Blog

  • चन्द्रकोट गाउँपालिकामा : सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम

    चन्द्रकोट गाउँपालिकामा : सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम

    चुरामणि तिमिल्सिना ।
    हरेक क्षेत्रमा सबैको कृयाशिलता सबल एवम सक्षम चन्द्रकोट,भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने मुल नाराका साथअगाडी बढेको चन्द्रकोट गाउँपालिकाले आ.व. २०७८/०७९ लाई लक्षित गर्दै सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज के सीलेकार्यक्रमको ब्यानर बाचन गरी कार्यक्रमको उत्घाटन गर्नु भएको थियो।
    कार्यक्रममा पालिकाकाउपाध्यक्ष बिष्णु प्रसाद भण्डारी यस्तै प्रमुख प्रशासकीय अधिकृतइन्द्र बहादुर खत्रीले कार्यक्रममा सहभागीले राखेको जिज्ञाको जवाफ दिनु भएको थियो।

    सहजिकरणको लागी नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सह–सचिव तिलाचन पाण्डे,कार्यसमिति सदस्य महेश बोहोरा लगायत संचार टिमले कार्यक्रमको भुमिका निर्बाहा गर्नु भएको थियो ।

    कार्यक्रममा वडा अध्यक्षहरु कार्य पालिकाकाका सदस्यहरु वडा सदस्यहरु विभिन्न शाखका प्रमुखहरु,विषयगत समितिका पदाधिकारीहरु बौद्धिक बर्ग सुरक्षा निकाय ,राजनैतिक दलका प्रमुख प्रतिनिधीहरु महिला समूह लगायतको सहभागीता रहेको थियो।

    सुनाइ कार्यक्रममा आयोजना सन्चालन , पशुविमा ,कर शिक्षा ,महिला क्षमता तालिम सन्चार बिधुत सडक,खेलकुद मैदान,टोल फ्री नम्बर , बादरको समस्या सरकारी जगा ब्यबस्थापन , तथा भक्तानी ब्यबस्थापन सहज जस्ता विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।

    सर्ब साधारणले राखेको जिज्ञासा उत्तर दिदै हरेक समस्य समाधन गर्न पालिकाको सिङ्गो टिम लागिरहेको, तत्कालनै गर्नु पर्ने काम लाई जन्प्रतिनीधि आमा समूह ,तथा श्रम दान बाट सहजीकरण गर्ने ब्यापारी बर्गको लागि करको दायरा्मा ल्याउने स्वास्थ खानेपानी लाई तत्काल नै पालिकाले सम्बोधन गर्ने अध्यक्ष उपाध्यक्ष र अधिकृतले प्रतिबद्धता जायर गर्नु भयो ।

    कार्यक्रमको सन्चालन शिव ज्ञवालीले गर्नु भएको थियो।

  • गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

    गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

    चन्द्रकोट,गुल्मी ।
    गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

    ३२ वटा हाते ट्याक्टर(मिनिटेलर),६ वटा चापकटर,२९ वटा मिनिमिल र चार वटा थ्रेसर प्रदान गरिएको हो । जसमा गाउँपालिका र किसानको सम्मान १८ लाख ८० हजार÷१८ लाख ८० हजार गरि ३७ लाख ६० हजार लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले उल्लेख गरे ।

    बिहीवार कृषि औजार किसानलाई हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि औजार सहि ढङ्गले प्रयोग गर्न आग्रह गरेका छन । साथै कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने अध्यक्ष केसीको भनाई रहेको छ ।

    चन्द्रकोट गाउँपालिकाले कृषकलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै आगामी वर्षमा पनि किसानको जीवन स्तर उकास्ने र व्यवसायीक किसान उत्पादन गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

  • गाउँपालिकाले किसानहरुलाई दियो पाडी उपहार

    गाउँपालिकाले किसानहरुलाई दियो पाडी उपहार

    भुवन भुसाल, गुल्मी ।
    गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न ४ का किसानहरुलाई पाडी उपहार दिइएको छ ।
    कृषि पेशा गरिरहेका तर आर्थिक रुपमा कमजोर किसानलाई छत्रकोट गाउँपालिकाले भैसिको पाडी उपहार स्वरुप प्रदान गरेको छ । आर्थिक बर्षको अन्त्य सम्म पनि योजना कार्यान्वयन नभएको अवस्थामा नयाँ निर्वाचित जनप्रतिनिधिको अनवरत खटाईले आफुहरुले पाडी उपहार पाएको भन्दै किसान हर्षित भएका छन ।

    मागका आधारमा वार्डका २७ जना किसानहरुलाई पाडी प्रदान गरिएको वडा अध्यक्ष गुणाखर ज्ञवालीले बताउनुभयो । दूध उत्पादनका निम्ति भैंसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत २७ जना किसानहरूलाई भैसिको पाडी दिइएको हो ।

    “जो किसान पौरखी छ, तर आर्थिक अवस्था कमजोर छ उनिहरुलाई छनोट गरेर पाडी बितरणका निम्ति छनोट गरिएको हो ” वडा सदस्य केशब कंडेलले भन्नुभयो । नेपाल सरकारको दूध मिसन कार्यक्रम अन्तर्गत भैंसी प्रवर्द्धन कार्यक्रम बाट पाडी बितरण गरिएको हो ।

    बितरण गरिएका भैंसी किसानहरुले ३ बर्ष सम्म बिक्रि गर्न पाउदैनन् , प्रत्येक ३ /३ महिनामा अनुगमन गर्ने सर्तमा भैसिको पाडी बितरण गरेको दिगाम भैंसी पालन उपभोक्ता समितिका अध्यक्ष चुण्ड प्रसाद कंडेलले बताउनुभयो ।

    बितरण गरिएका सबै पाडिहरुको आज बिमा समेत गरिएको छ । छत्रकोटका पशु शाखा प्रमुख टेकराज खनालले गत बर्ष भैंसी बितरण कार्यक्रम आलोचित भएकाले ब्यवसायीक रुपमा भैंसी पालन गरेर आम्दानी लिन आग्रह गर्नुभयो । कार्यपालिका सदस्य भगवती न्यौपाने वडा सदस्य थानेस्वर पन्थ र कृषि प्राबिधिक पबित्रा खनाल लगायतको उपस्थितिमा भैसिका पाडी बिरतण गरिएको हो ।

    २७ वटा पाडी स्थानिय जनप्रतिनिधि , समुहका पदाधिकारी लगायतको सक्रियतामा छत्रकोट भित्रै खरिद गरिएको हो । खरिद गरिएका पाडी एकै स्थानमा राखी चिट्ठा प्रणाली बाट बितरण गरिएको छ ।

  • सरकारी जग्गा अब ४० वर्षसम्म भाडामा दिन सक्ने व्यवस्था

    सरकारी जग्गा अब ४० वर्षसम्म भाडामा दिन सक्ने व्यवस्था

    काठमाडौं ।
    सरकारले सरकारी जग्गा अधिकतम ४० वर्षसम्मका लागि लिज अर्थात् भाडामा दिन सक्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी कार्यनीति राजपत्रमा प्रकाशित गरेको छ ।

    राजपत्रमा प्रकाशित सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ अनुसार सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्मका लागि लिजमा दिने व्यवस्था गरेको हो ।

    विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो ।
    कार्यनीतिअनुसार विदेशी कुटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकाय, नेपाल पक्ष रहेका अन्तरसरकारी सङ्गठन, प्रदेश सरकार वा पालिकाअन्तर्गत स्थापना भएका विश्वविद्यालय, बोर्ड समिति वा अन्य स्वायत्त संस्था, प्रचलित कानुनबमोजिम नेपाल सरकार,प्रदेश सरकार वा पालिकामा दर्ता भएका कुनै पनि संस्था वा व्यक्तिले सरकारी जग्गा उपभोग गर्न पाउनेछन् ।

    सरकारको नाममा दर्ता स्रेस्ता कायम नभएका जग्गा सरकारको नाममा दर्ता भएपछि मात्रै लिजमा उपलब्ध गराइनेछ ।

    सरकारले त्यस्ता जग्गा अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन रूपमा १५ वर्ष र दीर्घकालीन रूपमा ४० वर्षसम्म लिजमा उपलब्ध गराउनेछ ।

    कुनै सरकारी जग्गा लिजमा लिइ उपयोग गर्न चाहने व्यक्ति, संस्था वा निकायले पाँच हजार रुपैयाँ निवेदन दस्तुरसहित निवेदन दिनुपर्नेछ । जग्गा लिजमा लिनु पर्नाका कारण र कार्ययोजना पेस गर्नुपर्नेछ ।

  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने

    जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने

    काठमाडौं ।
    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ।

    ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ।
    उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो। स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो।

    आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो।

  • पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

    पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

    बुटवल ।
    पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ ।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्

    थानीय र राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ। नेपालमा उत्पादित सिमेन्ट भारतीय बजारमा निर्यात सुरु भएको छ।

    भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने गुणस्तर मापदण्डलगायतका सबै सरकारी प्रक्रिया पूरा गरी उद्योगले सिमेन्ट पठाउन थालेको हो। उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेशलाई लक्षित गरेर सिमेन्ट पठाउन सुरु गरेको छ।

    दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए।

  • नवौँ राष्ट्रिय खेलकुद:विजेतालाई १० लाख रुपैयाँको आकर्षक ट्रफी

    नवौँ राष्ट्रिय खेलकुद:विजेतालाई १० लाख रुपैयाँको आकर्षक ट्रफी

    काठमाण्डौ ।
    नवौँ राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ । आज शुक्रवार बसेको मुल आयोजक समितिको बैठकले कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो ।

    बैठकले आवश्यकता अनुसार निर्देशिकामा रहेका १४ वटा विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ ।

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न ठाउँमा हुँदैछ । प्रतियोगितामा सात वटा प्रदेश, तीन विभाग र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीले ३६ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    प्रतियोगितामा विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी दिइने भएको छ ।
    मूल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टोलीलाई प्रदान गर्न १० लाख रुपैयाँको आकर्षण ट्रफी बनाउने निर्णय गरेको हो । सर्वाधिक स्वर्ण पदक विजेता टोलीले पाउने ट्रफी सरकारले बनाउने भएको हो ।

  • दलिय सहमति गरी नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने

    दलिय सहमति गरी नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने

    काठमाडौं ।
    गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिँदै सांसद्को चासोलाई सम्बोधन गर्दै बाधा फुकाउने गरी आजै बस्ने मन्त्रिपरिषद्को बैठकमा नयाँ विधेयक प्रस्तुत गर्नेबारे निर्णय हुने जानकारी दिए ।

    उनले सबै नेपालीलाई नागरिकता प्रदान गर्नु राज्य र सरकारको साझा दायित्व भएकाले यसअघि प्रस्तुत विधेयक छलफल र पारित गर्न समय लाग्न सक्ने भएकाले सार्थक प्रयत्नसहित दलीय छलफल गरेर चाँडै नयाँ विधेयक ल्याएर पारित गराइने जनाएका छन् ।

    उनले नागरिकतासम्बन्धी सङ्घीयतासम्बन्धी ऐनको अभावमा नागरिकता पाउन कुरिरहेको युवालाई नागरिकता दिनुपर्ने दायित्वलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे ।

    नागरिकता नपाएका कारण जनताले दैनिक जीवन गुजार्नसमेत कठिनाइ भोग्नुपरेको यथार्थलाई आत्मसात् गर्दै नयाँ विधेयक ल्याउने ध्येयका साथ विद्यमान विधेयक फिर्ता लिन लागिएकाले यसमा सबै दलको सहयोगको अपेक्षा व्यक्त गरे । उनले महत्वपूर्ण विधेयक र विषयमा दलबीचको सहमति गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रिय दायित्व पूरा गर्न आग्रह गरे ।

    विसं २०७५ साउन २२ गते सो विधेयक संसद्मा लगेको थियो भने राज्य व्यवस्था तथा सुशासन समितिमा सो विधेयक २२ महिना विचाराधीन रही दफाबार संशोधन भएको थियो । बैठकको बहुमतले सो विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गरेको छ ।

  • नेपाल ज्योतिष परिषद जिल्लाकार्य समितीमा नयाँ  समिती

    नेपाल ज्योतिष परिषद जिल्लाकार्य समितीमा नयाँ समिती

    चुरामणी तिमिल्सीना,रिडी ।
    पाल्पाको तानसेन र गुल्मीको रिडीमा नेपाल ज्योतिष परिषदको जिल्ला कार्य समितीको नयाँ कार्य समिती गठन कार्य सम्पन्न भएको छ ।

    गुल्मीको रिडीमा सम्पन्न भएको अधिबेशनले शेषनारायण मरासिनिको अध्यक्षतामा १३ जना रहने गरी कार्य समिती गठन गरेको हो।

    यस्तै उपाध्यक्षमा माधब अर्याल,बिष्णु पन्थी ,सचिवमा चुरमणि तिमिल्सिना,सह सचिव माधब राज घिमिरे र अरुण ज्ञवाली,कोषाध्यक्षमा खेम राज ज्ञवाली ,रहनु भएको छ ।

    अधिबेशनले राजन पन्थी ,नवराज पन्थी ,अर्जुन ढकाल ,सुदिप काफ्ले,प्रकाश भट्टराई , हरि सापकोटा सुन्दर ज्ञवाली ,लाई सदस्यमा चयन गरेको हो ।

    यस्तै पाल्पामा सम्पन्न अधिबेशनले हुमनाथ न्यौपानेको अध्यक्षता नयाँ कार्य समिती निर्माण गरेको हो ।

    भेलामा लुम्बिनी प्रदेश का अध्यक्ष ज्योतिष जनार्जन न्यौपाने, केन्द्रिय सदस्य सुन्दर भण्डारी ,केन्द्रिय सदस्य कुष्मा खर न्यौपाने , प्रदेश सचिव मनोहर घिमिरेको आथित्यतामा अधिबेशन सम्पन्न भएको हो ।

    अधिबेशनमा बोल्दै अध्यक्ष न्यौपानेले यस्ता धार्मिक पौराणिक तथा एतिहासिक क्षेत्रमा यस्तो ज्योतिष सदनको आबस्यकता रहेकोले यसलाई स्थापना गरि विभिन्न तालिम यस्तै अंतरकृया र छलफल बाट नयाँ कुराको ज्ञान हुने भएकोले यश सस्था लाई अगाडी बढाउन आफ्नो सस्था र आफूले सबै पक्षबाट सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभयो।

    कार्यक्रममा सपथ पछी सचिव तिमिल्सिनाले यश गुल्मी जिल्लामा ज्योतिष गुरुहरुको ठूलो माग भएकोले पुराना पुस्ता सकिदै जानू र नयाँ पुस्ताले यस्ता विषयको अध्यान नगर्दा ग्रामिण भेगमा निकै समस्या रहेकोले यश सदनले अबका दिन्मा युवा पुस्तालाई समेट्दै योजना अगाडी बढाउने प्रतिबद्धता जायर गर्नु भयो।

  • रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

    रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

    न्युज डेक्स ।
    रुरुक्षेत्र गाउँपालिका शिक्षा शाखा मार्फत शैक्षिक सामाग्री हस्तान्तरण भएको छ ।

    मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गतपालिकाका ४३ बिद्यालयलाई खेलकुदका सामाग्री,शिक्षण सिकाइ सहजीकरण सामाग्री,युरोगार्ड खानेपानी टंकी लगायतका सामग्री औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो।

    हस्तान्तरण कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिना गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल,जनप्रतिनिधिहरु,बिद्यालयका प्रधानाध्यापक,शिक्षक प्रतिनिधि लगायत शिक्षा प्रेमी महानुभावहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा पालिकाका सात सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयको कामकाज गर्ने गरी एकएक थान ल्यापटप समेत प्रदान गरिएको अधिकृत पौडेलले बताउनु भयो ।

    हस्तान्तरण समारोहमा बोल्दै उप प्रमुख गौतमले शिक्षाको क्षेत्रमा अपरिहार्य परिवर्तन आवसश्यक रहेकोले हरेक विद्यालयमा शिक्षा समितिले अनुगमन गरी भएका समस्याको समाधान गर्न आफ्नो पालिकाको टिम लाग्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

    यस्तै कार्यक्रममा शैक्षिक जिल्ला समन्वयकर्ता प्रकाश चालिसेले शैक्षिक क्षेत्रलाई सुधार गर्न र प्रबिधिमैत्री बनाउन यो कार्यक्रम स्थानीय तहमा प्रभावकारी हुने कुरामा जोड दिनु भयो।

    कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले आगामी बर्षहरुमा सबै विद्यालयका प्रशासनिक काममा सहजताका लागि कम्प्युर,ल्यापटप,फोटोकपी तथा विद्युतीय सामाग्रीहरु प्रदान गर्न बजेटको ब्यबस्थापन भएको र शिक्षा क्षेत्रबाट कुनै पनि बालबलिका बिद्यालय जान बाट बन्चित नबनाउन र विदयालय सञ्चालनमा सूचना प्रबिधिलाई जोड्न आफुले प्रदेश तथा केन्द्र सरकार समक्ष नयाँ टेक्नोलजीका विषयमा अध्ययन समेत गरेको बताउनु भयो ।

    कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो।