टोपराम केसी
माघ-१२,२०७९
प्युठान ।
प्युठानको माण्डवी गाउँपालिका १ तिराममा व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।वडा अध्यक्ष वाम वहादुर वुढाको अध्यक्षता सँगै आज देखि सुरु भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा वडा सदस्य तुलसा दमाई , गाउँपालिकाका रोजगार संयोजक भेषराज अधिकारी ,वडा सचिव रेसम अधिकारी ,कम्प्युटर अपरेटर तुफान अधिकारी ,रोजगार सहायक चन्द्र बहादुर कार्की,लघु उद्यम सहजकर्ता टोप बहादुर खत्री लगाएको आतिथ्यता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेतरहनु भएका गाउँपालिका अध्यक्ष रोसनले तालिमको व्यवहारिक कार्यान्वयनमा जोड दिनु भयो।गाउँपालिका अध्यक्ष रोसनले यस तालिमवाट सिकेका कुराले सहभागिलाई सफल उद्यमी वन्न प्रेरित गर्ने विस्वास व्यक्त गर्दै त्यस तर्फ केन्द्रित वन्न उपस्थित सहभागिहरुलाई निर्देशन समेत दिनु भयो।उहाँले तालिम पश्चात् उद्यमीले सञ्चालन गर्ने उद्यम/व्यवसायको विस्तारका लागि सम्वन्धित लघु उद्यमीसँग स्थानीय सरकारले निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो।तालिमको उद्देश्य अनुसार उपलब्धि हुनु पर्ने अध्यक्ष रोसनको आसय थियो।यस्तै गाउँपालिका उपाध्यक्ष कालाथोकीले तालिमा सिकेका कुराले सहभागिहरुलाई उद्यमी वन्न सहजता प्रदान गर्ने अपेक्षा राख्नु भयो।यस्तै उपाध्यक्ष कालाथोकीले सीप सिकेर निरन्तर काम गर्ने उद्यमीलाई स्थानीय सरकारले प्रोत्साहन स्वरुप आवश्यक सहयोग गर्ने वचन व्यक्त गर्नु भयो।उता वडा अध्यक्ष वुढाले तालिमको व्यवहारिक कार्यान्वयन गर्न नसक्ने सहभागी तालिममा उपस्थित नहुन निर्देशन दिनु भयो।२५ जना सहभागि रहेको तालिम आज देखि निरन्तर माघ १९ गते सम्म अर्थात् ८दिन सम्म सञ्चालन हुने गाउँपालिकाको लघु उद्यम विकास शाखाले बताएको छ।तालिममा सम्वन्धित विषयमा प्रशिक्षक फुर्स बहादुर नेपालीले प्रशिक्षण दिनुहुनेछ।
Blog
-

८ दिने उद्यमशीलता विकास तालिम सुरु
-

सामाजिक कुरीति तथा हानिकारक अभ्यास विरुद्ध २ दिने सचेतना कार्यक्रम सुरु
चुरामणि तिमिल्सिना सामाजिक कुरीति तथा हानिकारक अभ्यास विरुद्ध २ दिने सचेतना कार्यक्रम गुल्मीको रुरु क्षेत्र गाउँपालिका गुल्मीमा आइतबार देखि सभाहलमा सुरु भएको छ । नेपाल सरकार महिला तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगर्गको महिला तथा बालबालिका बिभागको आयोजनामा कार्यक्रम गरिएको हो। दुई दिने कार्यक्रमको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले समाजमा बर्तमान समयम अन्ध बिश्वास कुरुती कु सस्कार ले यस्लाइ समाधान गर्न गाउँ टोल बस्ति मा सचेतना कार्यक्रम लाई प्रभावकारी रुपमा सन्चालन गर्न सकेमा कमि हुने कुरामा जोड दिनु भयो। समारोहमा शुभकामना मनतब्य राख्दै डिला कुमारी बस्नेतले कार्यक्रम माथि प्रकाश पार्दै समाजमा पुरुष प्रबन्धनका लागि विभिन्न प्रकारका कार्यक्रमहरु सन्चालन गर्न सकिने बताउनु भयो। कार्यक्रममा पालिकाकी उपाध्यक्ष मिना देवि गौतम , प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल ,वडाका सवै वडाका अध्यक्ष हरु वडा सदस्यहरु कार्यापालिका सदस्यहरु , विभिन्न संघ सस्थाका प्रमुखहरु सुरक्षा निकाय पत्रकार को आथित्यता रहेको थियो। अभिमुखि कार्यक्रममा माहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला तथा बिभागकी निर्देशक निरा अधिकारी लैङ्गिक हिम्सा निवारण गर्न हरेक स्थानीय तह तथा नगरपालिकाले निरन्तर सन्चालन गरेर समाज लाई परिबर्तन गर्न कार्यक्रमको उद्देश्य समेत रहेको बताउनु भयो। कार्यक्रममा जनप्रतिनिधिले हरेक विषयका विषय बस्तुमा तुलना गरेर समाजमापरिबर्तन ल्याउन सकिने जोड दिनु भयो कार्यक्रमको अध्यक्षता निरा अधिकारीले गर्नु भएको थियो ।कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नुभएको थियो।कार्यक्रम भोलि सम्म सम्पन्न रहने छ ।
-

लगानी अनुसार प्रतिफल निकाल्न शिक्षक जिम्मेवार हुनुपर्छ:-अध्यक्ष रोसन
माघ-११,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक बिधालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको व्यानर पढेर गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल निकाल्न शिक्षक जिम्मेवारी रहनु पर्ने बताउनु भो साथै उहाँले शिक्षा,स्वास्थ र खेलकुद रास्ट्रको लागि जरुरी रहेको बताउनु भयो । अध्यक्ष अधिकारीले शिक्षकहरुले आफुले गरेको मेहनतको आफै साेमुल्याङकन गर्नु पर्ने पनि बताउनु भएको छ । माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सा कार्किले सचालन गर्नु भयको कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले रिजल्ट सन्तोषजनक नभएको बताउदै सिकाइ उपलब्धि अनिवार्य रहेको बताउनु भयको छ । शुक्रबारसम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा शिक्षा विद एवम कालिका मानवज्ञान बिधालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा,प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहनु भएको छ । वडा न.३ का अध्यक्ष धनेन्द्र कार्किले स्वागत गर्नु भएको कार्यक्रममा माण्डवी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालय ,आधारभुत तहका प्रधानाध्यापकहरु,खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।। -

घुमन्ते ब्यापारीलाई गौमुखी गाउपालिकामा रोक , चोर पत्ता लगाउनेलाई १० हजार पुरस्कार !
केशर सुनार , प्युठान / पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा पेशेवर लुटेराहरुको शैलिमा चोरी का घटनाहरु दिनानुदिन बढ्दै गएको छ । यहि समस्यालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्युठानले बुधवार एक बिज्ञप्ति निकालेको छ । गौमुखिमा पनि उक्त घटनाहरु घटिरहेको र स्थानिय बासी त्रसित बनिरहेका छन । बिज्ञप्तिमा यी यस्ता घटनाहरु घट्न नदिनको निम्ति आफ्ना गाउँ , टोल , छरछिमेकमा नौलो एबम परिचय नखुलेका ब्यक्तिहरु आउन सचेत रहन आग्रह गरेको छ । साथै गाउपालिका क्षेत्रमा घुमन्ते व्यापारीहरु ( कपाल किन्ने ,सिरक डस्ना बनाउने , कपडा , भाडाकुडा , जडिबुटी इत्यादी लगायतका कारोबार गर्ने संकास्पद ब्यक्तिहरुलाई अर्को सुचना प्रकाशन नहुन्जेल सम्मको पालिकाको सिमा प्रबेशमा रोक लगाईएको छ ।
समाजमा शान्ती सुरक्षा जस्ता कार्य गर्ने गठित बजार तथा गाउँ टोलका सम्बन्धित संघ सस्थाहरुले समेत नागरिक स्तरबाट आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ । कुनै संकास्पद ब्यक्ती वा समुहहरु फेला परेमा जिल्ला प्रहरी कार्यालय प्युठानको टोल फ्री न . १०० र इलाका प्रहरी कार्यालय पुजाको सम्पर्क न . ९८६९५९५२५८ तथा सम्बन्धित वडा अध्यक्ष लाई तत्काल सुचना गर्नको निम्ति अनुरोध गरिएको छ । त्यस्तै चोरी कार्य गर्ने ब्यक्तिहरुलाई पहिचान गरि पक्राउ गर्ने ब्यक्तिहरुलाई रु १० हजार नगद पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको गौमुखी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तिले बताएका छन । प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
-

नि:शुल्क स्वास्थ्य विमा कार्यक्रमका मापदण्ड के के छन् ?
टोपराम केसी
माघ-११,२०७९
प्युठान ।प्युठानको माण्डवी गाउँपालिले कार्यान्वयन गरेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि लक्षित वर्ग तथा मापदण्ड निर्धारण गरिएको छ।गाउँपालिकाको १३ अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९ पारित गरे सँगै सो कार्यक्रम कार्यान्वयनका लागि वाटो खुलेको थियो। गाउँपालिकाले एक कार्यविधि नै जारी गरि यसको मापदण्ड निर्धारण गरेको हो।कार्यविधि अनुसार नेपाली नागरिक भई गाउँपालिकाको स्थायी वासिन्दा हुनु पर्ने तथा नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ-संस्था तथा अन्य कुनै अन्तर्राष्ट्रिय सरकार वा संघ-संस्था वाट मासिक रुपमा तलव भत्ता ,पेन्सन वा यस्तै प्रकारका अन्य मासिक सुविधा प्राप्त गर्ने व्यक्ति भने यसको मापदण्ड भित्र पर्ने छैनन्।यस्तै ५ लाख भन्दा माथि पुँजी लगानी गरि व्यवसाय सञ्चालन गरेको व्यक्ति,निर्माण व्यवसायी ,ठेकेदार,जनप्रतिनिधि तथा कर्मचारी समेत यस कार्यक्रमको लक्षित वर्ग नभएको गाउँपालिका द्वारा जारी कार्यविधिमा उल्लेख छ।साथै गाउँपालिकाले आजै एक सुचना जारी गर्दै स्वास्थ्य विमा गराउन छुटेका लाभग्राहीहरुको विवरण सङ्कलन गरि माघ १५ भित्र गाउँपालिकामा पठाउन समेत सवै वडाहरुलाई अनुरोध गरेको छ ।यो सँगै गाउँपालिका वासी मध्ये लक्षित वर्गमा पर्ने ५ जना सम्मको परिवारले वार्षिक रु. १ लाख सम्मको नि:शुल्क स्वास्थ्य उपचार पाउने र १०जना सम्मको परिवारले भने रु १लाख ५० हजार सम्मको नि:शुल्क स्वास्थ्य सेवा पाउने कार्यविधि मै व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अहेव नारायण जिसीले वताउनु भएको छ। -

प्युठानमा चोरीका घटनाले उग्र रुप लिदै!
प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ ।
झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताउनु भयो । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।
घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिनु भयो ।
प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । -

स्याङ्जाको कालीगण्डकी वडा न १ को अध्यक्ष कप चापाकोटले हासिल गर्यो
चुरामणी तिमिल्सिना स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा न १ मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता ५ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।१७ समुहको सहभागीता रहेको प्रतियोगितामा चापकोट वडा न ४ रआयोजक बिच भएको अन्तिम प्रतिस्पर्धामा चापकोट ले प्रथम स्थान हासिल गरेको हो । बिजेता समुह लाई नगद रु १ लाख प्रमाणपत्र ट्रफि र उप बिजेता आयोजक कालीगण्डकी स्पोट्स कलब लाई रु ६० हजार यस्तै तृतीय हुने बाग्लुङले रु ३०००० र चापकोट वडा न २ ले सान्त्वना स्थान हासिल गर्दै रु १५००० प्रमाणपत्र मेडल हात पारेको हो हो । समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो। समारोहमा विशिष्ट अतिथि उपाध्यक्ष साबित्रा कोइराला , प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे वडा न ४ का वडा अध्यक्ष यादव पाण्डे शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले समजासेवि हिमाल श्रेष्ठ , रामलाल बिक केसर बहादुर क्षेत्री , प्रमुख सल्लाहकार बम लामिछाने रहनु भएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष थापाले युवा लक्षित कार्यक्रमहरु पालिकामा पनि गर्दै आएको ले युवाहरू लाई खेल जगत बाट अगाडी बढाउन पालिका बाट सबै प्रकारको सहयोग उपब्ध गराउने र आगामी फागुनमा खेल महोत्सव पनि गर्ने उत्कृष्ट खेलाडी उत्पादन , खेलाडी सम्मान , र यो खेल राम्रो र भब्य भएकोले पालिकाले रु १ लाख पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। वडा न १ का वडा अध्यक्ष तथा पालिकाका प्रबक्ता कृष्ण बहादुर लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा विशिष्ट अतिथि उपाध्यक्ष कोइरालालेअवको समयमा युवाहरू लाई फरक फरक कार्यक्रममा प्रशिक्षण गराइ पालिकाको गहना बनाउने र केन्द्र तह सम्म खेलमा सहभागी गराउने बताउनु भयो । समापन सत्रमा खेलाडी गरु लाई विभिन्न बिधामा नगद प्रमाण मेडमले सम्मान समेत गरिएको थियो। कार्यक्रममा बिच बिचम आइटियफ टेक्वान्डो र सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको सहजीकरण वडा सदस्य मणिक लाल श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको सम्योजक नारायण थापाले गर्नु भएको थियो भने सन्चालन बिकास थापाले गर्नु भएको थियो।
-

रुपन्देहि सघ द्वारा रुरुमा बिपन्न बर्ग लाई खाध्यान्न बितरण
- चुरामणि तिमिल्सिना रुपन्देही ब्यापार संघ जुता चप्पल बस्तुगत उपसमितिले माघे सन्क्रान्ति मेलाको अवसर पारेर रुरु क्षेत्रमा रहेका वृद्ध बृदा बटुक गुरुहरु बिप्क्न्न बर्ग लाई भोजन खाध्यन्न , न्यानो कपडा , फलफुल तथा न्यानो जुता बितरण गरेको हो। समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे प्रमुख अतिथि रहनु भएको थियो ।बितरण कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाकर भट्टराई रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिक मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई समाजसेवि हिमाल श्रेष्ठ प्रेम भण्डारी चिन्जिवि ज्ञवाली यस्तै जन प्रतिनिधिहरु मन्दिर समितिका पधाधिकारिहरु कुमारी बैंक रिडीशाखाका प्रबन्धक भिष्म ज्ञवाली तथा आयोजक सस्थाका पधाधिकारिहरुको कार्यक्रममा आथित्यता रहेको थियो ।समारोह मा बोल्दै श्रेष्ठले समाजमा बसेपछि दुख सुखको साथि विभिन्न संघ सस्था भएकोले सस्था प्रेमिहरुले सहयोग गर्न कमि नगर्ने वृद्धलाई माया गर्नु पर्ने सानो भएपनि निरन्तर आफुले पनि सस्था लाई सहयोग उप्लब्ध गराउने र आगामी पनि हाते मालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जायर गर्नु भयो कार्यक्रममा अर्जुन भट्टराईले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो । कार्यक्रमको संयोजन अशोक ज्ञवाली र बिजय घिमिरेले गर्नु भएको थियो। कार्यक्रम को सन्चालन सस्थाका सचिव गोबिन्द चापागाईंले गर्नु भएको थियो । कार्यक्रममा मन्दिर समिती अध्यक्ष भट्टराईले सहयोग उपबध गराउनु भएकोको सस्था प्रति आभार ब्यक्त गर्दै आगमि दिन्हरुमा पनि यस्तै सहयोग यहाँ आवस्यक रहेको बताउनु भयो।
-

रुरु मेलामा आज दोस्रो दिनको कार्यक्रम सम्पन्न
रुरु क्षेत्र धाम रिडीमा आइतबार देखि लागिरहेको रुरु मेलामा आज दोस्रो पनि हजारौं तिर्थ यात्रि हरुले कालीगण्डकीमा स्थान गरेर भगवानको दर्सन गरि मेलाको अवलोकन गरेका छन। मेलाई ब्यबस्थित र शान्ति पुर्ण तरिकाले संचालन गर्नको निम्ति ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यम लाल बन्जाडेको नेतृत्वमा सुरक्षा टोलि खटाइयको छ निरीक्षक बन्जाडेले मेलामा कुनै पनि किसिमको घटना हुन नदिन टोलि लाई चोक चोक मुख्य नाका प्रवेश गेट यस्तै तिन मुखे पुल कालीगण्डकी नदि खेल मैदान र बस्पार्कमा सुरक्षा खटाएको बताउनु भयो । मेलामा सास्कृतिक कार्यक्रम कृषि प्रदसनि हस्तसामाग्री राडि पाखि गुल्मेलि गुड अर्गानिक साग पात फलामका नयाँ सामाग्रीहरु मुख्य आकर्षककको रुपमा रहेका छन। मेला लाई थप प्रभावकारि बनाउन कलबले नयाँ नया कलाकारहरुको सहभागी गराउने कलब्का सचिव प्रेम भण्डारीले जानकारी दिनु भयो ।।मेला ५ गते सम्म सन्चालन रहने छ । मेलामा आउने यात्री हरु लाई यातायातको पार्किङको ब्यबस्था मिलायर अगाडी बढेको र आवस्यक टोलि लाई परामर्श समेत प्रदान गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद आचार्यले जानकारी दिनु भयो । मेला तिन जिल्ला मा नै सन्चालन भएको छ ।
-

रुरुक्षेत्रमा माघे संक्रान्ति मेलाको पालिका अध्यक्ष यदु ज्ञवालीद्वारा उद्घाटन
चुरामणि तिमिल्सिना
माघ -१ पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रमा आज देखि रुरु माघे संक्रान्ति मेलाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्घाटन गर्नु भयो । रुरु क्षेत्रमा लाग्ने मेला रुरु फेण्डस क्लब र फेन्डस कलब रिडीको संयुक्त रुपमा आयोजनां भएको कार्यक्रम राष्ट्रिय कलाकारबाट मनोरञ्जनका कार्यक्रमहरु खेल मैदानमा समेत भएको अध्यक्ष शोभित थापाले जानकारी दिनु भयो ।मेलामा कृषि प्रदर्शनि समेत राखिएको छ। कृषि केन्द्र तम्घास र सत्यवति गाउँपालिका गुल्मी सहयोगि संस्था रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा प्रदर्शनी संचालन भएको कृषि प्रसारक शिव बन्जाडेले जानकारी दिनु भयो ।
मेलामा राडि ,पाखि, डाला, सुपा, नाम्ला फलामका सामाग्रीहरु , घाजि, सुन्तला , गुड, तरुल , सखरखण्ड लगायतको ब्यापार भएको छ।
साथमा ताता कपडाहरु पनि व्यापार भएको स्थानिय ब्यापारी खिम प्रसाद गौतमले जानकारी दिनु भयो ।मेला भर्न पाल्पा ,गुल्मी ,स्याङ्जा ,अर्घाखाँची , रुकुम, रोल्पा ,डोल्पा झापा ,इटहरी, हुम्ला ,जुम्ला ,कास्कि ,पर्वत ,दाङ , कपिलवस्तुबाट आएका हुन ।
मेला अवधिभर राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।आज बिहानै देखि कालीगण्डकी नदिमा स्नान गर्नेको भिड भाड रहेको थियो।