Blog

  • बम्घाको टाहाटिममा किसान लाई आलु खन्ने चटारो

    बम्घाको टाहाटिममा किसान लाई आलु खन्ने चटारो

     

    चुरामणि तिमिल्सिना

    रुरु क्षेत्र गाउँपालिका वडा न ५ बम्घा टाहाटिम यति खेर आलुमय गाउँ बनेको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश कृषि तथा भुमि ब्यबस्था मन्त्रालय कृषि ज्ञान केन्द्र गुल्मीको सहजीकरण मा यस क्षेत्रमा करिव २४ हेक्टर क्षेत्र फल मा बिभिन्न जात गरेका आलु लगाइ उत्पादन लिन सुरु भएको छ । करिव १०० घर धुरिले आफ्नो जगामा आलु लगाएको स्माट कृषि गाउँ कार्यक्रमका  सचिव मेघराज गिरिले जानकारी दिनु भयो। उहाँले यहाँ काडिनल , टिपेक्स र जनकदेव प्रजातिका आलु लगाइएको र १ किलो लगाउदा २०किलो सम्म कृषकले फल प्राप्त गरेको बताउनु भयो । ३ बर्ष अगाडी कृषक लाई राहत पुर्याउन कृषि उत्पादन लाई वृद्धि गर्न , कृषकको आयार्जनमा वृद्धि गर्न युवा वर्ग लाई बिदेश पलायन रोक्न को लागि ठुलो पहलका साथ यो कार्यक्रम यो टाहाटिम्मा ल्याउन सफल भएको रुरु क्षेत्र गाउँपालिकाका प्रबक्ता तथा वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले बताउनु भयो । यता कृषक बिष्णु गिरिले यसै बर्ष आलु बाटै मङ्ग्य आम्दानी लिन सफल भएको बताउदै आगामी दिन्मा अझ थप आलु लगाउने योजना अगाडी सारेको र बिना रासायनिक मलको प्रयोग गरि उत्पादन गर्ने बताउनु भयो

  • गुल्मी दरवार गाउपालिका गुल्मीमा तेस्रो र लुम्बिनी प्रदेसमा ८ औं स्थानमा

    गुल्मी दरवार गाउपालिका गुल्मीमा तेस्रो र लुम्बिनी प्रदेसमा ८ औं स्थानमा

    वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी दरवार गाउपालिका गुल्मीको जिल्लाकै तेस्रो स्थानीय तह बनेको छ भने लुम्बिनी प्रदेसको ८ औ स्थानमा पर्न सफल भएको छ । गुल्मी जिल्ला का स्थानिय तह मध्ये अहिले तेस्रो बनेको गुल्मी दरवार गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन नतिजा सार्वजनिक गरेकोमा गुल्मी दरवार गाउपालिका तेस्रो स्थानीय तह बन्न सफल भएको हो।
    आयोगले सार्वजनिक गरेको नतिजामा गुल्मी दरवार गाउपालिका ७८।५ अंक प्राप्त गर्दै गुल्मी जिल्लाको दोस्रो लुम्बिनी प्रदेसको आठौ बन्न पुगेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।

    बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूंजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था, पारदर्शिता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मूख्य सूचकको मूल्याङ्कन तथा परीक्षण गरी ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको थियोे ।

    स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबाट प्राप्त हुने नतिजालाई वित्त आयोगले संघीय संचित कोष र प्रदेश संचित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादनको आधारमा उपलब्ध गराईने अनुदान सिफारिसको लागि उपयोग गर्दछ ।
    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनका आधारमा गुल्मी जिल्लाका अन्य स्थानीय तहहरूमध्ये गुल्मी दरवार नगरपालिकाले ७८।५ अंक प्राप्त गर्दै तेस्रो भएको हो ।

    गुल्मी दरवार गाउपालिका मा प्रमुख प्रशासकिय अधिकृतको रुपमा लक्ष्मण पान्डे आएपछि सुशासन पार्दसिता कायम गर्दै गाउपालिका भित्र मुस्कान सहितको छिटोछरितो सेवा सुरु गरेपछि स्थानिय जनता हरु हर्सित छन ।प्रशासकीय अधिकृत पान्डे दरवार गाउपालिका बासि स्थानिय बासि भित्र लोकप्रिय हुनुन्छ ।

  • रुरु क्षेत्र गाउँपालिका गुल्मीमा चौथो राष्टपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    रुरु क्षेत्र गाउँपालिका गुल्मीमा चौथो राष्टपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीमा चौथो राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नमुना जनबोध माध्यमिक बिद्यालयले हात पारेको हो । प्रतियोगितामा रेन्बो इङलिस बोर्डिङ स्कुल द्वितीय र राष्ट्रिय माध्यामिक बिद्यालयले तृतीय स्थान हासिल गरेको हो प्रतियोगितामा १२ खेलको आयोजना गरिएको थियो। खेलमा बिजेता बिद्यालयलाई नगद प्रमाणपत्र ट्रफि र मेडल प्रदान गरिएको थियो।समापन समारोहमा खेल लाई समापन गर्दै गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले खेल भनेको विद्यार्थीको गहना भएकोले खेल बाट विद्यार्थीको हरेक क्षेत्रको बिकास हुने खेल बाट देशको नाम कमाउन सकिने हुँदा अहिले आएर पालिकाले केही बिद्यालयमा खेल शिक्षक समेतको ब्यबस्था गरेको बताउनु भयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष मिना देवि गौतम पालिका प्रबक्ता हरि प्रसाद ज्ञवाली वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ यस्तै कार्यापालिकाका सदस्यहरु सुरुक्षा निकाय , पत्रकार विभिन्न बिध्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो कार्यक्रममा शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले कार्यक्रमको सन्चालन गर्नु भएको थियो

  • विद्यालयको ४३ अौँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    विद्यालयको ४३ अौँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    फागुन-६,२०७९
    प्युठान।
    गणेश माध्यमिक माण्डवी गाउँपालिका १ तिराम प्युठानको ४३औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । हिजो विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसन, शिक्षा बिकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिवराज पण्डित,वडा अध्यक्ष बाम बहादुर वुढा,जनप्रतिनिधि, कर्मचारी, शिक्षक,अभिभावक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न अक्षयकोश दाताहरू, पूर्व प्रधानाध्यापकहरु, पूर्व बिधालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई अतिथिहरु बाट सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुले रास्ट्र र समाज परिबर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहने भन्दै शिक्षाले नै हरेक क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका रहेको धारणा राखेका थिए।

  • रुरुधामलाई साँस्कृतिक केन्द्र बनाउन पहल गरिनु पर्नेमा जाेड

    रुरुधामलाई साँस्कृतिक केन्द्र बनाउन पहल गरिनु पर्नेमा जाेड

    कृष्ण अन्जान रुरुधाम सँस्कृत शिक्षालाई सम्बर्द्धन र प्रवर्द्धन गर्दै ऐतिहासिक र धार्मिक क्षेत्र रुरुधामलाई साँस्कृतिक केन्द्रकाे रुपमा विकास गर्नु पर्नेमा जाेड दिईएकाे छ । रुरुधाममा रहेको सँस्कृत तथा साधारण माध्यमिक विध्यालयकाे एक सय एघारौं वार्षिकोत्सब तथा अभिभावक दिवसमा बाेल्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले पछिल्लो चरणमा हिन्दु धर्म प्रतिकाे आस्था बढ्दै गर्दा सँस्कृत शिक्षाकाे विकास सँगै रुरुधामलाई धार्मिक र साँस्कृतिक केन्द्रकाे रुपमा विकास गर्दै याे क्षेत्रलाई भारतकाे गया र काँसिकै रुपमा विकास गरिनु पर्ने बताए । लामाे ईतिहास बाेकेकाे रुरुधाम र यहाँ रहेको सँस्कृत शिक्षाकाे केन्द्र बिन्दु सँस्कृत माध्यमिक विध्यालय सँगै सँस्कृत माध्यमिक विध्यालयमा सन्चालित गुरुकुललाई व्यवस्थित गर्दै सँस्कृत शिक्षाकाे सम्बर्द्धन र प्रवर्द्धनका लागि रुरुक्षेत्र गाउँपालिकाले सँघ र प्रदेश सँग समन्वय गरि आवस्यक कदम चाल्ने समेत रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष यदु ज्ञवालीले बताए । वार्षिकोत्सब कार्यक्रममा आफ्नो धारणा राख्दै रुरुक्षेत्र गाउँ पालिकाका सामाजिक विकास समितिका सँयाेजक समेत रहेका वडा न ३ अध्यक्ष शेषनारायण पौडेलले सँस्कृत शिक्षाकाे विकासका लागि गुरुकुल पद्धतिलाई सँरक्षण गर्नु पर्नेमा जाेड दिए । रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले सँस्कृत माध्यमिक विध्यालय र यहाँ सन्चालित गुरुकुलिय पद्धतिकाे शैक्षिक विकासमा आफ्नो ठाउँबाट सबैले सहयाेग गर्नु पर्ने बताए । वार्षिकोत्सब कार्यक्रममा विध्यालयका प्राचार्य माधव ज्ञवालीले विध्यालयकाे शैक्षिक प्रतिवेदन र लेखापाल चिरन्जिवि ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल वि ककाे अध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विध्यार्थी हरुका साथै विध्यालयमा याेगदान दिने अभिभावक ,र शैक्षिक गुणस्तर कायम राख्न लागिपर्ने शिक्षकहरुलाई सम्मान र पुरस्कृत गरिएकाे थियाे ।वार्षिकोत्सब कार्यक्रममा विध्यार्थी हरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने करिब एक दर्जन शुभचिन्तक हरुले शुभकामना मन्तव्य दिएका थिए ।विध्यालयका शिक्षक धनन्जय भण्डारीले सन्चालन गरेकाे कार्यक्रममा शिक्षक कृष्ण भट्टराईले स्वागत गरेका थिए ।विध्यालयले दिएकाे तथ्यांक अनुसार कक्षा छ देखि बाह्र सम्म १ सय ५२ जना विध्यार्थी हरु अध्ययनरत छन भने गुरुकुलमा ३२ जना वटुकहरु आवासीय रुपमा रहेकाे रिडीबाट कृष्ण अन्जानकाे समाचारमा उल्लेख छ ।

  • विवेक पङ्गेनी बने दीप गायन तारा

    विवेक पङ्गेनी बने दीप गायन तारा

    बुटवल, फागुन–४ ।
    बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् ।
    त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी बोर्डिङ स्कुलका समिरे घिमिरे तृतीय, कान्ति मा.वि.का प्रेम विक र स्कलर्स बोर्डिङ स्कुलका रेनुका सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
    प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ भन्दै यस विद्यालयले जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याइरहेको र आगामी दिनमा यस विद्यालयले अझ बढी शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभयो ।
    प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल, प्रमाणपत्र तथा टप टेनमा पर्न सफल अन्य ५ जना विद्यार्थीहरूले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
    कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोख्रेलले शैक्षिक, समसामयिक विषयवस्तुमा हास्यव्यङग्य प्रस्तुत गरेका थिए भने नवौँ दीप गायन ताराका विजेता कुशल आचार्यले गीत प्रस्तुत गरेका थिए । दसौँ दीप गायन तारा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार, शुभेच्छुक र शिक्षकशिक्षिका तथा कर्मचारी वर्गलाई कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले धन्यवाद दिनुभएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका कार्यालय प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वि.व्य.स. अध्यक्ष राजेन्द्रप्रसाद ढोजूले स्वागत र उपप्राचार्य कलाधर अर्यालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र बालकृष्ण पाठकले संयुक्त रूपमा गर्नुभएको थियो ।

  • दीप गायन ताराको छनोट चरण सम्पन्न

    दीप गायन ताराको छनोट चरण सम्पन्न

    बुटवल, फागुन–४ ।
    बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।
    प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १८ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये एम्स स्कुलका अनुज गाहा, लुम्बिनी बोर्डिङ स्कुलका समिर घिमिरे, एभरेष्ट इङ्ग्लिश बोर्डिङ सेकेन्डरी स्कुलका दिपेन पौडेल, स्कोलर्स होम बोर्डिङका रेनुका सुनार, इन्टेलेक्चुअल एकेडेमीका निहारिका ढुङ्गाना, न्यू होराइजन इङ्ग्लिश बोर्डिङ स्कुलका विश्वास शाही, शान्ति मोडेल सेकेन्डरी स्कुलका निरुता कार्की, कालिका मानवज्ञान मा.वि.का विवेक पङ्गेनी, अक्सफोर्ड मा.वि.का प्रसन्ना केसी, कान्ति मा.वि.का प्रेम वि क गरी जम्मा १० जना अन्तिम चरणका लागि छनौट भएका छन् ।
    प्रतियागितामा उत्कृष्ट १० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते शुक्रबार बिहान १० बजे हुने र प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
    प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गुणस्तरीय शिक्षासँगै दीप बोर्डिङ हाई स्कुलले अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको र दीप गायन तारा प्रतियोगिताका माध्यमबाट गीत सङ्गीतको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो ।
    त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले दीप बोर्डिङ हाई स्कुलले पढाइका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतमा रुचि भएका विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उदाहरणीय अवसर प्रदान गरेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईं, प्याब्सन रुपन्देही सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष नविन्द ढकाल, क्यानन बोर्डिङ स्कुलका प्राचार्य थानेश्वर पौडेल, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा उपप्राचार्य सुरेन्द्र कुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, बालकृष्ण पाठक र सीता आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो ।

  • दर्लमडाँडामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

    दर्लमडाँडामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

    पाल्पा । युवा तथा खेलकुद विकास समिति बगनासकाली ५ दर्लमडाँडाको आयोजनामा २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
    ५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा भएको तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना र पत्रकार नेत्र गैरेले स्टेज उद्घोषण तथा आधारभुत पत्रकारिता विषयमा सहजीकरण गर्नुभएको थियो ।
    तालिम समापन कार्यक्रममा वडाअध्यक्ष ओमप्रकाश गैरेले वडाभित्र रहेका युवाहरुको नेतृत्व व्यक्तित्व विकासको उद्देश्यले यसप्रकारको तालिम आयोजना गरिएकाले सिकेका सीपहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि सबै क्षेत्रको सुझाव सल्लाह बमोजिम वडाका गतिबिधिहरुलाई अगाडि बढाइने बताउनुभयो ।
    बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य खुमादेवी भट्टराईले अव युवाहरुले समय सापेक्ष ज्ञान सीप लिदै अगाडि बढ्नुपर्ने बताउनुभयो । वडा सचिव गोपालप्रसाद न्यौपानेले वडा कार्यालय र वडा मार्फत भएका योजना र गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन युवाहरुको भूमिका पनि महत्वपूर्ण रहने बताउनुभयो ।

    प्रशिक्षक एवम् श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले प्रशिक्षार्थीहरुलाई स्थानीय सञ्चारमाध्यममा स्थानीय खबर पठाउन आग्रह गर्नुभयो । तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी अनुभव डिलीसरा भट्टराई र देबी भण्डारी बस्यालले तालिमबाट धेरै कुराहरु सिक्ने मौका मिलेको र आफूहरुको नेतृत्व व्यक्तित्व विकासमा तालिम सहयोगी बनेको बताउनुभयो ।
    युवा तथा खेलकुद विकास समिति दर्लमडाँडाका अध्यक्ष मिन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशिक्षार्थीद्वय धनी दर्लामी र सबिना बस्यालले गर्नुभएको थियो । तालिममा वडाभित्रका ३० जना युवाहरुको सहभागिता रहेको थियो ।

  • माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्दै

    माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्दै

    माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्द
    फागुन-२,२०७९
    प्युठान।
    माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित विभिन्न वैङ्क,लघु वित्त संस्था र सहकारी लगाएतका वित्तीय संस्थाहरुसँग अन्तरकृयात्मक छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ।आज गाउँपालिकाको कार्यकक्षमा उपस्थित विभिन्न वैङ्क,लघु वित्त संस्था र सहकारीका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा पछिल्लो आर्थिक क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गरि समस्या समाधानका लागि सम्वन्धित निकायहरुलाई थप सशक्त र जिम्मेवार बनाउन अन्तरक्रिया गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो।उपाध्यक्ष कालाथोकीका अनुसार फागुन १६ गते अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गर्ने तयारी छ।

  • उपाध्यक्ष कालाथोकीद्वारा कर्मचारीको अनुगमन -समयको पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

    उपाध्यक्ष कालाथोकीद्वारा कर्मचारीको अनुगमन -समयको पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

    फागुन -२,२०७९
    प्युठान ।
    माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गर्नु भएको छ।आज विहान ९:३० वजे गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गर्नु भएको हो।उहाँले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय अनुसार हस्ताक्षर गर्न लगाउनु भएको थियो।जस अनुसार बिहान १०:०० वजे भित्र उपस्थित हुनेहरुमा कार्यालय सहायक मदन घिमिरे, केसरा कार्की ,रोजगार संयोजक भेषराज अधिकारी,सहायक चन्द्र बहादुर कार्की,एम्.आई.एस अपरेटर्स खिम घर्ती, गाउँ प्रहरी गिता शाही,दिपक थापा,उद्यम विकास सहजकर्ता टोप बहादुर खत्री र ल्याव टेक्निसियन मिलन पोख्रल रहनु भएको छ।यस्तै १०:०० देखि १०:२० सम्म उपस्थित हुनेहरुमा सिनियर अहेव नारायण जिसी,गाउँ प्रहरी कृष्ण केसी,अधिकृत छैटौँ बलराम पौडेल,खा.पा.स.टे.कमल योगी,असिस्टेन्ट सव ईन्जिनियर रमा अधिकारी,कम्प्युटर अपरेटर्स तुफान अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,अनमि रोम बहादुर केसी,पोषण सहायक दाम बहादुर कार्की र सुचना प्रविधि अधिकृत अनिल अधिकारी रहनु भएको छ।साथै १०:३० वजे भन्दा ढिलो गरी उपस्थित हुनेहरुमा सव ईन्जिनियर युवराज राउत र आान्तरिक लेखा परिक्षक मित्रमणी पौडेल पर्नु भएको छ।उता जनस्वास्थ्य निरिक्षक ध्रुव कुमार पोख्रेल,लेखापाल माधव केसी र असिस्टेन्ट सव ईन्जिनियर आसिस पौडेल भने विना जानकारी विदामा बसेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पुष्टि गर्नु भएको छ।प्राविधिक सहायक तुल्सी कार्की,बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली र महिला विकास शाखामा कार्यरत सिता गौतम भने बिदामा बस्नु भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भएको छ।उता ईन्जिनियर हेमराज बस्नेत भने तालिममा सहभागी हुन सम्वन्धित ठाउँमा पुगेकाले उपस्थित हुनु भएन। उपाध्यक्ष कालाथोकीले उपस्थित सवै कर्मचारीहरुलाई फुल र लड्डुले स्वागत गर्दै समयको नियमित पालना गर्न र थप जिम्मेवार ढङ्गले कार्यसम्पादनमा जुट्न निर्देशन दिनु भएको छ।गाउँपालिका कार्यालयमा हाल विभिन्न तहका स्थायी र करारका गरि २९ जना कर्मचारीहरु कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ।कर्मचारीहरुमा समयको पालनामा गिरावट देखिए पछि उपाध्यक्ष कालाथोकीले योजनावद्ध रुपमा कर्मचारीको अनुगमन सुरु गर्नु भएको हो।उता कर्मचारीहरुले उपाध्यक्ष कालाथोकीको कदम सही र स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।आफुहरुलाई समयको पालना गर्न थप हौसला र सचेत बनाएको कतिपय कर्मचारीहरुको भनाइ छ।आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक गरे सँगै उपाध्यक्ष कालाथोकी वर्तमान समस्या,जनचासो सहितका महत्वकांक्षी एजेन्डाहरुमा केन्द्रित बन्नु भएको छ।