Blog

  • दोस्रो वार्षिक साधरण सभा गौसेवा आश्रममा सम्पन्न

    दोस्रो वार्षिक साधरण सभा गौसेवा आश्रममा सम्पन्न

    रुरु गौसेवा आश्रम रुरुक्षेत्र धाम तानसेन नगरपालिका वडा न १४ को दोस्रो वार्षिक साधरण सभा गौसेवा आश्रममा सम्पन्न भएको छ। आश्रमका अध्यक्ष राजु राणाको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका राष्टिय महासंघ नेपालका महासचिव तथा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष थापाले यस आश्रमका लागि पालिकाले अवका दिनमा आर्थिक भौतिक तथा सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जायर गर्दै आफुले पालिका महासंघमा पनि आजिवन सदस्यता बिस्तार गर्न आफु लागि पर्ने बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली नगर प्रभक्ता यादव सिंह कार्की कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रवक्ता कृष्ण बहादुर लामिछाने तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई इन्जिनियर झबिन्द्र ज्ञवाली ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यम लाल बन्जाडे विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै रामलाल बि.क. जिवन कुमार कसजु सुन्दर ज्ञवाली बिष्णु भण्डारी भिम श्रेष्ठ तथा विभिन्न क्षेत्रका जन प्रतिनिधिको आतिथ्यता रहेको थियो। कार्यक्रममा अध्यक्ष राणा ले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कृष्ण बहादुर कुँवर वडा न १४ अर्गली कालीगण्डकी गाउँपालिका स्याङ्जाले पनि आज देखि आजिवन सदस्यता लिने भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले अव यस गौसेवा सन्चालनको लागि दीर्घकालीन योजना सङै आजिवन सदस्यता बिस्तार कार्यक्रम अगाडी बढाइ स्थानिय निकाय लाग्नु पर्ने जोड दिएका थिए कार्यक्रममा स्वागत मनतब्य उपाध्यक्ष सिता ज्ञवालीले राख्नु भएको थियो। कार्यक्रमको संचालन त्रैलोक्य न्यौपाने र शंकर गिरिले गर्नु भएको थियो

  • गुल्मीमा आगो मा परेर १ जनाको मृत्यु

    गुल्मीमा आगो मा परेर १ जनाको मृत्यु

     

    चुरामणि तिमिल्सिना
    गुल्मीको सत्यवति गाउँपालिका वडा न ४ लिम्घमा आगलागिमा परेर शुक्रबार दिउसो १ जनाको खरबारिमा नै मृत्युभएको वडा ४ का वडा अध्यक्ष पितम्बर ज्ञवालीले जानकारी दिनु भयो । ७५ बर्षका जेष्ठ नागरिक लाल बहादुर साहि बिहान ठुलो दिप खरबारिमा घास काट्दै गर्दा अचानक रुपमा देखीएको आगोले घास काट्दै गर्दा साहिको मृत्यु भएको अध्यक्ष ज्ञवालीले बताउनु भयो । आगो कहाँ बाट लाग्यो , कसरी लाग्यो भन्ने नखुलेको पनि अध्यक्ष बताउनु भयो । निजको सबलाई पोस्टमार्टम लागि गुल्मीको श्रीङगामा लगिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको गुल्मी प्रहरीले बताएको छ ।

  • चन्द्रकोट गाउँपालिकाद्वरा पुर्ण खोप सुनिश्चितता घोषणा

    चन्द्रकोट गाउँपालिकाद्वरा पुर्ण खोप सुनिश्चितता घोषणा

    विविध कार्यक्रमका साथ चन्द्रकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषणा पालिका पेज स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको समन्वयमा चन्द्रकोट गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता” घोषणा कार्यक्रम सम्पन्न गरिएको छ।गाउँपालिका उपाध्यक्ष श्री विष्णुप्रसाद भण्डारीज्युको अध्यक्षतामा संचालित, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यहरु जिल्ला खोप समन्वय समिती गुल्मीका सदस्य बोम अर्याल, स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्मा, ८ वटै स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थित रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्रका ८ वटै स्वास्थ्य चौकीहरुलाई पुर्ण खोप सुनिश्चितता प्रमाण- पत्र तथा १/१ थान कम्प्युटर प्रदान गरिएको थियो ।

  • देउराली आधारभुत बिद्यालयको बार्सिक उत्सब तथा नतिजा प्रकासित कार्यक्रम सम्पन्न

    देउराली आधारभुत बिद्यालयको बार्सिक उत्सब तथा नतिजा प्रकासित कार्यक्रम सम्पन्न

    बिष्णु कुवर
    चैत्र २८
    धुर्कोट,नयाँगाउँ

    गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको देउराली आधारभुत बिद्यालयको ३२औ.बार्सिक उत्सब तथा नतिजा प्रकासन कार्यक्रम समप्न्न भएको छ !

    कार्यक्रममा बिद्यालयक शैक्षिक सुधार तथा अभिभावक सचेतना कार्यक्रम पनि गरिएको थियो ! कार्यक्रममा प्रशिक्षणमा वोल्नु हुँदै बिज्ञ कृष्ण जि सि र कृष्ण भन्डारिले सन्देशमुलक,प्रेरणादायक र मर्म स्पर्सी अभिभावक सचेतना सम्बन्धि विषयमा जानकारी गराउनु भएको थियो

    कार्यक्रममा बिद्यालयको आयब्यय तथा बिद्यालय गतिविधि हरु प्रधानध्यापक कमल खनाल ले प्रस्तुत गर्नु भएको थियो बिद्यालयकी शिक्षिका सपना थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा ब्यबस्थापन समिति को अध्यक्ष धुर्ब पोख्रेलको अध्यक्षता रहेको थियो

    धुर्कोट पालिका उपाध्यक्ष सीता गिरिको प्रमुख आथित्यता, वडा अध्यक्ष चेतमान कुवर, कार्यपालिका सदस्य कस्मिरा अधिकारी विशिष्ट चन्दादाता शिब कुवरको विशेष आथित्यता रहेको थियो, अभिभावक, विभिन्न बिद्यालयका प्रतिनिधि,चन्दादाता विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम को सन्चालन शिक्षक अनिल सुनारले गर्नु भएको थियो !

  • धुर्कोट नयाँगाउमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

    धुर्कोट नयाँगाउमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

    बिष्णु कुवर चैत्र २७ धुर्कोट नयाँगाउँ

     

    गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको साबिक वडा न ०६को खल्लरमारेमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुकरण कार्यक्रम सम्पन्न भएको छ !

    कार्यक्रममा धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउका वडा अध्यक्ष चेतमान कुवर को अध्यक्षताबाट सुरु भएको कार्यक्रममा वास एकाइ प्रमुख छबिलाल बिस्वकर्मा ले सरसफाइका सुचकहरुको बारेमा प्रस्ट पार्नु भएको थियो अध्यक्ष धुर्ब पोखरेल रहने गरि संरक्षक वडा अध्यक्ष चेतमान कुवर सहित जेठ १ गते भित्र पुर्ण सरसफाइ टोल घोषण गर्नी सर्बसहमत भएको छ !

    कार्यक्रममा कार्यपालिका सदस्य कस्मिरा अघिकारी, बिमला सुनार वडा सदस्य चन्द्र बि क,लक्ष्मण थापाको विशेष आथित्यता रहेको कार्यक्रमको सन्चालन वडा सचिव नारायण पोख्रेल ले गर्नु भएको थियो ll

  • कुमारी बैंक रिडी शाखा र रुरु जनसेवा पोलिकिल्निक बिच औपचारिक कार्यक्रमका साथ विभिन्न सेवामा सहुलियत पुर्याउने उद्देश्यका साथ दुबै पक्ष बिच सम्झौता

    कुमारी बैंक रिडी शाखा र रुरु जनसेवा पोलिकिल्निक बिच औपचारिक कार्यक्रमका साथ विभिन्न सेवामा सहुलियत पुर्याउने उद्देश्यका साथ दुबै पक्ष बिच सम्झौता

    चुरामणि तिमिल्सिना

    कुमारी बैंक रिडी शाखा र रुरु जनसेवा पोलिकिल्निक बिच औपचारिक कार्यक्रमका साथ विभिन्न सेवामा सहुलियत पुर्याउने उद्देश्यका साथ दुबै पक्ष बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । स्वास्थ पक्ष बाट डा बिकास पन्थि र बैंकका तर्फबाट शाखा प्रमुख भिष्म ज्ञवालीले सहुलियत फाइलमा सम्झौता गर्नु भएको हो। कार्यक्रममा पुर्व वडा उपाध्यक्ष चन्द्रलाल कसजु को अध्यक्षता रहेको थियो । यस्तै कार्यक्रममा रुरु क्षेत्र गाउँपलिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क. प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा समाज सेवि जिवन कुमार कसजुको विशिष्ट आथित्थ्यता रहेको थियो यस्तै दुर्गा पन्थ. अमुल्य श्रेष्ठ , रबिलाल पन्थ, माधव ज्ञवाली ,लगायत बैंकका कर्मचारीहरुको आथित्थ्यता रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य राख्दै विभिन्न सेवाका विषयमा प्रकाश पार्दै विभिन्न शीर्षकहरुमा हुने सहुलियतका विषयमा प्रष्ट पार्नु भएको थियो। यस्तै बैंकका तर्फबाट भिष्म ज्ञवालीले कुमारी बैंकका हरेक खातावालाले विविध शीर्षकमा छुट्टाछुट्टै छुटको ब्यबस्था भएकोले ग्राहक बर्गहरु लाई सेवा लिन आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको  छ ।

  • रुरुक्षेत्र गाउँपालिका गुल्मी र भरतपुर महानगरपालिका चितवन बिच भगिनी सम्बन्ध स्थापना

    रुरुक्षेत्र गाउँपालिका गुल्मी र भरतपुर महानगरपालिका चितवन बिच भगिनी सम्बन्ध स्थापना

    चुरामणि तिमिल्सिना

    रुरुक्षेत्र गाउँपालिका गुल्मी , लुम्बिनी प्रदेश र भरतपुर महानगरपालिका चितवन ,बाग्मति प्रदेश बिच औपचारिक कार्यक्रमका साथ पालिकामा भगिनी सम्बन्ध स्थापना कार्यक्रम सम्पन्न भएको छ ।रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर पालिकाका नगर प्रमुख रेणु दाहाल प्रमुख अतिथि रहनु भएको थियो। सम्बन्ध कार्यक्रममा प्रधानमन्त्री कार्यालयका जन सम्पर्क बिज्ञ सल्लाहकार बुद्दि जि ।सि ले कार्यक्रममा शुभकामना राख्दै बिकासका काम गर्दा र भगेनि सम्बन्ध कायम गर्दा राजनिती गर्न नहुने बताउदै आफैले गरेको निर्णयमा आफै अनुपस्थित हुनु लाजको पसारो भएको बताउनु भयो। यस्तै राजनिति गरेमा पालिका कहिलै पनि अगाडी नबढ्ने बताउनु भयो। यस्तै महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवाली , विभिन्न दलका प्रतिनिधि पत्रकार लगायतको आथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमकका प्रमुख अतिथि महानगर पालिकाका नगरप्रमुख दाहालले बिकास निर्माण कार्यक्रम, पर्यटन प्रबन्धन तथा विभिन्न विषयमा पालिका सित आफ्नो नगरपालिकाले साझेदारी तथा भगेनि समबन्धको रुपमा कार्यक्रम गरेको बताउनु भयो ।उहाँले नगरमा भए गरेका काम प्रगति भावि योजना र जनता ले आफ्नो टिमलाई गरेको सहयोगको विषयमा चर्चा गर्दै आगामी दिनहरुमा यस क्षेत्रमा नगरपालिका र केन्द्र सरकार बाट गर्न सकिने पर्यटन प्रबन्धन शिक्षा स्वास्थ जस्ता महत्त्वपूर्ण पुर्वधार निर्माणमा आफुले पनि केन्द्रमा पहल गर्ने यस्तै समबन्ध धुर्कोट गाउँपालिकामा पनि गरिने बताउनु भयो। कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले स्वागत गर्नु भयो । यता उपाध्यक्ष मिना देवि गौतमले यो सम्बन्ध यस पालिकालाइ अत्यानत आवस्यक रहेको बताउदै अवका दिनहरुमा महानगरपालिकाका कामलाई निहाल्दै आफ्नो टिमले कार्य अगाडी बढाउने बताउनु भयो।कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रममा यस भगेनि सम्बन्धले पक्कै पनि यस रुरुक्षेत्रको बिकासमा टेवा पुर्याउने ,पुर्वाधार र तथा हरेक पालिकाका कार्यक्रममा हातेमालो गर्ने , महानगर पालिकाले गरेका अनुसरणिय कामलाई पालिकामा पनि रुपरेखा तयार गरि कार्यक्रम अगाडी बढाउने योजना रहेको बताउनु भयो दाहालले रुरुक्षेत्रमा रहेको तिन मुखे झोलुङ्गे पुल ,कालीगण्डकी करिडोर ,निर्माणाधिन अवस्थामा रहेको रुरु तटबन्धनको तथा खेल मैदानपनि अवलोकन गर्नुभएको थियो कार्यक्रमको संचालन दामोदर ज्ञवालीले गर्नु भएको थियो ।

  • ओभरटेक गर्दा बसमा ठोक्किएर SEE परीक्षार्थीको मृत्यु चालक र बस प्रहरी नियन्त्रणमा

    ओभरटेक गर्दा बसमा ठोक्किएर SEE परीक्षार्थीको मृत्यु चालक र बस प्रहरी नियन्त्रणमा

    चैत-२४,२०७९
    प्यूठान।
    प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ मा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमी बोर्डिङ स्कुलको लु १ क १०९४ नम्बरको स्कुलबस लाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा पछाडि बाट ओभरटेक गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ । प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द माध्यमिक विद्यालयमा कायम गरिएको परीक्षा केन्द्रमा एस.इ.इ परीक्षा दिदै थिए । बाँकी बिस्तृत आउन भने बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ ।

  • पाँचवर्षे आवधिक योजना बनाउन छलफल

    पाँचवर्षे आवधिक योजना बनाउन छलफल

    दयाराज न्यौपाने
    पाल्पा चैत २३/ जिल्लाको बगनासकाली गाउँपालिकाले पाँचवर्षे आवधिक योजना बनाउन लागि परेको छ । बगनासकाली गाउँपालिकाको आयोजना,प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा तिनदिने एक कार्याशाला गरी पाँचवर्षे आवाधिक योजनाको लागि छलफल गरेको हो।
    विभिन्न विषयका विज्ञसहित समृद्ध बगनासकाली बनाउनका लागि आवधिक योजना बनाउन जुटेको जनाएको छ। सुशासन, पूर्वाधार, आर्थिक,बन, लगायतका क्षेत्रमा एक मुष्ट रुपमा विशेष योजना बनाउने उद्देश्यका साथ गुरु आवधिक योजना बनाउन लागि परेकाे बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो बगनासकाली गाउँपालिकालाइ कस्तो बनाउने भन्ने बारेमा वहस गरेर आवधिक योजना बनाएका छाैं,’ उहाले भन्नू भयो , ‘स्थानीय तहको चुनावको वेला विभिन्न राजनीतिक दलले घोषणा गरेका राम्रा योजनाहरुलाई समेत समेटेका छाैं।’।बगनासकालीलाई समृद्ध बनाउने उद्देश्यका साथ आवाधिक योजना बनाउँदैछाैं,’ उहाले भन्नु भयो, ‘विभिन्न प्रक्रिया पुर्‍याएर आवाधिक योजना सार्वजानिक गरिने उहाँको भनाइ छ।
    पाँचवर्षे आवधिक योजनामा कस्ता योजनालाई प्राथमिकीकरण गर्ने भन्ने विषयमा समेत वडाहरूमा छलफल गरी विज्ञको सल्लाह बमोजिम तर्जुमा गरिएको उपाध्यक्ष हरि प्रसाद पाठकको भनाइ छ ।
    पालिकाका सरोकारवालहरू, विज्ञ, राजनीतिक दलले निर्वाचन ताका गरेका घोषणा पत्रका राम्रा योजनाहरूलाई समेत समावेश गरेका छाैं,’ उहाले भन्नू भयो , ‘आवधिक योजनामा पर्ने सवै योजनाहरू छलफलबाट पनि लिष्ट संकलन गरी सकेका छाैं।’
    कार्यकालअवधीमा निर्वाचनका बेला घोषणा गरिएका घोषणा पत्रमा भएका योजनालाई समेतलाई पूरा गर्ने गरि आवधिक योजना तयार गर्न लागेको प्रवक्ता टीका बहादुर थापाको भनाइ छ। नेकपा एमाले प्रदेश सदस्य तथा पुर्व जनप्रतिनिधि ध्रुवराज अधिकारीले गाउँपालिकाले आवधिक योजना निर्माणको थालनीले ब्यवस्थित बिकासको सुरु हुने उहाको भनाइ छ ।
    सुशासन तथा संस्थागत ,वन वातावरण तथा बिपत ब्यवस्थापन , सामाजिक बिकास ,पुर्वाधार विकास ,आर्थिक बिकासका पक्षबाट सम्भाव्य मझौला, ठूला पर्यटन , गौरवका योजना , शिक्षा स्वास्थ्य , बाटो कालोपत्रे सिँचाइ एवम् विविध कार्यक्रमहरू प्राथमिकता दिने गरी आवाधिक योजना बन्न लागेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनु भयो ।
    कार्यकालअवधीमा निर्वाचनका बेला घोषणा गरिएका घोषणा-पत्रमा भएका योजनालाई समेतलाई पूरा गर्ने गरि आवधिक योजना तयार गर्न लागेको प्रवक्ता टीका बहादुर थापाको भनाइ छ। नेकपा एमाले प्रदेश सदस्य तथा पुर्व जनप्रतिनिधि ध्रुवराज अधिकारीले गाउँपालिकाले आवधिक योजना निर्माणको थालनीले ब्यवस्थित बिकासको सुरु हुने उहाको भनाइ छ ।
    नेपाली कांग्रेसका यमलाल तिमिल्सिना ,नेकपा माओवादका खुम बहादुर बिक , नेकपा समाजवादीका कृष्ण बस्याललागाएतले गाउँ पालिकाले थालनी गरेको आवधिक योजनाले गाउँ पालिकाको पाँच बर्ष सहित २५ बर्षमा कहाँ पुग्ने भन्ने बाटो तयगरेको बताउदै आवधिक योजना सुरु गर्नु सुखद भएको भताउनु भयो ।
    वाङ्गला इन्जिनियरिङ एन्ड डेभलपर्स प्रा.लि काठमाडौका बि.के बजाचार्य , मन्डुबाबु अधिकारीको सहजीकरणमा तिनदिने आवधिक योजना कार्याशाला सम्पन्न भएको हो ।