Category: समाचार

  • “छत्रकोटमा रातारात काठ तस्करी“ , कस्ले काट्यो कसैलाई थाहा छैन

    “छत्रकोटमा रातारात काठ तस्करी“ , कस्ले काट्यो कसैलाई थाहा छैन

    भुवन भुसाल, गुल्मी ।
    गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ ।

    भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही ढालीएको फेला पारिएको हो ।
    छत्रकोट ३ चोयगा देबपुरीमा मध्यरातमा २० भन्दा बढी सल्लाका रुख डोजर लगाएर ढाली गोलिया तस्करी गरिएको छ ।

    स्थानीय कृष्ण टन्डनका अनुसार राती ढोजर लगाएको स्थानीयले देखेर खबर गरेपछी हेर्न आयौं आउँदा २०/२२ सल्लाको बोट ढालीएको छ
    कस्ले रातारात काट्यो कसैलाई थाहा छैन ।

    छत्रदेबी हरियाली सामुदायिक बन उपभोक्ता समितिका सचिब बिष्णु पन्त पनि तस्करीको खबर पाएपछी अनुगमनमा पुगे ।

    अनुगमनमा पुगेका सचीव पन्तका अनुसार बन समिती सङ्ग कसैले सल्लाह गरेको छैन , जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ
    तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।

    काटिएका सल्लाका अधिकांस गोलिया तस्करले लगेका छन भने केही गोलिया सोही जंगलमा छोडेका छन ।
    रातभर काठ काटेर ट्याक्टरमा लोड गरेर लगेको र काम नसक्दै उज्यालो भएकाले केही काठ रहेको हुनसक्ने स्थानियले अनुमान गरेका छन ।

    “काठ तस्करी भएको बारे डिभिजन बन कार्यालय गुल्मीमा खबर पनि गरिएको छ, अब स्थलगत अनुगमन पछि अझै खबर पुर्याउछौं,
    बन कार्यालयले अगाडि केही गर्ला“ समिती सचिव पन्तले भने ।

    डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले के रहेछ बुझ्न अधिकृत सहितको टोलि पठाएको र अनुसन्धान पछि दोषीलाई बन ऐन अनुसार मुद्दा चलाउने प्रतिबद्धता व्यक्त गरे ।

  • रेन्बो बोडिङ्गमा कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण

    रेन्बो बोडिङ्गमा कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण

    चुरामणी तिमिल्सीना ।
    रेन्बो इन्लिस बोडिङ स्कुल रुरु क्षेत्र गाउँपालिका गुल्मीले कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण कार्यक्रम सम्पन्न गरेको छ ।

    बिद्यार्थी अभिभावक र बिषयगत शिक्षकहरु बिच कार्यक्रम गरेको हो। बोडिङ स्कूलका प्रधानाध्यापक योजन खत्रीले कार्यक्रम माथी प्रकाश पार्दै गुणस्तरीय नतिजा ल्याउन , बिद्यार्थीको कमजोरी पन तथा सफल पक्षको जानकारी गराउन , बिद्यार्थी लाई मोबाइलबाट टाढा राख्न बिद्यार्थीहरु माथिल्लो तह सम्म पुग्दा नतिजामा कमि हुन नदिन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।

    विशलेषण कार्यक्रममा अभिभावक मिना पुन र बिधयालयका शिक्षक तथा अभिभावक तिर्थ लाल श्रेष्ठले यो कार्यक्रम अभिभावक र बिद्यार्थीका लागि बहुउपयोगी भएकोले आगामी दिनहरुमा पनि हरेक तहका बिद्यार्थीका अभिभावक शिक्षक र बिद्यार्थी बिच आबस्यक रहेकाले कार्यक्रम प्रभावकारी भएको बताउदै बिद्यार्थीहरुले मोबाइल बढी प्रयोग गरेकाले यश लाई न्यूनीकरण गर्न अन्य विधि अपनाउन समेत कार्यक्रममा चर्चा गर्नु भएको थियो ।

    बोडिङले यस्तै कार्यक्रम गत बुधबार कक्षा १० का बिद्यार्थी अभिभावक र शिक्षक बिच पनि गरेको प्रधानाध्यापक खत्रीले बताउनुभयो । कार्यक्रमको सहजीकरण सहायकप्रधानाध्यापक यज्ञ प्रसाद ज्ञवाली र सिर्जना कमल अर्यालले गर्नु भएको थियो ।

  • वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुरु

    वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुरु

    चुरामणी तिमिल्सीना ।
    रुरुक्षेत्र गाउँपालिका वडा नं–५ बम्घामा रहेको टाहाटिम युवा क्लबले वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुभारम्भ गरेको छ।

    कार्यक्रममा प्रमुख अतिथी ररु क्षेत्र गाउँपालिका कि निवर्तमान कार्यपालिका सदस्य तथा सामाजिक अभियन्ता अन्जु कंडेल रहनु भएको थियो ।कार्यक्रममा ब्याडटिङ गर्दै प्रमुख अतिथी कंडेलले खेलको उद्ध्घाटन गर्नु भएको हो ।

    कार्यक्रमलाई लाई सम्बोधन गर्दै प्रमुख अतिथी कंडेलले युवा बर्गहरु खेल जगतमा अत्यन्त मेहेन्तका साथ लागेर जीवन नै समर्पण गरी देश तथा बिदेशमा नाम कमाउन सफल भएकोले स्थानीय सरकारले हरेक खेल हरुका लागि बजेट नै बिनियोजन गरी खेलाडी हरु लाई प्रशिक्षण दिनुपर्नेमा जोड दिनु भयो ।

    पालिकाको गहना थपिने भएकाले खेलाडी हरु लाई थप हौसलाप्रदान गर्न कार्यक्रम को लागि द्दितिय पुरस्कार रु १० हजार समेत सहयोग गरेको बताउनु भयो ।

    कार्यक्रममा खेल संयोजक कमल गिरिको अध्यक्षता रहेको थियो । समारोहमा कलबका अभिभावक पदम श्रेष्ठ , खेल प्रेमी बिमल ज्ञवाली ,दानु श्रेष्ठ अतिथी रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले युवा हरुले हरेक प्रकारका खेलहरु सिक्न अति आबश्यक रहेकाले खेल मैदानको बिकास संगै प्रशिक्षकको ब्यबस्था तथा खेलाडी लाई पालिकाले प्रोत्साहन गरेमा खेल जगतमा युवाको रुचि बढ्ने बताउनु भयो ।

    कार्यक्रममा २० टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा प्रथम हुने लाई रु २० हजार सहित जिन्सीपुरस्कार र द्दित्तय हुने समूह लाई १० हजार र जिन्सी पुरस्कारको ब्यबस्था गरिएको कलबका अभिभावक पदम श्रेष्ठले जानकारी दिनु भयो ।

    कार्यक्रमको सन्चालन कलबका सचिव पवन गिरिले गर्नु भएको थियो।

  • भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

    भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

    पाल्पा ।
    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    गएरातिदेखि नै पानी परिरहेकाले चिप्लो बाटो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    घाइतेहरूलाई उपचारका लागि तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

  • कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

    कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

    काठमाडौं ।
    कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ ।

    वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

    चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् ।
    कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

    तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो ।

    त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।

  • जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

    जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

    काठमाण्डौ ।
    नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ ।

    गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो ।

    सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।

    भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ ।
    भारतले आफूले खरिद गरेको मल नेपाललाई दिने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ ।

  • दाउन्नेमा बस पल्टिएर आगलागी:३१जना घाइते,चारको अवस्था गम्भीर

    दाउन्नेमा बस पल्टिएर आगलागी:३१जना घाइते,चारको अवस्था गम्भीर

    काठमाडौं ।
    नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्,चारको अवस्था गम्भीर छ।

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए।

    बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ।
    घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

    चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

  • आज एसईईको नतिजा सार्वजनिक हुदैं ( नतिजा हेर्ने तरिका सहित )

    आज एसईईको नतिजा सार्वजनिक हुदैं ( नतिजा हेर्ने तरिका सहित )

    काठमाडौं ।
    राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्।

    मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ।
    गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

    कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन्।

    बोर्डले शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको थियो।

    यसरी हेर्न सकिनेछ नतिजा–

  • साफ यू–२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

    साफ यू–२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं ।
    साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
    भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ।

    नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।

    श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन। नेपालविरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो।

    च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।

    नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।

  • पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज

    पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज

    काठमाडौं ।
    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन्।

    १९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडे।

    दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि का पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।

    पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो।

    पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना भएको छ। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ।