Blog

  • भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

    भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

    पाल्पा ।
    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    गएरातिदेखि नै पानी परिरहेकाले चिप्लो बाटो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    घाइतेहरूलाई उपचारका लागि तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

  • कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

    कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

    काठमाडौं ।
    कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ ।

    वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

    चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् ।
    कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

    तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो ।

    त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।

  • जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

    जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

    काठमाण्डौ ।
    नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ ।

    गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो ।

    सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।

    भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ ।
    भारतले आफूले खरिद गरेको मल नेपाललाई दिने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ ।

  • दाउन्नेमा बस पल्टिएर आगलागी:३१जना घाइते,चारको अवस्था गम्भीर

    दाउन्नेमा बस पल्टिएर आगलागी:३१जना घाइते,चारको अवस्था गम्भीर

    काठमाडौं ।
    नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्,चारको अवस्था गम्भीर छ।

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए।

    बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ।
    घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

    चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

  • आज एसईईको नतिजा सार्वजनिक हुदैं ( नतिजा हेर्ने तरिका सहित )

    आज एसईईको नतिजा सार्वजनिक हुदैं ( नतिजा हेर्ने तरिका सहित )

    काठमाडौं ।
    राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्।

    मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ।
    गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

    कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन्।

    बोर्डले शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको थियो।

    यसरी हेर्न सकिनेछ नतिजा–

  • साफ यू–२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

    साफ यू–२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं ।
    साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
    भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ।

    नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो।

    श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन। नेपालविरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो।

    च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।

    नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।

  • पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज

    पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज

    काठमाडौं ।
    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन्।

    १९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडे।

    दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि का पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।

    पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो।

    पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना भएको छ। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ।

  • लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

    बुटवल ।
    लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ ।

    प्रदेशसभा सचिवालयले साउन ८ गतेका लागि बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जानकारी दिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रवार राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

    प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तीमा मन्त्री परिषादको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अन्त्य गरेको जनाईएको छ ।

  • तपाईको आजको राशिफल (साउन ७ गते शनिवार  )

    तपाईको आजको राशिफल (साउन ७ गते शनिवार )

    तपाईको आजको राशिफल साउन ७ गते शनिवार

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=IUq2egN6bKQ&t=325s

  • रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

    रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

    माधव ज्ञवाली,गुल्मी ।

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
    गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो।
    अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै उपभोक्ता समितिका प्रतिनिधिहरुले आफ्ना आफ्ना खानेपानी आयोजनाहरुको सुरुवात देखि हालसम्मको अवस्था, मासिक तथा वार्षिक आय–व्यय, कर्मचारी,पिउने पानीको अवस्था,पानीको मुलको अवस्था र आयोजनामा प्रयोग गरिने प्रविधी एवं मेसिनरी लगायत आफ्ना समस्याहरुको बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा जानकारी गराइए अनुसार गाउँपालिका भित्र संचालित भिन्नाभिन्नै आयोजनाका उपभोक्ताले भिन्नाभिन्नै मासिक महसुस बुझाउने गरेको
    पाइएको छ।सम्बन्धित स्थानको भुगोल लगायत विभिन्न कारणले तिर्नुपर्ने महसुसलमा एकरुपता नभएको पाइएको हो।

    कार्यक्रममा उपस्थित लगभग सबै उपभोक्ता समितिहरुको समस्या भने लगभग उस्तै थियो। आफुहरुले पिउने गरेको पानीको शुद्धतामा प्रश्न रहेको
    लगभग सबैले बताएका थिए ।त्यो समस्या विशेष गरि बर्खाको समयमा हुने उपभोक्ता समितिहरुको रहेको थियो।

    धेरै जसो पानीको मुल खोलामा हुने भएकोले मुलको राम्रो सङ्ग संरक्षण हुन नसक्दा बर्खाको बेलामा शुद्ध पानी पिउन नपाउने भएकोले आउँ र ज्वोरो लगायतका स्वास्थ्य सम्बन्धि समस्या देखिने गरेको उनिहरुले बताए।

    कतिपय खानेपानी आयोजनाहरुको बैंक मौज्दात रहेको, कतिपयको आम्दानी र खर्च बराबर भएकोले भैपरी आउनसक्ने समस्याको लागि बैंक मौज्दात नरहेको र कतिपय खानेपानी आयोजना त घाटामा संचालन गरिरहेको समस्या पनि कार्यक्रममा उठेको थियो।

    त्यस्तै पाइपलाइन, फिल्टर, पानी फाल्ने मोटर, अन्य उपकरण, दक्ष प्राविधिक लगायत विद्धुत महसुलको विषयमा पनि उपस्थित उपभोक्ता समितिका प्रतिनिधिहरुले समस्या राखेका थिए,धेरैको माग पानीको विद्दुत महसुल गाउँपालिकाले तिरिदियोस भन्ने थियो।

    तर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख आवीत हुसेनले भने यो कुराको खण्डन गरेका छन् ।
    उनले गाउँपालिकाले सो महसुल तिरिदिन नहुने बताए। यदि गाउँपालिकाले तिरिदियो भने त्यस प्रति जनताको लगाव नरहने र दिगो रुपमा स्वच्छ खानेपानी उपलब्ध हुन नसक्ने उनको धारणा छ। जनस्तरबाट केही महसुल उठाउनै पर्ने उनको भनाइ छ । पानीको महसुल तिर्नै नसक्ने कोहि भए उनिहरुको पहिचान गरि छुट दिन सकिने उनको तर्क छ।

    खानेपानी र स्वच्छताको मौलिक हक संविधानमै उल्लेख भएकोले त्यसप्रति वितरकको ध्यान पुग्नुपर्ने उनले बताए। गाउँपालिका भित्र कसैले खानेपानी सङ्ग संबंधित उपकरण जोड्न नसकेर पानी पिउनबाट बन्चित भएको भए यदि गाउँपालिकाले वास्तविकता पहिचान गरि सिफारिस गरेर पठाए खानेपानीले निःशुल्क उपलब्ध गराउने पनि उनको भनाइ छ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रममा उठेका समस्याहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।खानेपानीको क्षेत्रमा साना साना लापरबाहीले गर्दा ठुला समस्या आउन सक्ने भएकोले साना साना कुरामा ख्याल गरेमा ठुला समस्या न आउने उनको भनाइ छ।

    खानेपानीको कुरामा एकदम चनाखो भएर लाग्न उनले उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।
    उनले प्रदेश बाट आएका ठुला बजेटलाई बेवास्ता गर्ने तर एक दुई लाखको लागि वडा र गाउँपालिका धाउने समस्या रहेको बताउँदै प्रदेशबाट आउने गरेका बजेटलाई समयमै कार्यान्वयन गर्नेगरी चनाखो भएर काम गर्नुपर्ने बताए।

    उनले खानेपानी आयोजनाका नियमित अधिवेशन र नियमित नविकरण गर्न अनुरोध गरेका छन् भने आर्थिक पारदर्शिता सबैभन्दा महत्वपूर्ण रहेकोले आर्थिक पारदर्शितालाई एकदम ख्याल गर्न अनुरोध गरेका छन् ।

    उनले बैंकमा पैसा दाखिला गर्न र बैंकबाटै पैसा खर्च गर्न सबैलाई आग्रह गरेका छन् ।
    बर्षौ देखि यत्तिकै संचालनमा आएका र अधिवेशन नगरेका र समिति नविकरण पनि नगरेका उपभोक्ता समितिलाई यथाशीघ्र भेला गरेर अधिवेशन गर्न उनले गाउँपालिकाको तर्फबाट निर्देशन समेत दिएका छन् ।

    अध्यक्ष ज्ञवालीले खानेपानीको विषयमा गहन अध्ययन गरेर पालिक भरी नै महसुलमा एकरुपता ल्याउन कार्ययोजना बनाएर अघि बढ्ने बताए।
    खानेपानी आयोजनाका सबै उपभोक्ता समितिसङ्ग बसेर सबैका सुझाव सल्लाहलाई लिएर यस सम्बन्धि कार्ययोजना बनाउने उनको भनाइ छ।

    लामाखर्क,च्युरेक लगायतका क्षेत्रमा पानीको चरम अभाव रहेको र ती स्थानमा अन्य विकल्प नरहेकोले चालू योजनाहरुलाई समयमै सक्नेगरी प्राथमिकतामा राखेर काम गर्न उनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीलाई अनुरोध गरेका छन् ।

    यसरी खानेपानी उपभोक्ता समिति सङ्ग अन्तरक्रिया कार्यक्रम गरेर नया सुरुवात गरेकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए।