चुरामणि तिमिल्सिना राष्ट्रिय भूमी आयोग जिल्ला समिति गुल्मी तथा चन्द्रकोट गाउँपालिकाको संयुक्त आयोजनामा आज चन्द्रकोट गाउँपालिका भित्रका भूमीहिन दलित, भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय विष्णु प्रसाद भुसालको विशिष्ट आतिथ्यतामा संचालन भएको थियो। निस्सा वितरण कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राष्ट्रिय भुमी आयोग जिल्ला समितिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारीहरू, गाउँसभा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल ५६ जनालाई निस्सा वितरण गरिएको थियो।

Blog
-

चन्द्रकोट गाउँपालिकामा निस्सा बितरण कार्यक्रम सम्पन्न
-

उपाध्यक्ष कालाथोकी द्वारा आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक
प्युठान।
माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो कार्यतालिका सार्वजनिक गर्नु भएको छ।तत्कालीन स्थानीय निर्वाचनका क्रममा जनतासामु बाँडेका सपना तथा दिईएका आस्वासनलाई पूरा गर्ने गरि आफुले कार्यतालिका सार्वजनिक गरेको उपाध्यक्ष कालाथोकीको भनाई छ।उहाँले फागुन १ गते देखि नै कार्यतालिका बमोजिम आफ्नो दैनिक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता सहित आज आफ्नै सचिवालय मार्फत कार्यतालिका सार्वजनिक गर्नु भएको हो।
जस अनुसार उपाध्यक्ष कालाथोकीले प्रत्येक हप्ताको सोमबार र विहीबार योजनाहरुको अनुगमन गर्नु हुने भएको छ।गाउँपालिका द्वारा सञ्चालित विकास निर्माणमा उपभोक्ता मार्फत सञ्चालन भई सम्पन्न हुने विभिन्न योजनाहरुको नियमित अनुगमनका साथै जन श्रमदानमा समेत सहभागी हुने उपाध्यक्ष कालाथोकीको प्रतिवद्धता छ।यस्तै प्रत्येक शुक्रबार न्यायपालिकामा मुद्दाहरुबारे छलफल गर्ने,प्रत्येक वार्डको बैठकमा प्रत्येक महिनाको कम्तिमा एक पटक सहभागी हुने,प्रत्येक हप्ता एक दिन पैदल कार्यालय प्रस्थान गर्ने लगाएतका कार्यहरु उहाँले कार्यतालिकामा समावेश गर्नु भएको छ।साथै सार्वजनिक बिदाको दिन अथवा अन्य जुनसुकै समय आफ्नो निवासमा आउजाउ गर्न सरकारी गाडीको प्रयोग नगर्ने कुरा समेत कार्यतालिकामा परेको छ।साथै प्रत्येक महिनाको २५ गते गाउँपालिका अवस्थित बालवालिका,महिला,अपाङ्ग ,युवा,जेष्ठ नागरिक लगाएतका सरोकारवाला निकाय वा सम्वनधित व्यक्तिसँग आवश्यक छलफल गर्ने,हप्ताको दुई दिन गाउँपालिका स्थित विभिन्न सार्वजनिक संघ-संस्थाहरुको अनुगमन गर्ने,प्रत्येक महिना वजार अनुगमन गर्ने,तथा महिनाको अन्तिम दिन विभिन्न सञ्चार माध्यमहरुबाट मासिक कार्यप्रगति सार्वजनिक गर्ने उपाध्यक्ष कालाथोकी द्वारा जारी कार्यतालिकामा उल्लेख छ।यसै विच प्रत्येक तीन महिनामा स्थानीय राजनितीक दल,वुद्धिजीवि,उद्यमी/व्यवसायी लगाएतका विभिन्न सरोकारवालाहरुसँग छलफल गरी आवश्यक परामर्श लिई आफ्नो भुमिकालाई थप मजवुत बनाउने उपाध्यक्ष कालाथोको प्रतिवद्धता छ। -

रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न
रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्न्न चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक सुनावाइ कार्यक्रम पालिकको सभाहलमा सम्पन्न भएको छ । गत ६ महिनामा पालिकाका सन्चालित कार्यक्रम बजेट तथा विभिन्न शीर्षकको बिसयमा कार्यक्रम केन्द्र बिन्दु बनाईएको हो। गाउँपालिकाको मुख्य आयोजना रुरु एफएम र श्रीङेस्वर एफ एमको सहजीकरणमा कार्यक्रम गरिएको हो। पालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतमा सन्चालित कार्यक्रममा पालिका उपाध्यक्ष मिना देवि गौतम यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पन्थ कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको थियो। सुनाइ कार्यक्रममा वडाका वडा अध्यक्षहरु कार्यापालिका पधाधिकारिहरु , वडा सदस्यहरु शैक्षिक संघसस्थाका प्रभुत्वहरु राजनैतिक दल पत्रकार कलब सुरक्षा निकायको सहभागीता रहेको थियो। सहभागीले शिक्षाका समस्या खानेपानी कृषि पर्यटन रोजगार स्वास्थ तालिम लघुबुत्त आतन्क , जङगलि जनावर , दिवा खाजा तलप निकासा यातायात भाडा , बिध्यालय समायोजना, सडक स्तर उन्नति पुर्वधार निर्माण जस्ता महत्त्व पुर्व विषय बोकेका कार्यक्रम प्रभावकारि नभएको कार्यक्रममा चर्चा गरेका थिए। कार्यक्रममा फरक फरक जिज्ञासा लाई सम्बन्धित निकायका प्रमुखहरुले जिज्ञासा मेटाउनु भएको थियो ।कार्यक्रममा करोडौं लगानीमा रहेको हेफर प्रोजेक्ट कालीगण्डकीमा ब्यबस्थित शवदाहा घाट जस्ता विषय यस्तै स्वास्थ बिमा कार्यक्रम लाई सहभागीले नजिक बाट निहाल्न पालिका लाई आग्रह गरेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत स्वास्थ साखा र शिक्षा शाखाका प्रमुखले विभिन्न विषयमा उठेका प्रसङ्ग लाई तत्काल लाई कार्यापालिकामा आधारित रहि योजना अगाडी बढाइने बताउनु भयो । कार्यक्रम लाई समापन गर्दै अध्यक्ष ज्ञवालीले १ साता भित्रमा बुदागत रुपमा समस्या लाई टिपोट गरेर आफु लाई बुझाउन अधिकृत पौडेल लाई आग्रह गर्नु भयो । कार्यक्रममा युगराज बस्याल र इस्वरी बस्याल ले सहजीकरण गर्नु भएको थियो।
-

उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार हो:-अध्यक्ष रोसन
प्युठान।
प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ।गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोसनले यस्तो बताउनु भएको हो। उद्यमीले सिकेको सिपलाई सदुपयोग गरि उत्पादन गरेका नयाँ-नयाँ वस्तु तथा सेवाहरुको बजारीकरण समेत स्थानीय सरकारले गर्ने अध्यक्ष रोसनले वचन व्यक्त गर्नु भयो।यस्तै वडा अध्यक्ष प्रकाश वलीले सरकारको लगानीलाई बेवास्ता नगर्न आग्रह गर्दै विगतलाई विर्सेर नयाँ उदाहरण रच्न सहभागीहरुलाई निर्देशन दिनु भयो।वडा अध्यक्ष वलीले एक फरक प्रसङ्गमा कुनै पनि कार्यक्रमलाई सफल र प्रभावकारी ढंगले सम्पन्न गरे पछि मात्र थप नयाँ कार्यक्रम माग गर्न समेत सहज हुनै बताउँदै सिपको व्यवहारिक कार्यान्वयन मार्फत उद्यमशील बन्न सहभागिहरुलाई सुझाव दिनु भयो।साथै उहाँले विगतको सरकार भन्दा वर्तमान सरकारले आफ्नो वडामा अनुगमनलाई थप चुस्त,दुरुस्त र प्रभावकारी बनाउन केन्द्रित बनिरहेको बताउनु भयो।कार्यक्रममा गाउँकार्यपालिका सदस्य रमा पौडेल,बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहभागी समीक्षा केसीले आफू केही सीप सिकेर आर्थिक रुपमै आत्मनिर्भर बन्ने उद्देश्यले तालिममा सहभागी भएको बताउनु भयो।यस्तै उहाँले तालिम पश्चात् सहभागी सवै उद्यमशील बनेर देखाउने पनि विस्वास व्यक्त गर्नु भयो।३० जना सहभागी रहेको सो तालिम माघ २० गते देखि सुरु भएको थियो। -

बगनासकाली गाउपालिका पाल्पामा एकीकृत घुम्ती शिविर सम्पन्न
पाल्पा÷बगनासकाली गाउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । पालिकाका ९ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर संचालन गरिएको हो । बगनासकालीका बिभिन्न वडाहरुमा माघ १३ गतेदेखि २२ गतेसम्म शिविर चलेको थियो । जसमा पालिकाभित्र सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३ हजार १ सय ९ जना रहेकोमा यो घुम्ती शिविरबाट १ हजार ५ सय २५ जनाले सेवा लिएको गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो । यसअघि नेपाल बैंक मार्फत वितरण हुदै आएको सामाजिक सुरक्षाभत्ता नेपाल बैंकसगको सहकार्यमा वडाबाटै वितरण गरिएको हो । यसबाट लाभग्रँही खुशी भएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण शिविर पनि चलाइएको थियो । जसमा ९ वटा वडामा गरि ९ सय ७९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै आर्युवेद स्वास्थ्य जाचतर्फ ९ सय ६५ जनाले लाभ लिएका छन् । पालिकाले यसपटक हरेक वडामा कृषि प्रदर्शनी समेत गरेको छ । प्रर्दशनीमा किसानहरुले आफ्ना उत्पादनहरु प्रदर्शनीका लागि ल्याएको थिए । उनीहरुलाई प्रथम, द्धितिय र तृतीय तथा सान्त्वना गरि पुरस्कृत समेत गरिएको छ । उत्कृष्ट किसानहरुलाई बिउ बिजन समेत वितरण गरिएको छ । कृषि प्रदर्शनीमा ४ सय ६ जना किसानले आफ्नो उत्पादन प्रदर्शनीका लागि ल्याएका थिए । त्यस्तै पशुसेवा अन्तरगत ८ सय ५८ जना किसानले सेवा लिएका छन् । त्यस्तै बिभिन्न वडाहरुमा गरि ३२ जनालाई गरिव परिचयपत्र वितरण गरिएको गाउपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । त्यस्तै २ सय ३९ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।
आफूहरुले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा गरेको प्रतिबद्धता अनुसार यसरी वडावडामा सेवा प्रवाह गरेको र आगामी दिनमा पनि यसै गरि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको चिदीले बताउनुभयो । जनताको सच्चा प्रतिनिधिको रुपमा आफूहरु लागिपरेको र जनताको दुःखसुखमा आगामी दिनमा पनि यसैगरि नै लागिपर्ने अध्यक्ष चिदीले बताउनुभयो । पालिकाले यसअघि ३ महिना अघि पनि यसैगरि एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । त्यस्तै वडा वडामै पुगेर योजना सम्झौताको काम समेत सम्पन्न गरिसकेको छ । यसले सानो कामका लागि पनि पालिका आउनुपर्ने सेवाग्राहीको समस्या सहज रुपमा समाधान भएको उहाको भनाई छ ।
गाउपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले हरेक वडाहरुमा आफू जनप्रतिनिधिहरू समेत पुगेर जनताको समस्याहरु टिपोट गरेको, तत्काल सम्बोधन गर्नुपर्ने विषय सम्वोधन गरिएको र अन्य समस्यालाई बिस्तारै सम्वोधन गर्दै जाने उपाध्यक्ष पाठकले बताउनुभयो । यो एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको र यसले पनि आफूहरुलाई आगामी दिनमा काम गर्नका लागि थप उत्साही बनाएको उपाध्यक्ष पाठकले बताउनुभयो ।
-

बालविवाह न्युनिकरणका लागि सञ्चालन गरिएको सडक नाटक सम्पन्न
माघ-२३,२०७९
प्युठान।
माण्डवी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सञ्चालन गरेको थियो।जस अन्तर्गत शनिवार गणेश मा.वि तिराम,सुन्नानी मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण भवानीश्वरी प्रा.वि कुमालटारमा नाटक प्रस्तुत गरिएको थियो।यस्तै सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुत गरिएको थियो।साथै आज बागेश्वरी मा.वि रम्दीको तिघ्रा र ने.रा.आ.वि जुजुनेटामा प्रस्तुत गरिएसँगै कार्यक्रम अौपचारिक रुपमा सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो ।राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुत गर्नु भएको ३ दिने सडक नाटकको सहजीकरण कार्यक्रमका निर्देशन विष्णु गैरेले गर्नु भएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,वडा नं.-१का अध्यक्ष वाम बहादुर वुढा,वडा नं.-२का अध्यक्ष प्रकाश वली ,वडा नं.-३का अध्यक्ष धनेन्द्र कार्की,वडा नं.-४का अध्यक्ष डिल बहादुर घर्ती , वडा नं.-५ का अध्यक्ष दुर्गाप्रसाद आचार्य ,गाउपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरु ,स्थानीय राजनितीक दलका प्रतिनिधि , कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सङ्ख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै अभियानलाई सफल पार्नसहयोगी भुमिका निर्वाह गर्ने सवै निकायहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।यस्तै नाटकमा सिकाईएका कुराहरु बालवालिका र सम्वन्धित बालवालिकाका अभिभावकहरुले व्यवहारिक कार्यान्वयन गरेमा वास्तविक रुपमै बालविवाह न्युनिकरण हुने गाउँपालिका उपाध्यक्ष कालाथोकीले विस्वास व्यक्त गर्नु भएको छ। -

बालविवाह न्युनिकरण सम्वन्धि सडक नाटक आज सकिदै
माघ-२३
प्युठान ।
माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा शनिवार देखि सुरु भयको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुति गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,४ नं वडा अध्यक्ष डिल बहादुर घर्ती , ३ नं वडा अध्यक्ष धनेन्द्र कार्की,गाउपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्य वालिका नेपाली ,स्थानीय जनप्रतिनिधि, कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै यो अभियानलाई सहयोग गर्ने सबैलाई अनुरोध गर्नु भएको थियो । नाटक आज सोमबार बागेश्वरी मा.वि रम्दीको तिघ्रा र ने.रा.आ.वि जुजुनेटा प्रस्तुत रहने र आजै उक्त जनचेतनामूलक कार्यक्रम अौपचारिक रुपमा सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो । -

जनचेतनामूलक सडक नाटक सुरु
♥
प्युठान ।
माण्डवी गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सुरु गरेको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सुरु गरेको हो।जस अन्तर्गत आज गणेश मा.वि तिराम,सुन्नानी आधार मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण भवानीश्वरी प्रा.वि कुमालटारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,वडा अध्यक्ष ,गाउँकार्यपालिका सदस्य,गाउँसभासदस्य,महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकि प्रमुख सीता गौतम,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ,शिक्षक अभिभावक संघका अध्यक्ष ,प्रधानाध्यापक ,शिक्षक ,अअभिभावक तथा सम्वन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी हरुको सहभागिता थियो।यस्तै भोलि कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाँडाकटेरी,माण्डवी मा.वि नयागाउँ,र माण्डवी गाउँपालिका चोक जस्पुरमा सडक नाटक प्रस्तुत गर्ने गाउँपालिकाको तयारी छ। यस्तै पर्सि बागेश्वरी मा.वि माण्डवी गाउँपालिका ५ तिघ्रा र जुजुनेटामा कार्यक्रम सञ्चालन गरिए पश्चात् कार्यक्रम सम्पन्न हुने गाउँपालिकाको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।आजको कार्यक्रममा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी वा) लगायतका कलाकारहरुले प्रस्तुती गरेका थिए । -

गरेमा के हुँदैन भन्ने उदाहरण रच्दै महिला उद्यमीहरु!
प्युठान ।
प्युठान को माण्डवी गाउँपालिका २ मर्काबाङ्गमा चार जना उद्यमी छन् ,जो सीप सिकेर व्यवसायी वनेका छन्।गत आर्थिक वर्षमा माण्डवी गाउँपालिका द्वारा आयोजित आधारभुत ढाका बुनाई तालिम प्राप्त गरेका ४ जना महिला उद्यमीहरु व्यवसायी वनेका हुन्।तालिम सकिए लगत्तै व्यवसायी बन्ने सोच बनाएका ती महिलाहरुलाई गाउँपालिका सरकारले नि:शुल्क रुपमा २ वटा मेसिन प्रदान गरेको थियो।प्युठानमा यही फागुन -४ देखि स्वर्गद्वारी प्युठान पाँचौँ महोत्सव २०७९ सुरु हुँदैछ,जहाँ अतिथि सम्मानका लागि आवश्यक खादाको माग समेत सोही लघु उद्यमी समुहवाट भएको छ।चार जनाले सामुहिक रुपमा सुरु गरेको व्यवसायवाट दैनिक २/२वटा दरले ८ वटा सम्म खादा बनाउन सकिने समुहकी अध्यक्ष हिमकली घर्तीले बताउनु भयो।उनीहरुले अहिले माग अनुसार बर्की,सल,खादा आदि उत्पादन गरि विक्री गरिरहेका छन्।आर्थिक रुपमा समेत केही आत्मनिर्भर हुने अवस्था बन्दै गएको उनीहरुको बुझाई छ।उता प्रभावकारी मेसिनको अभावका कारण वजार माग अनुसार वस्तु तथा सेवाको उत्पादनमा समस्या भैरहेको उनीहरुको गुनासो छ।व्यवसायको थप विस्तारका लागि स्थानीय सरकारसँग स्तरोन्नति तालिम तथा आवश्यक प्रविधिको समेत माग भैसकेको उनीहरुको भनाइ छ।विगत देखिनै सरकारले उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण लगानी लगानी लगाउँदै जाँदा पनि पछिल्लो समय अनुदानका साथै तालिम लिने तर काम नगर्ने बेथिति बढ्दै गएको छ।उसो त उनीहरु जस्तै काम गर्ने सफल उद्यमीको स्तरोन्नति र प्रोत्साहनमा सरकारको ध्यान पुग्नु जरुरी छ। -

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छ:-अध्यक्ष रोसन
प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गर्नु भएको छ।माण्डवी गाउँपालिकाले वडा नंं.-१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष रोसनले यस्तो टिप्पणी गर्नु भएको हो।यस्तै अध्यक्ष रोसनले विगत देखि नै सरकारको अनुदान र तालिम लिने तर काम गर्ने प्रवृत्ति हराउँदै गएको उल्लेख समय मै जिम्मेवार बन्न सहभागिहरुलाई निर्देशन दिनु भयो।स्थानीय सरकार काम गर्नेलाई सहयोग गर्न सधै तल्लिन हुने उहाँको जिकिर थियो।साथै तालिम प्राप्त उद्यमीहरुलाई आगामी आर्थिक वर्षमा थप स्तरोन्नतिको तालिम प्रदान गरिने बताउँदै अध्यक्ष रोसनले उद्यमीले उत्पादन गरेका वस्तु/सेवाको वजारीकरण समेत गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाउनु भयो।परम्परागत विचारलाई त्यागी नयाँ कामको थालनी मार्फत तालिम प्राप्त सफल उद्यमीले आफ्नो र सिङ्गो समाजको आवश्यकता पूरा गरी आत्मनिर्भर बन्न सक्नु पर्ने अध्यक्ष रोसनको आसय थियो।कार्य वाहक वडा अध्यक्ष शुसिला घर्तीको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव चेतनाथ अधिकारी ,प्राविधिक धन वहादुर घर्ती मगर लगाएतको आतिथ्यता रहेको थियो।१९जना सहभागी रहेको तालिम माघ -१२ गते देखि सुरु भएको थियो।तालिमको सहजीकरण लघु उद्यम विकास सहजकर्ता टोप बहादुर खत्रीले गर्नु भएको थियो।