गुल्मीदरबार गाउँपालिकामा तेस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

चुरामणि तिमिल्सिना ।
“राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि,खेलकुद सबैका लागि खेलकुद“ भन्ने नाराका साथ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता औपचारिक कार्यक्रमका साथगुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा,उपाध्यक्ष तारा थापा ढेगा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सामुहिक रुपमा उद्घाटन गर्नु भएको हो ।

बिद्यार्थीहरु लाई खेल प्रती रुचि जगाउन तथा प्रतिभाको बिकास गर्न राष्ट्रको गहनारुपमा चिनाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले बताउनु भयो।
उहाँले खेलकुद बिद्यार्थीबर्गलाइ अपरिहार्य रहेको बताउदै आगमी दिनमा पनि यस्तै रचनात्मक क्रियाकलाप पालिकाले गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिनु भयो । पाण्डेले खेल कुद क्षेत्रमा पनि पालिकाले बजेट बिनियोजन गरेकोले बजेट अनुसार कार्यक्रम अगाडी बढाइने बताउनु भयो ।

यता कार्यक्रममा उपाध्यक्ष थापाले बिद्यार्थी बर्गहरुमा यस्ता कार्यक्रमले शरीर फुर्तिलो तथा स्वस्थ राख्न मद्दत गर्ने भएकोले कार्यक्रम आयोजना गर्न पालिकाले सबै खेल कुदका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

उत्घाटन सत्रमा पालिकाका प्रेस सल्लाहकार नवीन कार्की जन प्रतिनिधि शिक्षक अभिभावक बिद्यार्थी खेल प्रेमी महानुभाव तथा कर्मचारी हरुको सहभागीता रहेको थियो ।कार्यक्रम शुक्रबार सम्म सन्चालन हुने प्रेस सल्लाहकार कार्कीले जानकारी दिनु भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1006

Leave a Reply

Your email address will not be published. Required fields are marked *