Blog

  • दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

    दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

    दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै ।

    असोज २

    बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।

    गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।

    नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

  • आजको मौसम कस्तो रहने छ

    आजको मौसम कस्तो रहने छ

    कार्तिक २ गतेको मौसम ।

    देशका पहाडी भूभागमा आज आंशिक बदलीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।

  • रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने

    रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने

    रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने ।
    कार्तिक २
    रुरुक्षेत्र गाउँपालिका गुल्मीको थोर्गा बलेटक्सार लगायतका स्थानमा आज बिद्युत सेवा अवरुद्ध हुने भएको छ । थोर्गा प्रशारण लाईनको ११ केभिएको अनुगमन र बिद्युत लाईन नजिकको रुख कटान गर्नको लागि बिद्युत सेवा अवरुद्ध हुने भएको हो । बिहान देखि बेलुका सम्म थोर्गा, बलेटक्सार,बम्घा,हर्दिनेटा लगगायतका स्थानमा बिद्युत सेवा अवरुद्ध हुने बताईएको छ ।

  • आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।

    आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।

    आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।
    कार्तिक १

    आज कात्तिक १ गते बुधवार बडादशैँको चौथो दिन, आज शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।

    कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

    यी देवीको स्वरुप वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ ।

    देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

    कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

    शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

  • आज दसैँको दोस्रो दिन,ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

    आज दसैँको दोस्रो दिन,ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

    आज दसैँको दोस्रो दिन,ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै ।
    असोज २९

    आज दसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ ।

    ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

    यिनले दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी छिन् । देवी ब्रह्मचारिणीको स्वरूप अद्भूत र दिव्य छ ।

    देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि विभिन्न शक्तिपीठ, देवीमन्दिरमा पुगेका छन् ।

    देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

    नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छुटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

  • आजदेखि नयाँ नोट साट्न पाईने

    आजदेखि नयाँ नोट साट्न पाईने

    असोज २९

    चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ ।

    राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

  • आजदेखि नयाँ नोट साट्न पाईने

    आजदेखि नयाँ नोट साट्न पाईने

    आजदेखि नयाँ नोट साट्न पाईने ।
    असोज २९

    चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ ।

    राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

  • कालीगण्डकी  २ कोटाकोटमा  नवाहा महायज्ञहुँदै

    कालीगण्डकी २ कोटाकोटमा नवाहा महायज्ञहुँदै

    चुरामणि तिमिल्सिना   असोज   २६

    स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा २ मा अवस्थित नवनिर्मित दुर्गा पाञ्चायनको उत्घाटन मुर्ती प्राण प्रतिष्ठा कार्यक्रम तथा देविभागबत महापुरण कार्यक्रमको आयोजना हुँदै छ । यस्को निम्ति यहाँहरु लाई हार्दिक निमन्त्रणा गर्दछौ ।


    २०८० साल असोज २८ देखि कार्तिक ६ गते सम्म रहने आयोजकले जानकारी गराएको छ। धार्मिक क्षेत्रको प्रचारप्रसार गर्न र सनातन धर्मको संरक्षण गर्न्को लागि नवाहा महायज्ञको आयोजना गरिएको हो। गाउँमै जन्मिएर हुर्केका आचार्य पण्डित भरत पाण्डे ज्यूले कथा प्रवचन गर्ने कार्यक्रम रहेको मुल समितिका अध्यक्ष युगराज पाण्डेले बताउनु भयो ।कार्यक्रममा बिहान दिउस र साझ राष्टिय कलाका हरुको बेजोड प्रस्तुति रहने र लिलामय कथा बाचन समेत हुने समाचारमा उल्लेख्य गरिएको छ । पछील्लो समय  धार्मिक  क्षेत्रमा  पर्यटन  प्रवधन  गर्न कार्यक्रमले थप सफलता  प्राप्त  हुने स्थानीयले बताएका  छन

  • गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न

    गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न

    गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।

    रमेश पन्थी
    धुर्कोट गुल्मी ।
    गणेश माद्यमिक विद्यालय धुर्कोट गाउँपालीका २ पिपलधारा गुल्मीमा आर्थिक वर्ष २०७९।८०को सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । गणेश माद्ययमिक विद्यालयको प्रागडमा सम्मन कार्यक्रममा विद्यालयका प्रध्यापक कृष्ण बहादुर जिसिले विद्यालयको १करोड ३७ लाख ६१ हजार ७ सय ४२ रुपैया ९० पैसा बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । भने गणेश माबिमा कक्षा ११।१२ संचालनकाृ लागी आर्थिक,भौतिक,शैक्षिक लगाएत अन्य सहयोग पुर्यानु भएका चन्दादाताको नाम सहित ६६लाख ३० हजार २ सय १५ रुपैयाको आय व्यय विवरण आर्थिक संयोजक तथा पुर्व वडा अध्यक्ष नविन जिसिले प्रस्तुत गर्नु भएको थियो ।
    विद्यालयका प्रध्यापक कृष्ण जिसीले प्रस्तुत गरेको विवरणमा विद्यालयको आम्दानी ५ लाख ५७ हजार ६००, सरकारी अनुदान तर्फ १ करोड ३२ लाख ४ हजार १ सय ४२ रुपैया ९० पैसा गरि जम्मा १ करोड ३७ लाख ६१ हजार ७ सय ४२ रुपैया ९० पैसा आम्दानी भएको छ। भने व्यय तर्फ तलव भत्तामा ८६ लाख ३८ हजार ३ सय ७७ रुपैया ४० पैसा,विविध तर्फ ४३ लाख ५२ हजार ९ सय १७ रुपैया , बैंक मौज्दात ७ लाख ६८ हजार ४४२, नगत तर्फ २००६.५ पैसा गरि जम्मा १ करोड ३७ लाख ६१ हजार ७ सय ४२ रुपैया ९० पैसा खर्च गरिएको प्रध्यापक जिसिले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
    शिक्षक अभिभावक संध अध्यक्ष विष्णुबहादुर थापाको सभाध्यक्षबाट सूरु भएको कार्यक्रममा , साजिक विकास समिति संयोजक तथा धुर्कोट गाउँपालीका १ का वडा अध्यक्ष चेत मान कुवरको प्रमुख आथित्यता,धुर्कोट गाउपालीका २ का वडा अध्यक्ष बाबुराम खड्का , विद्यालय व्यब्थापन समिति अध्यक्ष सुर्य बहादुर खड्का, पुर्व वडा अध्यक्ष ननिन जिसी , वडा सदस्यहरु ,कोष बहादुर थापा, धन बहादुर खड्का, सिता सुनार लगायतको उपस्थिति रहेको थियो ।
    यस्तै, विभिन्न राजनिति दलका प्रतिनिधिहरुमा नेकपा एमालेका सुरेन्द महत नेकपा माओवादीका राम बहादुर खड्का समाज बादिका जित ब. बिक लगाएत , विद्यार्थी, ा, सामुदायिक रेडियो धुर्कोटका प्रतिनिधि रमेश पन्थी अभिभावक, चन्ददात लगाएतको व्यापक उपस्थिति रहेको थियो । शिक्षक रेमलाल खनालको स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक रत्न प्रसाद खनालले गर्नु भएको थियो ।

  • गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

    गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

    गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै
    भुवन भुसाल, गुल्मी

    भनिन्छ ठूलो र पवित्र उद्देश्य भएको मान्छेलाई केहिले छेक्दैन । त्यहीँ फराकिलो हृदय भएका कर्मठ युवा हुन ३६ वर्षिय हिमाल गौतम । गौतमलाई सबैले चिन्दैनन तर दिनदुखी गरिव र असहायहरुले भने चिन्ने मात्रै होईन उनको दिर्घायुको समेत कामना गर्दछन कारण को उनको सामाजिक कर्म । हिमालले नेपालका हरेक बिपत्तिमा आफ्नो गाँस काटेर, हरेक असहायको दुखमा आफ्नो खर्च बचाएर सहयोग पठाउँदै आएका छन ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ को भञ्ज्याङ् मा बुवा स्वर्गीय चिन्तामणी गौतम र माता दिल कुमारी गौतमको कोखबाट २०४३ साल पुष ३ गते जन्मलिएका हिमालले व्याचलर सम्मको अध्ययन गरेका छन । देशमा सुनौलो अवसर नपाएपछी उनी सन २००७ मा बैदेशिक रोजगारिका निम्ति कतार पुगे । अझै सुनौलो अवसर पछ्याउँदै सन २०११ मा दुबै पुगेका उनी २०१५ देखि पपुवान्युगिनी लाई कर्मथलो बनाईरहेका छन ।

    ग्रामिण दुख राम्रो संग भोगेका र देखेका हिमाल भञ्ज्याङ् को खोँचमा जन्मिएको पिपल जस्तै हुन ।

    आफ्नो व्यक्तिगत जिवनलाई व्यवस्थित बनाउँदै सामाजिक कर्ममा कृयाशिल उनी त्यहाँ रहेका नेपालीका दुखमा मल्हम समेत बन्दै आएको सोही ठाउँमा बस्ने सन्तोष खत्रीले बताए । “हिमाल दाई परिवारको मात्रै छोरा होईन वहाँ त वास्तविक देशको सपूत हो, कसैको दुख देख्न सक्नुहुन्न सहयोग गरिहाल्नुहुन्छ” सन्तोषले भने । त्यहाँ मात्रै होईन हिमालले नेपालमा २०७२ सालको भुकम्प र कोभिडकालमा समेत राहत र स्वास्थ्य सामाग्री पठाएर जन्मथलोको गुन तिरेका थिए ।

    NRNA NCC पपुवान्युगिनीको एक कार्यकाल युवा संयोजक बनेर काम गरेका सामाजिक कर्ममा रमाउने हिमालले एक कार्यकाल महा सचिव हुँदै हाल त्यहीँको वरिष्ठ उपाध्यक्ष पदमा काम गरिरहेका छन । यहीँ अक्टोबर १७ देखि २० सम्म काठमाडौमा सम्पन्न हुन लागेको एन आर एन ए अन्तरास्ट्रिय समन्वय परिषदको अधिवेशनमा उनी रिजनल उपसंयोजक पदमा भिड्न लागेका छन । “म अध्यात्ममा बिष्वास गर्ने व्यक्ती हुँ, धर्मशास्त्र गितालाई आत्मसाथ गर्छु, निस्काम कर्म भन्छन नि हो त्यहीँ काम गर्दै जाँदा धेरैको सल्लाह बमोजिम उम्मेद्बारी दिने सोंच बनाएको हुँ आगे मेरो कर्मको फल जे छ त्यहीँ आउला, संस्था बलियो हुनुपर्यो म केही होईन” हामी संगको फोनमा हिमालले भने ।

    काठमाडौमा सम्पन्न हुने अधिवेशनले एनआरएनएनए को अस्ट्रेलिया, पपुवान्युगिनी,न्युजिल्यान्ड, लगायत ३६ राष्ट्रको अन्तरास्ट्रिय समन्वय परिषदको चयन गर्नेछ । यसको कार्यकाल २०२५ सम्म रहनेछ ।