साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं ।
२० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ।

नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

आइतबारको खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने संभावना कठिन बनेको हो।

प्रतियोगितामा सहभागी पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन्।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1106