Blog

  • संविधान दिवसको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका तिज  गीत  प्रतियोगिता

    संविधान दिवसको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका तिज गीत प्रतियोगिता

    चुरामणी तिमिल्सिना भाद्र ४

    संविधान दिवसको अवसरमा गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा तिजगीत प्रतियोगिता आयोजना गरिएको हो । ७ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रगतिशिल आमा समुह बलेट्क्सार प्रथम रेन्बो इंग्लिस बोडिङ स्कुल द्वितिय प्रगतिशिल स्वास्थ आमा समुह ले तृतीय स्थान हासिल गरेको हो । प्रतियोगितामा रुरु २ कि रोस्मी कुवरले उत्कृष्ट नृत्य हासिल गर्नुभएको हो ।


    गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि गौतमको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनु भएको थियो । समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत मन्तब्य राख्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो। प्रतीयोगितामा जन प्रतिनिधि , राजनितिक दल बौद्धिक बर्ग सुरक्षा निकाय, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।

  • प्राविधिक समस्या  नभए आज रुरु कालीगण्डकी  अन्लाईन  तीज  नृत्यको नतिजा   सार्वजनिक  गरिने

    प्राविधिक समस्या नभए आज रुरु कालीगण्डकी अन्लाईन तीज नृत्यको नतिजा सार्वजनिक गरिने

    भाद्र  ३०

    महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा बिगत ३ वर्ष देखि रुरु क्षेत्र बाट सन्चालन भएको तेस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० को नतिजा आज साझ कुनै प्राबिधिक समस्या नआयमा अन्लाईन मार्फत सार्वजनिक गरिने रुरु सन्चारका अध्यक्ष तथा कार्यक्रम संयोजक चुरामणि तिमिल्सिनाले बताउनु भयो। तिमिल्सिना ले हिजै देखि नै भिडियो राख्ने समय सकिएको , सनिवार बिहान ७:बजे सम्मको लाइक कमेन्ट सियर र भ्युज मापन गरिएको बताउनु भयो।साझ करिव् ५ बजे सम्म सम्पुर्ण कार्य सकियो भने साझ नै नतिजा प्रकाशन गरिने समाचारमा उल्लेख गरिएको छ । यश प्रतीयोगितामा बिगतका भिडियो हरु भन्दा   धेरै परिमार्जन  सहित  सहभागी भएका मौलिक  प्रतिभाहरमा वृद्धि  भएको  र ६० जना नृत्यरहेको  अन्लाईन  खबरका सम्पदाक बिष्णु  प्रसाद पाण्डेले जान्कारी दिनु भयो  । यस्तै कालीगण्डकी  पोष्ट  डट्कमका   सन्चालक  तथा सम्पदाक यम सोमैले  पर्व लगत्तै  समय मिलाएर  औपचारिक  कार्यक्रमका साथ पुरस्कार वितरण  गर्ने  बताउनुभयो।

  • नगरबासिको हित र स्वास्थ प्रती सचेत र संबेदनसिल छौ : नगर प्रमुख

    नगरबासिको हित र स्वास्थ प्रती सचेत र संबेदनसिल छौ : नगर प्रमुख

    रिता खनाल
    कपिलबस्तु ।
    उद्योग ब्यापार संघ कपिलवस्तु ले बाणगङ्गा का विभिन्न चोक चौराहा हरुमा अब्यबस्थित रुपमा ठेला तथा सडकपेटी मा ब्यापार ब्याबसाय गरि बैधानिक ब्याबसाय गरिरहेका स्थानिय ब्याबसायीहरुलाइ मार परेको सन्दर्भ सहित त्यस्ता ब्याबसाय को नियमन तथा ब्याबस्थापन गर्न नगर को ध्यानाकर्षण गरायको छ , त्यसैगरी हाटबजार हरुमा समेत अनुगमन तथा नियमन गरि दायरा बाहिर रहेकालाइ बैधानिक दायरा मा ल्याउन सकेसम्म कृषिजन्य बाहेक का अन्य ब्याबसायहरुलाइ अन्यत्र ब्यबस्थापन गरि हाटबजार मा कृषिजन्य उपज को मात्र कारोबार ब्याबस्था मिलाउन समेत नगर को ध्यानाकर्षण गरायको छ ।
    “उद्योग ब्यापार संघ , कपिलवस्तु ले गरायको ध्यानाकर्षण सम्बन्धमा नगर ले काम गरिरहेको , ठेला तथा सडक पेटिमा ब्याबसाय बिस्तारै कम हुँदै गयेको छ , नगरबासिको स्वास्थ्य र हित लाई केन्द्र मा राखेर काम गरिरहेका छौ , बेतिथी बिसङ्गती लाई निर्मुल पार्न सम्पुर्ण नगरबासी , यहाका संघसस्था सङ्ग मिलेर काम गर्छौ , यतिबेला नगर मा कार्यकारी प्रमुख नरहेकोले नया कार्यकारी प्रमुख को आगमन सङ्गै सम्पुर्ण सरोकारवाला संघ सस्था निकाय सङ्गै नगर भित्रका बजार , हाटबजार हरुको अनुगमन गरि नियमन गर्ने , उपभोक्तालाई सर्बसुलभ रुपमा गुणस्तरीय सामान उपलब्ध गराउने गरि कार्य गर्न प्रतिबद्ध छौ ” बानगङ्गा नगर प्रमुख चक्रपाणी अर्याल को भनाइ रहेको जानकारी उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ले गराउनु भयो ।
    स्मरण रहोस स्थापना भयको छोटो अबधी मै पनि उद्योग ब्यापार संघ , कपिलवस्तु ले उद्योगि ब्याबसायिको पक्षमा निरन्तर वकालत गर्दै विभिन्न कार्यक्रम , खबरदारी एबम पैरवी गर्दै आयेको छ ।

  • आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम  गरि  मनाईदै

    आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

    आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईदै ।
    भदौ २९

    राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

    यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।

    नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ।

    विसं २०२१ भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो।

    सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ।

    संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

  • रैनादेवीमा सरकारी तलव खानेका बालबच्चा सरकारीमै पढाउन परिपत्र

    रैनादेवीमा सरकारी तलव खानेका बालबच्चा सरकारीमै पढाउन परिपत्र

    पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने बिषयको परिपत्र गरेको छ । यसरी सरकारी तलव खाने जनप्रतिनिधि कर्मचारीहरुलाई सरकारी बिद्यालयमै आफ्ना छोराछोरी पठाउने विषयमा निर्णय गर्ने रैनादेवी जिल्लामै पहिलो पालिका हो ।

    पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण कम हुदै गएको र गाउँका कतिपय बिद्यालयहरुमा विद्यार्थी संख्या ज्यादै न्युन हुदै गएका छन् । यसै सन्दर्भमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । गत २०८० बैशाख २४ गते गाउँ कार्यपालिकाले निर्णय गरेपछि यसको कार्यान्वयनका लागि परिपत्र गरिएको पालिकाका प्रमुख प्रशसकीय अधिकृत दिनेश सारुले बताउनुभयो । पालिकाले यो वर्ष निर्णय गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सकारात्मक रुपमा नैतिक दवाव पुग्ने बताएको छ । उहाँले निर्णय बमोजिम सम्बन्धित सबैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

    यो निर्णयलाई आगामी शैक्षिक सत्र २०८१ देखि कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो । पालिका अन्तरगतको समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न गरेका विभिन्न निर्णयमध्ये यो पनि एउटा महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

  • धुर्कोट गाउपालिका ०२ पिपलधारामा साबिक वडा स्तरीय तिजगित सम्पन्न

    धुर्कोट गाउपालिका ०२ पिपलधारामा साबिक वडा स्तरीय तिजगित सम्पन्न

    धुर्कोट गाउपालिका ०२ पिपलधारामा साबिक वडा स्तरीय तिजगित सम्पन्न

    बिष्णु कुवर धुर्कोट नयाँगाउँ

    गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ०२ पिपलधारामा साविकको वडास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । पिपलधारा कृषि तथा पसु बिकास महिला सहकारी को आयोजना र वडा कार्यलयको आर्थिक सहयोगमा सम्पन्न भएको छ
    प्रतियोगितामा आठ समुह सहभागी भएका थिए । मौलिक कला, संस्कृतिको जर्गेना एवम् संस्कृति संरक्षणको लागि प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष बाबुराम थापाले बताउनु भयो

    कार्यक्रममा सहकारीकि अध्यक्ष कमला घर्ती कुवरकोअध्यक्षता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथिथ्यता उपाध्यक्ष सीता गिरिको विशेष आथिथ्यता ,वडा अध्यक्ष बाबुराम थापा, वडा सदस्य जीवन खनाल सीता सुनार घन ब खड्का र कोष ब थापा विभिन्न बिद्यालय संघसस्था राजनीति दलहरुको प्रमुख तथा प्रतिनिधि हरुको आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा पहिलो बराजा समूह दोस्रो चेतनशिल समुह सुफल तेस्रो जनजागृती समूह जुम्लादी भएका थिए अन्य समुहलाइ सहभागीतामुलक पुरस्कार बितरण गरिएको थियो भने कार्यक्रम को संचालन सहकारीकि सचीव कमला खड्का ले गर्नु भएको थियो

  • रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने

    रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने

    रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने ।
    भदौ २७
    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रको विद्युत बिग्रिएको भए वडा कार्यालयमा गुनासो टिपाउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले आफ्नो टोल समुदायमा विद्युतको तारहरु चुडिएको, खुकुलो भएको, काठको पोलहरु ढल्ने अवस्थामा भएको वा फेर्नुपर्ने अवस्थामा भएमा त्यसको जानकारी आफ्नो वडा कार्यालयमा गराउन आग्रह गरेको छ । गुनासो संकलनपश्चात सम्भावित जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले त्यसको समाधानका लागि तत्काल पहल गर्ने अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

  • स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने

    स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने

    स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने ।
    भदौ २६
    संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे गरिने भएको छ। पार्टी सचिव गगन विष्टले नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी दिएका छन्।

    भोलि १ बजेसम्म श्रद्धान्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिनेछ। त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा राखिने एमाले सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

  • स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी

    स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी

    चुरामणि  तिमिल्सिना  भदौ  २४

    स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण
    गुल्मी।
    स्वास्थकर्मी उषा क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा रुरु क्षेत्रका वृद्धवृद्धा,असाय, गुरुजनलाई फलफुल वितरण गर्नु भएको छ । सुध्दोदन गाउँपालिका रुपन्देही निवासी उहाँ हाल गुल्मीको छत्रकोट गाउँपालिका वडा न १ हुगा स्थित स्वास्थ चौकिमा ल्याब असिस्टेन्ट को रुपमा कार्यरत हुनुहुन्छ। उषाले यस्ता जन्म दिन , पदोन्नति , अध्यानमा सफलता तथा जागिरमा प्रवेश जस्ता पर्गती पथका कार्य हुँदा पाटी गर्नु भन्दा पुण्य संगै रचनात्मक कार्यक्रममा गरेर सेवा गर्दा आत्म देखिनै आफू खुशी हुने बताउनु भयो। रुरु धाममा रहनु भएका वृद्ध वृद्धा हरु लाई आफुले दर्शनको क्रममा आउँदा देखेको हुँदा आमाहरूको बसाइँ सारै आनन्द लागेको समेत बताउनु भयो ।

    समाजमा हुने फजुल खर्च लाई हटाउदै सामाजिक कार्यमा जोडिन समेत उहाँले बताउनु भयो। कार्यक्रममा रुरु धार्मिक सेवा सन्चार प्रा लिका अध्यक्ष चुरामणि तिमिल्सिनाले उषा जि लाई जन्म दिनको शुभकामना प्रदान गर्दै आगामी दिनहरुमा पनि धार्मिक क्षेत्रमा र रचनात्मक कार्यक्रममा जोडिन आग्रह गर्दै बधाई तथा धन्यवाद प्रकट गर्नु भयो।

  • धुर्कोट गाउँपालिका ३ हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना

    धुर्कोट गाउँपालिका ३ हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना

    तिजको अवसरमा हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना
    रमेश पन्थी
    धुर्कोट गुल्मी

    हरितालिका तिजको अवसरमा धुर्कोट गाउँपालिका ३ हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना गरिएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २५ गते सोमबारको दिन वडा स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको वडाले जनाएको छ । वडाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिलाहरुको महान पर्व हरितालिका तिज–२०८० को अवसरमा भेस ब बिष्ट स्मृती खेलमैदान कुटियाखर्क धुर्कोट गाउँपालिका ३ हाडहाडे१ बर्दबासमा कार्यक्रमको आयोजना गरिएको हो । भाद्र २५ गते सोमबार विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ ।
    तिज गीत प्रतियोगितामा ऐतिहासिकता झल्किने, धार्मिक सांस्कृतिक तथा पर्यटकीय पहिचान साथै यहाँको रहन सहन जातिय तथा सांस्कृतिक पक्षको बारेमा आधारित भएर प्रस्तुत गर्नेलाई प्राथमिकता दिने वडा अध्यक्ष पदम बहादुर बिस्टले बताएका छन