Blog

  • सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

    सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

    काठमाडौं ।
    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ।

    यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।

    महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए।

    सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आज मात्र समायोजनबारे निर्णय गर्न लागेको महानिर्देशक घिमिरेको भनाइ छ।

    यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।

  • मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं ।
    आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।

    आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
    गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

    यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

  • लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुने

    लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुने

    काठमाडौं ।
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ ।

    काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

    आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

    पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।

  • मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

    मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

    काठमाडौं ।
    मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ ।

    अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

    आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ ।
    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए । हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ ।

    उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ । उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए । मोबाइलबाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • देशका विभिन्न भू–भागमा  बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

    देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

    काठमाडौं ।
    देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

    आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

  • विहिबार साझ देखि हराएका ९३ बर्षिय भण्डारी खोला किनारामा मृत भेटिए

    विहिबार साझ देखि हराएका ९३ बर्षिय भण्डारी खोला किनारामा मृत भेटिए

    चुरामणि तिमिल्सिना ।
    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा न ७ सोता निवासी ९३ बर्षका नरहरि भण्डारी बिहान ८:३० बजे उल्लि खोलामा खोज तलासको क्रममा मृत फेला परेका छन् ।

    विहिबार साँझदेखि हराएका उनी शुक्रवार विहान मृत फेला परेको ईलाका प्रहरी कार्यलय जोहाङले जानकारी दिएको छ । भण्डारी बिहीवार साझ ५ बजे बाट घरबाट सम्पर्क बिहिन भएका थिए ।

    सम्पर्क बिहिन भएपछि भण्डारीको परिवारले प्रहरी लाई जान्कारी गराएको थियो । भण्डारीलाई खोज्दै जाँदा खोला किनारमा निजले प्रयोग गर्ने गरेको लौरो फेला पारेपछि त्यसैलाई आधार मानेर प्रहरीले खोज्दै जाँदा किनारमा तैरिहेको अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यलय जोहाङका प्रहरी नायब निरीक्षक लक्ष्मण बिकले जानकारी दिनुभयो ।

    भण्डारीको ओजतलासमा मजुवा प्रहरीले सहयोग गरेको हो । सवलाई मुचुल्का गरि पोष्टमाटका लागि जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले जानकारी दिएको छ ।

  • सत्यवति गाउँपालिका  गुल्मीको  ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

    सत्यवति गाउँपालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

    चुरामणी तिमिल्सीना ,रुरुधाम ।
    सत्यवति गाउँ पालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न भएको छ ।अधिवेशनबाट बहुमतले निति तथा कार्यक्रम पारित भएको छ ।

    पालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। नीति कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ ,पर्यटन , तालिम आय आर्जनमुलक कार्यक्रम , बिमा खानेपानी पुर्वधार निर्माण ,सडक लगायतका विषयमा नीति कार्यक्रम प्रस्तुत गरिएको थियोे ।

    नीति कार्यक्रम पछि सभाका उपाध्यक्ष तथा पालिका उपाध्यक्ष नीर माया तरामुले आर्थिक बर्ष २०७९÷८० को लागि बजेट प्रस्तुत गर्नु भयो ।
    बजेट प्रस्तुत गर्दै तरामुले हरेक शीर्षक लाई क्रमश पूरा गर्दै लैजाने ठुला योजना सम्पन्न गर्न प्रदेश र केन्द्र सरकार सित सहकार्य गरिने,हरेक गतिविधि प्रभाव कारी बनाउन पटक पटक नियम अनुसरण अनुगमन गरिने ।

    बजेट बाट नै ठुला ठुला बिपतका कार्यलाई प्राथमिकताका आधरमा कार्य अगाडी बढाइने बताउनु भयो। उहाँले बुदामा नभइ बजेट पुर्ण रुपमा कार्यन्यन हुने बिस्वास दिलाउनु भयो ।
    सभामा प्रमुख प्रशासकीय अधिकृत भविस्वर रेग्मी ,सबै वडाका अध्यक्ष हरु ,कार्य पालिका सदस्यहरु, वडा सदस्यहरु विभिन्न साखाका कर्मचारीहरु ,
    पत्रकार ,सुरक्षा निकाय दलका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।

  • गुल्मीको  रुरुमा अन्तर्राष्ट्रिय योगदिवस  मनाइयो

    गुल्मीको रुरुमा अन्तर्राष्ट्रिय योगदिवस मनाइयो

    चुरामणि तिमिल्सिना

    रिडी नियामित योग गरौ स्वस्थ जीवन्शैली अपनाउ स्वस्थ र सन्तुलित आहार् सेवन गरौ मेरो स्वस्थ मेरो जिम्मेवारी अभियान सफल पारौ भन्ने मुल नाराका साथ गुल्मीको रुरु क्षेत्र क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीमा ८ औं अन्तरास्ट्रिय योग दिवस मनाइयको हो । रुरुक्षेत्र गाउँपालिका रिडी आयुर्वेद औषाधलयको आयोजनमा कार्यक्रम गरिएको हो ।

    योग दिवस समारोह वडा न १ का वडा अध्यक्ष नवराज बिकको अध्यक्षमा कार्यक्रम गरिएको हो ।समारोहमा निबर्तमान जिल्ला समन्वय समितिकी अध्यक्ष तुल्सी कुमारी श्रेष्ठ वडा न १ का वडा सदस्य लक्ष्मी बिक उधोग बाणिज्य संघ रिडी साखाका अध्यक्ष सुबर्णलाल कक्षपती सुरक्षा निकाय पत्रकार महिला समुहकोआथित्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष सस्थाका सदस्य कृष्ण प्रसाद भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएकोमा अध्यक्ष बिकले योग दिवस दिवसका दिन मात्र नबाइ हरेक दिन गर्न सरिरको लागि आबस्क भएको बताउदै यस्को लागि पनि केही समयमा भवन समेत पूरा हुने र आबस्यकता अनुसार सहयोग समेत वडाले प्रदान गर्ने बताउनु भयो ।योग कार्यक्रममा आयुर्वेद रिडी शाखाकी कबिराज दिक्षा भण्डारीले कार्यक्रम माथी प्रकाश पार्दै योगका फाइदाका विषयमा चर्चा गर्नु भएको थियोे ।

  • बाउबाजेले अगालेको पेशालाई  आफनो घर गुजुरा चलाउदै रुरु एकका वीर बिक

    बाउबाजेले अगालेको पेशालाई आफनो घर गुजुरा चलाउदै रुरु एकका वीर बिक

    यो सन्सारमा घर गुजुरा परिवारको दैनिकी आबस्यकता पूरा गर्न तेति सजिलो छैन ।यकातिर दैनिकी महँगी अर्को तिर परिवारका धेरै बिलासी आवस्यकता बढ्दै जानु प्रमुख कारण भएको रुरु १ मा बाउबाजेको पेशालाई अगाल्दै आउनु भएका एक बिर बिकको भनाइ छ । रुरु क्षेत्र गाउँपालिका वडा न १ भट्कुवामा बुवा गलसिङ विक बाट आरनको काम सिक्दै आयका एक विरले रुरुको रिडी बजारमा लामो समय देखि हसिया दाउ फाला कुटा कोदालो अर्जाप्ने काम गर्दै आउनु भएको छ।

    उमेरले६० बर्ष पार गरेका एक वीरले यसै पेशा बाट परिवारका ४ छोरा , १ छोरि र र एक श्रीमती सङै आफू पनि सुखदुःखका साथ पालिदै आउनु भएको छ । केही बर्ष अगाडी अर्गली , कुसेनि ,थोर्गा, भट्कुवा, रातामाटा, कमल पोखरीमा आफ्ना थुप्रै बिस्ट्घर परिवार पनि रहेका थिए । तर समय परिवर्तन हुँदै जादा अहिले यसरी बाली घरे बनाउने काम छाडेको बताउनु भयो। बुवा हुँदा अधिकाम्स समय बिष्ट को घरमा गयर पर्व बापत चामल , ३ पाथि मकै केही चोखिनको रुपमा घ्यू तेल ,यस्तै हरिया तर्कारी खर्च उठाउदै हिडेको आज ताजै सम्झनाआयको बिस्ट ले भन्नू भयो।

     

    बिहान १० बजे खाना खायर रिडीमा झरी साझ करिब ५ सम्म काम गर्ने केही रकम जुहाड गरि खाधन्य् खरिद गरि घर लैजाने गर्नु हुन्छ । यता यस्ता पुरानै प्रबिधि लाई बचाउन र केही आधुनिकता थप्दै लैजान रुरु क्षेत्र गाउँपालिका वडा न १ पनि आरन सुधार कार्य क्रम लाई बजेटमा राखी आरनका लागि चाहिने जिन्सी सामग्री आरन निवासको लागि केही टिनको पाता गतबर्ष बितरण गरेको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिक ले जानकारी दिनु भयो । उहाँलेअहिले पनि नयाँ फलाम खरिद नगरी पुराना हसिया दाउ बनाउदै दिन्चार्य बितेको बताउनु भयो । उहाँले थप्दै भनु भयो बिस्वस्नियता भएर होला सायद आफुलाइ दैनिक काम पुगेको । अबपछीका पिडीले यस्तो ब्यबासाय लाई आर्मसात गरेर यसरि फलाम पिटेर टिन्को छाप्रो मुनि बस्ने संभावना नभएको बताउनु हुन्छ।

     

    चुरामणि तिमिल्सिना
  • नेपाल पुस्तक व्यवसायी संघ गुल्मीले ब्यसायीहरु लाई एकिवद्धता गर्दै

    नेपाल पुस्तक व्यवसायी संघ गुल्मीले ब्यसायीहरु लाई एकिवद्धता गर्दै

    चुरामणि तिमिल्सिना। नेपाल पुस्तक तथा स्टेस्नरी ब्यबसायी महासघ जिल्ला साखा गुल्मीले गाउँटोल तथा बजारी क्षेत्रमा आबद्ध नभइ सन्चालन गरेका ब्यबसाय हरु , नवीकरण तथा घर दैलोमा परिचय पत्र र प्रमाणपत्र बितरण कार्यक्रम समपन्न गरेको छ ।
    जिल्ला शाखाले बलेटसार, तम्घास, धुर्कोट,पुर्कोट,मदाने, मालिका, मुसिकोट, चन्द्रकोट ,सत्यवत्तिमा प्रमाणपत्र बितरण गरेको हो। जिल्लामा झन्डै १०० को हाराहारीमा ब्यबसायी सन्चालनमा रहेका छन।

    सस्थाले सन्चालाकहरुको गुनासो सुन्ने सम्बन्धि निकाय सम्म पुर्याउने पुस्तक छापाखाना सम्म आफ्ना ब्यबसायिकहरु लाई चिन्जान गराउने दर भाउ तथा अंतरकृया कार्यक्रम गर्दै आयको साखा अध्यक्ष सुबर्णलाल कक्षपतिले जानकारी दिनु भयो।
    घुम्तेटोलिमा जिल्ला अध्यक्ष सुबर्ण लाल कक्षपती , उपाध्यक्ष राम बाह्दुर श्रेष्ठ , सचिब गोपाल बस्नेत र कोषाध्यक्ष पदम बा थापा रहनु भएको थियो ।ब्यबस्थायिहरुको हक र हित्को लागि खोलियको महासङ्गघले शैक्षिक बर्ष सुरु हुँदा कुनै पनि बिद्यार्थीलाई पुस्तक तथा सैक्षिक सामाग्रीमा कमि नहोसभनेर टोलिले परामर्श पनि गर्दै हिडेको हो बाकी रहेका गाउँपालिकामा पनि अब लगत्तै टोलि गयर काम गर्ने शाखाले जानकारी दियको छ ।