चुरामणि तिमिल्सिना पुस २३ गुल्मी
जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेले बिद्यार्थी शिक्षक अभिभावकले निरन्तर मिहिनेत गरेमा मात्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने हुँदा लगनशील भएर लाग्न आग्रह गर्नुभयो। उहाँले यो समय प्राबिधिक युग भएकोले अवका हरेक बिद्यार्थीलागि प्राबिधिक शिक्षा दिन आवश्यक रहेकोले गाउँपालिकाले प्राबिधिक शिक्षा लाई अगाडी बढाउन नयाँ अभ्यास पनि गर्दै आएको बताउनु भयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे पुर्व पालिका अध्यक्ष पारिश्वर ढकाल विशिष्ट अतिथि रहनु भएको थियो । बिद्यालयका शिक्षक लिलाधर ज्ञवालीले स्वागत मन्तब्य राख्नु भएको थियो। समारोहमा पुर्व अध्यक्ष, पुर्व शिक्षक, पुर्व बिद्यार्थी तथा जनप्रतिनिधि हरुले समग्र रुपमा विद्यालयकाे बिकास, शैक्षिक सुधार, प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले हरेक विद्यालयले अबको शैक्षिक सत्र देखिनै प्राविधिक शिक्षा लागुगर्न पालिकाको सिङ्गो टिमलाई आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा बिद्यार्थीले मौलिक प्रतिभा शैक्षिक सामाग्री प्रदर्शन रेडक्रस झकल, स्काउट खुकुरि ड्रिल, सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरेका थिए ।बिद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने शिक्षक बिद्यार्थी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले बिद्यालयका गतिविधि भाबि योजना सहित आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो।




















