Blog

  • मगर एकता दिवस बगनासकाली चिलाङ्दीमा पनि सम्पन्न

    मगर एकता दिवस बगनासकाली चिलाङ्दीमा पनि सम्पन्न

    पाल्पा । ४२ औं मगर एकता पाल्पा जिल्लाभर बिभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

    दिवसका अवसरमा पाल्पाका १० वटै पालिकाहरुले स्थानीय बिदा दिएका थिए । बगनासकाली गाउँपालिकाको चिलाङ्दीमा पनि ४२ औं मगर दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ बगनासकालीको सहआयोजना, बगनासकाली गाउँपालिकाको सहयोग र आदिवासी समन्वय समिति बगनासकालीको आयोजना भएको कार्यक्रममा पालिका अन्तरगतका ९ वटै वडाहरुबाट फरक फरक कला संस्कृति प्रस्तुत गरिएको थियो । कौरा, झ्याउरे, ठुलो नाच लगायतका नाच र गीत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले मगर समुदायमा रहेको कला संस्कृति र अनुभव साटासाट गर्न यसप्रकारको कार्यक्रम सहयोगी भएको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाले पनि बिभिन्न कार्यक्रम मार्फत मगर समुदायको स्तरोन्नतीमा सम्बोधन गर्दै आएको बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पुराना कला संस्कृति र पुराना मान्छेहरुको अनुभव अनुभुतिलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बगनासकालीका सबै वडाहरुमा फरक फरक कला संस्कृति रहेको र ती संस्कृतिहरुको संरक्षण सम्बर्धन आजको आवश्यकता रहेको बताउनुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले मगर एकता दिवसले मगर समुदायको सवलीकरणमा थप टेवा पु¥याउने बिश्वास ब्यक्त गर्नुभयो । आदिवासी समन्वय समितिका संयोजक गण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिलिप गाहा र कलाकार हुमु रानाले गर्नुभएको थियो ।

  • मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदा

    मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदा

    पाल्पा । मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदाको घोषणा गरिएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरेका हुन् ।

    नेपाल मगर संघ स्थापना भएको दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् । मगर समुदायको विशेष पर्व तथा एकताको दिन भएकाले स्थानीय बिदा दिइएको पालिकाहरूले जनाएका छन् ।

    मगर एकता दिवसको दिन फागुन १५ गते जिल्लाका विभिन्न स्थानका विविध कार्यक्रमको आयोजना गरिएको छ । पाल्पाको तानसेन, रामपुर, माथागढी सराई, रामपुर, बगनासकालीको चिलाङ्दी, छहरा, सत्यवतीलगायतका स्थानमा विविध कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

  • गुल्मीका चार पालिकामा सार्वजनिक बिदा

    गुल्मीका चार पालिकामा सार्वजनिक बिदा

    फागुन १४

    गुल्मीका चार पालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालिगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएका हुन् । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापा र सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले हस्ताक्षर गरेर सूचना निकाल्दै बिदाको जानकारी गराएका हुन् । सार्वजनिक बिदा दिएका स्थानीय तहमा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् । बिदा दिएका यी पालिकामा मगर जातीहरुको बाहुल्यता समेत रहेको छ ।

    प्रतिक्रिया

  • तुराङ्ग बहुप्राविधिक शिक्षालय स्थापनाको तेस्रो बर्ष प्रवेश

    तुराङ्ग बहुप्राविधिक शिक्षालय स्थापनाको तेस्रो बर्ष प्रवेश

    फागुन १३

    प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्को ३६ औँ बार्षिकोत्सव समारोह तथा तुराङ्ग बहुप्राविधिक शिक्षालय स्थापनाको तेस्रो बर्ष प्रवेशको अवसरमा हिजो विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका – तुराङ्गमा रहेको शिक्षालय २०७८ सालमा स्थापना भएको थियो । कार्यक्रमको अवसरमा यस बर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

    त्यसैगरी शिक्षालयले चलाएको प्राविधिक तालिमका सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । यो बर्ष कृषि र भेटेनरीतर्फ गरी ४० विद्यार्थी भर्ना भएका छन् । नवआगन्तुक विद्यार्थी एवं तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी, शिक्षालय प्रमुख प्रदिपराज पाण्डे लगायतले स्वागत एवं प्रमाण पत्र वितरण गर्नुभयो ।

    तुराङ्ग बहुप्राविधिक शिक्षालयमा कृषि र भेटेनरीतर्फ ४०/४० गरी कुल ८० विद्यार्थीले अध्ययन गर्न पाउँछन् । तर उक्त संख्याको आधामात्रै भर्ना भएको शिक्षालयले जनाएको छ । शिक्षालय स्थापनाको तेस्रो बर्ष चलिरहदा अहिलेसम्म शिक्षालयमा ८३ विद्यार्थी भर्ना छन् । सत्यवती र चन्द्रकोट गाउँपालिकाले ८/८ विद्यार्थीलाई निशुल्क अध्यापन गराउने कार्यक्रम ल्याएका छन् ।

    जसमा अहिले सत्यवतीका ८ र चन्द्रकोट छ विद्यार्थीले निशुल्क अध्ययन गरिरहेका छन् । कुल तीन बर्षे कोर्ष निजी कलेजमा अध्ययन गर्दा तीन लाख बराबर खर्च हुन्छ । तर सरकारको आङ्गिक क्याम्पस रहेको शिक्षालयमा ४० हजारमा तीन बर्षे कोर्ष अध्ययन गर्न पाइने शिक्षालय प्रमुख प्रदिपराज पाण्डेले जानकारी दिए । हाल क्याम्पसको आफ्नै संरचना र जग्गा छैन । जसका लागि मानका टिकाराम बहुमुखी क्याम्पसको नौ वटा कोठा लिएर प्रशासनिक काम गरेको छ भने स्थानीयको चार रोपनी जग्गा लिएर विद्यार्थीहरुलाई अभ्यास गराइएको छ ।

    शिक्षालयले विद्यार्थीहरुलाई अभ्यास गराउनको लागि थप १० रोपनी जग्गा भाडामा लिने तयारी गरेको छ । शिक्षालयमा गुल्मीका साथसाथै हुम्ला, जुम्ला, मुगू, बाजुरा, बाँके, सुर्खेत, लमजुङ्ग, प्युठान लगायतका ठाउँबाट विद्यार्थीहरु आएका छन् । कार्यक्रममा बोल्दै सत्यवती गाउँपालिका प्रमुख टिकाराम पाण्डे र चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले शिक्षालयको बृहत्तर विकासको लागि पालिकाले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा गुल्मीका कोष तथा लेखा नियन्त्रक झविन्द्र बेल्वासे, विभिन्न वडाका वडाध्यक्षहरु, पत्रकार, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

     

  • डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

    डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

    पाल्पा । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँने कार्यक्रम रहेको छ । यही फागुन ११ र १२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने र शिविरमा डा. कोइराला सहितको टोली आउने भएको हो ।

    रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह–आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगण बगनासकाली ८ बराङ्दीमा सञ्चालन हुने सहकारीका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

    शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक भएमा निशुल्क औषधी उपलब्ध गराइने छ । शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, स्त्रीरोग विशेषज्ञ राजेन्द्र बश्याल, आँखारोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञ सहित वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण गरिने सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताउनुभयो ।

    रिडी राम्दी समाजले बिभिन्न समयमा सामाजिक कार्य गदै आएको छ । आउदा दिनहरुमा पनि देशव्यापी स्वास्थ्य शिविर लगायत अरू विभिन्न सामाजिक कार्य गर्दै जाने समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो ।

  • बराङ्दीमा फागुन ११ र १२ गते स्वास्थ्य शिविर हुने

    बराङ्दीमा फागुन ११ र १२ गते स्वास्थ्य शिविर हुने

    दयाराज न्यौपाने
    पाल्पा – यही फागुन ११र१२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह आयोजनामा फागुन ११ र १२ गते ( शुक्रबार र शनिबार) का दिन बृहत निशुल्क स्वास्थ्य शिविर बगनासकाली ८ बराङ्दीमा सञ्चालन हुने जनाइएको छ । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुषालले जानकारी दिनु भयो ।

    सो शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी उपलब्ध गराइने छ । शिविरमा मुटुरोग विशेषज्ञ ः प्रा.डा भगवान कोइराला, स्त्रीरोग विशेषज्ञ राजेन्द्र बश्याल, आँखारोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञ सहित वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण गरिने सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताउनु भयो ।
    रिडी राम्दी समाजले बिभिन्न समयमा सामाजिक कार्य गदै आएको छ । आउदा दिनहरुमा पनि देशव्यापी स्वास्थ्य शिविर लगायत अरु विभिन्न सामाजिककार्य गर्दै जाने रिडी राम्दी समाज काठमाडौका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

  • त्रिभुवन  माध्यमिक विद्यालय  अर्गलीमा  शैक्षिक  अन्तरक्रिया  कार्यक्रम

    त्रिभुवन माध्यमिक विद्यालय अर्गलीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम

    चुरामणि  तिमिल्सिना  फागुन  ७  पाल्ला

    त्रिभुवन माध्यमिक विध्यालय अर्गली पाल्पामा शैक्षिक अन्तरक्रिया कार्यक्रम

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली त्रिभुवन माध्यमिक बिद्यालयमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विशिष्ट चन्दाता पूर्व जलश्रोत राज्य मन्त्री हरि पाण्डेको प्रमुख अतिथ्यता तथा वि.व्य.स. अध्यक्ष कमल रानाको अध्यक्षतामा शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि मन्त्री ले समग्र रूपमा अर्गली क्षेत्रको शिक्षा, स्वास्थ , पर्यटन, तथा विविध बिकासका पुर्वधारहरु अगाडी बढाउन बिकास कार्यक्रमहरु गतिशील बनाउन सबैभन्दा पहिला गुरुयोजना , बनाउन आवस्यक रहेकोले यस विषयमा चिन्तन मनन गर्न सरोकार वा लाई आग्रह गर्दै आफुले पनि सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो।

    कार्यक्रममा विभिन्न शैक्षिक सरोकारवाला व्यत्तित्वहरुले आफ्नो आफ्नो विचार सहितको सुझाव तथा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. १४ वडाध्यक्ष, सदस्य तथा तानसेन नगरपालिका वडा न १४ भित्र रहेका विद्यालयहरुका प्रधानाध्यापकहरु ,ब्यवस्थापन समितिका पदाधिकाहरु बुद्धिजीव, बैद्धिक व्यक्तित्व, विद्यालयसँग सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम यसै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

  • पाल्पामा  महोत्सवको तयारी  चल्दै

    पाल्पामा महोत्सवको तयारी चल्दै

    रानिमहल   पाल्पा फागुन ७

    पाल्पा जिल्लाको टुँडीखेल खेलमैदानमा यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारा सहित हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागि खर्च गरिने जानकारी दिनुभयो ।

    पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान गरिएको छ टुँडीखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५ र ४० हजार सेरोफेरोमा आम्दानी गरेको स्मरण गर्दे तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भैसकेको जानकारी दिनुभयो । मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डर मार्फत आब्हान गर्दा बढी रकम दिने समुह वाट सो रकम बुझिसकेको ज्ञवालीको भनाई छ ।

    पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रर्वद्धनका लागि तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले सघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाडी बढ्न समेत सहयोग मिल्ने मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

    महोत्सवमा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु तथा साना उद्योगको प्रर्वद्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी गरिने जनाइएको छ ।

     

  • आज फागुन ७ गते प्रजातन्त्र दिवस

    आज फागुन ७ गते प्रजातन्त्र दिवस

    फागुन ७
    आज फागुन ७ गते । प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । वि सं २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण यो दिन नेपालीमाझ स्मरणीय छ । जनक्रान्तिकै फलस्वरूप जहानियाँ राणा शासनको पतन भएर मुलुकमा प्रजातन्त्र सम्भव भएको हो । यसका निम्ति महान् शहीदहरूको ठूलो शहादत छ भने हजारौँ हजार क्रान्ति योद्धाले पसिना खर्चेका छन् ।

  • भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण  तयारी  पुरा

    भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण तयारी पुरा

    चुरामणि तिमिल्सिना  फागुन   ६ रिडी

    रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।
    स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम अभियानता राजु मल्लले जानकारी दिनुभयो। बिहान बाजा गाजा सहित प्रभातफेरि कार्यक्रम , यस्तै औपचारिक कार्यक्रमको आयोजना, पुर्व वर्तमन शिक्षक र कर्मचारीहरु लाई सम्मानको कार्यक्रम पनि आयोजना गरिएको पुर्व बिद्यार्थी तथा रिडी माध्यमिक बिद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जानकारी दिनु भयो।
    कार्यक्रममा बढी मात्रामा राष्टसेवक कर्मचारी, बैंक तथा संस्थाका कर्मचारीहरु, इन्जिनियर, सामाजिक अभियानताहरु , शिक्षकहरू, कर्मचारी वर्गहरु शिक्षा प्रेमिहरुको पनि यस कार्यक्रममा आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ।