Blog

  • रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

    रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

    पाल्पा,भदौ १० ।

    सुनिल कार्की

    पाल्पाको पर्यटकीय स्थल रानिमहल जाँदै गरेको भारतिय गाडी तानसेन – रानिमहल सडक खण्डको तानसेन १ नारायण डाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा एक भारतिय नागरिकको मृत्यु भएको छ ।

     

    दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेश गोरखपुर बस्ने वर्ष २८ का विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । गए राति करिब १० : ३० बजेको समयमा सदरमुकाम तानसेनबाट बास बस्न रानिमहल जाँदै गरेको यूपी १४ डी.एच. ०१०४ नंम्बरको रातो कार तानसेन – रानिमहल खण्डको नारायण डाँडामा दुर्घटना भएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो । कारको स्टाट बन्द भएपछि धक्का मार्नेक्रममा कार अनियन्त्रित भई एक सय मिटर तल खेतमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कारमा अन्य चार जना यात्रु सवार रहेपनि उनिहरु गाडीबाट झरेर गाडी धकेल्ने क्रममा रहेकोले उनिहरुको ज्यान जोगिएको दुर्घटनाका प्रत्यक्षदर्शी गौतम बस्यालले बताउनुभयो ।

     

    मृतक पाठकको शवलाई पोष्टमार्टमको लागि पाल्पा अस्पताल तानसेन लगिएको छ भने कारमा सवार अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुशन्धान सुरु गरेको जनाएको छ ।

     

     

  • मुसिकोटको मिमिया फाटमा भाद्र १४ मा   तिजगीत प्रतियोगिता हुँदै

    मुसिकोटको मिमिया फाटमा भाद्र १४ मा तिजगीत प्रतियोगिता हुँदै

    चुरामणि  तिमिल्सिना   भदौ  ९  रिडी

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसमा बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि समाज रुपान्तरण युवा अभियान भन्ने नारा सहित सुन्दर नगरी मिमियाफाटमा कोटेश्वर युवा क्लबले यस वर्षको भाद्र१४ गते स्टेज तिज गित प्रगतियोता आयोजना गर्ने भएको छ । क्लबले कार्यक्रम गरेर सामाजिक कार्यमा हातेमालो गर्ने , पार्टी, पौबा ,पोल पोलमा सडक बत्ति साथै समाज रुपान्तरण लागी परि रहेको क्लब का सचीव गङ्गा लामिछानेले बताउनु भयो। । यस वर्ष हुने तिज गित प्रतियोगितामा प्रथम हुने समुह लाई रु १५००० र प्रमाणपत्र दृितिय हुने समुह लाई रु १०००० र प्रमाणपत्र र तृतिय हुने समुह लाई रु ७५०० , प्रमाणपत्र र सान्त्वना हुने समुह लाई रु २५००र  प्रमाणपत्र  प्रदान गरिने अध्यक्ष उमेस खरेल बताउनु भयो। गाउँमा लुकेका भाका , मौलिक गित नृत्य चेलिका बेदानाहरु र गाउँ लाई पर्व आय जस्तो बनाउन गाउँका अग्रजहरुको सल्लाह सुझाव हरु लिदै साथै आफ्नो परम्परा जोगाइ राख्न् लाई यसरी तिज कार्यक्रम आयोजना गरिएको क्लबका उपाध्यक्ष यादब अर्याल ले बताउनु भयो।
    यता कार्यक्रमका संयाेजक महेश खरेलले धार्मिक कार्यक्रम देखि समाजमा सचेतना जगाउने , पर्यटन प्रवर्धनात्मक कार्यहरु अगाडी बढाउने , कार्यक्रम मा संकलन भएको आर्थिक रकम खर्च गरिबचेको खण्डमा सामाजिक कार्यमा लगाउने र प्रचारप्रसारमा सबै लाई सहयोग गर्न आग्रह गर्नु भयो।

  • विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

    विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

    विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

    पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले स्नातक तह तृतीय बर्षका परिक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन ।

    सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको र सबै परिक्षार्थी  संग सम्बन्ध मजबुत हुने र समाजिक क्षेत्रमा सबै संगै हुन प्रेरित हुने बताए ।

    त्रिभुवन बहुमुखी क्याम्पस ,तानसेन पाल्पाका स्ववियु सभापति कृष्ण अर्यालले संघ ,संगठनका गतिविधि भैराखेको बेला यो नमुना कार्यले सबैमा सकारात्मक सन्देश प्रबाह भएको र अभियानले पुर्ण सफलता पाउनु पर्ने कुरालाई जोड दिदैँ राष्ट्रप्रेमी बस्याललाई बधाई सहित शुभकामना दिएका थिए।

    त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरु ,पुर्व स्ववियु सभापती हरिवोल भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए।

    एकघर एक लालिगुँरास अभियानले चर्चा बटुलेका राष्ट्रप्रेमी बस्यालले एक हप्ता अगाडी बृद्द आश्रममा दर खाने कार्यक्रम सम्पन्न गरेका थिए। उनी अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सदस्यमा समेत रहेका छन ।

  • जग्गाको व्यापारमा शुभाशुभ विचार

    जग्गाको व्यापारमा शुभाशुभ विचार

    भाद्र  ५ रुरु  धाम

    जग्गाको व्यापारमा शुभाशुभ विचार

    पैसा वा सम्पत्तिको भरमा परेर कुनै पनि ठाँउमा आफूलाई मन पर्ने बित्तिकै घर वा जग्गा किन्ने वा बेच्ने गरिन्छ । जग्गा बेच्दा वा किन्दा आफ्नो स्वभाव, राशिअनुसार ठीक छ छैन त्यो विचार पुऱ्याउनु आवश्यक मानिन्छ । आफ्नो राशि नक्षत्रअनुसारको मित्रकारक राशिसँग सम्बन्धित ठाँउको अगाडिको अक्षर मिल्छ भने त्यस क्षेत्रको जग्गा वा घर किन्न सकिन्छ र त्यो घर वा जग्गाबाट सँधै लाभ प्राप्त हुन्छ ।

    यो संसारमा जन्मजात शत्रु र मित्रका रूपमा प्राणीहरूको आगमन भएकोजस्तो भ्रम देखिन्छ । वास्तवमा त्यो भ्रममात्र हो । स्वभाव भने पृथक् हुनसक्छ । यदि गाउँ, टोल, छिमेक, शहर, नगर, देश आदि जुनसुकै ठाँउको पहिलो अक्षर ज्योतिषीय राशि मध्ये एउटामा अवश्य पर्दछ । त्यो राशि र क्रेताको राशि बीच मित्र संज्ञक योग परेमा लाभैलाभ हुनसक्छ तर यस्तो मिलेन भने त्यो क्षेत्रको घर वा जग्गा किनेपछि हानी मात्र हात पर्दछ । यदि किन्ने व्यक्तिको राशिदेखि नगर, शहर, गल्ली आदिको नाम दोस्रो, पाँचौं, नवौं, एघारौ राशिमा परे त्यस्तो ठाँउको जग्गा वा घर किन्दा लाभ नै हुन्छ तर वास्तुशास्त्रको आधारलाई नकार्नु वा ख्याल नराख्नु चाहिँ हुदैन। यदि पहिलो, सातौं राशि परेमा त्यस्तो क्षेत्रको जग्गा वा घर किन्दा शत्रु बढ्‌ने हुन्छ, झगडा हुन्छ र मुद्दा मामिला पर्दछ। यदि चौथो, आठौं र बाह्रीं राशिमा आफुले किन्ने जग्गा वा घर रहेको ठाँउको नाम पर्न गएमा अनेकौं प्रकारका रोग लाग्ने र विरामी हुने हुन्छ। घर वा जग्गा रहेको ठाँउको नामको पहिलो अक्षर क्रेताको राशिबाट यदि तेस्रो र छैटौं राशि पर्न गएमा दुर्घटना, आगलागी, चोरी, लुटपाट आदि जस्ता अनेकौं उपद्रव हुन्छ र त्यो क्षेत्रको जग्गा वा घर राम्रो उपयोगी बन्न सक्दैन। यदि नगर वा शहरको नामको पहिलो अक्षरसँग क्रेताको राशि तालमेल हुदैन भने पनि टोल, गल्ली, क्षेत्र, कालोनी नामसँग शत्रुभाव पर्ने राशि नपरे सामान्यतया किनबेच गर्न सकिन्छ। यदि शहर वा टोल, नगर दुवैबाट बाधा परेमा त्यस्तो ठाँउमा घर वा जग्गा किनबेच गर्नु हुँदैन। यसरी क्रेता र विक्रेता बीच शुभाशुभ विचार गर्नु पर्दछ ।
    ज्येातिष : मुकुन्द पेाखरेल

  • राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

    भाद्र २ कमल भट्टराई
    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

    लोक संगीतलाई जोगाऔ लोक भजनमा भक्तजनलाइ नचाऔ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको सनिबार तानसेन शिवालय मन्दिरमा सम्पन्न भएको हो ।

    कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायण खनाल लेकालीले संस्थागत विकासमा र भजन चड्का संरक्षणका लागिसबै जोडिन सकिने बताउनु भयो। कार्यक्रममा केन्द्रीय सदस्य जय प्रकाश उप्रेती,प्रदेशका अध्यक्ष काशीराम पाख्रेल , सहकोषाध्यक्ष मन्जु पाण्डे, राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा जिल्लाका अध्यक्ष कमल प्रसाद भट्टराई शिवालय मन्दिरका पण्डित संकर गिरी लगायतले मन्तव्य राख्नु भयो ।

    निर्वाचन समितिका संयोजक मुक्ति शर्मा को रोहोवरमा काशी राम पोख्रेल, जय प्रकाश उप्रेती, मन्जु पाण्डे कमल प्रसाद भट्टराईको रोहोवरमा भरत खड्गीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसमा उपाध्यक्ष सुरेश न्यौपाने महिला उपाध्यक्ष तुल्सा शर्मा गैरे सचिव चुरामणि तिमिल्सिना सह सचिव विष्णु गिरि कोषाध्यक्ष विमला गैरे , सहकोषाध्यक्ष विष्णु गिरी सदस्य पदमा पुरुषोत्तम गैरे,रिता भट्टराई,लक्ष्मी भट्टराइ,विष्णु गैरे,शान्ती कार्कि, जनक अर्याल सर्बसहमतिमा निवार्चित हुनु भयो ।
    कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाका सचिव चुरामणि तिमिल्सिनाले संचालन गर्नु भएको थियो भने राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पा जिल्लाका ईन्चार्ज मुक्ति राम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • छत्रकोट गाउँपालिका खर्ज्याङ्गमा बाढीले घर गोठ बगायो

    छत्रकोट गाउँपालिका खर्ज्याङ्गमा बाढीले घर गोठ बगायो

    भदौ २
    छत्रकोट गाउँपालिका वडा नं. ५ खर्ज्याङ्ग दुमै गुल्मीमा बाढीले एक जनाको घर गोठ बगाएको छ ।

    रातभरीको अबिरल बर्षाका कारण बाख्रे खोलामा आएको बाढीले स्थानिय राम बहादुर बुचाको घर गोठ बगाएको हो । गए राती २ बजे बाढीले घरको छेउ खोल्न थालेपछी घरका सदस्य घर बाहिर गएकोले मानबिय क्षती भएको छैन ।

    घरमा भएका सबै सामान घर र गोठ र ठोमा रहेका सबै पशुचौपाय बगाएको स्थानिय बिष्णु भण्डारीले बताउनु भयो । सोहि स्थानमा रहेको कृष्ण बिकको घर पनि जोखिममा रहेको छ । अहिले उद्दारको काम भई रहेको छ । थप बिवरण आउन बाँकी छ ।

     

  • गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी  चल्दै 

    गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी  चल्दै 

    चुरामणि तिमिल्सिना
    श्रावण २६ रिडी

    गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको देख्दा खुशी व्यक्त गर्दै आफुले पनि यश धार्मिक कार्यक्रमम सहयोग गर्ने वडा न१४ का वडा अध्यक्ष शोभाखर भट्टराईले प्रतिबद्धता जायर गर्नु भयो। गुफाको रिपोर्टिङको लागि र कार्यक्रमको जानकारको लागि स्थलगमा पुगेको रुरु सन्चार अन्लाईन सित कुरा गर्दै स्थानीय बासी तथा कार्यक्रम संयोजक कमल खनालले यो पोखरी ओझेलमा परेकोले यस्को महिमा पोखरी स्नानको महत्त्व र यहाँ पर्यटन लाई लोभ्याउने आकर्षक केही गराउन सकियो भने पकै पनि यहाँको प्रचारप्रसारमा टेवा पुग्ने बताउनु भयो।

    आउँदो श्रावण३१ गते बिहिवार एकादशी पर्वको अवसर पारेर दिनभर भजन कृतन संगै यस गुफाको महत्त्व , इतिहास माथि प्रकाश पार्दै कार्यक्रम पनि गरिने र आउने सम्पुर्ण भक्तजनलाइ निशुल्क प्रसादिको ब्यवस्थापन गरिने कार्यक्रमका सहयोग दाता खिमानन्द सापकोटाले बताउनु भयो ।

    बिहिवार गुफा अवकोलन गर्न पुगेका टोलिका अग्रज भाष्करमणि खनालले यस क्षेत्रमा २०२९ साल तिर पनि अखण्ड भजन किर्तन गरेको आफुले अग्रज बाट सुनेको ताजै रहेकोले पछिल्ला दिनमा यसरि यस्तो कार्यक्रमको आयोजना नभएकोले आफुले पनि यश अभियानमा सक्दो सहयोग गर्ने र सहयोग जुटाउन सबै लाई आग्रह समेत गर्ने बताउनु भयो ।

    गुफामा हनुमान को मुर्ति पनि रहेकोले सरसफाइ गर्ने, जाने बाटो लाई केही दिनमा सरसफाइ गरेर चिटिक्क पारि धेरै भक्तजन कार्यक्रम स्थानमा पुर्याइने लक्ष राख्दै आफुले कार्यक्रमलाई प्रचारप्रसार गर्न लागि पर्ने बताउनु भयो
    कालीगण्डकी को तटमा यो गुफा र यो पोखरी रहेको छ यहाँ प्रचारप्रसार गर्न सकेमा मात्र पनि पिक खान , पोखरी नुहाउन संगै गुफाको अवलोकन गर्न भक्तजन आउने गर्दछन।

    यता पोखरी र गुफामा निकै चासो राख्ने स्थानीय खिम प्रसाद गौतम र मिन बहादुर कुवरले आगामी वडाबाट प्राप्त हुने बजेट यहीँ प्रयोग गर्ने , पोखरी लाई ब्यवस्थापन गर्ने , अति आवस्यक सम्रचनाहरु निर्माण गर्ने , पाकशाला निर्माणका लागि पुर्वधार निर्माण गर्ने जस्ता कार्यहरुपनि यसै वर्ष गरिने बताउदै यो कार्यक्रम लाई सफल बनाउन सबै लाई सहयोग गर्न आग्रह समेत गर्नु भयो।

  • ब्राजिलमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु

    श्रावण २६

    साओ पाउलो: २०२४ अगस्ट ९ मा ब्राजिलको साओ पाउलो राज्यको विन्हेदो नगरपालिकामा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। यो दुर्घटना ब्राजिलियन एयरलाइन वोएपासको एटीआर ७२-५०० विमानले कास्काभेलबाट ग्वारूलहस अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा भएको हो।

    दुर्घटनापछि विमानलाई आगो लागेको र ठूलो धुवाँको मुस्लो देखा परेको थियो। उद्धारकर्मीहरू घटनास्थलमा पुगे पनि सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भइसकेको थियो। विमानमा ५८ यात्रु र ३ चालक दलका सदस्य सवार थिए।

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउनका लागि एक मिनेटको मौनधारण गर्न आग्रह गरेका थिए। दुर्घटनाको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन, र यसबारे अनुसन्धान भइरहेको छ।

    यो दुर्घटना ब्राजिलको हालसम्मकै ठूला हवाई दुर्घटनामध्ये एक मानिएको छ, जसले देशभर शोकको वातावरण सिर्जना गरेको छ।

     

  • ब्रेकिङ न्युज: एयर डाईनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ४ जनाको मृत्यु

    ब्रेकिङ न्युज: एयर डाईनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ४ जनाको मृत्यु

    एयर डाईनेष्टीको हेलीकप्टर नुवाकोटमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको भएको प्रहरीले बताएको छ । काठमाण्डौ बाट रसुवाका लागी उडेको हेली दुर्घटनामा परेको बताईएको छ । घटनास्थलमा बागमती प्रदेशका डिआईजी बिष्णु केशी नेतृत्वको प्रहरी टोली पुगेको छ । थप बिवरण आउन बाँकी

  • श्रावण ३१ गते कमल पोखरी गुफामा  धार्मिक  कार्यक्रम हुने

    श्रावण ३१ गते कमल पोखरी गुफामा धार्मिक कार्यक्रम हुने

    हार्दिक निमन्त्रणा

    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक यवम पर्यटकीय पवित्र तिर्थ स्थल हृषीकेश मन्दिर नजिकै रहेको एतिहासिक कमल पोखरी तथा बिजुली गुफामा श्रावण ३१ गते एकादशि उप्रान्त दुवादसि तिथिका दिन बिगत बर्ष जस्तै यस वर्ष पनि ब्राह्मणहरु गरुकुलका बटुकहरु , बाट रुद्राभिसेक कार्य , भगवान शिवको पुजा, पवन सुत हुमान जि को पुजा दिनभरि नै भजन कृतन तथा आउने सम्पुर्ण भक्तजन लाई फलाहार बितरण कार्यक्रम , गुफाको ,अवलोकन ,पोखरी स्नान कार्यक्रम आयोजना गरिएकोले उपस्तिथि भैइ पुन्य लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
    स्थान कालीगण्डकीको तट कमल पोखरीमा गुफा
    मिति २०८१ साल श्रावण ३१ गते
    स्थान कमल पोखरी गुफा
    समय बिहान ८ बजे बाट