Blog

  • विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

    विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

    विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

    १६ असोज २०८०, मङ्गलबार
    काठमाडौं, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

    यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उहाँले बताउनुभयो । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादशैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

  • बजार अनुगमनमा पुग्दा  सत्यवतीका  ब्यापारी  आफै सक्रिय  बन्दै  अनुगमन  टोलि लाई  नै स्वागत गरे

    बजार अनुगमनमा पुग्दा सत्यवतीका ब्यापारी आफै सक्रिय बन्दै अनुगमन टोलि लाई नै स्वागत गरे

    चुरामणि  तिमिल्सिना   असोज  १५

    गुल्मीको सत्यवती गाउँपालिकाका मुख्य बजारमा पर्वहरुलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । रुद्रवेणी बजार , देउपाटन, बोटेगाउ , चोरकाटे ,उल्लिखोला लगायतका स्थानमा बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा खाद्य  सुरक्षा संरक्षण समितिका संयोजक निरमाया तरामुले बताउनुभयो। उपाध्यक्ष तरामु आफू स्वयं समेत अनुगमनमा खटेर ब्यापारीहरुलाई सचेतना जगाउने र उत्साहीत गराउने कार्य समेत गर्नुभयो ।

    अनुगमनमा म्याद गुज्रिएका, खाद्यान्न, पेय पदार्थ, बिना इजाजत सामाग्री बिक्री वितरण , साइनबोर्ड नभएको , मुल्य सूची बिना नै सामाग्री बिक्रि बितरण , बिना दर्ता बिना नवीकरण गरेर बजार संचालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिनु भयो । बजारमा ब्यापारी बर्गहरुले अनुगमन टोलि पुग्दा अनुगमन टोलि लाई नै स्वागत गरी आफ्नो पसलको अनुगमन गर्ने कार्यमा उल्लासमय रुपमा खटिनुभएका स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनु भयो ।

    यता गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले यो पालिकाको नियमित कार्यक्रम रहेकोले पालिकाले पर्वलाई मात्र लक्षित नगरी जुनै सुकै बेला पनि अनुगमन गर्न सकिने हुँदा ब्यापारी बर्गहरुले सामान किनबेच गर्दा अत्यन्त सावधानी भएर कारोबार गर्न आग्रह गर्दै बाकी रहेका बजारलाई पनि क्रमैसँग अनुगमन गरिने बताउनु भयो।

    ब्यापारी बर्गहरुले आफुहरुले म्याद हेर्न नजानेको दर्ता नवीकरण गर्ने कानुनका कुरामा ध्यान नदिएको तर अवदेखी आफ्नो पसलको सुरक्षा र ग्राहकको स्वास्थ्य र सन्तुष्टिमा चनाखो रहने अनुगमन टोलि लाई बताएका छन ।

  • लुम्बिनी प्रदेश सरकार गठनको पाँच महिना पुरा,सरकारले अझै पूर्णता पाएन

    लुम्बिनी प्रदेश सरकार गठनको पाँच महिना पुरा,सरकारले अझै पूर्णता पाएन

    लुम्बिनी प्रदेश सरकार गठनको पाँच महिना पुरा,सरकारले अझै पूर्णता पाएन ।
    असोज १५
    लुम्बिनीमा गठबन्धन सरकार गठन भएको पाँच महिना पुगेको छ । एमालेका लीला गिरीलाई मुख्यमन्त्रीबाट हटाएर गत वैशाख १४ गते आठदलीय गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएका हुन । सरकार निर्माणका बेला भएको गठबन्धनबीचको सहमति र भागबन्डामा ‘व्यक्तिगत इगो’ को विषयलाई लिएर माओवादी र कांग्रेसबीच असमझदारीले पाँच महिनासम्म पनि सरकारले पूर्णता पाएको छैन ।
    १० सदस्यीय मन्त्रिमण्डलमा अहिले ७ जना मात्र मन्त्री छन । मुख्यमन्त्री चौधरी आफैंले लामो समयदेखि थप तीन मन्त्रालयको जिम्मेवारी बोकेका छन् । सरकारले पूर्णता नपाउँदा कानुन निर्माण ठप्प छ । सरकारमा मन्त्री नहुने र समितिमा सभापति नहुँदा प्रदेशसभा झन्डै ९ महिनादेखि नै बिजनेसविहीन छ ।

  • जिल्ला समन्वय समितीको जिल्ला सभा समपन्न, काम गर्न ऐन कानुनको कमि भएको सजन्वय प्रमुख खत्री भनाई

    जिल्ला समन्वय समितीको जिल्ला सभा समपन्न, काम गर्न ऐन कानुनको कमि भएको सजन्वय प्रमुख खत्री भनाई

    जिल्ला समन्वय समितीको जिल्ला सभा समपन्न, काम गर्न ऐन कानुनको कमि भएको सजन्वय प्रमुख खत्री भनाई ।
    असोज १५
    जिल्ला समन्वय समिती गुल्मीको सातौ जिल्ला सभा हिजो आईतबार तम्घासमा समपन्न भएको छ । जिल्ला सभामा आर्थीक बर्ष २०७९–८० को बार्षीक प्रगती समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीले आफ्नो कार्यक्षेत्र अन्तर्गतको आर्थीक बर्ष ७९–८० मा गरेका सेवा प्रभाहको समिक्षा गरिएको हो ।
    जिल्लाका १२ ओटै स्थानीय तहका बिभिन्न बिवरणहरु एकिकृत गरि प्रस्तुत गरिएको थियो । संघ र प्रदेश मातहतकाका बिभिन्न कार्यालयले गरेका बिकास र सेवा प्रवाहको अनुगमन र त्यसको भाब सर्वजनिक गरिएको थियो । जिल्ला समन्वय समिती गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले अझै पनि ऐन र कानुनको कमि काकारण जिल्ला समन्वय समितीको औचित्य पुष्टि हुनेगरि काम गर्न नसकिएको बताउनु भयो । कर्यक्रममा १२ वटा स्थानीय तहका प्रमुख एवम उपप्रमुखको उपस्थीत रहेको थियो।

  • बाढीले गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता

    बाढीले गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता

    बाढीले गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता ।
    असोज १४

    पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

    बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप हिजो साँझ बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । जीपका ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतकाका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

    घटनास्थलमा बाढीले जीपलाई पुरेको र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खनेर गाडी निकाल्ने प्रयास भइरहेको डीएसपी भुसालले बताए । प्रहरीका अनुसार गाडीका केही पार्टपुर्जा र १ जनाको शव फेला परेको छ भने अन्यको खोजीकार्य सुरु गरिएको छ । हिजो साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

    गाडीमा पोखराको एक ब्यवसायिक प्रतिष्ठानमा काम गर्ने कास्कीका एक जना, रुपन्देहीका एक जना र ठेगाना नखुलेको अर्का एकजना सवार रहेको प्रहरीले जनाएको छ ।

  • जन्म दिनको फजुल खर्च  धार्मिक  कार्यमा लगाउदै  प्रकाश घिमिरे

    जन्म दिनको फजुल खर्च धार्मिक कार्यमा लगाउदै प्रकाश घिमिरे

    असोज   १३  रुरु

    हामी सबैका अत्यन्तै सरल,मेहेनती , लगनशील ब्यक्तित्व एबम सहयोगी पथका धनि तथा होटल पौवा गोरुसिङ्गे साखाका लेखा कर्मचारी प्रकाश घिमिरेले आफ्नो जन्मोत्सवको अबसरमा सधैभ केक मात्र काट्ने भन्नुभन्दा पनि आफ्नो जन्मोत्सवको अबसरमा सामाजिक कार्यमा सङ्गलग्न भै रुरु धार्मिक सेवा प्रा.लि. लाई रुरु धाम लाई रु १५०० सहयोग गरि आफ्नो जन्मोत्सब मनाउनु भएको छ।

    केक काट्ने फजुल खर्च गर्ने भन्दा सामाजिक कार्यक्रममा केही गर्दा सम्झना योग्य कार्य समेत हुने र आफ्ना पछील्ला सन्तती लाई पनि सिकाउन सजिलो हुने हुँदा आफुले यसरी धार्मिक सस्थाको अभियानमा जोडिएको बताउनु भयो। उहाँलाई जन्म दिनको हार्दिक शुभकामना छ भगवानले आशिर्वाद प्रदान गरुन।

  • विश्व  पर्यटन  दिवसको अवसरमा  धार्मिक   विषय  उठाउदै  शुभकामना प्रदान

    विश्व पर्यटन दिवसको अवसरमा धार्मिक विषय उठाउदै शुभकामना प्रदान

    ४४ ‍औं विश्व पर्यटन दिवशको शुभकामना
    हरेक वर्ष सेप्टेम्बर २७ मा “सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन” भन्ने मुल नारा सहित पर्यटन दिवस मनाईने गरिन्छ । यस वर्ष ‘पर्यटन र हरित लगानी” भन्ने नारा सहित नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ । विश्व पर्यटन दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।


    हाम्रो रूरूक्षेत्र गाउँपालिका धार्मिक, ऐतिहासिक र पर्यटनको लागि महत्वपूर्ण स्थानीय तहको रुपमा रहेको छ । रुरुक्षेत्र आफैमा पवित्र पुण्यभुमीको रुपमा प्रख्यात छ । पर्यटकीय, ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक धरोहरको रुपमा रहेको रुरुक्षेत्र गाउँपालिकामा पर्यटनको माध्यमबाट स्थानीय रोजगारी सृजना गर्न सकिने अत्यन्तै संभावना रहेको छ । स्थानीय सरकारको तर्फबाट धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बन्धित निकायहरुमा पहल गरिरहेका छौं ।
    नेपालकै चार धाममध्येको एक महत्वपूर्ण धाम रुरुक्षेत्र आफैमा पनि प्रख्यात धार्मिक स्थलको रुपमा रहेको छ । पवित्रस्थल कालिगण्डकी नदिमा स्नान गर्नाले मानिसका दु:ख, कष्ट र पाप नाश हुन्छ भन्ने मान्यता रहेकोछ साथै निसन्तान दम्पतीले दर्शन गर्दा मनले आटेको पुग्ने पौराणिक मान्यता रहेको पवित्र श्रृङ्गेश्वर धाम पनि यसै गाउँपालिकामा रहेको छ । ऐतिहासिक शक्ति पिठको रुपमा रहेको बम्घाकोटमा सिद्ध भँगेरको दर्शन गर्दा मनले सोंचे आटेको पुग्ने जनविश्वास रहि आएको छ । यस क्षेत्रमा सिद्धबाबा, गोविन्दे, अचम्मेश्वर मन्दिर लगायताका धार्मीक तथा पर्यटकिय स्थलहरु रहेका छन ।

    हाल आएर रूरूक्षेत्र गाउँपालिका आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गईरहेको छ ।

    स्याङ्जा-पाल्पा र गुल्मीको संगम स्थल रहेको रिडीमा दक्षिण एशियाकै नमूना तिनमुखे पुल, देवदत्त पार्क, श्रृङ्गेश्वर क्षेत्र, थाम्कीडाँडामा रहेको ट्रि हाउस, ऐतिहासिक बम्घाकोट तथा रानिले काटेको ढुंगा लगायतका महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलहरुले भरिपूर्ण यस गाउँपालिकामा विभिन्न कला संस्कृति, धार्मिक तथा पर्यटनको हिसाबले महत्वपूर्ण रहेकोछ ।

    गाउँ कार्यपालिकाको निर्णयानुसार लुम्बिनी प्रदेश सरकारले समेत रुरुक्षेत्रलाई संस्कृती र पर्यटकीय स्थलको रुपमा विकास गर्न आफ्नो आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्दै पर्यटन क्षेत्रको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था समेत गरी यस गाउँपालिकाको कला, संस्कृति र पर्यटनको क्षेत्रमा वहुवर्षिय योजनाको रुपमा अगाडि बढाउन प्रतिवद्धता समेत जनाएको हुँदा रुरुक्षेत्र गाउँपालिकालाई कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्दै धार्मिक पर्यटनको रुपमा विकास गरी समृद्ध रुरुक्षेत्र गाउँपालिका निर्माणमा हामी सबैले हातेमालु गरी अगाडि बढ्दै “पवित्रस्थल रुरुक्षेत्र घुमौ, धर्म प्राप्तीसँगै कला संस्कृति र प्रकृतिको अनुपम उपहारबाट भरपुर मनोरन्जन गरौ” भन्दै विश्व पर्यटन दिवसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    -जय रूरूक्षेत्र… रुरु क्षेत्र गाउँपालिका अध्यक्ष  यदु  ज्ञवाली

  • रुरु क्षेत्र  गाउँपालिका का  अध्यक्ष  ज्ञवाली ले विश्व  पर्यटन  दिवसको अवसरमा   धार्मिक  विषय  उठाउदै   शुभकामना  राख्नु भयो

    रुरु क्षेत्र गाउँपालिका का अध्यक्ष ज्ञवाली ले विश्व पर्यटन दिवसको अवसरमा धार्मिक विषय उठाउदै शुभकामना राख्नु भयो

    ४४ ‍औं विश्व पर्यटन दिवशको शुभकामना
    हरेक वर्ष सेप्टेम्बर २७ मा “सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन” भन्ने मुल नारा सहित पर्यटन दिवस मनाईने गरिन्छ । यस वर्ष ‘पर्यटन र हरित लगानी” भन्ने नारा सहित नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ । विश्व पर्यटन दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।


    हाम्रो रूरूक्षेत्र गाउँपालिका धार्मिक, ऐतिहासिक र पर्यटनको लागि महत्वपूर्ण स्थानीय तहको रुपमा रहेको छ । रुरुक्षेत्र आफैमा पवित्र पुण्यभुमीको रुपमा प्रख्यात छ । पर्यटकीय, ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक धरोहरको रुपमा रहेको रुरुक्षेत्र गाउँपालिकामा पर्यटनको माध्यमबाट स्थानीय रोजगारी सृजना गर्न सकिने अत्यन्तै संभावना रहेको छ । स्थानीय सरकारको तर्फबाट धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बन्धित निकायहरुमा पहल गरिरहेका छौं ।
    नेपालकै चार धाममध्येको एक महत्वपूर्ण धाम रुरुक्षेत्र आफैमा पनि प्रख्यात धार्मिक स्थलको रुपमा रहेको छ । पवित्रस्थल कालिगण्डकी नदिमा स्नान गर्नाले मानिसका दु:ख, कष्ट र पाप नाश हुन्छ भन्ने मान्यता रहेकोछ साथै निसन्तान दम्पतीले दर्शन गर्दा मनले आटेको पुग्ने पौराणिक मान्यता रहेको पवित्र श्रृङ्गेश्वर धाम पनि यसै गाउँपालिकामा रहेको छ ।

    ऐतिहासिक शक्ति पिठको रुपमा रहेको बम्घाकोटमा सिद्ध भँगेरको दर्शन गर्दा मनले सोंचे आटेको पुग्ने जनविश्वास रहि आएको छ । यस क्षेत्रमा सिद्धबाबा, गोविन्दे, अचम्मेश्वर मन्दिर लगायताका धार्मीक तथा पर्यटकिय स्थलहरु रहेका छन । हाल आएर रूरूक्षेत्र गाउँपालिका आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गईरहेको छ ।

     

    स्याङ्जा-पाल्पा र गुल्मीको संगम स्थल रहेको रिडीमा दक्षिण एशियाकै नमूना तिनमुखे पुल, देवदत्त पार्क, श्रृङ्गेश्वर क्षेत्र, थाम्कीडाँडामा रहेको ट्रि हाउस, ऐतिहासिक बम्घाकोट तथा रानिले काटेको ढुंगा लगायतका महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलहरुले भरिपूर्ण यस गाउँपालिकामा विभिन्न कला संस्कृति, धार्मिक तथा पर्यटनको हिसाबले महत्वपूर्ण रहेकोछ

    । गाउँ कार्यपालिकाको निर्णयानुसार लुम्बिनी प्रदेश सरकारले समेत रुरुक्षेत्रलाई संस्कृती र पर्यटकीय स्थलको रुपमा विकास गर्न आफ्नो आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्दै पर्यटन क्षेत्रको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था समेत गरी यस गाउँपालिकाको कला, संस्कृति र पर्यटनको क्षेत्रमा वहुवर्षिय योजनाको रुपमा अगाडि बढाउन प्रतिवद्धता समेत जनाएको हुँदा रुरुक्षेत्र गाउँपालिकालाई कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्दै धार्मिक पर्यटनको रुपमा विकास गरी समृद्ध रुरुक्षेत्र गाउँपालिका निर्माणमा हामी सबैले हातेमालु गरी अगाडि बढ्दै “पवित्रस्थल रुरुक्षेत्र घुमौ, धर्म प्राप्तीसँगै कला संस्कृति र प्रकृतिको अनुपम उपहारबाट भरपुर मनोरन्जन गरौ” भन्दै विश्व पर्यटन दिवसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।…

    रुरु  क्षेत्र  गाउँपालिकाका  अध्यक्ष  यदु ज्ञवाली ।

  • गुल्मीका ५ वटा गाउँपालिका भाडाका भवनबाट सञ्चालन,केहिका पालिकाको भवनहरू निर्माणाधीन

    गुल्मीका ५ वटा गाउँपालिका भाडाका भवनबाट सञ्चालन,केहिका पालिकाको भवनहरू निर्माणाधीन

    गुल्मीका ५ वटा गाउँपालिका भाडाका भवनबाट सञ्चालन,केहिका पालिकाको भवनहरू निर्माणाधीन ।
    तिलाचन पाण्डे
    असोज १०

    स्थानीय तह गठनको छ वर्षभन्दा बढी समय बित्दा पनि गुल्मीका पाँच स्थानीय तहका कार्यालय भाडाकै भवनबाट सञ्चालन हुँदै आएका छन् । आफ्नै प्रशासकीय भवन नहुँदा स्थानीय सरकारको रकम कार्यालय भाडामै खर्च हुने गरेको छ ।

    मुसीकोट नगरपालिका, इस्मा, गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । इस्मा गाउँपालिकाले २०७४ सालदेखि भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ । भवनका लागि मासिक ३३ हजारका दरले भाडा बुझाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिनुभयो । वडा नं। २ को वडा कार्यालय पनि भाडामा बस्दै आएको उहाँले जानकारी दिनुभयो ।

    चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

    गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ मासिक भाडा तिर्ने गरेको सूचना अधिकारी नवराज भण्डारीले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिकाले दुई वटा भवन भाडामा लिएको छ । सो पालिकाले मासिक ९० हजार भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिनुभयो । यस्तै वडा नं। १, ४ र ७ का वडा पनि भाडामा रहेको पालिकाले जनाएको छ । मुसीकोट नगरपालिकाले दुई वटा भवनको मासिक ६२ हजारका दरले भाडा बुझाउँदै आएको सूचना अधिकारी मुना ज्ञवालीले जानकारी दिनुभयो । यस्तै २, ३, ४ र ७ नम्बर वडा कार्यालय पनि भाडाकै भवनमा रहेका छन् ।

    मुसीकोट नगरपालिका, धुर्कोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरू निर्माणाधीन अवस्थामा छन् । मदाने गाउँपालिकाले साबिकको गाविस कार्यालय, मालिकाले गाउँपालिकाको सभा हल, धुर्कोट गाउँपालिकाले बहुउद्देश्यीय सभा हल, छत्रकोट, सत्यवतीले सभा हलबाट र रुरुक्षेत्र गाउँपालिकाले कृषि सम्पर्क कार्यालयको भवनबाट सेवा प्रवाह गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि यस वर्ष केही रकम विनियोजन गरेकाले भवन निर्माणको प्रक्रिया तीव्र गतिमा भइरहेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो ।

  • विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलको दुर्गा मन्दिरमा आरती

    विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलको दुर्गा मन्दिरमा आरती

    विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलको दुर्गा मन्दिरमा आरती ।
    असोज १०

    विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलको दुर्गा मन्दिरमा आरती गरिएको छ।

    बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाल एशोशिएशन अफ टुर ट्राभल एजेन्टस् नाट्टा लुम्बिनीको आयोजना र पर्यटन विकास परिषद् लुम्बिनीको प्रवर्द्धनमा दुर्गा मन्दिरमा आरती कार्यक्रम गरिएको हो।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई देशकै उपयुक्त विश्रामस्थलका रूपमा विकसित गर्न धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए।

    उनले बुटवल हिन्दु र बौद्ध धर्मका महत्त्वपूर्ण स्थलहरूको बीचमा रहेकोले यसको लाभ बुटवलबासीलाई हुनेगरी पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए।

    कार्यक्रममा प्रथम जगत गुरु अनन्त श्री मोहनसरण देवाचार्य धार्मिक सद्भाव कायम राख्न सबै क्षेत्रबाट एकताको सन्देश फैलाउनुपर्ने बताए। कार्यक्रममा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्र र सरकारी निकाय सँगसँगै अगाडि बढ्नुपर्ने बताइन्।