Category: समाचार

  • जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

    जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

    परासी ।
    जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको भवन निर्माण हुने भएको छ। आफ्नै भवन नहुँदा जिल्ला प्रशासनको स्वामित्वमा रहेको भवनमा बस्दै आएको छ।
    जिल्ला प्रशासन कार्यालयले नयाँ प्रशासनीक भवन बनाउने भएपछि जिससले भवन खाली गर्नुपर्ने भएको हो।

    प्रशासनले भवन खाली गर्न पत्राचार गरेको छ। भवन खाली गर्नुपर्ने भएपछि भवन निर्माण नहुने समयसम्म जिससलाई भाडामा भवन खोजेर बस्नुपर्ने बाध्यता भएको छ।

    आगामी आर्थिक वर्षदेखि प्रशासनले प्रशासनीक भवन निर्माण गर्दैछ। त्यसका लागि १० करोड बजेट विनियोजन भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए।

    जिससको शुक्रबार सम्पन्न पाँचौ जिल्ला सभाले तत्कालीन जिल्ला विकास समितिले रामग्राम नगरपालिका–४ मा खरिद गरेको साढे दुई विघा जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको हो।

    सभा हलसहितको भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको जिसस प्रमुख भगौती यादवले बताए।

  • घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु ,दुई घाइते

    घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु ,दुई घाइते

    दाङ ।
    दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कुँवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् ।

    घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

  • देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं ।
    देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक्दुई स्थानमा भारी वर्षा हुन अनुमान गरिएको छ।

    बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    राति देशभर सामान्य बदली रहने विभागको भनाइ छ।

  • बजेटसम्बन्धी तीन विधेयक राष्ट्रियसभाबाट आज पारित हुने

    बजेटसम्बन्धी तीन विधेयक राष्ट्रियसभाबाट आज पारित हुने

    काठमाडौं ।
    बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ।

    बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्नेछन्।

    शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन)विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

    बैठकमा रेल्वे विधेयक २०७९ पनि पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।

  • हर्मिचौर मविमा रेडक्रस सर्कल को पुनर्गठन

    हर्मिचौर मविमा रेडक्रस सर्कल को पुनर्गठन

    चुरामणि तिमिल्सिना,रिडी ।
    हर्मिचौर माध्यमिक बिध्यालय कालीगण्डकी गाउँपालिका गुल्मीमा म सेवा गर्छु भन्ने मुख्य उद्देश्यका साथ नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को पुनर्गठन गरिएको छ ।

    बिध्यालयका प्रधानाध्यापक तिलाचन पाण्डेको अध्यक्षतामा गरिएको कार्यक्रममा सुरज पाण्डे अध्यक्षमा चयन हुनु भएको छ ।

    यस्तै उपाध्यक्षमा प्रमिशा पाण्डे सचिवमा भावना पाण्डे उपसचिवमा प्रमिश न्यौपाने कोषाध्यक्षमा रामु पाण्डे उपकोषाध्यक्षमा पुजा पाण्डे चयन हुनु भएको छ ।

    यस्तै ,सदस्यहरुमा विवेक पाण्डे स्मृति तरामु हिमाल सुनार, विनिता सुनार रहनु भएको छ । यस्तै अन्य सदस्यहरुमा भगवान पाण्डे सागर पाण्डे ,साधना पाण्डे वसन्त पाण्डे प्रज्ञा पाण्डे रहनु भएको छ । सर्कलमा भीमलाल भुसाल शिक्षक नायक सहशिक्षक नायक गणेशराज उपाध्या र प्रधानाध्यापक तिलाचन पाण्डे संरक्षकमा रहनु भएको छ। गठित नयाँ समिती लाई सपथ ग्रहण यस्तै काम कर्तव्य अधिकार र जिम्मेवारी प्रदान गरिएको हो ।

    बिद्यालयमा गठित समितीले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप सन्चालन गर्ने दुख परेका हरुको लागि विभिन्न अभियानहरु मार्फत सहयोग कार्यक्रम गर्ने विभिन्न समयमा मागका आधारमा तालिम पनि सन्चालन गर्ने नायक भुसालले जानकारी दिनु भयो ।

  • नागरिक मैत्री सेवा प्रवाह गर्न गुल्मीदरवारले अध्यक्षको सचिवालय स्थापना गर्ने

    नागरिक मैत्री सेवा प्रवाह गर्न गुल्मीदरवारले अध्यक्षको सचिवालय स्थापना गर्ने

    नवीन कार्की ,गुल्मी ।
    गुल्मीदरवार गाउँपालिकाले जनताको सेवा प्रवाहलाइ मध्यनजर गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन अध्यक्षको सचिवालय स्थापना गर्ने निर्णय गरेको छ ।

    गाउँपालिकाको सेवा प्रवाहमा प्रभावकारीता ल्याउन दोश्रो गाउँ सभावाट अध्यक्ष द्धारा पेश भएको निति तथा कार्यक्रममा गुुल्मी दरवार गाउँपालिकाका गाउँसभा सदस्यबाट प्राप्त सुझाव सल्लाहलाई नीति तथा कार्यक्रममा समावेश गर्दै यस्तो निर्णय गरिएको छ ।

    त्यस्तै गाउँपालिकामा संन्चालित आ.व. २०७८/०७९का योजना महँगी, कामदारको अभाव तथा निर्वाचनको कारणले समयमा सम्पन्न हुन नसकेका योजनाहरूको लागि म्याद थप्ने निर्णय पनि गरिएको छ ।

    गुल्मीदरवार गाँउपालिका को २३ औं कार्यपालिकाको वैठकले गाउँपालिकाका सवै कार्यालयबाट हुने सेवा प्रवाह जवाफदेहीता, पारदर्शितालाई मध्यनजर गरेर चुस्त दुरूस्त सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रवत्ता शालिकराम टण्डनले बताउनु भयो ।

  • रुपन्देहीमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता

    रुपन्देहीमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता

    बुटवल ।
    रुपन्देहीमा पौडी खेल्ने क्रममा एक व्यक्ति हराएका छन् ।

    बुधबार साँझ ६ बजेपछि आफ्ना दुई साथीसहित सिद्धार्थनगर नगरपालिका १२ स्थित डण्डा खोलामा नुहाउन पुगेका सोलुखुम्बु जिल्ला थुलुङ दूधकोसी गाउँपालिका २ का २८ वर्षीय सागर राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।

    उनका अनुसार सागरका दुई साथी कलयाण राई र निलेश चौधरीको उद्धार गरिएको छ । उनको खोजी कार्य जारी रहेको पौडेलले जानकारी दिए ।

  • गुल्मीदरबार गाउँपालिकामा तेस्रो  राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    गुल्मीदरबार गाउँपालिकामा तेस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    चुरामणि तिमिल्सिना ।
    “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि,खेलकुद सबैका लागि खेलकुद“ भन्ने नाराका साथ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता औपचारिक कार्यक्रमका साथगुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा,उपाध्यक्ष तारा थापा ढेगा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सामुहिक रुपमा उद्घाटन गर्नु भएको हो ।

    बिद्यार्थीहरु लाई खेल प्रती रुचि जगाउन तथा प्रतिभाको बिकास गर्न राष्ट्रको गहनारुपमा चिनाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले बताउनु भयो।
    उहाँले खेलकुद बिद्यार्थीबर्गलाइ अपरिहार्य रहेको बताउदै आगमी दिनमा पनि यस्तै रचनात्मक क्रियाकलाप पालिकाले गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिनु भयो । पाण्डेले खेल कुद क्षेत्रमा पनि पालिकाले बजेट बिनियोजन गरेकोले बजेट अनुसार कार्यक्रम अगाडी बढाइने बताउनु भयो ।

    यता कार्यक्रममा उपाध्यक्ष थापाले बिद्यार्थी बर्गहरुमा यस्ता कार्यक्रमले शरीर फुर्तिलो तथा स्वस्थ राख्न मद्दत गर्ने भएकोले कार्यक्रम आयोजना गर्न पालिकाले सबै खेल कुदका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

    उत्घाटन सत्रमा पालिकाका प्रेस सल्लाहकार नवीन कार्की जन प्रतिनिधि शिक्षक अभिभावक बिद्यार्थी खेल प्रेमी महानुभाव तथा कर्मचारी हरुको सहभागीता रहेको थियो ।कार्यक्रम शुक्रबार सम्म सन्चालन हुने प्रेस सल्लाहकार कार्कीले जानकारी दिनु भएको छ ।

  • जनता माध्यमिक  विद्यालयमा एक दिने सचेतना कार्यक्रम संपन्न

    जनता माध्यमिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम संपन्न

    चुरामणि तिमिल्सिना ।
    जनता माध्यमिक विद्यालय सत्यवती गाउँपलिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    गाउँपालिकाको आर्थिक सहयोग र विद्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
    गाउँपालिका भर सचेतना कार्यक्रम सन्चालन गर्न आग्रह गरे पछि अभियान कै रुपमा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक तथा सचेतनामूलक कार्यक्रमका अध्यक्ष युवराज पाण्डेले जानकारी दिनु भयो ।

    पाण्डेले कार्यक्रममा स्वागत गर्दै हरेक विद्यालयमा फरक प्रकृतिका चेतनामूलक कार्यक्रम सन्चालन गर्न सक्ने हो भने ग्रामीण भेगका विद्यार्थीहरुबाट गाउँ घर वस्तिहरुमा चेतना वृद्धि हुन सक्ने बताउनु भयो।

    वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

    प्रशिक्षण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद पाण्डे र अस्लेवा हेल्थपोस्टका इन्चार्ज कृष्ण प्रसाद पाण्डेले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई महिला हिंसा बाल विवाह,रक्तअल्पता जस्ता विषय वस्तुमा प्रशिक्षण गर्नु भएको थियो।

    प्रशिक्षण गर्दै पाण्डेले वर्षमा १ पटक मात्र यस्ता कार्यक्रमहरु सन्चालन गरेर पर्याप्त नहुने भएकोले पटक पटक कार्यक्रम गर्न पालिकालाई आग्रह समेत गर्नु भयो ।

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष कनौजेले समाजमा बाल विवाह महिला हिंसा जबर्जस्ती करणी आत्महत्या जस्ता घटनाहरु बढेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न गर्न यस्तै टोल बस्ती विद्यालय तथा महिला समूह, आमा समूह नेपाल प्रहरी तथा यसै संग काम गर्ने संस्थाहरु सित वडा तथा पालिकाले अबका दिनमा अब्बल भूमिका खेल्ने बताउदै कार्यक्रम प्रभावकारी भएको बताउनु भयो ।

    कार्यक्रममा जनप्रतिनिधि अभिभावक,व्यवस्थापन समिती शिक्षक विद्यार्थी शिक्षा प्रेमिहरुको सहभागीता रहेको थियो ।

  • मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

    मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

    काठमाडौं ।
    मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।

    दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

    त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ।
    कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको छ।

    गएरातिदेखि नै कास्की, स्याङजा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत,बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाण्डौ र आसपासका धेरै स्थानमा ठूलो वर्षा भएको छ।

    यी जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च संभावना रहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।