Blog

  • नेपाल शिक्षकसंघ धुर्कोट गाउँपािलिकाकाे दाेस्राे अधिवेशन सम्पन्न

    नेपाल शिक्षकसंघ धुर्कोट गाउँपािलिकाकाे दाेस्राे अधिवेशन सम्पन्न

    गुल्मी ।नेपाल शिक्षक संघ धुर्कोट गाउँपालीकाको दास्रो अधिवेशन धुर्कोट ५ वस्तु हटियामा सम्पन्न भएको छ । धुर्काेट गाउँपालीका कार्यसमिति अध्यक्ष यज्ञ प्रसाद गौतमको अध्यक्षता रहेको कार्यक्रममा नेपाल शिक्षक महांसंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेम नारायण भण्डारीको प्रमुख आथित्यता रहेको थियो । नेपाली कांग्रेस जिल्ला कार्य समिती गुल्मीका सदस्य भिम प्रसाद पोख्रेल यस्तै सेवा निमित्त शिक्षकहरु थानेश्वर खनाल ,निर बहादुर घर्तिको आथिथ्यता रहेको कार्यक्रममा नेपाल सशक्षक संघका सदस्यहरुको तथा शुभेच्छुकहरुको उल्लेखिय उपस्थीती रहेको थियो साथै अधिवेसनको क्रममा लामो शिक्षण पेशाबाट सेवा निवृत हुनुभएका निर बहादुर घर्ति , थानेश्वर खनाल ,मदन कुमार सिंह , राम परुसाद भण्डारीलाइ सम्मान गरिएको थियो । इन्दिरा माबिका शिक्षक सीता पराजुली भुषाल , थानिस्वर खनाल , भगवति माविका शिक्षक तिर्थराज घिमिरे लगाएत सेवा निवृत शिक्षकहरु निर बहादुर घर्ति , भिम प्रसाद पोख्रेल , प्रेम नारायण भण्डारीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । थानेश्वर खनालको अध्यक्षतामा अबिधेसनले २४ सदस्यीय नया समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सीता कुमारी खरेल भण्डारी, सचिबमा हरी खत्री , अर्थ सचिब राजन महत , अर्थ सहसचिबमा श्री राम प्रसाद घिमिरे , सह सचिबमा नारायण पाण्डे महिलाको तर्फबाट रेखा भुषाल भण्डारी, यस्तै सदस्यहरुमा भागिरथ पोखे्रल, बाल कृष्ण भण्डारी , प्रदिप जिसी,निर्मल केसी लगाएत रहनु भएको छ । कार्यसमिति उपाध्यक्ष केशबराज खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब कृष्ण बहादुर केसिले गर्नु भएको थियो

  • रुरु फ्रेण्ड्स क्लबकाे अध्यक्षमा शाेभित

    रुरु फ्रेण्ड्स क्लबकाे अध्यक्षमा शाेभित

    कृष्ण अन्जान
    रिडीबजार
    गुल्मी जिल्लाकै जेठाे सामाजिक सँस्था रुरु फ्रेण्ड्स क्लवले आफ्नो छैठौं अधिवेशन सम्पन्न गरेकाे छ ।
    अधिवेशनले शाेभित थापाकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्व सम्मत रुपमा निर्वाचित गरेकाे छ ।
    कार्यसमितिकाे उपाध्यक्ष द्दयमा विक्रम पाेख्रेल र राजेन्द्र जबरा रहेका छन भने सचिवमा प्रेम भण्डारी काेषाध्यक्षमा चाम बहादुर गाहा सहसचिव द्दयमा कमला भण्डारी र रामु शर्मा सर्वसम्मत भएका छन ।
    कार्यसमितिकाे सदस्यमा विवेक थापा ,नरेन्द्र रेश्मि ,बिक्रम रायमाझी ,बिष्नू नेपाल ,दिपक कँडेल ,ज्याती कार्की र लक्ष्मी ज्ञवाली चयन भएका छन ।
    यस अघि भएकाे अधिवेसनकाे खुल्ला सत्रमा बाेल्दै रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले वडा भित्रका सँघ सँस्थाले वडा कार्यालयकाे समन्वयमा काम गर्नु पर्ने धारणा राखे ।
    समाज सेवा र खेलकुदलाई प्राथमिकतामा राखेर याे क्षेत्रमा काम गरिरहेकाे रुरुफ्रेण्ड्स क्लवलाई हरेक पक्षबाट सहयाेग गर्न वडा सधै सकारात्मक रहने प्रतिबद्धता वडाध्यक्ष विकले व्यक्त गरे ।
    उदघाटन् कार्यक्रममा अग्रज हरु आराेग्यमान बजिमय , तुल्सी श्रेष्ठ ,हिमाल श्रेष्ठ , गुरु प्रसाद ज्ञवाली लगाएतले आफ्नो धारणा राखेका थिए ।
    उदघाटन सत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि हरुले शुभकामना दिएका थिए ।
    क्लबका अध्यक्ष रामलाल विककाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबकाे बर्तमान कार्यकालकाे उपलब्धि ,सचिव राजेन्द्र जबराले क्लबकाे कार्य प्रगति प्रतिवेदन र काेषाध्यक्ष चाम बहादुर गाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    बिक्रम सम्वत २०३० सालमा स्थापना भएकाे रुरु फ्रेण्ड्स क्लबले आफ्नो स्थापनाकाे स्वर्णिम उनन्चास वर्ष पूरा गरिरहँदा गुल्मीकै उत्कृष्ट क्लबकाे रुपमा स्थापित छ ।
    साधन श्राेत र गतिशीलता मा अव्वल रहेकाे यस क्लबले एम्बुलेन्स सन्चालन गरेकाे छ भने रिडीकाे माघे सक्रान्ति मेलाकाे व्यवस्थापन र महाेत्सव गर्दै आईरहेकाे छ ।
    क्लबले स्थानीय सँघ सँस्थाकाे सहकार्यमा रुरु खेल मैदानकाे स्तराेन्नति गर्नुका साथै खेलकुदलाई प्राथमिकतामा राखेकाे पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएकाे छ ।

  • जन्म दिनमा अस्लेवाका पाण्डे ले गरे रुरु सन्चार लाई सहयोग

    जन्म दिनमा अस्लेवाका पाण्डे ले गरे रुरु सन्चार लाई सहयोग

    चुरामणि तिमिल्सिना रिडी
    सुचना र सन्चारको पहुचलाई बिस्व भर फैलाउन विभिन्न मिडिया , पत्र पत्रीका ,अन्लाईन खबर र विभिन्न धार्मिक संस्थाले अभियान कै रुपमा लिइ काम गरेका छन यसै अन्तरगत २०७१ बैशाख २६ गते नेपालकै चार मध्यको एक धाम रुरु क्षेत्र धाम रिडीमा धार्मिक स्थलहरुलाइसंरक्षण पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको हो ।स्थापना काल देखिनै नेपालमै पहिलो भजन प्रतियोगिता देखि बृत चित निर्माण कार्य समेत गरिरहेको छ। यस सस्थालाई जिवन्त राख्न विभिन्न दान दाताहरुले दिन प्रती दिन फ्री वाइ फाइ सेवा देखि कार्यलयलाई आवस्यक सामाग्री प्रदान गर्दै आउनु भएको छ यसै सिलसिलामा धार्मिक सस्थालाइ गुल्मी जिल्ला सत्यवति गाउँ पालिका वडा न १ अस्लेवामा बुवा देवि प्रसाद पाण्डे र आमाको कोख बाट जन्मिएका छोराहरु दक्षिण कोरियामा रहदै आउनु भएका युवा समाजसेवि बिष्णु पाण्डेले आज आफ्नो जन्म दिन र पुस १८ गते आफ्नै भाइ नारायण पाण्डेको जन्म दिन मनाउने खर्च लाई रुरु सन्चार कार्यालयको लागि जिन्सी सामाग्री खरिद्को लागि रु २५०० आर्थिक सहयोग गर्नु भएको छ । प्राय गरि आफ्ना परिवारको सदस्यहरुको जन्म दिन मनाउने खर्च यस्तै सामाजिक संघ सस्थाहरु ,बिपन्न बर्ग असाय अपांग लाइ भोजन तथा दिन दुखिहरुलाइ सहयोग गर्दै आयको पाण्डेका बुवा देवि प्रसाद पाण्डे र आमा यमकलाले बताउनु भयो। यहाँ भन्दा अधिल्ला बर्षहरुमा पनि आफ्नो परिवारले सामाजिक क्रियाकलाप देखि वृद्ध आश्रममा सहयोग , धार्मिक देखि सामाजिक संघ सस्थामा सहयोग गर्दै समाचारमा उल्लेख गरिएको छ । पाण्डे परिवारले यहाँ भन्दा अघिल्लो जन्म दिन आफैले अध्यान गरेको बिध्यालय जनता माध्यमिक बिध्यालय अस्लेवामा सहयोग गर्नु भएको थियो।

  • पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला भेटियो

    पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला भेटियो

    पाल्पा । तानसेन नगरपालिका ४ सिल्टानटोलमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा पुराना तोपका गोला भेटिएका छन् ।

    तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । अहिलेसम्म ३०० गोला फेला परेको । अझै भेटिने क्रम रहेको उहाँले बताउनुभयो ।

    गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

  • उत्साहजनक सहभागिता सहित आदर्श माध्यमिक बिद्यालयद्वारा विद्यार्थी , शिक्षक तथा अभिवाकहरुलाई उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

    उत्साहजनक सहभागिता सहित आदर्श माध्यमिक बिद्यालयद्वारा विद्यार्थी , शिक्षक तथा अभिवाकहरुलाई उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

     

    पुस -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर दुईमा अवस्थित श्री आदर्श माध्यमिक बिद्यालयले तीन दिने किशोर किशोरीहरुका लागि लागु औषध विरुद्धको अभिमुखिकरण कार्यक्रम तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ।

    कालीगण्डकी गाउँपालिका वडा नम्बर २ को वार्षिक कार्यक्रम अन्तर्गत पुस १ गते देखि ३ गते सम्म उक्त कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्र. अ . भिम थापा मगरले जानकारी दिनु भयो।
    पछिल्लो समयमा विद्यार्थीहरुमालागू पदार्थको दुर्व्यसन , खराब आचरण तथा पढाइ प्रती वितृष्णा बढ्दै गएको परिप्रेक्ष्यमा यो कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक भिम थापा मगरले जानकारी दिनु भयो।

    कार्यक्रम अन्तर्गत पुस १ गते विद्यार्थीहरुका लागि , दुई गते वडा नम्बर २ का स्थानीय बिद्यालयमा कार्यरत शिक्षक-शिक्षिकाहरुका लागि र ३ गते अभिभावकहरुलाई मोटिभेसन स्पीकर बाल कृष्ण शर्माद्वारा मार्मिक , समय सान्दर्भिक , उत्कृष्ट , भावुक तथा उत्कृष्ट प्रस्तुति सहित कार्यक्रमको सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा बोल्दै वडा नम्बर २ का सचीव दिलिप बिश्वकर्माले पालिकाकै यो कार्यक्रम प्रहिलो र निकै समय सान्दर्भिक रहेको बताउनु भयो।

    सोही कार्यक्रममा वडा नम्बर २ कि वडा अध्यक्ष खगिसरा आलेले उक्त कार्यक्रम अत्यन्तै फलदायी रहेको बताउनुभयो । यश कार्यक्रमले विद्यार्थी , शिक्षक तथा अभिवाकहरुमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको समेत वडा अध्यक्ष आलेले बताउनु भयो

  • गुल्मी को सत्यवतिमा जिप दुर्घटना ४ जनाको मृत्यु

    गुल्मी को सत्यवतिमा जिप दुर्घटना ४ जनाको मृत्यु

    गुल्मीको सत्यवति गाउँपालिका वडा न ३ ठुलोलुम्पेक कुढ्डाडामा राति २:३० बजेको समयमा दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गएको पत्रकार कबिराज भुसालले जानकारी दिनु भयो
    । रिडी हुदै घर जाने क्रममा दुर्घटना भएको स्थानिले बताएका छन दुर्घटनामा ५१ बर्षका जिप धनि झलक सोमै ५५ बर्सका टिका राहदि ४७ बर्षका रब बहादुर सिन्जापति र २५ बर्षका मिलन सोमै रहेको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनामा कार्बोलिन सोमै जमुना सोमै चेतमान सिङजालि गिर बहादुर राहादि र खंडन सोमै रहेका छनघाइते लाई उपचारका लागि पठाइएको स्थानिले जानकारी दिएका छन दुर्घटना के कारण र कति तल खसेको भन्ने यकिन हुन बाकि रहेको छ घटना प्रहरी जान्कारि पाउदा उद्दारमा स्थानिय सित जुटेको हो

  • गुल्मीको इस्मामा एक वृद्धा मृत फेला

    गुल्मीको इस्मामा एक वृद्धा मृत फेला

    गुल्मीको इस्मामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठका अनुसार वृद्धाको घरमा ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा छिन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको श्रेष्ठले बताए ।

    वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । ‘ढोकामा ताल्चा लगाएको छ । वृद्धा घरभित्र मृत र गहना छैनन्,’ उनले भने, ‘घटना रहस्यमय देखियो । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएका छौँ ।’

  • बजाङ केन्द्र बिन्दु भएर भुकम्प

    बजाङ केन्द्र बिन्दु भएर भुकम्प

    पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले जनाएका छन् । अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै भारतको  उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेका छ ।

    पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

  • रुरु गौसेवा आश्रममा विविध कार्यक्रम सम्पन्न

    रुरु गौसेवा आश्रममा विविध कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना कार्तिक ९
    रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा न १४ ले भब्य कार्यक्रमका साथ गाइ गोबर्धन पुजा तथा दिपावलिको शुभकामना आदान प्रदान कार्यक्रम गौ आश्रममा सम्पन्न गरेको छ । कार्यबहाका अध्यक्ष सिता ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो। यस्तै कार्यक्रममा नगर उप प्रमुख प्रतिक्षा सिङजालि पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ जिल्लाका सुरक्षा निकायका प्रमुख हरु, रिब्दिकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर कार्कि यस्तै नगर प्रवक्ता यादव सिङ कार्की , वडा न न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई नगर पालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली रुरु स्वास्थ शाखाका प्रमुख छत्र बहादुर अधिकारि कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले यो गौसेवा पाल्पाको गहना भएकोले यहाँको सेवाको लागि कुनै पनि सेवामा कमि नहुने बजेटमा प्रस्तुत गरिने कर्मचारी लाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो ।यस्तै उपप्रमुख प्रतिक्षा सिङजालिले गाउँघरको झल्को यस गौसालाले दियकोले गाउँघरमा गाइहरु कम हुदै गर्दा यस आश्रमले निकै मेहेनतका साथ ब्यवस्थापन गर्नु भएकोमा सस्थालाइ धन्यवाद प्रकट गर्नु भयो

    ।कार्यक्रममा जन प्रतिनिधि सहयोगि दातालाइ सम्मान गरिएको थियो ।यस्तै कार्यक्रममा संरक्षक शिव शंकर गिरिले यस्को इतिहास महत्त्व सन्चालनको तरिका समस्या र बस्तुस्थिको बारेमा स्वागत गर्दै जानकारी गराउनु भएको थियो हाल यस गौ सेवा आश्रममा १०८ गाइ भन्दा बढि रहेका छन सबै गौ माता लाई बैधिक पुजा अर्चना गरि सातु नुन खुवाउदै गाइलाइ पुजा आजा गरिएको थियो। सस्थाका कार्यवाहक अध्यक्ष सिता ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो सन्चालन सचिव त्रैलोक्य न्यौपानेले गर्नु भएको थियो

  • नेपाल सम्बतका अवसरमा रिडीमा कार्यक्रम सम्पन्न चुरामणि तिमिल्सिना कार्तिक ९

    नेपाल सम्बतका अवसरमा रिडीमा कार्यक्रम सम्पन्न चुरामणि तिमिल्सिना कार्तिक ९

    चुरामणि तिमिल्सिना कार्तिक
    नेपाल सम्बत ११४३ को पावन अवसरमा रुरु क्षेत्र गाउँपालिका वडा न १ को रिडीमा पनि नेवार समुदायले विभिन्न पुजा आजा तथा एक आपसमा रहेर शुभकामना आदान प्रदान गरेर पर्व लाई उत्साहित रुपमा मनाएका हुन।

    नेवार जाति भाषा पुचको आयोजनामा कार्यक्रम गरिएको हो। सस्थाका उपाध्यक्ष जिवन कुमार कसजुको स्वागत मन्तब्य रहेको थियो।कार्यक्रममा अध्यक्ष सुबर्ण लाल कक्षपतिले नेपाल सम्बतको इतिहास यस्ले गर्ने काम कर्तव्य अधिकार यस्को महत्त्व साथै समुदायमा हुने भाषाका बारेमा चर्चा गर्नु भएको थियो।
    कार्यक्रममा विशिष्ट महानुभावहरुले हरेक समुदायमा फरक फरक तरिकाले बोलिने नेवारि भाषाले कतै कतै अन्योलमा परेकाले सबै तिर भाषाको एक रुप्ता हुनु पर्ने हरेक परिवारमा भाषाको तालिम प्रदान हुनु पर्ने भाषालाई संरक्षण गर्न सबै लाई आग्रह चर्चा गरिएको थियो।