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा ७ बर्षिय क्रिस चन्द, करिब १८ महिनाका कार्तिक चन्द, ३२ बर्षिय राधा बुढा र १० बर्षिय मानसिङ बुढा रहेका छन् ।आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरी र स्थानीयले मध्यराती आगो नियन्त्रणमा लिएका थिए ।

  • गुल्मीमा सुन्तला खाँदा अड्किएर शिशुको मृत्यु

    गुल्मीमा सुन्तला खाँदा अड्किएर शिशुको मृत्यु

    तम्घास – गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । बिहीबार दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खानेक्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएकाे थियाे । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।

    उपचारका लागि अस्पताल ल्याइएकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • किसान बर्गलाई  रुरु क्षेत्र गाउँपालिकाले सहयोग गर्ने

    किसान बर्गलाई रुरु क्षेत्र गाउँपालिकाले सहयोग गर्ने

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान दिने भएको छ।

    गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान” उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो।

    अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०८० को परिछेद २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन,जग्गाधनी दर्ता प्रमाण पुर्जा,नागरिकको प्रतिलिपी तथा भाडा सम्झौताको प्रतिलिपी,फर्म दर्ता र कर चुक्ता प्रमाण पत्र सहित गाउँपालिकामा आवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनु भयो।

    यस्तै, जग्गा भाडामा लिइ खेती गरेको किसानले कृषि फर्म दर्ता गरि व्यावसायिक रुपमा १५ रोपनी भन्दा माथी लिएको हुनुपर्ने,भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने,१ बर्षे वा सो भन्दा कम अवधीको बाली लगाउने भए कम्तीमा ५ बर्षको र बहुबर्षिय खेतिका लागि कम्तीमा १५ बर्षको सम्झौता भएको हुनुपर्ने गाउँपालिकाले निकालेको सुचनामा उल्लेख छ।

  • नयाँ नेतृत्व चयन गर्दै ग्रामीण बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

    नयाँ नेतृत्व चयन गर्दै ग्रामीण बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

    नयाँ नेतृत्व चयन गर्दै ग्रामीण बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न ।
    मंसिर ४
    ग्रामीण बचत तथा ऋण सहकारीको २८ औं साधारण सभा तथा नवौं अधिवेशन हिजो सम्पन्न भएको छ । अधिवेशनले प्रेम भण्डारी अध्यक्ष रहेको ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिष्णु भण्डारी,यज्ञ पन्थ कोषाध्यक्षमा लालमणी पन्थ, सचिबमा पदमपाणी न्यौपाने र सह सचिबमा पुष्पा पौड्ल लगायत सर्वसहमत चयन गरिएको हो ।

    यस क्षेत्रकै अग्रणी सहकारीको रुपमा स्थापित सहकारीले हाल सम्म शेयर पुँजी १ करोड, ५८ लाख ९० हजार पुर्याएको छ भने बचत रकम ६ करोड ९८ लाख ८५ हजार ३८ रुपैयाँ पुर्याएको सहकारीका व्यवस्थापक शेषकान्त भुसालले बताउनुभयो । सहकारीले युवा स्वरोजगार ऋण २५ लाख लिएकोमा १६ लाख ६६ हजार ६ ६६ रुपैयाँ बाकी रहेको छ भने ऋण लगानी ७ करोड २० लाख २१ हजार ५४ रुपैयाँ रहेको व्यवस्थापक भुसालले बताउनुभयो । संस्थाको कुल सम्पत्ती ९ करोड ३६ लाख ९३ हजार ५ सय ३७ रहेको छ । हाल सहकारीमा १ हजार १ सय ६९ शेयर सदस्य आबद्ध भएका सहकारीका सचीव पदमपाणि न्यौपानेले जानकारी दिनुभयो ।

    संस्थाका पूर्व अध्यक्ष महेश्वर भण्डारीको अध्यक्षता र छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा उदघाटन र खुला सत्र सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष अनन्त पौडेल, पुर्व अध्यक्ष धातानन्द भण्डारी लगायत सहकारी संग सम्बन्धित व्यक्तिहरु र शेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

    गाउँपालिका अध्यक्ष पाण्डेयले सहकारीले हाल सम्म गरेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिदै अझै सबल बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष अनन्त पौडेलले सहरी क्षेत्रका सहकारी धरासायी बन्दै गएको बखत ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई दिलाएको बिष्वास, नयाँ र रचनात्मक काम गरिरहेको भन्दै हाल सम्मको नेतृत्वलाई बधाई दिनुभयो । पौडेलले आगामी नेतृत्वले यो बिष्वासलाई कायम राख्न सकोस भन्ने शुभकामना समेत दिनुभयो ।

    सहकारीले बचतकर्तालाई ६ प्रतिशत ब्याज दिदै आएको छ भने ऋण लगानीमा १० प्रतिशत ब्याज लिंदै आएको छ।

  • पुस १ गते रुरु क्षेत्रमा करोडौं  दीप  प्रज्वलन  सहित भजन प्रतियोगिता  हुने

    पुस १ गते रुरु क्षेत्रमा करोडौं दीप प्रज्वलन सहित भजन प्रतियोगिता हुने

    .यहि पुस १ गते रुरु क्षेत्र धाम रिडी जाउ भजन प्रतियोगिता सङ्गै करोड दीप प्रज्वलनमा सहभागी भइ पुण्य आर्जन गरौं
    हार्दिक निमन्त्रणा
    पाल्पा गुल्मी र स्याङ्जा को सङ्गम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरुक्षेत्र धाम रिडिमा बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि रुरु धार्मिक सेवा संचार प्रा.लि.ले नेपालमै नवौ भजन महोत्सव भजन प्रतियोगिता , दोहोरो शंख बजाउने प्रतियोगिता , कालीगण्डकीमा करोड दीप प्रज्वलन दुना टपरी प्रतियोगिता सिखा सूत्र प्रतियोगिता कार्यक्रममा पाल्पा स्याङ्जा गुल्मिका उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बृहत पित्री भन्डारा चार जिल्ला पाल्पा गुल्मी स्याङ्जा र अर्घाखाँचीका एकजिल्ला एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान पाल्पा गुल्मी स्याङ्जाका असल बुहारीको सम्मान सम्पुर्ण पितृहरुको सम्झनामा पितृमहापुरण पाठ पारायण कालीगण्डकमा तीन जिल्ला जोड्ने गरि तोरण तारने कार्यक्रम चौरासी पुजा , चन्डी पाठ , रुद्राभिसेक कर्म नबग्रह शान्ति पुजासहित जाप हबन तर्पण मार्जन लगायतका कार्यक्रम आयोजना गरियकाले सम्पुर्ण जन प्रतिनिधि सरकारि कार्यलय गैर सकारी कार्यलय पत्रकार सुरक्षानिकाय महिला समूह आमा समूह बित्तिय संस्था क्लब शिक्षाप्रेमी महानु भाबहरु दानवीर दाताहरु सहयोगि दाताहरु उधोग बाणिज्यसङ्ग तथा सम्पुर्ण धार्मिक तथा बिधालय हरुलाइ पत्रचार गरियको छ।कारण बस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक सूचना मानी उपस्थितिको लागि हार्दीक निमन्त्रणा गर्दछौ।

    भजन प्रतियोगिताका पुरसकारहरु
    प्रथम पुरसकार नगद रु ११००० प्रमाणपत्र
    दुत्तिय पुरस्कार नगद रु ७००० र प्रमाणपत्र
    तृतीय पुरसकार नगद रु ५००० र प्रमाणपत्र
    सान्त्वना पुरसकार नगद रु २००० प्रमाणपत्र

    यस्तै शंख बजाउने प्रतियोगिता तर्फ
    प्रथम पुरसकार नगद रु १५०० र प्रमाणपत्र
    दुत्तिय पुरसकार नगद रु १००० प्रमाणपत्र
    तृतीय पुरसकार नगद रु ७०० र प्रमाणपत्र
    सान्त्वना पुरसकार नगद रु ५०० प्रमाणपत्र

    यस्तै दुना टपरी प्रतियोगिता तर्फ
    प्रथम पुर्सकार नगद रु २००० प्रमाणपत्र दुत्तिय पुरसकार नगद रु १५०० प्रमाणपत्र
    तृतीय पुरसकार नगद रु १००० प्रमाणपत्र
    सान्त्वना पुरसकार नगद रु ५०० प्रमाणपत्र

    यस्तै सिखा सुत्र प्रतियोगिता अन्तरगर सिखा प्रतियोगिता तर्फ
    प्रथम पुरसकार नगद रु १५०० प्रमाण पत्र
    दुत्तिय पुरसकार नगद १००० प्रमाणपत्र तृतीय पुरसकार नगद रु ५०० प्रमाण पत्र

    भजन प्रतियोगिताका नियमहरु

    भजन प्रस्तुत गर्दा रामायण महाभारत कृष्ण चरित्र स्थानिय भजन टुक्कामा आधारित हुनु पर्ने छ
    १ समुहमा बाध्य बाधन तथा झाकि सहित १२ जना मात्र सहभागी हुन पाइने छ ।
    भजन गित १० मिनेट इस्टेजमा प्रस्तुत गर्नु पर्ने र केही समय फिल्डमा गाउनु पर्ने छ ।
    राधाकृष्ण राम सिता तथा ,सिव पार्वतिको झाकि प्रस्तुत गरेमा प्राथमिकता दिइने छ ।
    कार्यक्रममा बिवाद आयमा निर्णयक मन्डलको नतिजा नै सर्व मान्य हुने छ ।
    दर्ता शुल्क रु १०० मात्र लाग्ने छ ।
    दर्ता गर्ने अन्तिम मिति २०७९ साल मंसिर १२ गते बिहान १० बजे सम्म
    कार्यक्रम हुने मिति २०७९ साल मंसिर १२ गते बिहान ७ बजे बाटबैदिक बिधि सहित यज्ञमन्डप तर्फका कार्यक्रम उत्घाटन ।
    बिहान ११ बजे संख बजाउने सिखा सुत्र प्रतियोगिता
    १२ बजे बाट भजन तथा दुना टपरि प्रतियोगिता र बिच बिचमा बिबिध सम्मान कार्यक्रम
    स्थान रुरु क्षेत्र धाम रिडी
    थप सम्पर्क
    अध्यक्ष चुरामणि तिमिल्सिना 9847397323
    बिष्णु प्रसाद पाण्डे 9857062610 खेम राज ज्ञवाली 9857064164
    राजन आचार्य 9865092580

    आयोजक रुरु धार्मिक सेवा सन्चार प्रा लि रुरु क्षेत्र धाम रिडी