अमर पन्थ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सककाे सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो।
डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिए। यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बाहादुर पुनले गाउँपालिका भित्र सिटामोल र किटको अभाव नभएको जानकारी दिएका छन् ।
पछिल्लो समय देशभरि नै डेंगूका बिरामी बढेका छन् भने किट र सिटामोलको अभाव देखिएको छ । यस्तो महामारीको बेला अस्पतालहरुले परीक्षणको नाममा आफू खुसी शुल्क लिएको तर केन्द्रीय सरकार भने निरीह बनेको भन्दै चौतर्फी आलोचना हुने गरेकोमा गुल्मीको छत्रकोट गाउँपालिकाले भने जनतालाई महसुस हुने गरी काम गरेको देेेख्न सकिन्छ । केही समय पहिला गाउँपालिकाले डेंगू नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम समेत गरेको थियो,छत्रकोटको यो कामलाई सबैले प्रशंसा गरेका छन्।
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।
डेंगु, स्क्रब टाइफस र मलेरियाकाको निशुल्क परीक्षण मात्रै होइन उनले केहीदिन देखि सुगर परीक्षण समेत निःशुल्क गराएका छन् । सरल स्वभावका पाण्डेय एकपछि अर्को जनमुखी कामले जनतामाझ लोकप्रिय बन्दै गइरहेका छन् ।
Author: रुरु संचार मिडिया प्रा.लि
-

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निशुल्क परिक्षण सेवा सुरु
-

निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने
चुरामणि तिमिल्सिना ।
गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ ।३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो
रुरु क्षेत्र गाउँ पालिकाको मुख्य आयोजना तथा विभिन्न संघ सस्थाको सहयोग बाट कार्यक्रम आयोजना गरिएको र विभिन्न ठाउँबाट सेवा लिएर बिरामी गन्तव्य तर्फ फर्किदा आफूलाई खुसी लागेको पालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

शिविरबाट पाल्पा, स्याङ्जा,गुल्मी र अर्घाखाँचीका बिरामीहरुले सेवा लिएकोले यस्ता विभिन्न प्रकारका सेवा मुलक कार्यक्रम सन्चालन गर्न सबैलाई प्रेरणा मिलेको र बिरामीको चाप देख्दा बर्ष भरिमा कम्तिमा पनि ३ पटक सम्म संचालन गर्न सकेमा दीर्घ रोगी लाई प्रत्यक्ष फाइदा पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो।यहाँ बढी मात्रामा मुटु रोग,आँखा रोगी,पेट ग्यास्टिक,उच्च रक्तचाप,सुगर लगायतका बिरामीहरुले सेवा लिएको रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क.ले जानकारी दिनुभयो।

दोस्रो दिनको कार्यक्रममा वरिष्ठ मुटु बिसेसज्ञ डा प्रकाशलाल रेग्मीले मुटुका विषयमा लामो समय सम्म शिविर स्थानमा नै अन्तर्कृया कार्यक्रम समेत गर्नु भयो ।अन्तर्कृया कार्यक्रममा सहभागीले फरक फरक शैलिका जिज्ञासा राखेका थिए ।जिज्ञासा मेटाउदै लामो समय सम्म बाच्ने उपाय ,मुटु बिग्रने तत्वहरु विभिन्न नसाहरु, यस लाई न्यूनीकरण गर्ने उपायका विषयमा चर्चागर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल,गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेल ,जनप्रतिनिधिहरु , सुरक्षा निकाय ,पत्रकार पालिकाका कर्मचारीहरु , स्वास्थ कर्मचारी स्थानिय संघसस्थाका प्रतिनिधीहरु क्लबका पदाधिकारीहरु सामाजिक अभियानताहरु लगायतको सहभागीता रहेको थियो।शिविर आईतवार दिउसो १ बजे सम्म संचालन हुने छ ।
-

रिडीमा चाडबाड लक्षित नागरिक सहायता कक्षको स्थापना
चुरामणि तिमिल्सिना
हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच रिडी बसपार्कमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो ।
पर्वका बेलामा यातायातमा बढी मात्रामा यात्रुहरुको चाप हुने र महत्त्वपूर्ण सामग्री सहित घर फर्किने समय भएकोले यात्रुहरुलाइ सुबिधा तथा सहज वातावरणमा गन्तव्य सम्म पुर्याउन नागरिक सहयता कक्षको स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका वरिष्ट हवल्दार नन्द बहादुर शाहिले जानकारी दिनुभयो।

पर्वका बेला यातायात वालाले बढी भाडा असुल गर्ने,यातायातको गति छिटो गर्ने ,यात्रीका गुनासा बढ्ने ,बिच बाटोमा नै यात्री अलपत्र पर्ने हुँदा जिल्लाका विभिन्न स्थानमा यसरी नागरिक सहायता कक्षनै स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनु भयो । उहाँले हरेक चोक तथा बढि भिडभाड हुने स्थानमा ट्राफिक प्रहरी खटेर चेकजाँच कार्य लाई अगाडी बढाउन सबै ट्राफिक प्रहरी हरुलाई निर्देशन समेत दिनुभएको छ ।यता ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक एमलाल बन्जाडेले चाडबाडको समयमा जुनसुकै स्थानमा पनि विभिन्न प्रकारका घटना तथा चोरी डकैती हरु बढ्ने ,बारुद पडकाउन ,डर त्रास देखाइ लुट्पाट गर्ने गिरोहनै सक्रिय हुने हुदाँ स्थानिय लाई घर बाहिर जाँदा सामाग्री सहित घरको गेट राम्रो शीत बन्द गर्न, सिसि क्यामेरा भए सन्चालन गर्न, नयाँ मान्छे तथा सङकास्पत कोहि व्यक्तिहरु भएमा प्रहरी लाई तत्काल खबर गर्ने मदिरा तथा पिय पदार्थ को ब्यापार नगर्ने जस्ता विषयमा सचेत गराउनु भयो ।
-

रुरु क्षेत्र रिडीमा तीन दिने बृहत स्वास्थ शिविरको उद्घाटन
चुरामणि तिमिल्सिना

गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत निशुल्क स्वास्थ शिविरको औपचारिक समारोहको बिच कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो।
रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजनामा तथा नेपाल हृदय रोग निवारण प्रतिस्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा नेपाल औसधि ब्यबसायी संघको सहकार्यमा कार्यक्रम आयोजना भएको कार्यक्रमका अध्यक्ष रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा अध्यक्ष ज्ञवालीले यो शिविर बाट झन्डै २५०० को हारहारिमा विभिन्न रोगका बिरामीहरुले सेवा लिने तथा जटिल प्रकारका बिरामी हरुलाइ पालिकाको सहयोगमा सम्बन्धि निकाय सम्म उपचार गराउन सहयोग गर्ने प्रतिबद्धता जायर गर्दै सबैको साथ सहयोग रहेमा आगामी दिन्हरुमा पनि यस्ता शिविर पालिकाले सन्चालन गर्ने बताउनु भयो।

कार्यक्रममा विशिष्ट अतिथी पौडलले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई पालिकाले पहिलो एजेन्डालाई नै बनायर शिविर सन्चालन गरेकोमा बधाई ज्ञापन गर्दै अबका दिनमा हरेक महिना विभिन्न खालका बिरामीहरु लाई मासिक रुपमा नै यस्ता कार्यक्रम सन्चालन गरे जनता बेलैमा उपचारको खोजीमा लाग्ने लामो समय बाच्ने कुरामा जोड दिदै भोलि हुने विशेष मुटु रोग तथा सचेतना सम्बन्धि अंतरक्रिया कार्यक्रम लाई सफल पार्न आग्रह समेत गर्नु भयो।
पालिका उपाध्यक्ष मिना देबि गौतमले कार्यक्रममा स्वागत गर्दै गाउँ बस्ती बाट विभिन्न प्रकारका रोगहरु पालेर बस्नु भएका आमा बुवा दिदी बैनी दाजु भाइहरुलाई शिविर नाम मात्रको बृहत् नभइ सेवा समेत बृहत भएकोले सबै लाई सेवा लिन सेवाको प्रचारप्रसार गर्न आग्रह गर्नु भयो।
औपचारिक समारोहमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी मुटु विशेषज्ञ सुमन बन्जाडे नेत्र ज्वती संघ केन्द्रिय सचिव भरतबहादुर चन्द्र गुल्मी सभापति शेर बहादुर थापा निवारण प्रतिस्ठान लुम्बिनी प्रदेश अध्यक्ष अखिलेस्वर पाण्डे , कार्यक्रममा विशिष्ट अतिथी रहनु भएको थियो।
समारोहमा पालिकाका सबै वडाका अध्यक्ष कार्यापालिका सदस्य वडा सदस्य पालिका विभिन्न साखाका प्रमुख पत्रकार महिला समुह आमा समूह युवा क्लब दलका प्रतिनिधि शिक्षण संस्थाका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो। पालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल तथा स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले यस शिविरबाट पाल्पा स्याङ्जा गुल्मी र केही अर्घाखाँची बाट पनि सेवा लिने बताउदै सेवामा कुनै पनि अभाव हुन नदिन डाक्टर सङ्ग सिङ्गो टिम नै लागि परेको बताउदै सेवा ९ गते दिउस सम्म सन्चालन हुने बताउनु भयो।
यता वार्ड न १ का वार्ड अध्यक्ष नवराज बिकले यहाँको स्थानिय संघ सस्थाको ठूलो प्रयास साथ सहयोग र सबै सहयोगमा शिबिर बाट सोचेको सेवा प्रवाहमा कुनै कमि नहुने बताउनु भयो कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो। -

चन्द्रकोट गाउँपालिकाले गर्यो १६० वटा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद
चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र शान्तिपुर र मजुवा बजार क्षेत्रका बिभिन्न १६० वटा पसलहरुमा अनुगमन गरेको छ । पहिलो चरणमा व्यावसायीक पसलहरुलाई कानुन बमोजिम दर्ता प्रकृयामा ल्याउने तथा चाडपर्व लक्षित कालोबजारी तथा म्याद नाघेका खाद्य तथा पेय पदार्थको विक्रि वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तिब्रता दिएको चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
असौज ४ र ५ गते दुई दिन लगाएर चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसि, उपाध्यक्ष, बिस्णु प्रसाद भण्डारी, उद्योग बाणिज्य संघका प्रतिनिधि र सुरक्षा निकायका टोलिको संलग्नतामा बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा पसलहरुबाट म्याद गुज्रेका कुकिज, चाउचाउ, हर्लिक्स, मिठाई, भुजा, फ्रुटी, कोक, फेन्टा, सर्फ, औषधी, किटनाशक औषधी लगायत थुप्रै सामाग्रीहरु बरामद गरी नष्ट गरिएको थियो ।
अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मुल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको थियो । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनको क्रममा पहिलो चरणमा व्यवसायिहरुलाई अभिमुखिकरण सहित सचेत गराउने, म्याद नाघेका खाद्य सामाग्रीहरु बरामद गरी नष्ठ गर्ने कार्य गरिएको अनुगमन समितिका सदस्य सचिव प्रकाश पन्थीले जानकारी दिए ।
आगामी दिनमा चन्द्रकोट गाउँपालिकाका विभिन्न क्षेत्रहरु शिक्षा स्वास्थ्य कृषि पशु बजार लगाएताका क्षेत्रमा अनुगमनलाई तिब्रता दिदैँ जाने र नियमानुसार कानुनी कारबाही प्रकृया अगाडि बढाउने समेत चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुषालले बताए । -

डा.पन्थद्वारा गाउँपालिकालाई ६थान Fetal doppler हस्तान्तरण
आश्वविन -४,२०७९
रुरु क्षेत्र गाउँपालिका गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक वलेटक्सार ८ निवासी डा.सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान fetal doppler गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ।उहाँले आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको रुरु क्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।उहाले सो स्वास्थ्य सामाग्री आफ्नो हजुरवुवा स्वर्गीय लिलामणी पन्थको स्मृति स्वरुप गाउँपालिकालाई उपहारका रुपमा हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष ज्ञवालीले बताउनु भयो।गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्रीहरु नि:शुल्क उपलव्ध गराएको भन्दै गाउँपालिकाले उहाँलाई धन्यवाद प्रकट गरेको छ। -

पाल्पाको अर्गलीमा सिपमुलक अचार बनाउने तालिम सम्पन्न
चुरामणि तिमिल्सिना रुरु धाम
पाल्पाको अर्गलीमा ३ दिने सीप मुलक अचार बनाउने तालिम प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ । असोज २ गते देखि सन्चालन भएको तालिममा ३५ जनाको सहभागी रहेको थियो। नेपाल आदिबासी जनजाती वडा समन्वय समिती तानसेन नगर पालिका वडा न १४ को आयोजना आर्थिक बर्ष ०७९ /८० को लक्षित बर्ग तर्फको बजेट बाट कार्यक्रम सन्चालन गरिएको प्रशिक्षक सुमित्रा रानाले जानकारी दिनु भयो।
तीन दिन सम्म सन्चालित तालिममा अचार प्याकिन लेवल , मसला मात्रा पनि सहजीकरण गरिएको थियो। तालिममा लप्सि मिक्स आप कागती खुसार्नी तामा गाजर लगायतको प्रयोगात्मक अभ्यास गराइएको थियो।पाल्पाको अर्गलीमा रहेका दिदी बैनीहरु लाई आत्म निर्भर बनाउने , स्थानीय स्तरमा पाइने खाद्य कच्चा सामाग्री को समुचित प्रयोग स्थानको प्रचारप्रसारको लागि यसरी कार्यक्रमको आयोजना गरिएको वडा समन्वय समितिका अध्यक्ष निम बहादुर रानाले बताउनु भयो।
समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुखअतिथी वार्ड न १४ का वार्ड अध्यक्ष सोभाखर भट्टराईले तालिम लाई ब्यबहारमा उतार्दै अगाडी बढन महिला दिदि बैनिहरुलाई आग्रह गर्नु भयो। भट्टराईले सिकेको हरेक सीप लाई बजारमा ल्याउन नसके पनि घर बस्तीमा भएपनि प्रयोगमा ल्याइ बाहिर बाट खरिद नगर्न सुझाव दिनुभयो।
कार्यक्रममा वडा सदस्य राधिका थापाले नेतृत्व बिकास , सीप मुलक तालिम चुरा बनाउने भुजिया दालमोट नमकिन मैनबत्ती निर्माण , साबुन बनाउने मुडा बुन्ने अगरबत्ती तालिम अब कार्याबहन गरि ब्यबसायी बनेर अगाडी बढ्न अबको यात्रा अगाडी बढाउन आग्रह गर्नु भयो।
समापन सत्रमा राजनैतिक दलका प्रतिनिधिहरु जनप्रतिनिधी , सुरक्षा निकाय , पत्रकार संघसस्थाका प्रतिनिधी महिला समुहका प्रतिनिधि सामाजिक अभियानताहरु बित्तीय संस्था प्रमुखहरुको आथीत्यता रहेको थियो।

संस्थाको अग्रज लाई सम्मान ,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई प्रोत्साहन आदिबासीको मृत्यु भएको परिवारमा आर्थिक सहयोग , दु:खिलाई सहयोग , बिपन्न बर्ग लाई सहजीकरण , अवलोकन भ्रमण जस्ता कार्यक्रम पनि गर्दै आएको कार्यक्रममा चर्चा गरिएको थियो। कार्यक्रममाअतिथि लाई मायाको चिनोको रुपमा अचार प्रदान गरिएको थियो र सहभागीहरु लाई प्रमाणपत्र र अचार बितरण गरिएको थियो। कार्यक्रमको संचालन समितिका सचिव कृष्ण थापाले गर्नु भएको थियो। -

स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित
आश्विन,३,२०७९
गुल्मी।नेपालको संविधान २०७२जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ।सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो।आज संविधान दिवसको मुख्य दिन देशै भर विविध कार्यक्रमहरुको आयोजना गरि संविधान दिव मनाईएको छ।संविधान दिवसका अवसरमा नेपाल सरकारले कैदसजाय भोगीरहेका हरुलाई कैदी मिनाह देखि अमुल्य त्याग र योग्दान प्रदान गर्ने विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत विभुषित गरेको छ।यसै विच
संबिधान दिवसको अवसरमा आयोजित बिशेष समारोहका बिच गुल्मीको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सम्मानित हुनु भएको छ ।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ ज्यूबाट पोखरेल सम्मानित हुनु भएको हो। स्वास्थ्य शाखा प्रमुख पोखरेलले छत्रकोट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा देखिने गरि कार्यसम्पादनमा आफुलाई अब्बल सावित गराउनु भएको थियो।उहाँको सोही कार्यकुशलता,भुमिका र योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। -

स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित
आश्विन,३,२०७९
गुल्मी।नेपालको संविधान २०७२जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ।सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो।आज संविधान दिवसको मुख्य दिन देशै भर विविध कार्यक्रमहरुको आयोजना गरि संविधान दिव मनाईएको छ।संविधान दिवसका अवसरमा नेपाल सरकारले कैदसजाय भोगीरहेका हरुलाई कैदी मिनाह देखि अमुल्य त्याग र योग्दान प्रदान गर्ने विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत विभुषित गरेको छ।यसै विच
संबिधान दिवसको अवसरमा आयोजित बिशेष समारोहका बिच गुल्मीको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सम्मानित हुनु भएको छ ।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ ज्यूबाट पोखरेल सम्मानित हुनु भएको हो। स्वास्थ्य शाखा प्रमुख पोखरेलले छत्रकोट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा देखिने गरि कार्यसम्पादनमा आफुलाई अब्बल सावित गराउनु भएको थियो।उहाँको सोही कार्यकुशलता,भुमिका र योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। -

गाउँपालिकाले शहिद स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गर्यो,,, गाउँपालिकाको आन्तरिक राजश्वमा टेवा पुग्ने विश्वास
रमेश पन्थी
आश्विन-२,२०७९
धुर्कोट गाउँपालिका बर्बोट गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाको केन्द्र अवस्थित बर्बोटमा रहेको शहिद शमशेर स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गरिएको छ । आज आइतबार देखि गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सिता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा शहिद शमशेर स्मृति पार्क व्यवस्थापन समितिले पार्कमा घुम्न आउने पर्यटकका लागि टिकट काट्ने व्यवस्था गरेको हो । पार्कमा घुम्न आउने पर्यटक मध्ये जेष्ठ नागरिक, विद्यार्थी, फरक क्षमता भएका व्यक्तिहरुका लागि परिचय पत्रका आधारमा रु. १०, अन्य ब्यक्तिको लागि रु. २० र विदेशी नागरिकको लागि भने रुर. ५० कायम गरिएको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिनु भयो।यसरी टिकटको व्यवस्था गर्दा पार्कमा आन्तरिक तथा वाह्यि पर्यटकहरुको आवागमनमा वृद्धि भइ गाउँपालिकाको आन्तरिक राजश्वमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ