गाउँपालिकाले शहिद स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गर्यो,,, गाउँपालिकाको आन्तरिक राजश्वमा टेवा पुग्ने विश्वास

रमेश पन्थी
आश्विन-२,२०७९
धुर्कोट गाउँपालिका बर्बोट गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाको केन्द्र अवस्थित बर्बोटमा रहेको शहिद शमशेर स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गरिएको छ । आज आइतबार देखि गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सिता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा शहिद शमशेर स्मृति पार्क व्यवस्थापन समितिले पार्कमा घुम्न आउने पर्यटकका लागि टिकट काट्ने व्यवस्था गरेको हो । पार्कमा घुम्न आउने पर्यटक मध्ये जेष्‍ठ नागरिक, विद्यार्थी, फरक क्षमता भएका व्यक्तिहरुका लागि परिचय पत्रका आधारमा रु. १०, अन्य ब्यक्तिको लागि रु. २० र विदेशी नागरिकको लागि भने रुर. ५० कायम गरिएको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिनु भयो।यसरी टिकटको व्यवस्था गर्दा पार्कमा आन्तरिक तथा वाह्यि पर्यटकहरुको आवागमनमा वृद्धि भइ गाउँपालिकाको आन्तरिक राजश्वमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1099