Category: विजनेश

  • चन्द्रकोट गाउँपालिकामा प्रविधि  हस्तान्तरण  तथा प्रमाणपत्र  वितरण

    चन्द्रकोट गाउँपालिकामा प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र वितरण

    गाउँपालिका पेज

    बैशाख   २१

    नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित सीप विकास तालिम अन्तर्गत चन्द्रकोट ७ रूपाकोटमा संचालित व्यवसायिक मौरी पालन सम्बन्धि आधारभूत तालिम तथा वडा नं ६ मा संचालित मौरीपालन तालिम अन्तर्गतको स्तरोन्नति तालिमको प्रविधि हस्तान्तरण, प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएका छन् ।

    गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षतामा संचालित दुबै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी,वडा अध्यक्षहरू, वडा सदस्यहरू, निवर्तमान वडा अध्यक्ष, कार्यक्रम सम्पर्क व्यक्ति,इन्जिनियर,उद्यम विकास सहजकर्ता लगायतको उपस्थिति रहेको थियो।

    जस अन्तर्गत वडा नं ७ का कुल २० जनालाई पञ्जा, टोपी,धुवाँदानी, क्विन गेट लगायतका सामाग्री प्रदान गरिएको थियो भने आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा एड्भान्स सीप बिकास तालिम स्तरोन्नति तर्फ वडा न. ६ का ३१ जनालाई घार राख्ने स्ट्याण्ड, धुवाँदानी, क्वीन गेट लगायतका सामाग्री प्रदान गरिएको थियो।

  • नयाँ अभ्यासमा जोड दिदै जनता मा .वि अस्लेवाले मनायो ५७ औं  जन्म जयन्ती

    नयाँ अभ्यासमा जोड दिदै जनता मा .वि अस्लेवाले मनायो ५७ औं जन्म जयन्ती

    चुरामणि  तिमिल्सिना    पुस  २३  गुल्मी

    जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेले बिद्यार्थी शिक्षक अभिभावकले निरन्तर मिहिनेत गरेमा मात्र विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने हुँदा लगनशील भएर लाग्न आग्रह गर्नुभयो। उहाँले यो समय प्राबिधिक युग भएकोले अवका हरेक बिद्यार्थीलागि प्राबिधिक शिक्षा दिन आवश्यक रहेकोले गाउँपालिकाले प्राबिधिक शिक्षा लाई अगाडी बढाउन नयाँ अभ्यास पनि गर्दै आएको बताउनु भयो।


    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे पुर्व वडा अध्यक्ष भिमलाल पाण्डे पुर्व पालिका अध्यक्ष पारिश्वर ढकाल विशिष्ट अतिथि रहनु भएको थियो । बिद्यालयका शिक्षक लिलाधर ज्ञवालीले स्वागत मन्तब्य राख्नु भएको थियो। समारोहमा पुर्व अध्यक्ष, पुर्व शिक्षक, पुर्व बिद्यार्थी तथा जनप्रतिनिधि हरुले समग्र रुपमा विद्यालयकाे बिकास, शैक्षिक सुधार, प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले हरेक विद्यालयले अबको शैक्षिक सत्र देखिनै प्राविधिक शिक्षा लागुगर्न पालिकाको सिङ्गो टिमलाई आग्रह समेत गर्नु भएको छ ।

    कार्यक्रममा बिद्यार्थीले मौलिक प्रतिभा शैक्षिक सामाग्री प्रदर्शन रेडक्रस झकल, स्काउट खुकुरि ड्रिल, सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरेका थिए ।बिद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने शिक्षक बिद्यार्थी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले बिद्यालयका गतिविधि भाबि योजना सहित आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो।

  • गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न

    गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न

    गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।

    रमेश पन्थी
    धुर्कोट गुल्मी ।
    गणेश माद्यमिक विद्यालय धुर्कोट गाउँपालीका २ पिपलधारा गुल्मीमा आर्थिक वर्ष २०७९।८०को सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । गणेश माद्ययमिक विद्यालयको प्रागडमा सम्मन कार्यक्रममा विद्यालयका प्रध्यापक कृष्ण बहादुर जिसिले विद्यालयको १करोड ३७ लाख ६१ हजार ७ सय ४२ रुपैया ९० पैसा बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । भने गणेश माबिमा कक्षा ११।१२ संचालनकाृ लागी आर्थिक,भौतिक,शैक्षिक लगाएत अन्य सहयोग पुर्यानु भएका चन्दादाताको नाम सहित ६६लाख ३० हजार २ सय १५ रुपैयाको आय व्यय विवरण आर्थिक संयोजक तथा पुर्व वडा अध्यक्ष नविन जिसिले प्रस्तुत गर्नु भएको थियो ।
    विद्यालयका प्रध्यापक कृष्ण जिसीले प्रस्तुत गरेको विवरणमा विद्यालयको आम्दानी ५ लाख ५७ हजार ६००, सरकारी अनुदान तर्फ १ करोड ३२ लाख ४ हजार १ सय ४२ रुपैया ९० पैसा गरि जम्मा १ करोड ३७ लाख ६१ हजार ७ सय ४२ रुपैया ९० पैसा आम्दानी भएको छ। भने व्यय तर्फ तलव भत्तामा ८६ लाख ३८ हजार ३ सय ७७ रुपैया ४० पैसा,विविध तर्फ ४३ लाख ५२ हजार ९ सय १७ रुपैया , बैंक मौज्दात ७ लाख ६८ हजार ४४२, नगत तर्फ २००६.५ पैसा गरि जम्मा १ करोड ३७ लाख ६१ हजार ७ सय ४२ रुपैया ९० पैसा खर्च गरिएको प्रध्यापक जिसिले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
    शिक्षक अभिभावक संध अध्यक्ष विष्णुबहादुर थापाको सभाध्यक्षबाट सूरु भएको कार्यक्रममा , साजिक विकास समिति संयोजक तथा धुर्कोट गाउँपालीका १ का वडा अध्यक्ष चेत मान कुवरको प्रमुख आथित्यता,धुर्कोट गाउपालीका २ का वडा अध्यक्ष बाबुराम खड्का , विद्यालय व्यब्थापन समिति अध्यक्ष सुर्य बहादुर खड्का, पुर्व वडा अध्यक्ष ननिन जिसी , वडा सदस्यहरु ,कोष बहादुर थापा, धन बहादुर खड्का, सिता सुनार लगायतको उपस्थिति रहेको थियो ।
    यस्तै, विभिन्न राजनिति दलका प्रतिनिधिहरुमा नेकपा एमालेका सुरेन्द महत नेकपा माओवादीका राम बहादुर खड्का समाज बादिका जित ब. बिक लगाएत , विद्यार्थी, ा, सामुदायिक रेडियो धुर्कोटका प्रतिनिधि रमेश पन्थी अभिभावक, चन्ददात लगाएतको व्यापक उपस्थिति रहेको थियो । शिक्षक रेमलाल खनालको स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक रत्न प्रसाद खनालले गर्नु भएको थियो ।

  • नगरबासिको हित र स्वास्थ प्रती सचेत र संबेदनसिल छौ : नगर प्रमुख

    नगरबासिको हित र स्वास्थ प्रती सचेत र संबेदनसिल छौ : नगर प्रमुख

    रिता खनाल
    कपिलबस्तु ।
    उद्योग ब्यापार संघ कपिलवस्तु ले बाणगङ्गा का विभिन्न चोक चौराहा हरुमा अब्यबस्थित रुपमा ठेला तथा सडकपेटी मा ब्यापार ब्याबसाय गरि बैधानिक ब्याबसाय गरिरहेका स्थानिय ब्याबसायीहरुलाइ मार परेको सन्दर्भ सहित त्यस्ता ब्याबसाय को नियमन तथा ब्याबस्थापन गर्न नगर को ध्यानाकर्षण गरायको छ , त्यसैगरी हाटबजार हरुमा समेत अनुगमन तथा नियमन गरि दायरा बाहिर रहेकालाइ बैधानिक दायरा मा ल्याउन सकेसम्म कृषिजन्य बाहेक का अन्य ब्याबसायहरुलाइ अन्यत्र ब्यबस्थापन गरि हाटबजार मा कृषिजन्य उपज को मात्र कारोबार ब्याबस्था मिलाउन समेत नगर को ध्यानाकर्षण गरायको छ ।
    “उद्योग ब्यापार संघ , कपिलवस्तु ले गरायको ध्यानाकर्षण सम्बन्धमा नगर ले काम गरिरहेको , ठेला तथा सडक पेटिमा ब्याबसाय बिस्तारै कम हुँदै गयेको छ , नगरबासिको स्वास्थ्य र हित लाई केन्द्र मा राखेर काम गरिरहेका छौ , बेतिथी बिसङ्गती लाई निर्मुल पार्न सम्पुर्ण नगरबासी , यहाका संघसस्था सङ्ग मिलेर काम गर्छौ , यतिबेला नगर मा कार्यकारी प्रमुख नरहेकोले नया कार्यकारी प्रमुख को आगमन सङ्गै सम्पुर्ण सरोकारवाला संघ सस्था निकाय सङ्गै नगर भित्रका बजार , हाटबजार हरुको अनुगमन गरि नियमन गर्ने , उपभोक्तालाई सर्बसुलभ रुपमा गुणस्तरीय सामान उपलब्ध गराउने गरि कार्य गर्न प्रतिबद्ध छौ ” बानगङ्गा नगर प्रमुख चक्रपाणी अर्याल को भनाइ रहेको जानकारी उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ले गराउनु भयो ।
    स्मरण रहोस स्थापना भयको छोटो अबधी मै पनि उद्योग ब्यापार संघ , कपिलवस्तु ले उद्योगि ब्याबसायिको पक्षमा निरन्तर वकालत गर्दै विभिन्न कार्यक्रम , खबरदारी एबम पैरवी गर्दै आयेको छ ।

  • पाल्पाको  तानसेनमा तिज गित प्रतियोगिता  सम्पन्न

    पाल्पाको तानसेनमा तिज गित प्रतियोगिता सम्पन्न

    सुमित्रा  कंडेल  पाल्पा । तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

    “स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता“ विषयमा भएको प्रतियोगितामा तानसेन १४ अर्गलीको अर्गली बजार व्यवस्थापन समूह प्रथम भएको छ । सोही वडाको ऋषिकेश महिला जागरण कृषि समू दोस्रो, तानसेन ६ देवकोटा चोक आमा समूह तेस्रो र तानसेन ७ को बंशगोपाल आमा समूह सान्त्वना भएका छन् ।

    प्रतियोगितामा प्रथम हुने समूहले नगद ७ हजार,दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुने समूहले २ हजार र सहभागी समूहले हजार पाँच सय नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नगरपालिका भित्रका १४ वडामध्य ९ समूहको सहभागी रहेको प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगती माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई विशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक मन गहिरेले जानकारी दिनुभयो ।

    प्रतियोगितमा नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । जसका लागि तानसेन नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

    नगरपालिकाका उप प्रमुखउपाध्यक्ष प्रतिक्षा गाहा सिङजालीले कला संस्कृतिको संरक्षणका साथै महिला अधिकारका विषयमा जानकारी गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले नगरस्तरीय तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

     

  • अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

    अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

    अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

    बिष्णु कुमार आले भदौं १८ अर्घाखाँची
    चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षिय मिलन खनाल रहेको प्रहरीले जनाएको छ । घाईतेहरूमा सोही ठाउँका २५ बर्षिय जेम बहादुर पुन , २८ बर्षिय लिल बहादुर पुन ,२१ बर्षिय दामोदर खनाल र २२ बर्षिय चन्द्र बहादुर खनाल रहेका छन् । बजार गरि घर जानेक्रममा ठूलो पानी परेपछि स्थानीय दुर्गा बहादुर पुनको घरमा ओत्तिन बसेका उनिहरू माथी चट्याङ परेको थियो । घाईतेहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लैजाने तयारी भैरहेको छ ।

  • कविता :किन सोध्छन…

    कविता :किन सोध्छन…

    किन सोध्छन…
    के छ भनेर ?
    म भन्छु आजसम्म
    सबथोक छ
    कसैले लुट्न नसकेको अभाव छ
    तनाव छ
    गरिब हुनुको गतिलो छाप छ
    कसैले नबुझेको एउटा जीर्ण शरीर छ
    छन थुप्रै स्वासमा अल्झिएका सपनाहरू
    बाँकी अझै छन
    रहरले बाधेको यो जिन्दगानी छ
    के छैन र म सँग
    आफन्तको घुर्काई छ
    पराईको हेपाई छ
    छातीको चर्काई छ
    आँखामा आँसु छ
    छ मसँग सबथोक छ
    केहि छुटेका छन सबथोकमा तर सबथोक छ ।
    दिप अभागी

  • कविता: किन सोध्छ्न ..

    कविता: किन सोध्छ्न ..

    किन सोध्छन…
    के छ भनेर ?
    म भन्छु आजसम्म
    सबथोक छ
    कसैले लुट्न नसकेको अभाव छ
    तनाव छ
    गरिब हुनुको गतिलो छाप छ
    कसैले नबुझेको एउटा जीर्ण शरीर छ
    छन थुप्रै स्वासमा अल्झिएका सपनाहरू
    बाँकी अझै छन
    रहरले बाधेको यो जिन्दगानी छ
    के छैन र म सँग
    आफन्तको घुर्काई छ
    पराईको हेपाई छ
    छातीको चर्काई छ
    आँखामा आँसु छ
    छ मसँग सबथोक छ
    केहि छुटेका छन सबथोकमा तर सबथोक छ ।
    दिप अभागी

  • सत्यवतीमा १३ औं गाउसभाको दोस्रो बैठक सुरु

    सत्यवतीमा १३ औं गाउसभाको दोस्रो बैठक सुरु

    चुरामणी तिमिल्सिना   असार   ३१

    सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरिने आर्थिक वर्षमा गरेका कार्यहरु , शिक्षा, स्वास्थ, कृषि, पर्यटन, सडक जस्ता काममा सफलता प्राप्त भएको।

    यो समाचार तयार गर्दा सम्म वडा २ का वडा अध्यक्ष तथा आर्थिक बिकास समितीका संयोजक खड्ग वीर थापाले आर्थिक बिकास समितीको प्रतिबेदन सभामा पेस गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष निर माया तरामु यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, सभाका सदस्यहरु, वडाका कर्मचारी, पालिकका कर्मचारीको सहभागिता रहेको छ । अब यस पछी भौतिक पुर्वधार बिकासको प्रतिबेदन प्रस्तुत हुने छ ।

  • पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो

    पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो

    पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो
    रमेश पन्थी गुल्मी,

    पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित शुक्रबार राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो । श्री पिपलधारा नमुना कृषि तथा पशु विकास महिला सहकारी संस्था ली.धुर्कोट २पिपलधारा गुल्मीको आयोजना , सामाजिक जागरण तथा विकास अभियान (साडेक नेपाल,गुल्मीको साझेदारीतथा कारितास,नेपालको आर्थिक सहयोगमा शुक्रबार धान रोपाइ गरिएको छ । ।

    परम्परागत ढङ्गबाट कृषि कार्य हुँदै आएकोमा पछिल्ला केही वर्षयता आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग, नयाँ प्रविधिबाट खेतीपाती गर्ने कार्य र कृषकहरूलाई उन्नत जातको विउविजनको व्यवस्थापनले कृषिजन्य उत्पादनमा वृद्धि भएको पाइन्छ । तर जलवायु परिवर्तनका कारण मनसुन भित्रिन ढिलाइ हुँदा धान रोप्ने बेला पर्याप्त पानी नपर्ने र उत्पादन भित्र्याउने समयमा बढी पानी पर्ने गरेका कारण किसानहरु वर्षेनी मर्कामा पर्ने गरेका छन् । अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुख्खा जातको धानको विउ वितरण, रसायनिक मल कम गर्न भुईँघास तथा डालेघाँसको विउ वितरण गर्ने र युवापुस्तालाई कृषि पेसामा आकर्षित गर्ने लगायतका कार्य भइरहेको छ ।

    कृषि पेसालाई व्यावसायिक पेसाका रूपमा अवलम्बन गर्ने कृषकहरूलाई संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा अनुदानमा कृषि यन्त्र उपकरण, विउविजन र तालिम प्रदान गर्ने गरिएको छ । तर उक्त अनुदान प्रायःजसो पहुँचवालाहरुले मात्रै पाउने गरेको स्वयं किसानहरु बताउँछन् । कृषकहरूको माग अनुसार राज्यका सरोकारवाला निकायले कृषि औजार, विउविजन, मलखाद तथा प्राविधिक सहयोग गर्न सकेमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

    कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति सरकारले लिएको छ । यद्यपि अनुदानका लागि मात्रै कृषि पेसामा लाग्ने तर उपलब्धि हासिल गर्न नसक्ने व्यक्तिहरूलाई निरुत्साहन गर्नुपर्ने र व्यावसायिक कृषि पेसामा संलग्न परिश्रमी कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । उत्पादनमा वृद्धि गर्न वास्तविक किसानहरूलाई प्रोत्साहित गर्न र उत्पादकत्वको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने अपरिहार्यता रहेको छ । राज्यका विभिन्न निकायले लागु गरेका योजनाहरूको सफल कार्यान्वयन गर्न नसक्दा कृषि क्षेत्र पनि पछाडि धकेलिएको छ । कृषि क्षेत्रमा आत्मनिर्भर भई समृद्धिको यात्रालाई अगाडि बढाउन सकेमा बेरोजगारी घट्ने सम्भावना रहेको छ