सम्बादाता बैशाख १५
रुरु क्षेत्र धाम रिडीमा रुरु धार्मिक पात्रोको बिमोचन गरिएको छ ।धार्मिक स्थलहरु लाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ २०७१ सालमा स्थापना भएको रुरु धार्मिक सेवा सन्चार प्रा लिले नियामित रुपमा प्रकाशन गर्दै आयको पात्रोको मन्दिर बासि जेष्ठनागरिक र पुजारी गुरु हरु बाट बिमोचन गरिएको हो।
धार्मिक तथा पौराणिक तस्वीरहरु महत्त्वपूर्ण टेलिफोन नम्बरहरु र सन्देश मुलक विषय बस्तु सहित तयारी गरेको १२ पेजको पात्रो बिमोचन गरिएको हो। सुचना समाचार बिज्ञापन धार्मिक कार्यक्रमहरु गर्दै आयको प्रा लिले बिगत बर्ष देखि रुरु संचार बाट रुरु सन्चार अन्लाईन खबर समेत सन्चालन गरेको प्रालिका अध्यक्ष तथा सन्चालक चुरामणि तिमिल्सिनाले जानकारी दिनु भयो। ९ बर्ष देखि रुरु क्षेत्रमा काम गर्दै आयको यस सस्थाले हरेक कार्यक्रमलाई नेटवर्क , जेष्ठ नागरिक लाई स्वास्थ सिबिर भोजन लता कपडा विभिन्न दाताको सहयोगमा फलफुल सरसफाइ पनि प्रदान गर्दै आयको छ ।
जेष्ठ नागरिक बाट रुरु धार्मिक पात्रोको बिमोचन

Leave a Reply