Category: सूचना प्रविधि

  • वर्षाका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित

    वर्षाका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित

    काठमाडौं ।
    मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्।

    विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान डिले भएको हो।

    काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

    केहीबेर अघि भद्रपुरमा उडान शुरू भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

    काठमाडौंको मौसम राम्रो भए पनि अन्य गन्तब्यहरूमा मौसममा खराबी आउँदा उडान समयमै हुन नसकेको विभानस्थलले जानकारी दिएको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

  • बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

    बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

    पाल्पा ।
    मंगलबार बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

    राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा दर्जन बढी पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

    अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले पहिरो पन्छाउन नसकिएको दोभान प्रहरीले जनाएको छ ।

    ‘वर्षा हुँदाहुँदै पहिरो पन्छाउन सकिने अवस्था छैन,’ दोभान प्रहरी चौकी प्रमुख विष्णुबहादुर कुँवरले भने, ‘रोकिएपछि पहिरो पन्छाइनेछ ।’ ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने उनले बताए ।

    प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिँडेका सवारी साधनलाई दोभान प्रहरीचौकीबाट जान दिएको छैन ।

    केही दिनयता दोभानदेखि सिद्दबाबा क्षेत्रमा दिनहुँ खस्ने समस्या बढेको छ ।

    सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

  • देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

    देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

    काठमाडौं ।
    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यता मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • ठुलोलुम्पेकमा निर्माणाधिन कफी  प्रशोधन केन्द्रको भवन पहिरोले भत्कायो

    ठुलोलुम्पेकमा निर्माणाधिन कफी प्रशोधन केन्द्रको भवन पहिरोले भत्कायो

    गुल्मी ।
    गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ ।

    आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकको घारा डाँडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कफी जोन कार्यक्रम अन्तर्गत निर्माण भएको कफी प्रशोधन केन्द्रको भवन भत्किएको हो ।

    वडाध्यक्ष जितबहादुर तरामुका अनुसार यसै आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट कफी प्रशोधन केन्द्र भवन निर्माणका लागि करिब २० लाख रकम परेको थियो ।

    भवन निर्माणको काम सकेर कफी प्रशोधन गर्ने मेशिन मगाएर उद्घाटनको तयारी भैरहेका बेला भवन भत्किएको हो । माथिबाट एक्कासि खसेको पहिरोले पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

  • कफि अनुसन्धान केन्द्र जाने सडक किनारामा कफिका बिरुवा रोपण

    कफि अनुसन्धान केन्द्र जाने सडक किनारामा कफिका बिरुवा रोपण

    रुरु संचार डेक्स ।
    रुरुक्षेत्र गाउँपालिका गुल्मीको अगुवाइमा कफिका बिरुवा लगाइएको छ।

    रुरुक्षेत्र १ रातामाटा देखि देशकै पहिलो कफि अनुसन्धान केन्द्र रुरुक्षेत्र ४ भण्डारी डाँडा जाने सडकको किनारामा कफिका बिरुवा लगाइएको हो।बिरुवा लगाउने कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको पनि उपस्थिती रहेको थियो ।करिब १५० बिरुवाहरु लगाइएको उनले बताए।

    कफिको बिरुवा लगाउँदै ज्ञवालीले भने,“देशकै पहिलो कफि अनुसन्धान केन्द्रको अस्तित्वलाई अझै उचाइमा पुर्याउनु हामी सबैको दायित्व हो,यहाँका समुदायको हो ।
    यहाको पहिचान कफि पनि मुख्य भएकाले यसलाई चिनाउनु पर्छ,कम्तीमा पनि हामी यो क्षेत्रमा कफिका बगैचाहरु निर्माण गर्नुपर्छ।“

    स्थानीय आमा समूह, बन समिति तथा कफि अनुसन्धान केन्द्रको सहयोगमा कफि रोप्ने कार्य गरेको बताउँदै ज्ञवालीले यो सुरुवात मात्रै रहेको बताए ।
    उनले यस क्षेत्रमा कफिको विकासका लागि गाउँपालिकाले निरन्तर पहल गरिरहने पनि विश्वास दिलाएका छन् ।

    कफिकै माध्यमबाट यहाँका किसानको जिवन स्तर केही माथी पुगेको र स्थानीय रोजगारी पनि बढ्दै गइरहेको बताउँदै उनले यस क्षेत्रका किसानलाई थप उत्साह
    प्रदान गर्न पनि कफिका बिरुवा रोप्ने कार्यको सुरुवात गरिएको बताए।

    साविकको बलेटक्सार साविस वडा न.१ (हालको रुरुक्षेत्र ४) मा अबस्थित भण्डारी डाँडा वि.स २०७१ पहिले झाडीको रुपमा रहेकोमा वि.स २०७१ सालदेखि नेपाल कृषि अनुसन्धान परिषदद्वारा कफि अनुसन्धान कार्यक्रम संचालन भएदेखि यहाँ विभिन्न प्रकारका कफि सम्बन्धि अनुसन्धान हुँदै आइरहेका छन्,जुन नेपालककै पहिलो अनुसन्धान केन्द्र हो।

  • पाल्पाको अर्गलीमा दुई  दिने सहकारी  अनुशिक्षण  तालिम

    पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम

    चुरामणि तिमिल्सिना ।
    पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ ।

    फोस्रन स्माट कृषि गाउँ कार्यक्रम अर्गली पाल्पाको आयोजना,तथा भेटनरी अस्पताल पशुसेवा बिज्ञ केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो।
    सस्थाका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।सस्थाका पदाधीहरु तथा सस्थाका सदस्यहरु को लागि दुई दिन सम्म तालिम सन्चालन गरिएको हो ।

    दुई दिन सम्म सहकारी शिक्षा ऐन नियम बिधान, यस्को उद्देश्य,सहकारीका सिद्धान्त सहकारी सन्चालन गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण गरिएको थियो। तालिममा जिल्ला सहकारी संघ पाल्पाका लेखा समिती सुपारीवेक्षण समितिका संयोजक कृष्ण आत्रेय र सहकारी सहजकर्ता राम प्रसाद ज्ञवालीले सहजीकरण गर्नु भएको थियो।

    तालिम समापन गर्दै अध्यक्ष पाण्डेले आफुहरुले सन्चालन गरेको स्माट कार्यक्रमको परियोजना अन्तिम चरणमा पुगेकोले यश लाई नयाँ ब्यबस्थापन का साथ जिल्लाको सहयोग तथा सल्लाहमा तेहि कार्यलय बाट सहकारी सन्चालन गर्न सदस्य हरु तथा विज्ञ हरु सित परामर्श अगाडी बढाइएको बताउनु भयो ।

    कार्यक्रमको सन्चालन तोयनारायण पाण्डे र राधा कुवरले गर्नु भएको थियो ।

  • सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

    सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

    काठमाडौं ।
    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ।

    यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।

    महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए।

    सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आज मात्र समायोजनबारे निर्णय गर्न लागेको महानिर्देशक घिमिरेको भनाइ छ।

    यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।

  • मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं ।
    आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।

    आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
    गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

    यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

  • देशका विभिन्न भू–भागमा  बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

    देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

    काठमाडौं ।
    देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

    आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

  • के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?

    के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?

    काठमाडौं– विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् ।

    मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई नयाँ सामाजिक सञ्जाल खोल्ने विषयमा गम्भीर विचार गरिरहेको बताए ।

    आफैँ पनि ट्विटरमा निकै सक्रिय रहने मस्कले बेला बेला ट्विटरको आलोचना गर्दै आएका छन् । ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्तको पालना गर्न असफल भएका कारण लोकतन्त्रलाई हानी पुर्‍याइरहेको उनको धारणा छ ।

    यसअघि उनले ट्विटरमा ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त पालना गरे/नगरेको विषयमा ‘पोल’ गरेका थिए । ‘यो पोलको परिणाम निकै महत्वपूर्ण हुनेछ । कृपया ध्यान दिएर मत दिनुहोला ।’ उनको ट्विटमा उल्लेख थियो । उक्त ‘पोल’ मा ७० प्रतिशतले ट्विटरले यस्तो नगरेको मत दिएका थिए ।

    पछिल्लो समय धेरै सेलिब्रेटी, राजनीतिक नेताहरु र धनाढ्यहरुले सामाजिक सञ्जालले वाक् स्वतन्त्रता कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

    यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट पनि ट्विटरले हटाइदिएको थियो । ट्विटरले आफ्नो अकाउण्ट हटाइदिएपछि ट्रम्प आफैँले ‘ट्रुथ’ नामक सामाजिक सञ्जाल स्थापना गरेका थिए ।