Blog

  • कामना सेवा बिकास  बाट सहयोग  हस्तान्तरण

    कामना सेवा बिकास बाट सहयोग हस्तान्तरण

    श्रीराम गौतम  गुल्मी

    हामी सबैको शान, स्वच्छ र सफा अभियान”
    कामना सेवा बिकास बैंक लिमिटेडले आफ्नो संरचनात्मक सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशको बुटवल मैनाबगर शाखा मार्फत बुटवल २ उजिरसिंह नगर मैनाबगर स्थित नेपालकै पहिलो तथा नमुना अटोभिलेज बुटवल अटोभिलेजलाई सोमबार एक कार्यक्रम आयोजना गरि १० थान डस्टविन यसै कामना सेवा बिकास बैंकका प्रदेश प्रमुख मोहनदक्त खनाल मार्फत यस नमुना तथा पहिलो अटोभिलेज बुटबल अटोभिलेजका अध्यक्ष तुल्सिराम न्यौपाने तथा फोहोर ब्यबस्थापन समितिका संयोजक देविकला पौडेल ज्यु लाई “हामी सबैको शान, स्वच्छ र सफा अभियान” भन्ने मुल नाराका साथ यश बुटवल अटोभिलेजको वरपरको फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बुटवल अटोभिलेज व्यवस्थापन समितिका सल्लाहकार खिम नारायण आचार्य, अध्यक्ष तुल्सिराम न्यौपाने, सचिव पुजा गैह्रे, फोहोर व्यवस्थापन समितिका संयोजक देविकला पौडेल साथै व्यवस्थापक हिमाल खनाल र बैंक बाट मैनाबगर शाखा सन्चालन प्रमुख रीता बस्याल, कर्जा प्रमुख केशव ज्ञवाली र नितेश राज शाक्यको उपस्थिती रहेको थियो

  • स्याङ्जाको कालीगण्डकीमा पोशिलो  झोला वितरण

    स्याङ्जाको कालीगण्डकीमा पोशिलो झोला वितरण

    चुरामणि  तिमिल्सिना  असार   ५

    कालीगण्डकी गाउँपालिका ५९५ जना सुनौलौ हजार दिनका महिलाहरुको पोषणलाई सुधार गर्नको लागि दैनिक खाद्यान्न सामानहरुलाई पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्य सामाग्रीहरुको झोला वितरण गर्ने कार्यक्रमका तस्बिरहरु कार्यक्रममा पालिका उपाध्यक्षको प्रमुख आथित्यता रहेको।

    थियो। सहभागीले कार्यक्रम प्रभाव कारी भएको र आगामी दिन्मा पनि यस्तै निरन्तरता दिन्का लागि प्रमुख अतिथि साबित्रा कोइलालाई आग्रह समेत गरेका थिए।

  • गुल्मीको  छत्रकोट गाउँपालिकामा १५ औं अधिबेशन

    गुल्मीको छत्रकोट गाउँपालिकामा १५ औं अधिबेशन

    गुल्मी  असार   ५

    गुल्मीको छत्रकोट गाउँपालिकाले आज १५ औं अधिवेशन / आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रामप्रसाद पाण्डेले सामाजिक बिकास क्षेत्र अन्तर्गत शिक्षा नितिमा माग पूरा गराउने दवाव स्वरुप विद्यालय बन्द गर्ने गराउने परिपाटीलाई निरुत्साहित गर्ने, “प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार, समृद्ध गाउँपालिका निर्माणको आधार” को नारा लाई साकार पार्न प्राविधिक विद्यालयलाई सीप विकास विद्यालयको रुपमा विकास गर्ने, एस. ई.ई दिएर बसेका छत्रकोट भित्रका विद्यार्थीहरुलाई कम्प्युटर तालिम तथा प्लस टु र स्नातक उतिर्णहरुको लागि शिक्षक सेवा आयोग र लोकसेवा आयोग सम्बन्धी तयारी कक्षा संचालन गरि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने,गाउँपालिका भित्र आवासिय सुबिधा सहिततको मेघा बिद्यालय बिकास गर्ने,गणित र विज्ञान विषयमा नतिजा सुधार गर्नको लागि अतिरिक्त कक्षा संचालन अनुदानलाई निरन्तरता, विद्यालयको दिवा खाजामा ‘पत्रु खाना’ लाई निषेध गरि स्थानीय उत्पादन प्रयोग गरिने, विद्यार्थीहरुको शैक्षिक पठनपाठनको सन्दर्भमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्न “शिक्षक,विद्यार्थी र अभिभावकसंग गाउँपालिका अध्यक्ष ” कार्यक्रम संचालन गरि गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्ने, बेरोजगार कम गर्न विद्यालयमा पढ्दै कमाउदै र कमाउदै पढ्दै कार्यक्रम संचालन गर्न पहल गर्ने लगायतका विषय उल्लेख गर्नुभएको छ ।

  • बझाङमा जिप दुर्घटना हुँदा  प्रदेश मन्त्री सहित  ३ जनाको ज्यान गयो

    बझाङमा जिप दुर्घटना हुँदा प्रदेश मन्त्री सहित ३ जनाको ज्यान गयो

    बझाङ जीप दुर्घटना : प्रदेशमन्त्री सिंहसहित तीन जनाकाे ज्यान गयाे
    असार-५,२०८०
    बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।

    दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी भएकाे हाे।

    उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे । दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ ।

    दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो।

  • आउँदो ८ गते रुरु २ गोबन्दी सिद्धबाबा  मन्दिरमा  बाजा गाजा सहित विशेष पुजा  आयोजना

    आउँदो ८ गते रुरु २ गोबन्दी सिद्धबाबा मन्दिरमा बाजा गाजा सहित विशेष पुजा आयोजना

    🙏हार्दिक🙏
    🌹निमन्त्रणा ! 🌹🌹निमन्त्रणा !! 🌹🌹🌹निमन्त्रणा !!!

    ॐ भुर्भुव :स्व:
    तत्सविर्तुव रेण्यम भर्गो देवस्य
    धिमही धियो यो न: पचोदयात

    यहि मिति २०८०साल असार ८ गते शुक्रबारका दिन रुरुक्षेत्र गाउँपालिका २ गोवन्दी एतिहासिक पौराणिक प्राचीन शक्तिपिठ श्री सिद्धबाबा मन्दिरमा यसै गाउँ निवासी श्रीमान् गुरुद्त्त भण्डारी, श्रीमती ज्ञानु भण्डारी , सुपुत्र अनिल भण्डारी , सन्दिप भण्डारी ,सुशील भण्डारी , बिष्णु भण्डारी, सुपुत्री अन्सिला भण्डारी , समस्त पाण्डे परिवार तथा भण्डारी परिवार र श्री सिद्वबाबा मन्दिर व्यवस्थापन समितीको आयोजनामा हुन गैरहेको विशेष पुजा-पाठ, नवरुदृ बेद, चन्द्रदिप प्रज्वलन साथै नौमती बाजाको साथ भब्य पुजा-आर्जना हुने भएकाले सम्पुर्ण समाजसेवी बुद्दिजिबी, धर्म प्रती आस्था राख्नुहुने श्रर्दालु भक्तजन, पत्रकार गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , रुरुक्षेत्र गाउँपालिकाका आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनी तथा नेपाल भरी जुनसुकै स्थानमा बसेर पनि धर्मप्रती आस्था राख्नु हुने सम्पुर्ण भक्तजनलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

    श्रीमान गुरुदत्त भण्डारी
    समस्त परिवार

  • खनालले रुद्रवेणीमा कल्प बासी लाई  १५ औं  वर्ष  सम्म  निरन्तर  सेवा  प्रदान गर्दै

    खनालले रुद्रवेणीमा कल्प बासी लाई १५ औं वर्ष सम्म निरन्तर सेवा प्रदान गर्दै

    चुरामणि तिमिल्सिना असार २

    रुद्रवेणी धाममा १ दिने निशुल्क स्वाथ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।बिगत १५वर्ष देखि निरन्तर रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएका रुपन्देही निवासी सर्जिकल ब्यबसायी बिजय खनालले कार्यक्रमको आयोजना गर्नु भएको हो। शिविरमा मन्दिर बासी परिवार र आगन्तुक भक्तजनले सेवा लिनु भएको थियो।

    शिविर उत्घाटन गर्दै ब्यबस्थापन समितिका अध्यक्ष तथा सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डे ले निरन्तर रुपमा खनालले यश आश्रम प्रती देखाउनु भएको महान कर्यको प्रशमसा र सम्मान गरेर कहिल्यै पनि नसकिने र आफुहरुले गुन पनि जिन्दगी भरी तिर्न नसक्ने गरी सेवा दिई वृद्ध वृद्धा लाई दीर्घ जीवन बिताउन विभिन्न सेवा प्रदान गर्न अहम भुमिका रहेको बताउदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम हरु का साथ आउन आग्रह गर्नु भयो।

     

    शिविरमा डाक्टर गोकर्णराज पन्थीले चेकजाच,राम प्रसाद ढकालले समेत सक्रियतामा कल्पबासी आमाबुवाहरुको नि: शुल्क स्वास्थ्य चेकजाँच र औषधी बितरण गर्नु भयो ।शिविरमा वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे , वडा न ६ का वडा सदस्य युवराज न्यौपाने , मन्दिर समितिका उपाध्यक्ष बलराम अधिकारी , सह सचिव गोपाल प्रसाद पाण्डे धार्मिक ब्यक्ति बान प्रस्थी बासुदेव पाण्डे को आथित्यता रहेको थियो। खनालले यश आश्रममा पनि भणडारा तथा अन्य सेवा पनि प्रदान गरिरहनु भएको छ ।

  • जन्म दिन मनाउने  खर्च  श्रेष्ठले  गरिन   पुन्य कर्ममा

    जन्म दिन मनाउने खर्च श्रेष्ठले गरिन पुन्य कर्ममा

    चुरामणि तिमिल्सिना असार   २

    जन्म दिनम गर्ने  खर्च धार्मिक कार्यमा लगाउदै पुन्य आर्जन गरेको गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ कि मिना श्रेष्ठले बताउनु भयो । रुरु १ कि मिना श्रेष्ठले आज आफ्नो जन्म दिन मनाउने खर्च रुरु गौ सेवा आश्रम यस्तै रुरु धाम मन्दिर परिसरमा रहनु हुने भक्त भक्तेनी लाई सामाग्री  रुरु सन्चार अन्लाईन खबर लाई पनि सहयोग प्रदान गर्नु भयो ।

    समाजमा जन्म दिन हरेकले फरक तरिकाले मनाउने गरेको देख्न र सुन्न पाइन्छ जस्मा प्रशस्त मात्रमा ठूलो धन रासी खर्च गर्ने परिपाटी अहिले पनि समाजमा बिध्यमान छ ।यश लाई समाजमा परिवर्तन गर्न र जन्म दिन सेवा मुखी बनाउन आफ्नो हरेक को  परिवारले परिवारको सदस्यको जन्म दिन सामाजिक सेवामा नै खर्च  गरेर मनाउने अभियान सुरु गरेको उहाँका श्रीमान समाजसेवि अशोक श्रेष्ठले बताउनु भयो। श्रेष्ठले केही  दिन अगाडी आफ्नी छोरीको जन्म दिनको  अवसरमा पनि रुरु धार्मिक सेवा प्रा लिको केन्द्रिय कार्यालयलाई सन्चार सहयोग प्रदान गर्नु भएको थियो।

  • गुल्मी सत्यवतीका  एक युवाको पौडी खेल्ने क्रममाडुबेर मृत्यु

    गुल्मी सत्यवतीका एक युवाको पौडी खेल्ने क्रममाडुबेर मृत्यु

    असार २

    पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका ७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा ३ ड्राइभर टोलमा कोठा गर्ने बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए ।अचानक खोलामा वेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • अध्याधिक गर्मीका कारण बुटवलमा १ पुरुषको मृत्यु

    अध्याधिक गर्मीका कारण बुटवलमा १ पुरुषको मृत्यु

    असार २
    अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि एकजनाको मृत्यु भएको हो ।

    बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । ‘हिट स्ट्रोक’का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले पुष्टी गरेपनि अर्को व्यक्तिको पुष्टी भएको छैन ।

    ओखलढुंगा घर भएका ६० वर्षका खिम बहादुर मगरको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी बुटवलमा ज्याला मजदुरी गर्ने ब्यक्ति भएको बताइएको छ ।
    मानिसको ब्रेनमा गर्मी सहने एक ग्रन्थी रहने र बढी गर्मी भएपनि सो ग्रन्थीले काम गर्न छाड्दा ‘हिट स्ट्रोक’ हुन सक्ने र ग्रन्थीले काम नगर्दा जति गर्मी भएपनि पसिना नआउने, शरिर सुख्खा हुने, अत्याधिक ज्वरो आउने र मानिसको मृत्यु हुने डाक्टरले बताउछन । ।

  • स्याङ्जा  चापकोटका पुर्व नगर प्रमुख गिरीको सवारी दुर्घटनामा मृत्यु

    स्याङ्जा चापकोटका पुर्व नगर प्रमुख गिरीको सवारी दुर्घटनामा मृत्यु

    स्याङ्ज

    स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
    शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजा स्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्वमेयर गिरीको मृत्यु भएको हो ।
    दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।