Blog

  • यात्रु सचेतना जगाउने कार्यमा ट्राफिक  प्रहरी सक्रिय

    यात्रु सचेतना जगाउने कार्यमा ट्राफिक प्रहरी सक्रिय

    चुरामणि तिमिल्सिना,रिडी ।
    अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले जनता माध्यमिक बिध्यालय सत्यवती १ अस्लेवाका बिद्यार्थीहरु लाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको छ ।

    सडकमा हिडदा , बाटो क्रस गर्दा , चडदा ,ओर्लिदा ध्यान दिनु पर्ने कुराहरु ,बसमा यात्रा गर्दा हात तथा टाउको बाहिर ननिकाल्न आग्रह,यातायात चालका लाई गन्तव्यमा सफलता पुर्वक पुर्याउन गति सिमित गरी चलाउन आग्रह ,बजार तथा बिध्यालय क्षेत्रमा प्रेसर हर्न नबजाउने,गन्तव्यमा पुग्न बसबाट झरेपछि लाइन बद्द रुपमा बिद्यार्थी हरु लाई हिड्न समेत प्रशिक्षण दिईएको छ ।

    यसरी नियम को पालना गर्दा कुनै पनि दुर्घटना र धनजनको क्षति नहुने साथै बिद्यार्थीहरु लाई दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना जगाउने कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले जानकारी दिनु भयो

    पाण्डेले केही समय यता रिडी थोर्गा रातामाटा, रिडी खर्याङ सडक खण्ड,कालीगण्डकी करिडोर लगायतका स्थानमा चेक जाच लाई कडा गर्दै सवारी धनी सवारी चालक यात्री लाई विभिन्न चेतनामुलक जानकारी गराउदै बर्षादको समयमा यात्रा गर्दा बाटोमा पहिरो जान सक्ने बाटो अबरोध हुने भएको हुँदा तत्कालै प्रहरी तथा सरोकार बाला निकाय लाई खबर गरी सहयोग गर्न आग्रह गर्नुभयो।

    पछिल्लो समयमा रिडी बजारको पार्किङ लाई ब्यबस्थापन गर्न पुरना तथा अब्यबस्थित ब्रेकर हरुलाइ हटाइ नयाँ टिजिटल ब्रेकर राख्ने कार्य वडा कार्यालय र बजार बासीको समन्वय र सहकार्यम राखीएको पाण्डेले बताउनु भयो ।

  • सेवाग्राहीलाई पाँच मिनेट भन्दा बढि नरोक्न रेसुङ्गा नगर प्रमुख पन्थीको निर्देशन

    सेवाग्राहीलाई पाँच मिनेट भन्दा बढि नरोक्न रेसुङ्गा नगर प्रमुख पन्थीको निर्देशन

    गुल्मी ।
    गुल्मीको रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सेवाग्राहीको कामलाई पाँच मिनेट भन्दा बढि नरोक्न निर्देशन दिएका छन।

    बढि रोकिने र एउटै कामले पटक पटक नगरपालिका धाउँन सेवाग्राहीलाई झनझटिलो हुन नदिन नगरपालिका सम्पुर्ण शाखा प्रमुखलाई नगरपालिकाका प्रमुख पन्थीले निर्देशन दिएका छन ।

    पन्थीले नगरको भौतिक विकास आर्थिक विकास संगै यहाँका हरेक सुशासनका कुरा हरेक बिषयमा पारदर्शी ढङ्गले अगाडि बढ्न निर्देशन दिएका छन् ।
    सेवाग्राहीका कामलाई झनझटिलो नहुने गरि सहज तरिकाले पाँच मिनेटमै सकिने गरि अगाडि बढन पन्थीले निर्देशन दिएका हुन ।

    पन्थीले कर्मचारीलेलाई निर्देशन दिदै भने “सेवाग्राहीले गुनासो नराख्ने गरि काम गरौं काम गर्न सहज र छरितो कसरी हुन्छ त्यसलाई पनि अपनत्व हुने गरि” लाग्न निर्देशन दिएका थिए।

  • भट्कुवा आधारभुत  विद्यालयमा शैक्षिक  सामाग्री  बितरण

    भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

    चुरामणि तिमिल्सिना ,रुरु क्षेत्र ।

    भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

    विद्यालयमा अध्यानरत ९२ जना बिद्यार्थीहरु लाई कापी, कलम, झोला लगायतका सामाग्री हस्तान्तरण गरिएको हो। चाइना फाउन्डेसन नेपालको सहयोगमा सामाग्री हस्तान्तरण भएको बिध्यालयले जानकारी दिएको छ ।

    बितरण कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका चाइना फाउन्डेसन नेपालका प्रतिनिधि मंगल बहादुर रेगामी , विशिष्ट अतिथीमा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य सुशील श्रेष्ठ , यस्तै समाजसेवी बौद्धिक बर्ग रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथी वडा सदस्य श्रेष्ठले गरिब बिपन्न दलित बर्गका मात्र नभइ सबै बिद्यार्थीहरुका लागि सामाग्री बितरण कार्यक्रम आयोजना गर्नु भएकोमा प्रतिनिधि रेगामी लगायत लाई धन्यवाद ब्यक्त गर्दै बिद्यार्थी बर्गमा राहत समेत पुग्ने बताउनु भयो ।

    समारोहमा शिक्षक दिपक ज्ञवाली लगायतले शुभकामना राख्दै यस्ता कार्यक्रमले बिपन्न परिवारका बिद्यार्थीहरु लाई ठूलो सहयोग मिल्ने हुँदा आगामी दिन्हरुमा पनि यस्तै कार्यक्रम ल्याउन आयोजक परिवार प्रती आग्रह गर्नु भयो ।

    कार्यक्रमको सन्चालन शिक्षक कृष्ण कला मगरले गर्नु भएको थियो।

  • भेरी अस्पतालमा  डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    भेरी अस्पतालमा डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    नेपालगञ्ज ।
    भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।

    भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।

    ‘विगतदेखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापबाही गर्ने गरेको पाइएको छ,’अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो,बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’

    अस्पतालले २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार यसअघि पनि उनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो ।

  • गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

    गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

    गुल्मी ।
    गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।

    मदाने गाउँपालिका वडा –१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।

    एसपी दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

    यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

    उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं ।
    सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको हो । २०७५ सालमै सरकारले ल्याएको यो विधेयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

    विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो।

    बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको राष्ट्र संघमा जाने भ्रमण स्वीकृत गरेको छ ।गृहमन्त्रीको सिफारिसमा विभिन्न व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बिषयमा भने कुनै छलफल भएन ।
    मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्रीको राजीनामाका बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ।

    बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्रीसँग छलफल गरी टुंगो लगाउने निर्णय गरेको थियो।

  • प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

    प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

    प्यूठान ।
    सोमबार रातिको अविरल वर्षासँगै परेको चट्याङले प्यूठानमा ११ जना घाइते भएका छन् ।

    जिल्लाको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ पर्दा पाँच जना घाइते भएका हुन् ।
    घाइते हुनेहरूमा स्थानीय ७ वर्षीय रोमन परियार, १२ वर्षीय किरण परियार गम्भीर घाइते भएका छन् ।

    त्यस्तै अरू पाँच जना पनि घाइते भएका छन् । घाइते हुनेमा दिपक परियार, सपना परियार, सुवर्ण परियार, एलिसा परियार, सगुन परियार पनि घाइते भएको वडा अध्यक्ष भरत खड्काले जानकारी दिए ।

    यस्तै, ऐरावती गाउँपालिका वडा न–१ दाङवाङमा पनि सोमबार राति चट्याङ पर्दा चार जना घाइते भएका छन् ।
    घाइते हुनेमा एकै घरका तीन जना पनि रहेका छन् । घाइते हुनेमा पबी नेपाली, लिला नेपाली, अञ्जली नेपाली र सीता नेपाली घाइते भएको ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।

    बिहान साढे तीन बजेतिरको समयमा चट्याङ परेको थियो । घाइते सबैलाई उपचारका लागि बिजुवार पठाइएको छ ।

  • छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

    छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

    कृष्ण अन्जान,छत्रकोट ।
    गुल्मी जिल्लाको छत्रकोट गाउँपालिले सोमबारबाट विद्युतीय भुक्तानी सरवा सुरुवात गरेको छ ।

    गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग गर्दै छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विधुतिय भुक्तानि सेवाको शुरुवात गरे ।

    गाउँपालिकाले सुरुवात गरेको भ्ँत् (भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीलाई अनावस्यक झण्झट नहुने र सिधै रकम बैँकमा जाने छ ।

    गाउँपालिका प्रमुख राम प्रसाद पाण्डे,उपप्रमुख सावित्रा ज्ञवालीका साथै गाउँपालिकाका कर्मचारी र पत्रकार समेतको उपस्थितिमा ताराहान्ने खानेपानी आयोजना र डाँग्रि पोखरा ट्रस्टलाई इपेमेन्ट गर्दै विधुतिय भुक्तानि सेवा शुरु गरिएको हो।

    पालिकाका लेखा अधिकृत सन्तोष जिसिले विद्युतीय भुक्तानीले सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने र गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे ।

    छत्रकोट गाउँपालिकामा सेवा लिने सेवाग्राहीले पनि अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेकको म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।

  • पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

    पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

    पाल्प ।
    बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “ राष्ट्रप्रेमी“ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।

    बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास ,श्री महामृत्युञ्जय शिवासन धाम , शिवालय मन्दिर बराङ्दी आयुर्बेद औषधालय , श्री बेद माध्यमिक बिद्यालय, कालिगण्डकी बोर्डिङ स्कुल र बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन।

    लालीगुराँसको यो अभियानको कुरा सुन्दा स्थानीय उत्साहित भएका छन । यो अभियानलाई वडाले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

    स्थानीय चुरामणी बस्यालले अभियान महत्वपुर्ण रहेकोले पुर्णता दिन आबस्यक रहेको बताउछन ।उनि भन्छन ’’लाली गुँरास सौन्दर्य मात्र नभएर महत्वपुर्ण औषधी पनि हो ’’ हृदयरोग कलेजो तथा मिर्गौलाको समस्या भएमा गुरास उपयोगी मानिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ ।

    बस्यालले एक बर्ष अगाडि बगनासकाली गाँउपालिकामा लागुपदार्थ तथा जुवातास न्यूनीकरणको लागि सचेतना अभियान चलाएका थिए । बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन ,उनी सामाजिक काममा सक्रिय देखिन्छन् ।उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए ।

  • श्रृङ्गा जनता मा.विमा जुनियर युवा रेडक्रस सर्कलको पुर्नगठन

    श्रृङ्गा जनता मा.विमा जुनियर युवा रेडक्रस सर्कलको पुर्नगठन

    श्रृङ्गा ,गुल्मी ।
    श्रृङ्गा जनता मा.वि छत्रकोट ४ गुल्मीमा जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ।

    विद्यालयमा सोमबार एक कार्यक्रमको बिचमा जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको हो जसमा अध्यक्ष पदमा कक्षा १० का छात्र रन्जित पन्थ सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यस्तै सचिवमा कक्षा ९ बाट सोनिया कंडेल, उपसचिवमा कक्षा ९ बाटै अमित कंडेल र उपकोषाध्यक्षमा कक्षा ६ बाट प्रज्ञान कंडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष र कोषाध्यक्षको टुंगो लाग्न बाकी छ। त्यस्तै सदस्यमा अस्मिता अर्जेल, प्रदीप झांक्री, रक्षा पन्थ, चन्दन झाक्री र सिद्दान्त बन्जाडे निर्बिरोध चुनिएका हुन् ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको परिपत्र अनुसार कक्षा ८ सम्मका जुनियर सदस्य ४ जना र कक्षा ९–१२ का युवा सदस्य ७ जना गरि जम्मा ११ सदस्यीय रहने गरि नेपाल जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको विद्यालयका प्रधानाध्यापक विकाश चन्द्र खरेलले बताउनुभयो।

    जसमा प्रधानाध्यापक खरेल संरक्षक हुनुहुन्छ भने शिक्षक नायकमा ललिता पन्थ र सह नायकमा माधव ज्ञवाली चयन हुनुभएको छ ।