रमेश पन्थी गुल्मी ।५६ औं अन्तराष्टिय शाक्षरता दिवस २०७९ सालको अवसरमा शोमरभोमर माध्यमिक विध्यालय धुर्कोट गाउपालीका ३ हाडहाडे गुल्मीमा कुर्चि दौड प्रतियोगिता र अन्तर सदनात्मक हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ
।
शोमरभोमर माध्यमिक विध्यालयको प्रांगडमा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा ६ देखि १० कक्षा सम्मका ४ टीम तथा १ देखि ५ कक्षा सम्मका बिध्यार्थी कुर्चि दौड प्रतियोगितामा सहभागी भएका थिए ।
विध्यालयका निमित्त प्रध्यानाध्यापक मनिराम बस्नेतको सभापतित्त बाट शुरु भएको कार्यक्रममा शिक्षक विध्यार्थी अभिभावक लगाएतको उपस्थिती रहेको थियो शिक्षक नारायण पहराईको स्वागत मनत्ब्यबाट शुरु भएको कार्यक्रमको सन्चालन शिक्षक पशुपति पन्थीले गर्नु भएको थियो 
४ टिम बीच भएको हाजिरी जवाफ प्रतियोगितामा रेड सदन प्रथम, एल्लो सदन द्वितीय, ब्लिउ सदन तृतीय र ग्रीन सदनले सान्त्वना स्थान प्राप्त गरेको थियो ।
यस्तै कुर्चि दौडमा पुनम विक प्रथम, सृष्टि विक द्वितीय, रोशनी पुन तृतीय भएका छन साथै अन्तराष्टिय शाक्षरता दिवस को अवसरमा केहि समय प्रभात फेरी निकालिएको थियो
Blog
-

शोमरभोमर माध्यमिक विध्यालय धुर्कोट गाउपालीका ३ हाडहाडेमा कुर्चि दौड र अन्तर सदनात्मक हाजरी जवाफ प्रतियोगिता सम्पन्न
-

रुरु क्षेत्र गाउपालिकामा बजार अनुगमन
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले मुख्य बजार क्षेत्रमा टोलि बिभाजन गरेर अनुगमन कार्य गरेको हो । गुल्मीको रिडी बजार , बलेट्क्सार र रानिबास क्षेत्रमा अनुगमन गरेको अनुगमनमा खटिनु भएका कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले बताउनु भयो । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना र खाध्य प्रबृधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको उपस्थितमा अनुगमन गरिएको पालिका उपाध्यक्ष तथा बजार अनुगमन कार्यक्रमका संयोजक मिना देबि गौतमले बताउनु भयो । कार्यक्रम उपाध्यक्ष गौतमको अध्यक्षतामा गरिएको समेत थियो।
अनुगमन कार्यक्रममा प्राय गरि म्याद गुज्रिएका खाध्य सामाग्री, पिय पदार्थ जुस सोयाबिन , सुजि लगायतका सामाग्री टोलिले जफत गरेको हो । अनुगमनमा
प्राय गरि दर्ता नगरी नै पसल सन्चालन गरिएको , एक नाम अर्को पसल सन्चालन भएको , लेबल बिना नै सामाग्री बिक्रि गरिएको , होटलमा सरसफाइ नै नभएको समयमा कर दाखिला नगरिएको ,समयमा सम्बन्धीत स्थानमा नवीकरण नगरिको, मुल्य सुचि नै नराखि पसल सन्चालन भएको ले एक साता सम्म कमजोरी लाई सुधार्न्न मौका प्रदान गरेको पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी गराउनु भयो। अध्यक्ष ज्ञवालीले ब्यापारी बर्गहरु लाइ सार्बजनिक स्थान तथा नाली माथी पसल तथा फलफुक तन्दुरि भट्ति समेत सन्चालन नगर्न आग्रह गर्नु भयो।
यस्तै अनुगमनकार्यक्रममा पालिकाका प्रमुख प्रशाकीय अधिकृत मधु कृष्ण पौड्याले हरेक पसलहरु लाई सल्लाह सुझाब प्रदान गर्दै सामान खरिद गर्दा अनिबार्य रुपमा बिल जारी गर्नु पर्ने म्याद हेरेर मात्र सामान खरिद बिक्रि गर्नु पर्ने स्वास्थ लाई असर पार्ने खालका खाधन्न तयारी गरि बिक्रि नगर्न आग्रह गर्नु भयो। टोलिमा खटिनु भएका खाध्य अनुसन्धान पाल्पाका अधिकृत नरेस श्रेष्ठले बजारमा तयारी गरि बिक्रि गर्न्न राखियका खाध्य तयारी खानामा रसायनिक केमिकल बढदो भएकोले यश लाई प्रयोग नगर्न र बिल तथा नापतौल लाई टिक तरिकाले सन्चालन गर्न आग्रह गर्नु भयो।
अनुगमन कार्यक्रममा जन प्रतिनिधी कर्मचारी ,पत्रकार , उधोग बाणिज्य संघका पदाधिकारीहरु सुरक्षा निकाय व्यापारी प्रतिनिधीहरुको सहभागीता रहेको थियो । टोलिले जफत गरिएका सम्पुर्ण सामाग्री ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नस्ट गरिएको हो

-

गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो ।
मंगलवार बिहान रानालाई आफनै घरको छडमा पास भएको करेन्ट लागि २ तला माथिबाट खसेर घाइते भएका थिए । घाइतेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताउनु भयो -

नेपाल कम्युनिस्ट पार्टी गुल्मिको चौथो जिल्ला सम्मेलन सम्पन्न
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी को चौथोे जिल्ला सम्मेलन क सुमन को नेतृत्वमा १७ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालीकाको कुमारी मन्दिरमा सम्पन्न उक्त सम्मेलनको समुद्घाटन सम्मेलनका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रजलद्वारा उद्घाटन समारोह लेखिएको ब्यानर फुकाउदै मैनबत्ती बालेर गरिएको थियो । प्रमुख अतिथिद्वारा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय(अन्तर्राष्ट्रिय परिस्थिति , वैज्ञानिक समाजवादको टड्कारो आवश्यकता, एकीकृत जनक्रान्तिको औचत्यको बारेमा स्पष्ट धारणा राख्दै वर्तमान परिस्थिति वैज्ञानिक समाजवाद स्थापनाको लागि अनुकूल रहेको धारणा व्यक्त गरिएको थियो । जिल्ला इञ्चार्ज अपेक्षा अर्घाखाँची जिल्लाका सचिब खेम तथा कपिलवस्तु सचिब कमल लगायतको शुभकामना मन्तव्य राखिएको उक्त सम्मेलनको उद्घाटन समारोहमा जिल्लाका सचिब सुमनको अध्यक्षता , स्वागत मन्तव्य बिनोदको रहेको थियोे ।
कार्यक्रमको सन्चालन जिल्ला सदस्य बसन्त ले गर्नु भएको थियो -

गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित ,,,नेतृ झाँक्रीलाई थपियो चुनौती
टोपराम केसी
भाद्र,२०,२०७९
तम्घास,गुल्मी।
गुल्मीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको गुल्मी जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएको छ।जिल्ला सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक समारोहमा नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला ईन्चार्ज गणेश खनाल सहित अधिकांश जिल्ला स्तरका नेताहरू नेकपा एमालेमा फर्किएका हुन्।एमालेमै फर्किनेमा जिल्लाका अन्य चर्चित नेताहरु रहेको बताईएको छ। नेकपा एमालेबाट विभाजित भएर गत वर्ष बनेको नेकपा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा खासै सफलता हासिल गर्न सकेको थिएन। राम्रो मत ल्याउन सफल भए पनि राम्रो सफलता प्राप्त हुन नसक्दा निराश बनेका कार्यकर्ता एमालेमै फर्किएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै बिनासर्त नेकपा एमालेमा समाहित भएका गुल्मीका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्ट लगायत नेता तथा कार्यकर्ताले अबिर र खाँदा लगाएर स्वागत गरेका छन्।गुल्मीको क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र नेकपा एमालेका गोकर्ण विष्टको चुनावी चर्चा चलिरहेका बेला फेरी उक्त क्षेत्रमा विष्टले सहजै जित निकाल्ने धेरैले अनुमान गरेका छन्।नेकपा एमालेमा समाहित भएका नेपा एसका जिल्ला संयोजक नरेस भण्डारीका अनुसार वैज्ञानिक समाजवादको चिन्तलाई अवलम्बन आफ्नो पार्टीले गरेको तर काङ्ग्रेसलाई बलियो वनाएर त्यो सम्भव नहुने भन्दै नेकपा एस काङ्ग्रेस लाई बलियो वनाउन केन्द्रित रहेको गम्भिर आरोप लगाउँदै आफुहरु नेकपा एमालेमै समाहित हुनु पर्ने अवस्था आएको उहाँले वताउनु भयो।अब रामकुमारी झाँक्रीलाई ठुलो चुनौती थपिएको छ।
-

गुल्मी -१ प्रदेश सभा `ख´का लागि काङ्ग्रेसले गर्यो उम्मेदवारको सिफारिस
टोपराम केसी
भाद्र-१९,२०७९
गुल्मी।
आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा उम्मेदवार सिरफारिस गरी सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।यसै विच नेपाली काङ्ग्रेस ले गुल्मी क्षेत्र नं.१ अन्तर्गत प्रदेश सभा ´ख` का लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ।हिजो वसेको प्रदेश सभा `ख´को कार्यसमितिको वैठकले निर्णय गरि उम्मेदवारहरुको नामावली क्षेत्रीय समिती र जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो।केन्द्रको निर्देशन अनुसार वढी ३जना सम्मको नाम सिफारिस गर्न भएको परिपत्र अनुसार कार्यसमितिको सम्पन्न वैठकले प्रत्यक्ष तर्फ श्रीप्रसाद भलाद्मी ,धनेन्द्र कार्की , मुक्ति कंडेलको नाम सिफारिस गरेको छ।यस्तै समानुपातिक तर्फ पुरुषमा झविन्द्र कार्की र मोतिलाल भण्डारी सिफारिस हुँदा उता महिला तर्फ भने गंगादेवी पाण्डे ,मिना राना मगर,उर्मिला आचार्य नेपाली र राधिका न्यौपाने सिफारिस हुनु भएको नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नं.१ प्रदेश सभा `ख ´का उपसभापति भेषराज कंडेलले जानकारी दिनु भयो।कार्यसमितीले पठाएको सिफारिसलाई जिल्ला कार्यसमितिले हुवहु प्रदेश र केन्द्रमा पठाउनेछ।यद्यपि उम्मेदवारको अन्तिम टुङ्गो भने केन्द्रले नै लगाउने छ। -

दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज प्रतियोगिताको नतिजा सार्बजनिक
दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९ को नतिजा प्रकाशन तथा प्रसारण सार्वजनिक गरिएको छ । ९५ जना कलाकारहरुको सहभागी रहेको प्रतियो गितामा रुरु ३ कि आकृति पोख्रेल प्रथम गुल्मी दर्बार ५का रेनु र सलिना ढेङ्गगा दुत्तीय यस्तै गुल्मी छत्रकोट ४ दिगाम कि शुभेच्छा न्यौपाने तृतीय स्थान हासिल गर्नु भएको हो । प्रतियोगितामा गुल्मी अस्लेवा कि बिष्णु बुचा मगरले सान्त्वना र पाचौ नम्बरमा पाल्पा अर्गलीकि आसा पाण्डे बिजेता बन्नु भएको हो।
यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्य तर्फ नवलपरकि अनिसा अर्याल मौलिक प्रतिभा पुरस्कार सुवेक्षा राना पृया बिक पाल्पा अर्गलीले हात पारेको हो यस्तै कार्यक्रममा उमेर हक तर्फ गुल्मी दर्बार गाउँपालिकाकि लक्ष्मी अर्याल र बाल प्रतिभा तर्फ छत्रकोट ४ हाल बुटवलकि अग्रिमा पन्थ बिजेता बन्न सफल हुनु भएको आयोजकले बताएको छ ।
रुरु धार्मिक सेवासन्चार प्राली रुरु धाम कालीगण्डकी पोष्ट डट स्याङ्जाको आयोजना र रुरु सन्चार अन्लाईन खबरको मिडिया समियोजनमा कार्यक्रम गरिएको हो। कार्यक्रममा ९५ जनाको सहभागीता रहेको थियो ।
नतिजा सार्वजनिक गर्दै रुरु सन्चारका अध्यक्ष तथा सन्चालक चुरामणि तिमिल्सिनाले स्थानिय स्तरमा लुकेका प्रतिभा लाई उत्थान गर्न, आफ्नो कला, भाषा, सस्कृती, रितिरिवाज लाई संरक्षण गर्दै गाउँ टोलमा गाइने तिनै पुरना मौलिक तिज लाई संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो । तिमिल्सिनाले यश कार्यक्रम लाई सफल पार्न योग्दान गर्ने , शुभकामना प्रदान गर्ने तथा विभिन्न क्षेत्र बाट विभिन्न सहयोग गर्ने लाई धन्यवाद समेत प्रदान गर्नु भयो ।
यस्तै कार्यक्रममा सन्चारका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले बिजेता टोलि लाई औपचारिक कार्यक्रमका साथ पुरस्कार बितरण गरिने आफ्नो कला गला प्रतिभा देखाउन अग्रसर हुने कलाकार बैनी तथा आमाहरु लाई हार्दिक धन्यवाद दिदै प्रतिभा लाई अगाडि बढाउन आगामी दिन्मा फरक कार्यक्रमका साथ कार्यक्रम आयोजना समेत गरिने बताउनु भयो।
यस्तै कालीगण्डकी पोष्टका कार्यकारी सम्पादक यम सोमैले बिगत बर्ष जती सहभागी नभए पनि भिडियोहरु परिमार्जन सहित कार्यक्रममा आउँदा आयोजक लाई धेरै सहज भएको , प्रतिभा राम्रा राम्रा प्रस्तुत भएको बताउदै आगामी दिन्मा फरक कार्यक्रमका साथ सन्चार टिम लाग्ने बताउनु भयो। कार्यक्रममा मुख्य निर्यायक स्मृती तिमिल्सिना गुरु आमा, यस्तै सिमा पन्थ र दिपिका थापा रहनु भएको थियो। कार्यक्रमलाई सम्पादन गर्न भाष्कर मणि खनाल खुम प्रसाद मरासिनी इन्दिरा पोख्रेल राजन आचार्य र कमला पोख्रेलको योग्दान रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद प्रकट गर्नु भयो।

-

अर्घाखाँचीमा एकहप्तामै ७ हजार अबैध गाजाका बोट फडानी गरी नष्ट ।
रुद्रमणि भुसाल ।
अर्घाखाँची
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क, नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो ।पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया दिएपछि डिएसपी रिजाल आफ्ै ब्यापक रुपमा सक्रियभइ निरन्तर ग्रामिण क्षेत्रमा गस्ती गरि गाउँमा अबैध रुपमा खेती नै गरेको अवस्थामा भेटिएका गाजाकाबोटहरु फडानी गरि टेक्टरमा राखेर प्रहरी कार्यलयको परिसरमा ल्याइ जिल्ला प्रशा सन , जनप्रतिनिधि , पत्रकारमहा सघंको उपस्थिमा नष्ट गरिएको छ ।
गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने रिजालाले बताउनु भयो । विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने प्रहरी निरिक्षक अर्जुन पौडेलको भनाई छ ।
डिएसपी रिजालकोे नेतृत्वमा खटिएको प्रहरीटोलीले सन्धिखर्कका खाँचीकोट , डिभर्ना ,अर्घाबिहार ,खिदिम ,धारापानी लगायतका ठाउँमा आफै उम्रिएका र लुकिछिपी अबैध रुपमा गाजाँ खेती नै गरेका ७ हजार गाजाकाबोट फडानी गरि नष्ट गरिएको हो । आजभोली जिल्लाका बिभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालय ,प्रहरी चौकीहरुलाई दैनिक गस्ती गरि गाउँ गाउँ गाजा फडानी अभियान तिब्र बनाउन डिएसपी रिजालले निर्देशन दिएकका छन् । -

आफ्ना मागहरु यथासिघ्र संवोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण
टोपराम केसी
भाद्र १०,२०७९
छत्रकोट गाउँपालिका चोयगा गुल्मी।
कर्मचारीहरुको संयुक्त छाता संगठन ट्रेड युनियन छत्रकोट गाउँकमिटीले आज गुल्मीको छत्रकोट गाउँपालिकामा आफ्ना मागहरु यथा सिघ्र संवोधन गर्न माग गर्दै शान्तिपुर्ण ध्यानाकर्षण गराएको छ।नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठन गुल्मीको संयुक्त आयोजनामा शान्तिपुर्ण विरोध तथा ध्यानाकर्षण कार्यक्रम राखिएको नेपाल निजामती कर्मचारी युनियन गुल्मीका सदस्य,नेपाल निजामती कर्मचारी युनियन छत्रकोट गाउँकमिटीका सचिव एवम् छत्रकोट गाउँपालिकामा कार्यरत सहायक पाँचौँ हुमनाथ पन्थले बताउनु भयो।राजपत्रांकित कर्मचारी,तथा सम्पुर्ण अस्थायी ,करार एवम् ज्यालादारीमा कार्यरत कर्मचारी माथि सरकारले गरेको अन्योचित तथा असमान व्यवहारका विरुद्ध ध्यानाकर्षण मार्फत विरोध गरिएको उहाँको भनाई छ।यसरी हरेक तह र तप्काबाट कर्मचारीहरुले माग राख्दै जाँदा देशव्यापी विरोध र ध्यानाकर्षण हुने हुँदा अन्ततः सरकार कर्मचारीहरुका जाहेज मागहरु संबोधन गर्न बाध्य हुने आफुहरुको अठोट रहेको समेत पन्थले बताउनु भयो। यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।शान्तिपुर्ण विरोध कार्यक्रममा छत्रकोट गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।सहभागी कर्मचारीहरुले कार्यक्रम मार्फत कर्मचारी मैत्री संघिय निजामती सेवा ऐन,प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐन तत्काल जारी गर्नु पर्ने,क्षेतीपुर्ती सहितको नागरिक सेवा प्रवाहको तत्काल सुनिश्चितता गर्नु पर्ने,प्रशासनिक एकरुपता कायम गर्न तिनै तहगत प्रणाली लागू गर्नु पर्ने,तिनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा समावेश गरिनु पर्ने लगाएतका मागहरु राखेका थिए ।यस्तै सवै तह,समूह र पदमा आन्तरिक प्रतिष्पर्धा,वढुवा लगाएतका समान वृतको विकास सुनिश्चित गर्नु पर्ने,अस्थायी ,करार र ज्यालादारीमा कार्यरत सवै कर्मचारीहरुको न्योचित व्यवहार गरिनु पर्ने,राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता रहने गरि “पे” कमिसनको गठन गर्नु पर्ने,सवै पदहरुमा कर्मचारी हरुको पदसोपान वमोजिम तलवमान कायम हुनु पर्ने,तथा संघ ,प्रदेश र स्थानीय मध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम हुनु पर्ने लगाएका मागहरु संयुक्त ट्रेड युनियनले राखेको छ। -

मौलिक संस्कार तथा संस्कृतिको सम्वर्द्धन गर्न गाउँपालिका द्वारा खुला तिज गित प्रतियोगिताको आयोजना
टोपराम केसी
भाद्र ,१० ,२०७९
छत्रकोट गाउँपालिका चोयगा गुल्मी।
छत्रकोट गाउँपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाई मध्यनजर गरि भोलि शनिवारका दिन खुला तिज गित प्रतियोगिताको आयोजना गरेको छ।छत्रकोट गाउँपालिका वडा नं. ४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिता विहान ११:३० वजे देखि सुरु हुनेछ।प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका वडाहरुबाट २-३ समुहले सभागिता जनाउन पाउनेछन्।यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १समुकोको सहभागिता रहने आयोजकले वताएको छ।यस्तै महिला विकास शाखा छत्रकोट गाउँपालिकाकी शाखा प्रमुख सीता थापा वुढाथोकीका अनुसार प्रतियोगिता मार्फत प्रथम स्थान हाँसिल गर्ने समुहका लागि नगद रु १०००० र प्रमाणपत्र को व्यवस्था गरिएको छ।यस्तै द्वितीय तृतीय र सान्त्वना स्थान प्राप्त समुहहरका लागि क्रमश नगद रु.८०००,नगद रु.६०००र नगद रु ३०००सहित प्रमाणपत्रको व्यवस्था गरिएको पनि उहाँले बताउनु भयो।विशेष गरि तिज गित महिला हकअधिकार ,राष्ट्रिय तथा स्थानीय संस्कृतिको सम्वर्द्धन र गाउँपालिकाको विकाससँग सम्वन्धित हुनु पर्ने गाउँपालिका द्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ।सहभागी समुहले १घण्टा भित्रमा सामुहिक प्रस्तुत गरिसक्नु पर्ने पनि सुचनामा उल्लेख गरिएको छ।गाउँपालिकाले ईच्छुक सहभागि समुहलाई समूह दर्ताका लागि आज सम्मको समय दिएको छ।