Blog

  • सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल ।
    दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरूद्ध भएको छ।

    यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    प्रहरीका अनुसार सिद्धबाबा देखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि सवारीसाधनको आवतजावत बन्द भएको हो।

    माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेको छ। सिद्धार्थ राजमार्गकै पानी मिल,हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    मंगलबार दिउँसो बर्षा केहिबेर रोकिए पनि रातिदेखि फेरि ठूलो वर्षा भइरहेको छ। पानी परिरहेकोले पहिरो गएको स्थानमा जान नसकेको प्रहरीले जनाएको छ ।

  • निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध

    निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध

    बागलुङ ।
    निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

    लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
    तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ ।वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।

    यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ ।

    बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
    निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

  • ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    रुपन्देही ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

    गरेको कामभन्दा २ लाख ६१ हजार ८५५ रूपैयाँ बढी रकम भुक्तानी गरी अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत नेपालसहित इञ्जिनियर लवकुश चाई,सबइञ्जिनियर सन्तोष भुसाल, उपभोक्ता समिति अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    उक्त गाउँपालिकाको वडा नम्बर ४ स्थित मटेरिया गाउँको मुख्य सडकमा पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाइमा ढलान नगरी
    सोभन्दा कम मोटाइमा ढलान गरेको तरनापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

  • भेरी अस्पताल नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ

    भेरी अस्पताल नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ

    नेपालगञ्ज ।
    भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्।

    अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

    भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको बुझिएको छ।

    अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ। एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकललगायत चोर्ने गरेको प्रहरीको भनाइ छ।

  • एमाले पूर्वउपाध्यक्ष वामदेवले गरे नयाँ दल घोषणा

    एमाले पूर्वउपाध्यक्ष वामदेवले गरे नयाँ दल घोषणा

    काठमाण्डौ ।
    नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् ।

    काठमाण्डौमा मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गरेका हुन् । दलको संयोजकमा स्वयम् वामदेव गौतम रहेका छन् भने सचिवमा डीबी कार्की रहेका छन् ।

    गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।

  • रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

    रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

    बुटवल ।
    रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो ।

    मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

  • आगामी तीन दिन मनसुन थप सक्रिय हुने ,सतर्कता अपनाउन आग्रह

    आगामी तीन दिन मनसुन थप सक्रिय हुने ,सतर्कता अपनाउन आग्रह

    काठमाडौं ।
    आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ ।

    आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।

    मङ्गलबार रातिदेखि बुधवार प्रदेश नं १,मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा/झरी भई केही स्थानमा भारी वर्षा र केही स्थानम भारी वर्षाको सम्भावना रहेको छ ।

    सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावनाका साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरी भई एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

    बुधवार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

    बिहीवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरी र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

  • मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

    मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं ।
    नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ।

    जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो।

    नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।

    भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो।

    भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।

  • जनता माध्यामिक बिद्यालयमा विद्यार्थीलाई १ दिने प्रशिक्षण

    जनता माध्यामिक बिद्यालयमा विद्यार्थीलाई १ दिने प्रशिक्षण

    चुरामणि तिमिल्सिना ।
    जनता माध्यमिक बिध्यालय सत्यबती गाउँपालिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने जबर्जस्ति करणी सजाय तथा बच्ने उपाय सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    ईलाका प्रहरी कार्यालय जोहाङ्कको आयोजनामा कार्यक्रम गरिएको हो । कक्षा १० मा अध्यानरत ३८ जना बिद्यार्थीहरु लाई जबर्जस्ति करणी सजाय र यसबाट बच्ने, उपाय सामाजिक सन्जाल प्रयोग बिधि लगायतकाका विषयमा ईलाका प्रहरी कार्यालय जोहाङ्कका प्रहरी नायब निरीक्षक लक्षमण बिकले प्रशिक्षण गर्नु भएको थियो।

    निरीक्षक बिकले समाजमा यस्ता विषयहरु बढी मात्रामा घटेका हुनाले यसलाइ नियन्त्रण गर्न तथा हुन नदिन बिद्यार्थी बाट नै सचेतना जाग्ने हुनाले बिध्यालय तहमा मै यसरी कार्यक्रम आयोजना गरेको बताउदै हरेक बाल बालिका हरेक क्षेत्रमा सुरक्षित रहन कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

    विद्यार्थीहरुले प्रशिक्षण कार्यक्रममा मनमा लागेका कानुनका कुरा , यस्तै सामाजिक सन्जाल र यस्को प्रभावका विषयमा थप कुरा बुझ्ने प्रयास गरेका थिए।

  • रुरुमा  दलित बर्ग सचेतना कार्यक्रम  सम्पन्न

    रुरुमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना ।
    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजनमा कार्यक्रम गरिएको हो । समापन समारोहमा अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिनादेबी गौतम र सामाजिक बिकास समिती संयोजक शेष नारायण पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा दुर्गा घायलले जातिय बिभेदको पृष्ठभुमि , दलित आन्दोलनको पृष्ठभुमि, दलितहरुको राजनैतिक सामाजिक आर्थिक धार्मिक अबस्था र स्थानीय तहले खेल्न सक्ने भुमिका, प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौडेल, हेम बहादुर कार्की र दामोदर ज्ञवालीले संबिधानमा दलित अधिकार र कानुनी ब्यबस्था,बिधायन समिती संयोजक तथा रुरु ४ कि दलित महिला सदस्य ममता आत्रेय सुनारले न्यायिक समिती र राष्ट्रिय दलित आयोगको काम कर्तव्य र अधिकारका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा सहभागीता जनाएका सहभागीले यो कार्यक्रम प्रभाव कारी भएको भन्दै आगामी दिन्हरुमा टोल बस्ती हरुमा पनि यस्तै कार्यक्रम सन्चालन गर्न आग्रह गर्दै हरेक तह र तप्का बाट दलित कार्यक्रमहरु लाई बजेट निर्माण गर्न समेत आग्रह गरेका थिए ।