गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि

बुटवल । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै…

कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर…

रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला

बुटवल । रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६,…

लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

दाङ । दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७९ को उपाधि बाँके जिल्लाले जितेको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण…

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए। भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने उपसभापति गुरुङले बताए। केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन…

वर्षाका कारण दाङमा हुलाकी सडक भासियो

दाङ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन ।…

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त…

पहिरोले घर गोठमा क्षती : २ भैंसीको मृत्यु

सत्यवति ,गुल्मी । गुल्मीको सत्यवति गाउँपालिका वडा न ६ भलादिमा पहिरोले गोठ च्यापीदा २ वटा भैंसीको मृत्यु भएको छ । शुक्रवार रातीदेखि परेको अविरल वर्ष संगै आएको पहिरोले कालिराज भण्डारीको घर गोठमा क्षती पुगेको हो । पहिरोका कारण करिव ४०…

चन्द्रकोट गाउँपालिकामा : सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम

चुरामणि तिमिल्सिना । हरेक क्षेत्रमा सबैको कृयाशिलता सबल एवम सक्षम चन्द्रकोट,भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने मुल नाराका साथअगाडी बढेको चन्द्रकोट गाउँपालिकाले आ.व. २०७८/०७९ लाई लक्षित गर्दै सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज के…

गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

चन्द्रकोट,गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय…