Blog

  • गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

    गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

    सूर्य सुनार ०१ असोज गुल्मी
    गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढ्ेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गुल्मी जिल्लाको ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा ३ वर्षमा २४९ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    जस माध्ये १७३ जना पुरुष, ३० जना महिलाहरु रहेका छन् । सबै भन्दा धेरै आत्म हत्या गर्ने उमेर समुह ६० वर्ष भन्दा माथि रहेको छ । जसमध्ये ८० वर्ष माथिका ५ जना व्यक्तिहरु पर्दछन् । त्यसै गरी आत्म हत्या गर्ने २६ जना व्यक्तिहरु १६ वर्ष भन्दा कम उमेरका बालबालिका रहेका छन् ।
    जिल्ला प्रहरी कार्यालय गुल्मीको ३ वर्षे तथ्याङ्क अनुसार गुल्मीमा प्रत्येक ५ दिनमा १ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
    जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । तीन वर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । सबै भन्दा कम जिल्लाको कालिगण्डकी गाउँपालिकामा ७ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    त्यस्तै, रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवती र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६, चन्द्रकोटमा १७, छत्रकोटमा २३, धुर्कोटमा २१ गुल्मीदरबारमा १९,जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
    आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रहरी कार्यालय गुल्मीले विद्यार्थी, जिल्लाका सरोकारवाल निकाय तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको उपस्थितमा उक्त कार्यक्रम गरेको हो । बढ्दो आत्म हत्या न्यूनिकरण गर्न, आम नागरिकहरुलाई सुसुचित गर्ने उदेश्यले देशव्यापी सचेतना कार्यक्रम अन्र्तगत गुल्मी जिल्लामा पनि गरिएको हो ।

  • गुल्मीको छत्रकोट गाउँपालिकाले पनि संविधान दिवस मनायो

    गुल्मीको छत्रकोट गाउँपालिकाले पनि संविधान दिवस मनायो

    टोपाराम केसि आश्विन-२,२०७९
    छत्रकोट गाउँपालिका गुल्मी
    आज देखि विविध कार्यक्रमको आयोजना सहित देशै भर संविधान दिवस मनाउन थालिएको छ ।नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिन सम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सि सम्म तीन दिन कार्यक्रम गरि देशै भर संविधान दिवस मनाईनेछ। २०७२ साल असोज ३ गते संविधान सभा बाट सङ्घीयता सहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिएको छ। यस वर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । सरकारले आज देखि तीन दिन सम्म देशै भर एवम् विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ ।यसै विच गुल्मीको छत्रकोट गाउँपालिकाले पनि संविधान दिवस मनाएको छ।आज गाउँपालिका परिसरमा सरसफाइ सहित दिप प्रज्वलन गरि संविधान मनाएको गाउँपिलकाले जनाएके छ ।सरसफाइ कार्यक्रममा गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो। साथै गाउँपालिकामा संविधानका विषयमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो।गाउँपालिकाका नि.प्रमुख प्रसाशकीय अधिकृत सन्तोष जि.सीले दिवसका अवसरमा सवैमा शुभकामना व्यक्त गर्दै संविधान सवैको साझा क्षेत्राधिकार भित्र पर्नु पर्नेमा जोड दिनु भयो।नेपालको संविधान २०७२ सवै वर्ग र क्षेत्रको पहुँच योग्य तथा सर्वोकृष्ठ संविधान हुनु पर्ने उहाँको भनाई थियो ।भोली संविधान दिवसको मुख्य दिन र सार्वजनिक विदा समेत रहेकाले देशैभरका सरकारी कार्यालयहरुले विविध कार्यक्रको आयोजना गरी संविधान दिवस मनाएका छन् ।

  • नेवाः देय् दबू गुल्मीको गाउँपालिका स्तरमा भेला सुरु

    नेवाः देय् दबू गुल्मीको गाउँपालिका स्तरमा भेला सुरु

    माधव ज्ञवाली, गुल्मी । नेवाः देय् दबू गुल्मीले गाउँपालिका स्तरमा भेला सुरु गरेको छ। नेवार समुदायको संस्कृतिलाई जगेर्ना गर्दै थप उचाइमा पुर्याउन नेवाः देय् दबू गुल्मीले पालिका स्तरमा भेला सुरु गरेको हो, जसअन्तर्गत शनिबार रुरुक्षेत्र गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ।

    भेलाले खगेन्द्र श्रेष्ठ अध्यक्ष रहने गरि वरिष्ठ उपाध्यक्षमा जीवन कसजु, उपाध्यक्षमा मुक्ति श्रेष्ठ र अमृता श्रेष्ठ, सचिबमा कृष्ण प्रसाद श्रेष्ठ र सुमन श्रेष्ठ र कोषाध्यक्षमा भीम प्रसाद श्रेष्ठलाई मनोनीत गरेको छ, अन्य सदस्य सहित १५ सदस्यीय रुरुक्षेत्र गाउँपालिका स्तरीय कमिटी गठन गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले नेपालमा नेवार जातिको मल्लकाल देखि नै गौरवशाली इतिहास रहेकोले देशलाई नेवार समुदायले धेरै कुरा दिएको उल्लेख गरेका छन् ।

    पछिल्लो समय औपचारिक कार्यक्रममा मात्र नेवारी भेषभुषाले स्थान पाउने गरेको बताउँदै उनले रुरुक्षेत्रमा कतिपय जात्राहरु लोप भएका र कतिपय लोपोन्मुख हुँदै गएकोले नंया पुस्ताले ती परम्पराको पुनर्स्थापनमा ध्यान दिनुपर्ने र पुरामा पुस्तालाई प्रशिक्षण दिनुपर्ने बताएका छन् ।

    कार्यक्रमका विशेष अतिथि एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नेवार समुदायले मनाउँदै आइरहेको गाइजात्रा, घोडेजात्रा, लाखेनाच लगायतका संस्कृति केवल नेवार समुदायको मात्र नसोची सानैदेखि ती परम्परा प्रति आफ्नो छुट्टै माया र लगाव रहेको बताए।

    आफू निर्वाचित हुनुपुर्व पनि नेवार समुदाय सङ्ग संबंधित संस्कृतिको जगेर्ना गर्न सक्दो सहयोग गरिरहेको र अब निर्वाचित भइसकेपछि पनि गाउँपालिकाको तर्फबाट नेवारी संस्कृतिलाई प्रवर्द्धन र संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेवाः देय् दबू लुम्बिनी प्रदेश सदस्य हरिकुमार श्रेष्ठले नेवार समुदायमा आफू आफू बिच नै समस्या रहेको उल्लेख गरेका छन् । पछिल्लो समय नेवारी संस्कृतिको संरक्षणमा भन्दा ब्यक्तिगत स्वार्थमा अल्झिँदा नेवारी समुदाय पछि पर्दै गइरहेकोले आगामी दिनमा यसप्रति सबैको ध्यान दिनुपर्ने उनले बताएका छन् ।

    नेवाः देय् दबू पुर्व केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला सल्लाहकार सुवर्ण कक्षपतिले नयाँ पुस्तामा नेवारी संस्कृत प्रति झुकाव नदेखिनु दुःखद् रहेको बताउँदै नेवारी भाषा लगायत नेवारी संस्कृतिको बारे उनिहरुलाई प्रशिक्षण दिएर अघि सार्नुपर्ने बताए।

    कार्यक्रमका सभाध्यक्ष एवं नेवाः देय् दबू गुल्मी जिल्ला अध्यक्ष तिर्थलाल श्रेष्ठले अब गाउंपालिका स्तरमा गठित कमिटिले नेवार जातिको हकहित एवं संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्न खटेर काम गर्नुपर्ने बताउंदै छिटोभन्दा छिटो जिल्लाभर नै भेला सम्पन्न गर्नेगरी अघि बढिएको बताए।

    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय देशमै सबैभन्दा धेरै चाडपर्व र संस्कृति रहेको नेवार जाती पछि पर्दै गइरहेकोमा दुख पोखेका थिए । नयाँ पुस्तालाई नेवारी भाषाको बारेमा कुनै ज्ञान नै नरहेको र पुराना पुस्ताले पनि प्रयोगमा नल्याउँदा भुल्दै गइरहेको बताउँदै उनिहरुले आगामी दिनहरुमा नेवारी भाषालाई नयाँ पुस्तालाई पनि सिकाउनुपर्नेमा जोड दिएका छन् । धेरै लामो समयदेखि मनाउँदै आइरहेका विभिन्न जात्राहरुको जगेर्ना गर्दै लोप भएका र लोपोन्मुख जात्रा एवं विभिन्न संस्कृतिको पुनस्र्थापन गर्नुपर्ने उनिहरुको भनाइ छ। कार्यक्रमको सहजीकरण रामप्रसाद श्रेष्ठले गरेका थिए।

  • रिडी माध्यमिक विद्यालयको आयोजनामा हाजिर प्रतियोगिता सम्पन्न

    रिडी माध्यमिक विद्यालयको आयोजनामा हाजिर प्रतियोगिता सम्पन्न

    चुरामणि तिमिल्सिना

    ५८ औं राष्ट्रिय बाल दिवस भाद्र २९को पावन अवसरमा नेपाल युवा रेडक्रस सर्कल, रिडी माध्यमिक विद्यालयको आयोजनामा हाजिर जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता एक साथ सम्पन्न भएका हुन । ४ सदनबाट आठ समुहको सहभागीता रहेको हाजिर जवाफ प्रतियोगितामा रेड क सदन प्रथम एलो क सदन दुत्तीय र रेड ख सदनले तृतीय स्थान हासिल गरेको हो । कार्यक्रममा चित्रकला प्रतियोगिता समेत सम्पन्न भएको हो । औपचारिक कार्यक्रमका बीच सुरु भएको प्रतियोगिता रेडक्रस कि अध्यक्ष पुर्णिमा ज्ञवालीको सभापतित्वमा भएको हो। कार्यक्रममा प्रधानाध्यापक रोहित भण्डारीको प्रमुख आथित्यता रहेको थियो । समारोहमा बिजेता टोलिलाई पुरस्कार समेत बितरण गरिएको थियो।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रधानाध्यापक भण्डारीले हरेक बिद्यार्थी सित फरकफरक कला बौद्धिक प्रतिभा नयाँपन हुने हुँदा यस्ता रचनात्मक कार्यक्रम बिद्यार्थीको लागि निकै नै महत्त्वपूर्ण हुने हुँदा आगामी दिनमा पनि बिद्यालयले प्राथमिकता साथ अगाडी बढाउदै बाल बालबालिका देशका गहना भएकाले विद्यार्थीको प्रतिभालाई बिद्यालय निरन्तर सहयोग प्रदान गर्ने बताउनु भयो । रेडक्रसका शिक्षक नायक मान बहादुर थापा र दुर्गा दत्त ढकालले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।

  • सु-आहारा अन्तर्गत सिकाइ आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    सु-आहारा अन्तर्गत सिकाइ आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    टोपराम केसी
    भाद्र २९,२०७९
    गुल्मीको छत्रकोट गाउँपालिकामा सुआहारा दोश्रो कार्यक्रम गुल्मीको आयोजनामा “कार्यक्रमको सिकाइ आदान प्रदान सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको सभाहलमा भएको गोष्ठी गाउँपालिका र सुआहारा दोस्रोको संयुक्त आयोजनामा सम्पन्न भएको हो।छत्रकोट गाउँपालिका सभाहलमा सम्पन्न गोष्ठीमा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली र गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का का वडा अध्यक्ष गुणाकर ज्ञवाली ,वडा न १का वडा अध्यक्ष घनश्याम न्यौपाने,वडा नं २का वडा अध्यक्ष नरेन्द्र पल्ली,वडा नं,३का वडा अध्यक्ष तेजकान्त अर्याल,वडा नं ५का अध्यक्ष रामप्रसाद कंडेल ,वडा नं ६ का वडा अध्यक्ष नारायण रेश्मी,कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरु,शिक्षासमिती सदस्यहरु,गाउँपालिकाभरका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि ,विद्यार्थी लगाएतको विशेष उपस्थिति रहेको थियो।यस्तै खाध्य सुरक्षा समिती सदस्य १००० दिनका आमा,महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका,कृषक प्रतिनिधि,Male Jesi Champion को उपस्थिति थियो । यस्तै गाउँपालिकाले सुआहारा बाट बरिष्ट कार्यक्रम संयोजक ज्ञानदिप आचार्य ,पोषण अधिकृत लिल बहादुर नेपाली,IRDS का उपाध्यक्ष भगवती श्रिस ,पोषण पालिका सहजकर्ता पवन रजाली,सामुदायिक पोषण सहजकर्ता निर्मला थापा अर्याल लाई सुआहारा दोस्रो परियोजनामा महत्वपूर्ण योगदान गरेवापत टिका,माला,खादा,मायाको चिनो सहित सम्मान गरिएको थियो ।कार्यक्रममा १०००दिनका आमा,महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका,कृषक प्रतिनिधि,Male Jesi Champion ले सु-आहारा कार्यक्रम आएपछि गाउँगाउँमा पोषण बारे सचेतना फैलिएको र पोषणमा सुधार आएको बारेमा धारणा व्यक्त गर्नु भएको थियो।,कार्यक्रममा पोषण अधिकृत लिलबहादुर नेपालीले सुआहारा कार्यक्रमको बिगत देखि अहिले सम्मको कार्यप्रगति बारे प्रस्तुति गर्नु भएको थियो ।छत्रकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी अहेव सपना टण्डनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत श्यामसुन्दर पोखरेल गर्नु भएको थियो।

  • छत्रकोट गाउँपालिका द्वारा डेङ्गुरोगवाट वच्न,स्वास्थ्य संयमता अपनाउन आग्रह

    छत्रकोट गाउँपालिका द्वारा डेङ्गुरोगवाट वच्न,स्वास्थ्य संयमता अपनाउन आग्रह

    टोपराम केसी
    भाद्र २८,२०७९
    छत्रकोट गाउँपालिका गुल्मी।
    गुल्मीको छत्रकोट गाउँपालिकाले देश व्यापी फैलिरहेको डेङ्गु रोगबाट बच्न तथा बचाउन भन्दै एक सार्वजनिक सुचना जारी गरेको छ।डेङ्गु एसिड प्रजातिको लामखुट्टे को टोकाइबाट लाग्ने रोग हो।जारी सार्वजनिक सुचनामा स्वास्थ्य संयमता अपनाउन आग्रह गरिएको छ।यो रोग लागेमा टाउको दुख्ने ,आँखाको गेडी वरिपरि वा पछाडी दुख्ने ,जिउ दुख्ने,जिउ थकिलो हुने,शरिरमा मसिना दागहरु देखा पर्ने,वान्ता हुने,लगाएतका लक्ष्यणहरु देखिने भएकाले सो रोगबाट बच्न गाउँपालिका भित्रका सम्पुर्ण कार्यालय ,संघ-संस्था र आम सर्वसाधारणलाई सुचना मार्फत आग्रह गरिएको छ।साथै गाउँपालिका द्वारा जारी सुचना अनुसार गाउँपालिकाले प्रत्येक शनिबार विहान १० वजे दस मिनेटको समय छुट्याई घरभित्र तथा घरबाहिर लामखुट्टे ले फुल पार्ने ठाउँहरु “खोजौँ र नष्ट गरौँ” भन्ने नाराका साथ अभियान सञ्चालन गर्ने छ।यसका साथै गाउँपालिकाले यस रोग वाट बच्नका लागि विभिन्न उपायहरु समेत सुचनामा उल्लेख गरेको छ।जस अनुसार हातखुट्टा राम्ररी छोप्ने गरि लुगा लगाउने ,लामखुट्टेले हातमा भन्दा कुर्कुचा तथा घाँटीको पछाडी टोक्ने भएकाले अनिवार्य रुपमा मोजा र घाँटी छोप्ने कपडा लगाउन सवैमा अनुरोध गरेको छ।यस्तै पानी जम्न सक्ने फालिएका टायर ,भाँडावर्तन ,प्लास्टिक का कागज लगाएतका वस्तुलाई सफा राख्ने,पानी जम्ने खाडल पुर्ने,स्कुल,मैदान,तथा घर वरिपरि लामखुट्टे भगाउन मार्ने वा अौषधी छर्किने,हात खुट्टामा लामखुट्टे भगाउन लोशनवा क्रिम लगाउने,वेलुकी घरका झ्याल ढोका राम्ररी वन्द गर्ने,वेलुकी ४वजे देखि वेलुकी ६ वजे सम्म बालबालिकाहरुलाई अनावश्यक हिड्डुल गर्न तथा खेल्न नदिन समेत सम्पुर्ण अभिभावकहरुलाई अपिल गरिएको छ।यसरी स्वास्थ्य संयमता अपनाउँदा समेत माथि उल्लेखित कुनै लक्षण देखिएमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गा वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य लाभ लिन आग्रह गरिएको छ।रोग निदानका लागि भन्दै हाल श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा डेङ्गु रेपिड टेष्ट उपलव्ध रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय द्वारा हस्ताक्षरित सार्वजनिक सुचनामा उल्लेख छ।यदि स्वास्थ्य परिक्षण गर्दा लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह / सुझाव अनुसार अौषधीको प्रयोग गर्न तथा आराम गर्न भनिएको छ।साथै भिटामिन सि युक्त फलफुलहरु प्रयाप्त खान तथा रोग लागेको जानकारी हुनासाथ चिकित्सक कहाँ गई उपचार गराई मुत्युबाट बच्न सवै गाउँपालिका वासीहरुमाअनुरोध गरिएको छ।गाउँपालिकाले हिजोमात्र डेङ्गु रोग नियन्त्रणका लागि वहुनिकायसँग अभिमुखीकरण कार्यक्रम गरेको थियो।उक्त कार्यक्रम मार्फत गाउँपालिका भरका विभिन्न समुदाय ,विद्यालय तथा सार्वजनिक स्थलहरुमा सचेतनामुलक सन्देश प्रवाह गर्ने र रेपिड टेस्ट को दायरालाई थप विस्तार गर्ने निर्णय भएको थियो।सोही अनुसार आज गाउँपालिकाले एक सार्वजनिक सुचना नै जारी गरेको हो।यसै विच आज नै गाउँपालिकाको आयोजनामा श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका ४ श्रृङ्गा लगायतका ६ वटा विद्यालयहरुमा डेङ्गु रोगबाट बन्न तथा बचाउन भन्दै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरिएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनु भयो।

  • डेंगू रोग नियन्त्रणका लागि छत्रकोटले  गर्यो अभिमुखीकरण कार्यक्रम

    डेंगू रोग नियन्त्रणका लागि छत्रकोटले गर्यो अभिमुखीकरण कार्यक्रम

    टोपराम केसी
    भाद्र-२७,२०७९
    छत्रकोट गाउँपालिका चोयगा,गुल्मी।
    गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि वहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।आज गाउँपालिका स्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलको अध्यक्षमा सम्पन्न भएको हो।कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवाली र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.पशुपति आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो।कार्यक्रममा स्क्रव टाईपस रोगका सम्वन्धमा सुमन सापकोटा र मलेरिया रोगका सम्वनधमा श्रीकृष्ण भट्टराईले अभिमुखीकरण गर्नु भएको थियो।कार्यक्रमले गाउँपालिकाभर का समुदाय, विद्यालय र आमा समुहमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र रोग निदानका लागि डेङ्गु रेपिड टेस्टको दायरा बढाउने निष्कर्ष निकालेको छ।केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो।कार्यक्रममा छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ,जनप्रतिनिहरु तथा गाउँपालिमा सञ्चालित सवै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको विशेष उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखामा कार्यरत अ.हे.व समना टण्डनले गर्नु भएको थिय‍ो।

  • रिडीमा१ दिने केन्द्र गोस्ठी तथा साक्षरता कृषि प्रविधि हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    रिडीमा१ दिने केन्द्र गोस्ठी तथा साक्षरता कृषि प्रविधि हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    भदौ-२४
    चुरामणि तिमिल्सिना – गुल्मीको रिडीमा १ दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कृषि प्रविधि हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम न्यु डायमण्ड शान्तिपुर होटल एण्ड लजमा सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंक शाखा कार्यालय रिडीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। गुल्मीको रुरु , छत्रकोट , पाल्पा, तानसेन नगर पालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ७५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम उद्घाटन रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गर्नु भएको हो । उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले वित्तीय साक्षरता कार्यक्रम हरेक नागरिकले बुझ्नु पर्ने हरेक नागरिकले बैंकलाई साथी बनाउनु पर्ने र हरेक नागरिकको खाता हुनु पर्ने बताउदै बैंकले कमाएको केही मुनाफा स्थानीय तहमा नै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम संचालन समेत गर्न आग्रह गर्नु भयो ।

    उहाँले पालिकासंग सहकार्य गरेर दिदी बहिनीहरुलाई आयआर्जन् मुलक कार्यक्रममा लागे पालिकाले सबैलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिना देबि गौतम ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडे , उद्योग बाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपती वडा नम्बर १ का वडा सदस्य घनश्याम ज्ञवालीको विशिष्ट आथित्यता रहेको थियो।

    उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि प्रस्तुति अनुगमन अधिकृत सागर अर्याल कृषक संग मुक्तिनाथकाे प्रस्तुति मुक्तिनाथ कृषि कम्पनिबाट पवन ज्ञवालिले राख्नु भएको थियो ।
    उक्त कार्यक्रममा उत्कृष्ट केन्द्र पनि घाेषणा गरिएकाे थियाे जस्मा मिलन मुक्तिनाथ महिला बिकास केन्द्र प्रथम, हर्दिनेटा महिला बिकास केन्द्र द्वितीय र बिबाेरि महिला बिकास केन्द्र तृतीय भएका थिए कार्यक्रमको सहजिकरण शाखा प्रमुख मेघराज ज्ञवालीले गर्नु भएको थियो।

  • गुल्मीको रुरु क्षेत्र गा पा गुल्मीले आफ्नै पाठ्यक्रम लागू गर्ने

    गुल्मीको रुरु क्षेत्र गा पा गुल्मीले आफ्नै पाठ्यक्रम लागू गर्ने

    टोपराम केसी ,गुल्मी।
    रूरू क्षेत्र गाउँपालिका गुल्मी ले स्थानीय विज्ञ को टोली मार्फत आफ्नै पाठ्यक्रम तयार गरेको छ । आज पाठ्यक्रम प्रस्तुतिकरण कार्यक्रम मार्फत रुरुक्षेत्र गाउँपालिका गुल्मीको पाठ्यक्रम प्रस्तुत एबम् सार्वजनिक गरिएको हो । कार्यक्रमको प्रमुख आथिती प्रदेश सांसद तथा विशेषाधिकार समिति का संयोजक कमल राज श्रेष्ठ ले अन्यको कपी पेस्ट नगरी मौलिक विषयमा विद्यार्थी लाई सिकाउनु पर्ने बताउनु भयो । शिक्षा युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेश का उपसचिव थानेश्वर ज्ञवाली ले स्थानीय विज्ञ टोलीले राम्रो पाठ्यक्रम तयार गरेको मा प्रसंसा गर्दै सरल र विद्यार्थी केन्द्रित पुस्तक तयार गर्न सुझाव दिनु भयो। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी ले पाठ्यक्रम तयार गरेकोमा खुसी बेक्त गर्दै नैतिक विषय वस्तु सरल र सिकाइ उपलब्धि वृद्धि हुने गरी किताब समावेश गर्न सुझाव दिनु भयो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सैशिक प्राविधिक क्षेत्रको तयारी प्राज्ञिक विज्ञ र शिक्षा शाखाले अगाडि बढाउने आर्थिक र समन्वय को काम पलिकाले आगाडी बढाउँदै आगामी दसैं भित्र बाँकी काम पूरा गरी नयाँ शैक्षिक सत्र बाट पालिका भरी आफ्नै पाठ्यक्रम का पुस्तक लागू गर्ने बताउनु भयो। कार्यक्रम मा प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्याल ले स्वागत गर्नु भएको थियो। कार्यक्रम मा नेकपा एमालेका अध्यक्ष फर्सुराम ज्ञवाली ,नेकपा माओवादी केन्द्रका सचिव नारायण पौड्याल श्रेङेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डे ,जनबोध मा .वि का प्र .अ वामदेव ज्ञवाली लगायतले सुझाव प्रस्तुत गर्नु भएको थियो। रुरू क्षेत्र गाउँपालिका ले स्थानीय विज्ञको विज्ञापन गरी रोहित भण्डारी ,रमेश प्रसाद ज्ञवाली , राम प्रसाद श्रेष्ठ र नारायण ज्ञवाली लाई विज्ञ र महेन्द्र प्रसाद गौतम लाई विज्ञ सल्लाहकारमा नियुक्त गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को व्यवस्था अनुसार स्थानीय पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम विकास केन्द्र को मापदण्ड अनुसार १ देखि कक्षा ५ सम्म को १०० पूर्णांक को पाठ्यक्रम तयार गरिएको छ। रूरु क्षेत्रको कृषि पर्यटन र संस्कृति विषय वस्तु समेटिएको स्थानीय पाठ्यक्रम आगामी सैछिक सत्र बाट कक्षा १ देखि ५ सम्म र त्यस पछि क्रमश ८ कक्षा सम्म पुर्याउने बताइएको छ । कार्यक्रमको सहजिकरण शिक्षा शाखाका प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • पछिल्लो क्रममा “जय जय कोटेश्वर” समुह दुखीको साहारा बन्दै छोटो समयमा अत्यधिक लोकप्रिय बन्यो

    पछिल्लो क्रममा “जय जय कोटेश्वर” समुह दुखीको साहारा बन्दै छोटो समयमा अत्यधिक लोकप्रिय बन्यो

    गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौरमा प्रचार प्रसारको कारणले पछि परेको कोटेश्वर मन्दिरको प्रचार गर्नको लागी बनेको “जय जय कोटेश्वर” समूह अहिले पछिल्लो क्रममा गरिब तथा दिन दुखीको सहारा तथा नयाँ नयाँ प्रभावकारी मुलक कार्यक्रम आयोजना गरेर सबैको मन जितेको छ। “जय जय कोटेश्वर” समुहले लुकेर रहेका प्रतिभाको प्रष्फुटन हुने हिसाबले खुल्ला अनलाइन तीज गीत नित्य प्रतियोगिता भर्खरै सम्पन्न गरेको हो। सोहो कार्यक्रमबाट लुकेर रहेका दर्जनौ कलाकारको उत्कृष्ट प्रतिभा प्रष्फुटन भएको थियो।

    यहि वर्षको श्रावण महिनामा पाल्पाको लघुवामा भएको बस दुर्घटनामा परेर गम्भीर घाइते भएका चन्द्रकोटका चन्द्रबहादुर बिक काठ्माण्डौको हस्पिटलमा छट्पटाइरहेका थिए। सोहि खबर उक्त समूहले थाहा पाएर सहयोग अभियान संचालन पश्चात लाखौ रकम संकलन गरेर हस्तान्तरण गरेको थियो। धार्मिक स्थल कोटेश्वर मन्दिरलाइ प्रचार गर्ने उद्देस्यले “जय जय कोटेश्वर” नामक लोक भजन भिडियो छायांकन पश्चात स्थापना भनेको सानो टीमले छोटो समयमा उदारणीय काम गरेर धेरैको मन मनमा बस्न सफल भएको छ।

    बैदेशिक रोजगारको लागी जापानमा रहनु हुने समाजसेवी सक्रिय युवा किरण खरेल र तुलाराम तिवारीले यो टीममा रहेर बिभिन्न कार्यक्रमको निर्देशन गर्दै आउनुभएको छ। राम्रा कामको प्रोत्साहन नराम्रोको बहिस्कार गर्दै आएको “जय जय कोटेश्वर” समुहले छोटो समयमै कोटेश्वर मन्दिरको डकुमेन्ट्री भिडियो, लोक भजन भिडियो छायांकन, कार्यक्रमको प्रायोजक देखि लिएर नया प्रतिभालाई उठान र पुराना कलाकारलाइ सम्मान संगै पत्रकारलाइ पनि सम्मान गर्दै आएको छ।

    पछिल्लो समयमा करिब २ वर्ष देखि गुल्मी आँपचौरकी दुवै मृगौला गुमाएकी सुमित्रा बिक बुटवलमा तड्पिरहेकि थिइन। बिना औषधि भोकभोकै बुटवलको कोठामा बसेको थाहा पाए पछि मुख्य निर्देशक किरण खरेल र तुलाराम तिवारीको मातहतमा रहेर उक्त समूहले केहि साथ् दिने हेतुले पत्रकार महेन्द्र कौशलले नगद रु ५,००० (पाँच हजार) सहयोग स्वरुप उहाकै कोठा रुपन्देही बुटवलमै पुगेर हस्तान्तरण गरेका हुन्।

    उक्त “जय जय कोटेश्वर” समुहले छोटो समयमा दर्जनौ कार्यक्रम संचालन गर्दै आएको हुनाले विभिन्न संघसस्था तथा बुद्धिजीवि व्यक्तित्वहरुको सल्लाह र प्रतिक्रिया बटुल्दै आएको छ।