कपिलवस्तुको बैरियामा आगलागी हँुदा लाखौको क्षती
सुरेश क्षत्री कपिलवस्तु ।
कपिलवस्तुको बाणगगां १ बैरिया बाल मा वी स्कुल पछाडि अवस्थीत. जिबन घिमिरेको घरमा आगलागी भएको छ ।आगलागी आज बिहान करिब ९ः३० बजे लागेको हो ।
गोठ र परालको माच जलेर पुर्ण रुपमा नस्ट भएको छ भने लाखौँ धनजनको क्षती भएको छ । घरमा भएका घरायसी सामानहरु सहित गोठमा भएका काठहरु जलेर नष्ट भएका छन्
आगलागीको कारण र क्षतिको विवरण आउन बाकि छ । बाणगगां नगरपालिको दमकल र स्थानिय वासीको सहयोगमा करिब १२ बजेर १५ मिनेटमा आगो नियन्त्रणमा लिईएको हो ।
स्थानियका अनुसार बाणगगांमा नगरपालिका भएतापनि बैरिया क्षेत्रमा एक किलोमिटरको आसपासमा आगलागी हुदाँ जानकारी गराएको आधा घन्टा पछि मात्र दमकल आएको कारणले गर्दा क्षती थप बढी हुन गएको स्थानियले बताएका छन् ।
Blog
-

कपिल बस्तुमा आगोलागी बाट ठुलो क्षति
-

सत्यवतीको बिकट क्षेत्रमा पालिकाको एकिकृत घुम्ती सेवा
चुरामणि तिमिल्सिना जेष्ठ २०
सत्यवती गाउँपालिका गुल्मीम एकिकृत नि शुल्क घुम्ती सेवा प्रवाह प्रभावकारी बनेको स्थानीले बताएका छन । ग्रामीण भेगमा यो कार्यक्रमले जेष्ठ नागरिक असाय कृषक ,तथा प्रशासनिक कामको लागि आफुहरु लाई निकैनै टेवा पुर्याएको ग्रामीण भेगमा सेवा लिन पुगेका जेष्ठ नागरिक मान बहादुरले बताउनु भयो ।

सिविरमा डाक्टर सहित निशुलक स्वास्थ शिविर तथा निशुलक औषधी वितरण, अपाङ्ग भएका ब्याक्ती लाई अपांगता परिचय पत्र वितरण ,जेष्ठ नागरिक परिचय पत्र , पशुको लागि जाच तथा निशुलक औषधी वितरण बालिनालीमा लाग्ने रोग किराको नियन्त्रण सम्बन्धि परामर्श समेत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनु भयो।

ग्रामीण भेगकै बिकट र दुर्गम गाउँको रुपमा परिचित सत्यवती ५ पम्फुका डाडा करिव सडक बाट २ घन्टा पैद्ल यात्रा गरेर आफ्नो सिङो टिमले सेवा प्रवाह गरेको स्वास्थ शाखा प्रमुख सुर्य बहादुर रानाले बताउनु भयो उहाले थप्दै भनुयो स्थानीय निकाय पछी यस ठाउँमा यस्तै गरि विभिन्न सेवा प्रवाह गर्नको लागि बिकट बस्तिम गयर हरेक सेवा सहित प्रशासनिक कार्यमा समेत सबै लागि बुझाउने गरेको बताउनु भयो। यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले यस्तो बस्तिमा पालिकाले सेवा प्रवाह गर्न कुनै पनि किसिममो कमि नगरी अगाडी बढ्ने र त्यहा बाट साउने सेवा ग्राहि लाई पालिका बाट छिटो र छरितो रुपमा सेवा दिने प्रतिबद्धता जायर गर्नु भयो।
-

सडकमै स्वास्थ परिक्षण देखी सचेतना जगाउदै ट्राफिक प्रहरी
हुमाकन्त पोखरेल जेष्ठ १९
गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण गरेको थियो । जसमा चालकमा रक्तचाप र गाडीमा विभिन्न यान्त्रिक समस्या देखिएको हो । कतिपय चालकमा उच्च रक्तचाप र कतिपयमा न्यून भएकोले उपचार गराउन सुझाव समेत दिइएको छ । ‘केही चालकहरुले रक्तचापको औषधी नियमित रुपमा सेवन नगरेको, औषधी सेवन गर्दा समय नमिलाएको जस्ता समस्या देखियो ।’ चालकको स्वास्थ्य परीक्षण गरेका गुल्मी मोडल अस्पतालका स्वास्थ्यकर्मी भुवन रानाले भने, ‘औषधी नियमित सेवन गर्न र पूर्ण स्वास्थ्य परीक्षण गराउन सुझाए दिइएको छ ।’


सवारीमध्ये अधिकाशंको ब्रेकमा समस्या देखिएको छ । त्यसैगरी मुविल कम भएको, टायरको समस्या भएको लगायतका समस्या देखिएको अटोमेकानिकल घनश्याम पााण्डेले बताए । सवारीमा देखिएका यस्ता समस्याले जुनसुकै समयमा पििन सवारी बिग्रन सक्ने र यसले दुर्घटनाको जोखिम बढाउने पाण्डेको भनाई छ ।
जिल्ला ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले सवारी चालकहरुलाई यथाशिघ्र सवारी मर्मत गर्न सुझाव दिएको बताए ।जिल्लामा सवारी दुर्घटना न्यूनिकरणको लागि चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परीक्षण गरेको उनको भनाई छ । अब अन्यत्र ठाउँमा जाने सवारीको लागि पनि परीक्षण गर्ने योजना रहेको आचार्यले बताए ।
-

सत्यवतीमा च्याउ उत्पादन सम्बन्धी ६५ दिने तालिम सम्पन्न
जेष्ठ १९
तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले सत्यवती गाउँपालिकाको वार्ड न ५ हसरामा संचालन गरेको निशुल्क ६५ दिने च्याउ उत्पादन तालिम कार्यक्रमलाई औपचारिक समापन गरेको छ । गत पुष १७ गतेदेखि संचालन भएको तालिम ६५ दिन सम्म संचालन भएको थियो । तालिममा २० जना स्थानीय कृषकको सहभागीता रहेको थियो भने तालिमलाई सहजीकरण उपकार भण्डारी र असोर पाण्डेले गर्नु भएको थियो ।

समापन सत्रमा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको अध्यक्षता , सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता , वार्ड न ५ का अध्यक्ष बाबुराम ज्ञवालीको बिशिस्ट आतिथ्यता रहेको थियो भने सत्यवती गाउँपालिकाका कृषि शाखा प्रमुख उपकार भण्डारी , शिक्षालयका कृषि प्रशिक्षक सुमित भुसाल , वार्ड न ५ का सचिब सिताराम सुर्खेती , मेहफुज आलम , किशोर मल्ल लगायत अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुको सिकाइ अनुभबको बारेमा प्रशिक्षार्थी होमनाथ ढकालले बिचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिकाका प्रमुख टिकाराम पाण्डे र वार्ड न ५ का अध्यक्ष बाबुराम ज्ञवालीद्वारा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन संजय महतले गर्नुभएको थियो ।
-

भ्रमण टोली लाई बिदाई गर्दै रुरुका गुरुङ परिवार
चुरामणि तिमिल्सिना जेष्ठ १९
पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी बाट आन्तरिक पर्यटन प्रबन्धनमा टेवा पुर्याउन , विभिन्न धार्मिक क्षेत्रको अवलोकन गर्न साथै नयाँ विषयबस्तुको जानकारी लिनको लागि चेलि बेटि समुह भ्रमणमा निस्कके कमला भण्डारी ले जान्कारी दिनु भयो ।

लामो समय देखि दिदि बैनिहरुको नेतृत्व गर्दै हरेक क्षेत्रमा सहयोग गर्दै आउनु भएकी तुल्सि गुरुङले बिदाइ गर्दै पर्यटनमा देखिएका नयाँ विषय बस्तु लाई नोट गर्ने होटल धार्मिक पर्यटन संघ सम्बन्धित विषय लाई खोज मुलक गरेर रुरुमा आयर दैनिक ब्यबहारिक जिवनमा उतार्न समेत आग्रह गर्नु भयो। टोलिले बाग्लुङ कालिका देखि मुक्ति नाथ दर्शन गर्ने कार्यक्रम रहेको सदस्य नितु रजक ले बताउनु भयो।
-

रिब्दीकोटमा शिक्षक हरु लाई पिटि देखि खेलकुद तालिम प्रदान
चुरामणि तिमिल्सिना जेष्ठ १९
रिब्दीकोट गाउँपालिकामा शैक्षणिक पिटि प्रशिक्षण तालिम समापन भएको छ । गाउँपालिकाको आयोजनामा पिटि तथा खेल शिक्षकहरुका लागि ३ राष्ट्रीय गान तथा साङ्गेतिक पिटि तालिमको पालिकाका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्की ज्यूको अध्यक्षता, पालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल ज्यूको बिशिस्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा वडाका वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य लगायत कार्यालयका कर्मचारी ज्यूहरु तथा तालिममा सहभागी विध्यालयका शिक्षक ज्यूहरुको उपस्थिति रहेको थियो तालिममा ३८ बिद्यालयका ५३ जनाको सहभागीता रहेको थियो।

समापन सत्रमा बोल्दै प्रमुख अथिति उपाध्यक्ष अधिकारीले हरेक दिन सिकेका कुराहरु लाई प्राथनामा गयर प्रयोग गात्मक रुपमा सिकाउदा बिद्यालयको केही मुल्यांकन समेत प्रभाव हुने बिद्यार्थीमा स्वस्थ समेत राम्रो फाइदा हुने ब्याम गर्दा हरेक अंगहरुको कसतर हुने हुँदा पिटि आवस्यक रहेको बताउदै अव भोलिका दिन देखिनै पिटि लागि प्राथमिकतामा राखेर सिकाउन आग्रह गर्नु भयो। कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख मणि प्रसाद खनाल ज्यूले गर्नुभएको हो। कार्यक्रमको प्रशिक्षण हरिश वोलिले गर्नु भएको थियो।
-

उपब्धि मुलक काम गर्दै एक वर्ष सकियो अध्यक्ष भट्टराई
चुरामणि तिमिल्सिना जेष्ठ १८
पाल्पा तानसेन नगरपालिका वडा न १४ मा १ आर्थिक वर्ष भित्र वडाले गरेका कामको समिक्षा तथा आउँदो आर्थिक बर्ष भित्र वडामा गरिने योजना तर्जुमा समेत गरिएको छ । वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियो। पुर्वधार निर्माण सडक निर्माण ,खानेपानी , बिधुत मर्मत , ढल नालि ब्यस्थापन , खेलाडि लाई प्रोत्साहान, मठमन्दिर गुफा संरक्षण महिलालाई विभिन्न तालिम जस्ता कार्यक्रम गर्न सफल भएको वडा अध्यक्ष भट्टराईले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

यस्तै आगामी वर्ष गरिने विभिन्न योजना कृषि कार्यक्रम, प्रोत्साहन पन्चे बाजा,, कलासस्कृति,, पुर्वधार निर्माण , अपुरा योजना, सडक स्तर उन्नति , खानेपानी ,बिधुत ममर्त जस्ता कार्यक्रमहरु समेत गरिने वडामा योजनाका विषयमा चर्चा गर्नु भयो। कार्यक्रममा स्थानीय बासिन्दाले यस वडामा पर्यटन प्रवधनात्मक कार्यक्रमहरु पार्क निर्माण पिकनिक स्पोट सहकारी भोजानालय होम स्टे जस्ता कार्यक्रम लाई प्रथामिकतामा राखेर योजना अगाडी बढाउन आग्रह समेत गरेका थिए।

यस्तै कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि जन प्रतिनिधि पुर्व जन प्रतिनिधिहरु टोल प्रतिनिधिहरु महिला समुह विभिन्न संघ सस्थाका प्रमुखहरु पत्रकार कलब सुरक्षा निकायका पधाधिकारीको सहभागीता रहेको थियो ,वडा सदस्य केदार प्रसाद पाण्डेले स्वागत गर्नु भएको थियो भने सन्चालन राधिका थापाले गर्नु भएको थियो।
-

तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को आयोजनामा चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवामा ६५ दिने तह १ को बेमौसमी_तरकारी_उत्पादन_तालीम कार्यक्रमको समापन भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डे को सभाध्यक्ष रहनु भएको कार्यक्रमको प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका का अध्यक्ष युबराज के सिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षालयका कृषि कार्यक्रम संयोजक जयन्ती गौतम , कृषि प्रशिक्षक सुमित भुसाल , मेहफुज आलम , सुमन अर्याल , किशोर मल्ल समेतको उपस्थिति रहेको थियो ।

साबिक रुपाकोट , जुगुम , आपचौर , दिगाम , तुराङ का स्थानिय २० जना किसानको सकृय सहभागीता रहेको तालीममा रामरतन पाल तथा मेहफुज आलमले प्रशिक्षण दिनु भएको थियो । तालीममा सहभागीको तर्फबाट सीता बस्नेत तथा शान्ती अर्यालले तालीममा सहभागी भएर नयाँ – नयाँ बिषय र सिकेको कुराहरु प्रयोगात्मक रुपमा नै अभ्यास गर्न पाएको तथा आफुले हालसम्म नजानेको बिषयमा सिक्न पाएको बताउनु भयो साथै शिक्षालयले समुदाय स्तरमा तालीम संचालन गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।
प्रमुख अतिथि समेत रहनु भएका चन्द्रकोट गाउँपालिका प्रमुख युबराज के सि ले तालिम तालिमको लागी मात्र नभएर उत्पादन मुखी र ब्यबहारिक रहने र सिकाइले उत्पादनमा सहयोग पुर्याउनेमा बिश्वस्त रहेको समेत बताउनु भयो । उत्पादनको बिषयमा बजारीकरणको समस्या तथा अन्य बिषयमा पालिकाले सहयोग गर्ने बताउनु भयो । तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने र समुदाय सङ समन्वय गर्न शिक्षालयले यस्तो प्रकारको छोटो अबधिको तालिम कार्यक्रम संचालन गरेको र आगामी दिनमा पनि निरंतरता दिने तथा समुदायलाई शिक्षालयको अपनत्व महसुस गराउने खालका कृयाकलाप गर्दै जाने बिषयमा शिक्षालय प्रमुख प्रदिपराज पाण्डेले बताउनु भयो ।

६५ दिने सो तालिमको समापन समारोहमा प्रमुख अतिथि तथा सभाध्यक्ष द्वारा सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन शिक्षालयका प्रशासकिय सहायक संजय महतले गर्नु भएको थियो । -

पाल्पाको रम्भाको हुमिनमा ट्याक्टर दुर्घटना
पदम गैरे जेष्ठ १७
रम्भा गाउपालिका वडा नम्बर ४ हुमिनमा ट्राक्टर दुर्घटना भएको छ।
तानसेन बर्तुङ काे गैरे हाड्वयरबाट पुर्वखाेला गाउपालिका वडा नम्बर २ जल्पाकाे सरस्वती माद्यामिक विद्यालयकाे भवन निर्माणकाे लागि निर्माण सामाग्री ल्याउदै गरेकाे लु ३ त ९०४ नम्बरको ट्राक्टर दुर्घटना भएको हाे ।
दुर्घटनाबाट ट्राक्टर सहचालक ४० वर्षिय झमान सिं गाहाकाे दाहिने खुट्टामा चाेट लागेको छ । चालक २० वर्षिय कमल गाहालाइ चाेट लगेको छ । दुवै जनालाई युनाइटेड मिसन हस्पिटल तानसेन पठाएको ताहु प्रहरी चाैकिका प्रमुख याम बहादुर पुनले बताउनुभयो । पुर्वखाेला जाने बाटाेकाे घुम्तिमा ट्राक्टरले नताने पछि ब्याक हुदा ५० मिटर तह खसेको थियो । -

आज निर्जला एकादशी यस्को महत्व के छ किन गर्ने वर्त
२०८०/०२/१७ वुधबार निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन)
एकादश्यां विशेषेण कर्तव्यं कार्यमद्वयम् ।
रात्रौ जागरणं कार्यं दिवा हरिकीर्तनम् ।।
#गीतासार…
गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि ….
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।। अर्थात्:– निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान् श्री कृष्णको नाम लिएर यस वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाहे, जयश्रीकृष्ण
#निर्जला_एकादशीको_महत्त्व
यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ । वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकादशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौँ ।#निर्जला_एकादशी_व्रत_कथा…
५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकैपटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।
यस एकादशीमा के के गरिन्छ ? ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौं, भिमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् । @सुयोग ढकाल ।
……………………सबै एकादशीको फल पाइने निर्जला एकादशीएक बर्षमा हुने २४ वटा एकादशी मध्ये यस एकादशीको विशेष महत्व रहने गरेको छ । हुनत हिन्दू धर्ममा सबै एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । तर निर्जला एकादशीको व्रतले विशेष महत्व राख्ने गर्दछ ।
हुनत, अधिकमास अथवा मलमास परेको वर्ष यो एकादशीको संख्या बढेर २६ हुन जान्छ । ति एकादशीलाई पद्मिनि विशुद्ध एकादशी र परमाशुद्ध एकादशी पनि भनिन्छ । तर ज्येष्ठ महिनाको शुक्ल पक्ष तिथीको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर यसलाई मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ । त्यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।
यस्तो निर्जला एकादशीको कथा
एक पटक महर्षि व्यास पाण्डवहरूकोमा आए । त्यहा सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ – धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए । त्यस क्रममा महाबली भीमले महर्षि व्यासलाई निवेदन गरे – हे पितामह ! तपाईँले त, प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् । परन्तु म नखाई रहन सक्दिन । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन – मेरो पेटमा वृक नामक अग्नि छ, त्यसलाई शान्त राख्न मैले कैयौं मान्छेको बराबर अथवा कैयौं पटक भोजन गर्नु पर्दछ । यस्तोमा के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्य व्रतबाट बाँच्न सकुँला ?महाबली भीमको कुरा सुन्दै पितामहले समस्याको समाधान स्वरुप उनको मनोबल बढाउँदै भने –हे कुन्तीनन्दन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत–नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।
महर्षिले भीमलाई भने ज्येष्ठ शुक्ल एकादशीको व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रतबाट अन्य तेइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ । तिमी जीवन पर्यन्त यस व्रतको पालन गर ।
यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे ।
यस एकादशीले वर्षभरीका एकादशिहरूको पुण्य लाभ दिने गर्दछ । यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयम् निर्जल रहेर ब्राह्मण वा आवश्यकता भएकाहरुलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।
व्रतको विधान
यो व्रतलाई नर नारी दुबैले गर्नु पर्दछ । जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ । यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।एकादशीको रातमा जाग्राम बस्ने चलन छ । मार्कण्डेय पुराण र बिष्णु पुराणमा यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । साथै निर्जला एकादशीको व्रत पश्चात द्धादशीका दिनमा बिहान उठेर, चोखो भएर दानपुण्य गरेर मात्र भोजन लिने चलन छ ।
यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखि पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकदशीकै दिनमा आफ्ना बिचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ, बिष्णुको शालिग्राम स्वरुपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्नु पर्दछ ।