सम्बादाता बैशाख १५
रुरु क्षेत्र धाम रिडीमा रुरु धार्मिक पात्रोको बिमोचन गरिएको छ ।धार्मिक स्थलहरु लाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ २०७१ सालमा स्थापना भएको रुरु धार्मिक सेवा सन्चार प्रा लिले नियामित रुपमा प्रकाशन गर्दै आयको पात्रोको मन्दिर बासि जेष्ठनागरिक र पुजारी गुरु हरु बाट बिमोचन गरिएको हो।
धार्मिक तथा पौराणिक तस्वीरहरु महत्त्वपूर्ण टेलिफोन नम्बरहरु र सन्देश मुलक विषय बस्तु सहित तयारी गरेको १२ पेजको पात्रो बिमोचन गरिएको हो। सुचना समाचार बिज्ञापन धार्मिक कार्यक्रमहरु गर्दै आयको प्रा लिले बिगत बर्ष देखि रुरु संचार बाट रुरु सन्चार अन्लाईन खबर समेत सन्चालन गरेको प्रालिका अध्यक्ष तथा सन्चालक चुरामणि तिमिल्सिनाले जानकारी दिनु भयो। ९ बर्ष देखि रुरु क्षेत्रमा काम गर्दै आयको यस सस्थाले हरेक कार्यक्रमलाई नेटवर्क , जेष्ठ नागरिक लाई स्वास्थ सिबिर भोजन लता कपडा विभिन्न दाताको सहयोगमा फलफुल सरसफाइ पनि प्रदान गर्दै आयको छ ।
Author: रुरु संचार मिडिया प्रा.लि
-

जेष्ठ नागरिक बाट रुरु धार्मिक पात्रोको बिमोचन
-

घिमिरेले आफ्नो जन्म दिन फरक तरिकाले मनाय
होटल पौवा घोराहीका असिस्टेन्ट मेनेजर घिमिरेले आफ्नो जन्म दिनमा खाद्यान्न र रक्तदान गरे
प्रकशित मिति : १५ बैशाख २०८०,चुरामणि तिमिल्सिना
दाङ । पाल्पा जिल्ला तानसेन वडा नम्बर १३ निबासी होटल पौवा घोराही रेस्टुरेन्टका
असिस्टेन्ट मेनेजर प्रदीप घिमिरेले बिहीबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र दाङका वृद्ध वृद्धा रुरु क्षेत्र रिडी र रुरु सन्चार लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा असिस्टेन्ट म्यानेजर घिमिरेले बताए ।धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र घोराहीमा रहेका वृद्धा वृद्धिलाई सम्झिएर खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गरेका छ्न । साथै नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङमा रक्तदान समेत गर्नुभएको छ आफ्नो रगतले अरु कसैको ज्यान बच्छ भने धर्मको काम हुने घिमिरेले बताए ।
-

जन्म दिनको अवसरमा घिमिरेले गरे वृद्ध वृद्धा लाई सहयोग
चुरामणि तिमिल्सिना
होटल पौवा घोराहीका असिस्टेन्ट मेनेजर घिमिरेले आफ्नो जन्म दिनमा खाद्यान्न र रक्तदान गरे
प्रकशित मिति : १५ बैशाख २०८०,दाङ । पाल्पा जिल्ला तानसेन वडा नम्बर १३ निबासी होटल पौवा घोराही रेस्टुरेन्टका
असिस्टेन्ट मेनेजर प्रदीप घिमिरेले बिहीबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र दाङका वृद्ध वृद्धा रुरु क्षेत्र रिडी र रुरु सन्चार लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा असिस्टेन्ट म्यानेजर घिमिरेले बताए ।धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र घोराहीमा रहेका वृद्धा वृद्धिलाई सम्झिएर खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गरेका छ्न । साथै नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङमा रक्तदान समेत गर्नुभएको छ आफ्नो रगतले अरु कसैको ज्यान बच्छ भने धर्मको काम हुने घिमिरेले बताए ।
-

रिडी मा.वि मा बिदाइ कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना बैशाख १५
रिडी माध्यमिक बिद्यालय रिडी गुल्मीमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई औपचारिक कार्यक्रमका साथ सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको आयोजना गरिएको हो। कक्षा ११ का छात्र धन बहादुर कुमालको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रधानाध्यापक अनिल कुमार श्रेष्ठ रहनु भएको थियो। कार्यक्रममा शिक्षकहरु शंकर भट्टराई बिष्णु भण्डारी मान बहादुर थापा खुम प्रसाद मरासिनी , पदम अधिकारी ले आगामी बैशाख २६ गते हुने माध्यमिक तहको परिक्षाको शुभकामना प्रदान गर्दै अझै पनि समय रहेकोले अप्ठेरा विषय बस्तु लाई थप समय प्रदान गरेर अध्ययन गर्न आग्रह गर्नु भयो । यस्तै बिद्यार्थीहरु बिष्णु सुनार ,कमला पोखरेल , पुणिमा ज्ञवाली र बबिता कुमालले अहिले सम्म आफुले अध्ययन गरेको विषय बस्तु लाई सके सम्म परिक्षामा प्रस्तुत गर्ने अठोट गर्नु भयो। कार्यक्रममा बिद्यार्थीहरु लाई मायाको चिनो समेत प्रदान गरिएको थियो । बिच बीचबिचमा बिद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन पदम बिक र बबिता थापाले गर्नु भएको थियो। -

चन्द्रकोट गाउँपालिका वडा न ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न
गाउँपालिका पेज
नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा स्तोरन्नति तालिम अन्तर्गत वडा नं. ७ रूपाकोट बोटेगाउँ लघु उद्यम कृषक समुहमा आवद्ध २० जना सिमान्तकृत बोटे समुदायका महिलाहरूको लागि व्यवसायिक मौसमी बेमौसमी तरकारी खेति सम्वन्धी तालिम सुरू भएको छ। गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षतामा संचालित उदघाटन शत्रमा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष, कार्यक्रमका फोकल पर्सन, वडा सदस्य, उद्यम विकास सहजकर्ता, समूह सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। तालिम ३ दिन सम्म संचालन हुनेछ भने कार्यक्रमको तर्फवाट आवश्यकता अनुसारका प्रविधिहरू समुहलाई हस्तान्तरण हुनेछन्। -

चन्द्रकोट ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न
गाउँपालिक
पेज नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा स्तोरन्नति तालिम अन्तर्गत वडा नं. ७ रूपाकोट बोटेगाउँ लघु उद्यम कृषक समुहमा आवद्ध २० जना सिमान्तकृत बोटे समुदायका महिलाहरूको लागि व्यवसायिक मौसमी बेमौसमी तरकारी खेति सम्वन्धी तालिम सुरू भएको छ। गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षतामा संचालित उदघाटन शत्रमा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष, कार्यक्रमका फोकल पर्सन, वडा सदस्य, उद्यम विकास सहजकर्ता, समूह सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। तालिम ३ दिन सम्म संचालन हुनेछ भने कार्यक्रमको तर्फवाट आवश्यकता अनुसारका प्रविधिहरू समुहलाई हस्तान्तरण हुनेछन् -

शीर्षक :आमा
राजन आचार्य रुरधाम
आमानै जननी समस्त जगकी पैदा उनकै भर
सम्युक्तै जगकै प्रताप रहने आमा बिना के छर?
सहन्छिन् दु:ख त्यो खटी नसकिने आँखा अधेरो गरि
स्तनै पान गराउने अमृत समान् आफै पधेरो सरि ।।चोटै चोट सहेर आज दुनियाँ आमा उनी बन्दछिन्
भोको पेट जहाँन पाल्न ममता खोज्दै कुटो खन्दछिन्।
दिब्यै फूल दिने विशाल भगवान् आमा उनै बन्दछिन्
सन्तानै जगहो भनेर नभमा आमा सदा रम्दछिन्।।आमाको चकिलो मुहार हसिलो आमा जगत् पारखी
आमाको पसिना लगाम अणिमा आमा रगत् सारथी।
हेर्दै ओठ चपाउने सरलता ज्ञानै दियौ काखमा
पर्दा चोट समाउने तिमिथियौ छोप्ने अहो माथमा।आमानै जननी समस्त नभकी बाबा उहाँकै भर
सन्तानै सवको उमङ्ग रहने आमा बिना के छर।
आमाको ममता अपार मनमा सासै सरीको भयो
आमानै नभए विशाल तन यो लासै सरीको भयो।।तिम्रो रक्त समानको नगरमा पौडेर आईसके
तिम्रो निस्चल काखको लहरमा दौडेर धाईसके।
तिम्रा स्वच्छ विचारको छविमहा लौ दृष्टि विश्राम छ
तिम्रा कोमल पादको नरममा यो माथ प्रणाम छ।। -

गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु
गुल्मीको दर्लिङ्गबाट बडिगाडको भिमगिठे तर्फ आउदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा गए राती दुर्घटना भएको छ।
दुर्घटनामा परि सह चालक बडिगाड गाउँपालिका ९ बल्गासका १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको छ भने सोही ठाउँका २१ वर्षीय प्रेम केसी घाइते भएका छन उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडक बाट करिब १५० मिटर तल खसेको छ । (तस्विर जानकारी) बसन्त ) -

छत्रकोटका युवा नेता न्यौपानेले गरे नेकपा एमाले परित्याग
युवा संघ गुल्मी कमिटीका पुर्व सचिव तथा पालिका कमिटी सचिवालय सदस्य राम कृष्ण न्यौपानेले आफ्नो सामाजिक सन्जाल बाट विभिन्न बुदामा उल्लेख गर्दै आफुले काम गर्दै आयको पाटि नेकपा एमाले आजै बाट छोडेको प्रेस बक्तब्यमा मा उल्लेख गरेका हुन । करिव १० बर्ष निरन्तर रुपमा पाटिमा दिनरात भनेर लाग्दा पनि आफुलाइ पाटिले बेवास्ता गरेको आफुले राखेका योजनाहरु कहिलै पनि समर्थन नगरेको पाटि भित्र आन्तरिक रुपमा आर्थिक मौलाउदै गयको पटक पटक पाटिले केन्द्रमा नेतृत्व गर्दा जन भावना अनुसरण काम गर्न नसकेको जस्ता महत्त्वपूर्ण विषयलाई समेटीएको छ।प्रेस व्क्तव्य
विषय :- दल त्याग सम्बन्धमा ।
विगत एक दशक देखि सक्रिय रुपमा काम गरेको पार्टी नेकपा (एमाले)आजैका मिति देखि परित्याग गरेको छु ।
कारण :-
१) पटक पटक स्थानिय सरकारको नेतृत्व गरिरहदा पनि गाउँ समाजका आवस्यकता अनुसारका आवज उठाउदा , माग गर्दा साथै विभिन्न कार्यहरुको प्रपोजल पेश गर्दा समेत वेवास्ता गर्ने गरेको ।
२) पार्टी पटक पटक सरकारको नेतृत्व गरिरहदा जनभावना तथा देशको आवश्यकता भन्दा बाहिर गायर काम गरेको । mcc र spp जस्ता अनावस्यक सम्झौता का पछाडि लागेको ।
३) पार्टी भित्र आन्तरिक आर्थिक अनियमितता दिन प्रतिदिन मौलाउदै गयको ।
४) पाटी नेतृत्व को केहि अनुकुलता नमिले विभिन्न तरिका बाट दवाव श्रीजना गर्ने गरेको ।
५) जिल्ला तथा पालिका नेतृत्व नीति सिद्धान्त बाट विचलित भै पुर्वाग्रहि सोच र सतही निर्णय गर्न मा व्यस्त भयको ।
६) पार्टी विधान विपरित अबैध तरिकाले कार्वाही गर्ने प्रयास गरेको …..आदि ।
साथै ,मेरो आग्रह र प्रभावमा परि अन्य दल परित्याग गरि नेकपा ( एमाले ) मा समाहित हुनु भयका सम्पुर्ण साथिहरु को उज्ज्वल भविश्यको कामना गर्दछु र आगामी दिनमा आइपर्ने हरेक समस्या मा क्षमता ले सक्ने सहयोग सदैब गर्ने प्रण गर्दछु ।
नेकपा ( एमाले ) मा रहि अनेक कार्य सम्पादन गर्ने क्रममा कोहि कसै प्रती जान अन्जानमा चोट पुगेको भय क्षमायाचना गर्दछु ।
आगामी दिनमा सचेत र जिम्मेवार नागरिक को तह बाट निम्न पुजीवादी चिन्तन ले ग्रसित समाज मा व्यापक पुजिको विकास गरि उत्पादन ,रोजगारी श्रीजना ,स्व रोजगारी श्रीजना गर्ने अभियानमा अनवरत रुपमा लागिरहने छु ।
अन्तमा ,
परिवर्तीत समय अनुसार आफुलाइ पनि परिवर्तन गरि समुन्नत गाउँ र सभ्य समाज निर्माण अभियान मा सहकार्य गर्नुहुन आम जनसमुदाय हार्दिक अनुरोध गर्दछु -

छत्रकोटका न्यौपानेले गरे नेकपा एमाले छोडेको घोषणा गरेका छन
युवा संघ गुल्मी कमिटीका पुर्व सचिव तथा पालिका कमिटी सचिवालय सदस्य राम कृष्ण न्यौपानेले आफ्नो सामाजिक सन्जाल बाट विभिन्न बुदामा उल्लेख गर्दै आफुले काम गर्दै आयको पाटि नेकपा एमाले आजै बाट छोडेको प्रेस बक्तब्यमा मा उल्लेख गरेका हुन । करिव १० बर्ष निरन्तर रुपमा पाटिमा दिनरात भनेर लाग्दा पनि आफुलाइ पाटिले बेवास्ता गरेको आफुले राखेका योजनाहरु कहिलै पनि समर्थन नगरेको पाटि भित्र आन्तरिक रुपमा आर्थिक मौलाउदै गयको पटक पटक पाटिले केन्द्रमा नेतृत्व गर्दा जन भावना अनुसरण काम गर्न नसकेको जस्ता महत्त्वपूर्ण विषयलाई समेटीएको छ।
प्रेस व्क्तव्य
विषय :- दल त्याग सम्बन्धमा ।
विगत एक दशक देखि सक्रिय रुपमा काम गरेको पार्टी नेकपा (एमाले)आजैका मिति देखि परित्याग गरेको छु ।
कारण :-
१) पटक पटक स्थानिय सरकारको नेतृत्व गरिरहदा पनि गाउँ समाजका आवस्यकता अनुसारका आवज उठाउदा , माग गर्दा साथै विभिन्न कार्यहरुको प्रपोजल पेश गर्दा समेत वेवास्ता गर्ने गरेको ।
२) पार्टी पटक पटक सरकारको नेतृत्व गरिरहदा जनभावना तथा देशको आवश्यकता भन्दा बाहिर गायर काम गरेको । mcc र spp जस्ता अनावस्यक सम्झौता का पछाडि लागेको ।
३) पार्टी भित्र आन्तरिक आर्थिक अनियमितता दिन प्रतिदिन मौलाउदै गयको ।
४) पाटी नेतृत्व को केहि अनुकुलता नमिले विभिन्न तरिका बाट दवाव श्रीजना गर्ने गरेको ।
५) जिल्ला तथा पालिका नेतृत्व नीति सिद्धान्त बाट विचलित भै पुर्वाग्रहि सोच र सतही निर्णय गर्न मा व्यस्त भयको ।
६) पार्टी विधान विपरित अबैध तरिकाले कार्वाही गर्ने प्रयास गरेको …..आदि ।
साथै ,मेरो आग्रह र प्रभावमा परि अन्य दल परित्याग गरि नेकपा ( एमाले ) मा समाहित हुनु भयका सम्पुर्ण साथिहरु को उज्ज्वल भविश्यको कामना गर्दछु र आगामी दिनमा आइपर्ने हरेक समस्या मा क्षमता ले सक्ने सहयोग सदैब गर्ने प्रण गर्दछु ।
नेकपा ( एमाले ) मा रहि अनेक कार्य सम्पादन गर्ने क्रममा कोहि कसै प्रती जान अन्जानमा चोट पुगेको भय क्षमायाचना गर्दछु ।
आगामी दिनमा सचेत र जिम्मेवार नागरिक को तह बाट निम्न पुजीवादी चिन्तन ले ग्रसित समाज मा व्यापक पुजिको विकास गरि उत्पादन ,रोजगारी श्रीजना ,स्व रोजगारी श्रीजना गर्ने अभियानमा अनवरत रुपमा लागिरहने छु ।
अन्तमा ,
परिवर्तीत समय अनुसार आफुलाइ पनि परिवर्तन गरि समुन्नत गाउँ र सभ्य समाज निर्माण अभियान मा सहकार्य गर्नुहुन आम जनसमुदाय हार्दिक अनुरोध गर्दछु ।
रामकृष्ण न्यौपाने
छत्रकोट ४ दिगाम गुल्मी (more…)