गुल्मीको रुरुमा लाखे महोत्सव भब्य रुपमा सम्पन्न

लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सम्पन्न

लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सम्पन्न ।
मंसिर १०

 

लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीमा हिजो सम्पन्न भएको छ।

नेवा देय् दबु गुल्मी द्वारा आयोजना गरिएको लाखे प्रतियोगितामा विभिन्न जिल्लाका २१ ठाउँका लाखे समूह सहभागी भएका थिए।

प्रतियोगितामा स्थान नेवा संस्कृति संरक्षण समाज बुटवल ११ रुपन्देही प्रथम, टक्सार काल भैरव लाखे नृत्य तानसेन पाल्पा टक्सार टोल द्वितीय र नेवा जाती व भाषा पुच रिडी गुल्मी तृतीय भएका छन ।

सहभागी सम्पूर्ण लाखे समूहहरूलाई नेवास् देय् दबु गुल्मी बलेटक्सार द्वारा नेवारी परम्परा अनुसार सगुन खुवाई स्वागत गरिएको थियो। रुरुक्षेत्र गाउँपालिका को कार्यालय देखि सामूहिक झांकी निकाली बलेटक्सार बजार, बलेचौर,रानीबास परिक्रमा गरी रुरुक्षेत्र गाउँपालिका को नयाँ भबन घिउबेसी खेल मैदानमा पुर्याइ झाँकी सम्पन्न भएको थियो।

झाँकी प्रदर्शन पश्चात् घिउबेंसी खेल मैदानमा आयोजित लाखे महोत्सवमा विभिन्न स्थाहरूबाट आमन्त्रित २१ ओटा लाखे समूह बिच लाखे नाच प्रतियोगिता गराइएको थियो तर आयोजक नेवा देय् दबु गुल्मी भने प्रतियोगितामा सहभागी भएनन्।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102