Blog

  • रुरुक्षेत्रको भट्कुवामा एक हजार विरुवा रोपियो, थप तिन हजार रोपिने

    रुरुक्षेत्रको भट्कुवामा एक हजार विरुवा रोपियो, थप तिन हजार रोपिने

    रुरुक्षेत्र ।
    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ भट्कुवा गतेहार भ्युपोइन्टमा औपचारिक कार्यक्रमका बिच १००० बोट बृक्षारोपण कार्यक्रम गरिएको छ ।

    अमला, गोल मोर, तेजपत्ता ,टिमुर ,बेललगायतका बिरुवाहरु लगाइयको वडा न १ वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनुभयो। केही दिन् भित्रमा यस सामुदायिक बनमा थप ३००० हजार यस्तै बिरुवाहरुको रोपण गरिने सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो। समारोहमा जन प्रतिनिधिहरु सुरक्षा निकाय पत्रकार यस्तै विभिन्न पाटिका प्रतिनिधिहरु ,वनका प्रतिनिधि ,समाजसेबि हिमाल श्रेष्ठ विभिन्न संघसस्थाका प्रमुखहरु महिला समुह स्थानीयको उत्साहजनक रुपमा सहभागीता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अथिती वडा अध्यक्ष नवराज बिकले यस क्षेत्रको हरेक क्षेत्रबाट बिकास गर्नको लागि स्थानीय निकाय बाट सहयोग उपल्ब्ध गराउने ,जनताका समस्याहरु लाई क्रमबद्द रुपमा सम्बोधन गर्ने र धार्मिक पर्यटन प्रबन्धमा टेवा पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो ।

    रुरु सत्यबती सब डिभिजन बन कार्यालय तम्घास र डिभिजन बन कार्यालय गुल्मीको आयोजना यस्तै ठूलो बन महिला सामुदायिक बन वडा कार्यालय र स्थानीय महिला समुहको सहकार्यमा कार्यक्रम गरिएको हो ।

    कार्यालय लाई ब्यबस्थापन गर्न आफ्नो कार्यालय बाट सक्दो सहयोग गर्ने बनका प्रतिनिधि नवीन गैरेले प्रतिबद्धता जायर गर्नुभयो । कार्यक्रममा बनका अध्यक्ष मन्जु ज्ञवालीको अध्यक्षता रहेको थियो।

  • छत्रकोट गाउँपालिका कोटडाँडामा बृक्षारोपण

    छत्रकोट गाउँपालिका कोटडाँडामा बृक्षारोपण

    चुरामणि तिमिल्सिना, छत्रकोट ।
    हरिशयनी एकादशी ब्रतको अबसर पारेर कोटडाँडामा बर पिपल संगै अन्य धार्मिक बिरुवाहरु रोपण गरिएको छ ।

    पार्क निर्माण उपभोक्ता समितिको अगुवाइ र छत्रकोट गाउँपालिकाको आर्थिक सहयोगमा गुल्मीको छत्रकोट गाउँपालिका वडा न २ कोटडाँडामा धार्मिक कार्यका लागि चाहिने तथा अक्सिजन पाइने बृक्षारोपण गरिएको छ।

    १ सय ८ पिपल संगै अन्य २६ थरिका धार्मिक बृक्षरोपण कर्यक्रम अन्तर्गत बर,पिपल,स्वामी,रुद्राक्ष,कपुरलगायतका करिब एक दर्जन थरिका बिरुवा रोपण गरिएको हो । बिरुवा रोपण कार्यक्रममा छत्रकोट गाउँ पालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष पाण्डेले तुल्सी पिपल बरको बृक्ष रोप्दै यस डाँडामा विभिन्न किसिमका बिरुवाहरु लगाउन पालिकाले बिगत देखि योजना बनाउदै अगाडी बढेकोमा यसको संरक्षण र बिकासको लागि छत्रकोट सरकारले निरन्तर प्रदान गर्ने प्रतिबद्धता जायर गर्दै पर्यटन प्रबर्द्धनात्मक कार्यक्रमहरु अगाडी सारेर पर्यटकका लागि नयाँ नयाँ योजनाहरु अगाडी सारेको बताउनु भयो।

    कार्यक्रममाउपाध्यक्ष साबित्रा ज्ञवाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थ ,निबर्तमान अध्यक्ष मधुकृष्ण पन्थ, निबर्तमान उपाध्यक्ष नर्मदा भण्डारी ,जनप्रतिनिधहरुराजनितिक दलका प्रतिनिधि हरु महिला समुह पत्रकार सरोकारवाला निकाय स्थानीय बासिको सहभागीता रहेको थियो ।

    कार्यक्रममा समितिका अध्यक्ष युगराज बस्यालले कार्यक्रम माथी प्रकाश पार्दै पालिकाले यस क्षेत्रमा पुर्याएको योग्दानको कदर गर्दै पालिका लाई धन्यवाद दिनु भयो। बस्यालले समारोहमा यस क्षेत्रमा भ्युटावर निर्माण, प्रतीक्षालय, हाइवे सडक बाट पदमार्ग निर्माण गर्न सकेमा थप पर्यटनमा टेवा पुग्ने बताउनु भयो ।

    कार्यक्रम समितिका सचिब युनिक रियिारले संचालन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बृक्षारोपया गरिएको सर्से सामुदायिक बनका अध्यक्ष मेघराज रजालीले गर्नु भएको थियो ।

  • गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि

    गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि

    बुटवल ।
    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ ।

    विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।

    बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि
    भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

    भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बिनी आएका कोषको सूचना शाखाले
    जनाएको छ । उक्त सङ्ख्या विगत वर्षभन्दा बढी हो । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

    पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ ।
    कोभिड–१९ को त्रासका कारण पर्यटक आगमनमा कमी आएको लुम्बिनीमा भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटक आउने क्रम समेत बढेको छ ।

    प्रचारप्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् ।
    लुम्बिनी आउने पर्यटकका लागि सरकारले विशेष सुविधा र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् ।
    धार्मिक र आध्यात्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको पाइन्छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमाक्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीहरुलाई समेत उत्साह दिएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।

    लामो समय कोभिड–१९ का कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक,भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकको आगमनले रमाइलो बनाएको छ ।

    पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान भएका छन् । रासस

  • कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

    कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

    कपिलवस्तु ।

    कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी मृत अवस्थामा भेटिएका हुन् ।

    दुवै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

  • रुपन्देहीको तिलोत्तमा  एक युवती मृत फेला

    रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला

    बुटवल ।
    रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला परेकी छन् ।

    मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् ।
    वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

    अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए ।

    उनले फोन जानेवित्तिकै आफू रुपन्देही आई साँझसम्मै छोरीलाई खोज्दा नभेटेको बताए । उनले ईलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरीसमेत दिएका थिए । ’रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन,’ उनले भने, ’राति २ छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।’

    आइतबार दिउँसो साढे १ बजेतिर भने तिनै जेठानकी श्रीमतीले छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले बताए ।

    मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको नागेन्द्रले बताए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

    लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

    दाङ ।
    दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७९ को उपाधि बाँके जिल्लाले जितेको छ।

    नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण ७ रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधि जितेको हो।

    उपाधिसँगै उसले लुम्बिनी प्रदेशस्तरीय रनिङ शिल्ड उचाल्यो। त्यस्तै बर्दिया जिल्ला ९ स्वर्ण ९ रजत र १२ कास्य पदकका साथ द्वितीय हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतीय भयो भने कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो।

    यसैबीच प्रतियोगिताअन्तर्गत कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए।

    त्यस्तै एथलेटिक्समा छात्रमा बाकेका युवराज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भए। त्यस्तै उसुतर्फ छात्रमा बाकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट भए। त्यस्तै भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डागी उत्कृष्ट खेलाडी भए।

    प्रतियोगितामा ब्यक्तिगत विधाअन्तर्गत एथलेटिक्स,उसु,करातेमा प्रथम स्थान हात पारेका खेलाडी र टिम गेमतर्फको कबडी,भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ।

    छनोटमा परेका खेलाडीले असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न्।

  • कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

    कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं ।
    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए।

    भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने उपसभापति गुरुङले बताए। केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो।

    कांग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ। स्थानीय निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दै छ।

    आजको पदाधिकारी बैठकमा भ्रातृ संस्थाको विधानबारे पनि छलफल हुने बताइएको छ।

  • वर्षाका कारण दाङमा हुलाकी सडक भासियो

    वर्षाका कारण दाङमा हुलाकी सडक भासियो

    दाङ ।
    वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।

    पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन । सडकमा क्षति हुँदा अवागमन रोकिएको छ ।

    हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।

    अहिले पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

  • एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

    एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

    बुटवल ।
    नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

    यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

    यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरिएको छ । जसअनुसार प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् । रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् ।

    उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएकाले उनको ठाउँमा श्रीराम यादव चयन भएका छन् ।

    यस्तै अर्का उपाध्यक्षमा चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन भएका छन् । रुपन्देही जिल्लाको नेतृत्व हेरफेरसम्बन्धी जिल्ला समितिले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेको प्रदेश सचिव राजु गुरुङले बताए ।

    वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ ।

    वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिएका सचिव गुरुङले बताए ।

  • पहिरोले घर गोठमा क्षती : २ भैंसीको मृत्यु

    पहिरोले घर गोठमा क्षती : २ भैंसीको मृत्यु

    सत्यवति ,गुल्मी ।
    गुल्मीको सत्यवति गाउँपालिका वडा न ६ भलादिमा पहिरोले गोठ च्यापीदा २ वटा भैंसीको मृत्यु भएको छ ।

    शुक्रवार रातीदेखि परेको अविरल वर्ष संगै आएको पहिरोले कालिराज भण्डारीको घर गोठमा क्षती पुगेको हो । पहिरोका कारण करिव ४० लाखको क्षती भएको वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनु भयो । टिनको छाानो रहेको गोठ पुणरुपर्मा क्षतिभएको र घरको पछाडीको भाग पुरिएको छ । गोठमा १ लैनो भैंसी १ ब्याउने भैसि पुरिएको छ । साथै गोठमा रहेको अन्नपात र घाँस पराल समेत सवै पुरीएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

    सवै परिवारले खान खाइरहेको अबस्थामा एक्कासी माथीबाट ठूलो आवाजमा पहिरो आयो र सबै पुरिदियो भण्डारीले बताउनु भयो। पहिरो लाई हटाउन नेपाल प्रहरी जन प्रतिनिधि पत्रकार तथा स्थानीको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

    सडक सन्चालन भए पनि पुरिएका भैसीहरु भने निकाल्न्न डोजर प्रयोग गरिएको छ । पिडितलाई तत्काल राहातको लागी पालिकाको आपतकालीन बैठक बसि सहयोग गर्ने वडा न ६ का वडा सदस्य युवराज न्यौपानेले जानकारी दिनु भयो।

    अहिले पिडित परिवार लागि स्थाननतरणको लागि र सामाग्री सार्नको लागी स्थानीयले सहयोग गरेका छन् ।