Category: स्वास्थ्य

  • घर घरमा स्वास्थ  सेवा ल्याब सहित  कालीगण्डकी  गाउँपालिका  स्याङ्जाले थाल्ने भयो अभियान

    घर घरमा स्वास्थ सेवा ल्याब सहित कालीगण्डकी गाउँपालिका स्याङ्जाले थाल्ने भयो अभियान

    चुरामणि तिमिल्सिना  असार   २१

    अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    स्वास्थ्यमा कालीगण्डकी  गाउपालिकाका नागरिकको लागि   सरल र सहज पहुँच  साथमा  नयाँ सुविधा भित्र्याएको छ ।
    हरेक नागरिकको घरदैलोमै पुगेर विभिन्न २७ प्रकारका परिक्षण गरि तत्काल ल्याब नतिजा हातमै उपलब्ध गराउने गरि ईजरायलि प्रविधिको जाँच गर्ने सुविधा (Lab in a Bag) बुधबार गाउँपालिकाको कार्यालयमा परिक्षण गरि स्वास्थ्यकर्मिहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनु भयो।

    पालिकाका स्वास्थ्यकर्मिहरू घरघरमै पुगि नागरिकको स्वास्थ्य जाँच (तत्काल ल्याब रिपोर्टसहित) गर्ने कार्यबाट स्वास्थ्यमा कालीगण्डकी गाउपालिकाका नागरिकको अझै बढि सरल र सहज पहुँच स्थापित गर्ने योजना अगाडी सारीएको उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो । यता प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले नागरिकलाई स्वस्थ राख्न हरेक नागरिकको घर दैलोमा पुगेर स्वास्थ परिक्षण गरि सेवा दिने पालिकाको दायित्व भएकोले पालिकाको सिङ्गो टिम नै लागिपरेर यो सेवा लाई प्रभाव कारी बनाइने अधिकृत पाण्डेले प्रतिबद्धता जायर गर्नु भयो।

    यस्तै पालिकाको निति कार्यक्रममा अध्यक्ष थापाले पालिका बासी लाई निशुल्क स्वास्थ सेवा प्रदान गर्ने घोषण गरेसंगै थप पालिका बासिमा खुशी समेत छाएको छ।

  • गुल्मीको  सत्यवतीमा स्वास्थ  सम्बन्धि अभिमुखी करण

    गुल्मीको सत्यवतीमा स्वास्थ सम्बन्धि अभिमुखी करण

    कविराज भुसाल  असर  १८

    सत्यवती गाउपालिकाले बर्षामा बढ्न सक्ने डेन्गुको जोखिम तथा किटजन्य रोगको हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    बिगतका वर्षहरुमा देखिदै आएको डेन्गु आउने समयमा संक्रमण नहोस, समयमै सचेत गराई न्यूनीकरण होस भनी अभिमुखिकरण कार्यक्रम सत्यवती गाउपालिका स्वास्थ्य शाखाले सम्पन्न गरेको हो ।
    समस्या उब्जने समाधान गर्ने अवस्था नहुने स्थिती नहोस भनी समयमै सचेतना कार्यक्रम टोलटोलमा पुर्याउनको लागि स्वास्थ्य स्वयंसेविकाहरु, आमासमुहका अध्यक्ष तथा सदस्यहरुलाई डेन्गु तथा किटजन्य रोगको बारेमा प्रशिक्षण राखिएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले बताउनुभयो ।
    समाजमा आउने बिपत्तिमा महिलाहरुको प्रमुख भुमिका रहने हुदा बिपत्तिमा आउनसक्ने समास्याको समाधान गर्न महिलाहरु अगाडी बढ्नुपर्ने विशेष अतिथी गाउपालिका उपाध्यक्ष नीर माया तरामुले बताउनुभयो ।


    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, ४ न. वडाका वडा अध्यक्ष पिताम्बर ज्ञवालीको विषेश आतिथ्यता रहेको थियो ।

  • छत्रकोट गाउँपालिकामा पोषण  कार्यक्रमको समिक्षा

    छत्रकोट गाउँपालिकामा पोषण कार्यक्रमको समिक्षा

    कालिदास आत्रेय असार १८

    गुल्मीको छत्रकोट गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका स्वास्थ्य शिक्षा फोकल पर्सन शिक्षकहरु र स्वास्थ्य चौकी प्रमुखहरु गरि ३३ जनाको सहभागीता रहेको थियोे । कार्यक्रममा विद्यालयमा संचालित दिवाखाजा, स्वास्थ्य शिक्षा , जुकाको औषधी, अन्य प्राथमिक उपचार कीट वितरण , किसोरीहरुका लागि आइरन तथा फोलिक एसिड वितरण , महिनावारी स्वछता तथा सेनिटरी प्याड वितरण मा यश बर्ष भएगरेका कार्यहरूको समिक्षा गरिएको थियोे ।

    छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकाराम आचार्य , प्रा स बिनोद न्यौपाने , स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र जनस्वास्थ्य पोषण बिद लिल बहादुर नेपालीको आतिथ्य ता रहेको थियोे । स्वास्थ्यशाखा प्रमुख श्यामसुन्दर पोखरेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे । पोषणविद लिल बहादुर नेपालीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा सहभागीको तर्फबाट मिना कन्डेलले कार्यक्रम उपलब्धि मुलक भएको धारणा राख्नु भएको थियोे । कार्यक्रमको संचालन सि अ हे व सपना टन्डनले गर्नु भएको थियोे ।

  • छत्रकोटमा जनचेतना  जगाउन अभिमुखिकरण कार्यक्रम

    छत्रकोटमा जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम

    जेष्ठ  २२

    अन्तराष्ट्रिय वातावरण दिवसको  अवसरमा छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाले छत्रकोट २ हुँगामा वातावरणीय स्वास्थ्य तथा जनचेतना कार्यक्रमको वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा पुर्व गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी स्थानीय जनप्रतिनिधी,पुर्व जनप्रतिधी,राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक प्र.अ. ,खानेपानी सरसफाइ प्रतिनिधि लगायतको उपस्थिति थियो।

    कार्यक्रममा सहजीकरण  स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र पोषण तथा सरसफाइ बिज्ञ लिलबहादुर नेपाली ले गर्नु भएको थियो। कार्यक्रम वडाअध्यक्ष धनश्याम न्यौपानेको अध्यक्षतामा  संचालन  भएको  थियो।

    कार्यक्रमको संचालन सि.अ.हे.व. सपना टण्डनले गर्नुभएको थियो वडालाई पूर्ण सरसफाइ युक्त वडा घोषणाका लागि सबै सुचक पुरा गर्न बिशेष कार्ययोजना तयार गरी हस्ताक्षर गरिएको छ ।

  • रुरु क्षेत्रमा योगअभ्यासअभिमुखिकरण  कार्यक्रम   सम्पन्न

    रुरु क्षेत्रमा योगअभ्यासअभिमुखिकरण कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना जेष्ठ  २० रुरु क्षेत्र गाउँपालिकामा १ दिने योगअभ्यास सम्बन्धि अभिमुखिकरण कार्यक्रम बलेट्क्सारको कभडहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल वडा ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ उघोग बाणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली जनप्रतिनिधि तथा स्थानीयको सहभागीता रहेको थियो।

    कार्यक्रममा बलेटक्सार आयुर्वेद औषाधालयका प्रमुख कबिराज निरीक्षक नन्द बहादुर गेलाङलले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथि प्रकास पार्नु भएको थियो। ४५ जनाको सहभागीता रहेको कार्यक्रमा जिल्ला आयुर्वेद औषाधालयका वरिष्ठ कबिराज निरीक्षक माधव प्रसाद बस्याल र रिडी आयुर्वेदकी कबिराज निरीक्षक दिक्षा भण्डारीले प्रयोगात्मक रुपमा विभिन्न प्रकारका योग्का चरणहरु प्रशिक्षण गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष ज्ञवालीले यो अभ्यास अव पालिकाले रुरुको रिडी र बलेटक्सारमा सन्चालन गर्न आफ्नो टिम निरन्तर लाग्ने प्रतिबद्धता जायर गर्नु भयो।

  • सत्यवतीको बिकट क्षेत्रमा पालिकाको  एकिकृत घुम्ती सेवा

    सत्यवतीको बिकट क्षेत्रमा पालिकाको एकिकृत घुम्ती सेवा

    चुरामणि तिमिल्सिना जेष्ठ  २०

    सत्यवती गाउँपालिका गुल्मीम एकिकृत नि शुल्क घुम्ती सेवा प्रवाह प्रभावकारी बनेको स्थानीले बताएका छन । ग्रामीण भेगमा यो कार्यक्रमले जेष्ठ नागरिक असाय कृषक ,तथा प्रशासनिक कामको लागि आफुहरु लाई निकैनै टेवा पुर्याएको ग्रामीण भेगमा सेवा लिन पुगेका जेष्ठ नागरिक मान बहादुरले बताउनु भयो ।

    सिविरमा डाक्टर सहित निशुलक स्वास्थ शिविर तथा निशुलक औषधी वितरण, अपाङ्ग भएका ब्याक्ती लाई अपांगता परिचय पत्र वितरण ,जेष्ठ नागरिक परिचय पत्र , पशुको लागि जाच तथा निशुलक औषधी वितरण बालिनालीमा लाग्ने रोग किराको नियन्त्रण सम्बन्धि परामर्श समेत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनु भयो।

    ग्रामीण भेगकै बिकट र दुर्गम गाउँको रुपमा परिचित सत्यवती ५ पम्फुका डाडा करिव सडक बाट २ घन्टा पैद्ल यात्रा गरेर आफ्नो सिङो टिमले सेवा प्रवाह गरेको स्वास्थ शाखा प्रमुख सुर्य बहादुर रानाले बताउनु भयो उहाले थप्दै भनुयो स्थानीय निकाय पछी यस ठाउँमा यस्तै गरि विभिन्न सेवा प्रवाह गर्नको लागि बिकट बस्तिम गयर हरेक सेवा सहित प्रशासनिक कार्यमा समेत सबै लागि बुझाउने गरेको बताउनु भयो। यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले यस्तो बस्तिमा पालिकाले सेवा प्रवाह गर्न कुनै पनि किसिममो कमि नगरी अगाडी बढ्ने र त्यहा बाट साउने सेवा ग्राहि लाई पालिका बाट छिटो र छरितो रुपमा सेवा दिने प्रतिबद्धता जायर गर्नु भयो।

  • रुरु क्षेत्र  गाउँपालिकामा  वडा वडामा  घुम्ती  स्वास्थ  सेवा शिविर

    रुरु क्षेत्र गाउँपालिकामा वडा वडामा घुम्ती स्वास्थ सेवा शिविर

    चुरामणि तिमिल्सिना  जेष्ठ  १५

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा एकिकृत घुम्ती स्वास्थ शिविर सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका स्वास्थ शाखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो। घुम्ती सिबिर बाट ६७७ जनाले सेवा लियका स्वस्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले जानकारी दिनु भयो । सिबिरमा पाठेघरको जाचमा ३१२ जना पाठेघरको क्यान्सर शङकास्पथ ८ जना अन्य समस्या भएका ९६ जना रिङ राखीयका १० जना गर्भ निरोधक सेवा ३३ जना ल्याप सेवा १० ३ जना ले सेवा प्राप्त गरेका हुन।

    ।समापन सत्रमा बोल्दै पालिका उपाध्यक्ष मिना देवि गौतमले पालिकाका हरेक बस्तिहरुमा महिलाहरुले भन्न डराएर तथा लजायर आफ्ना रोगहरु पाल्दै राख्ने क्रम वढेकाले यसरि रोगहरु देखिन साथ स्वास्थ सस्था जान र परामर्स लिन सबै दिदि बैनि हरु लाई आग्रह गर्दै अव हरेक बर्ष यस्तै नयाँ स्वास्थ कार्यक्रमका साथ आफ्नो टिम निरन्तर स्वास्थ क्षेत्रमा अगाडी बढ्ने प्रतिबद्धता जायर गर्नु भयो। कार्यक्रममा डाक्टर मालिले ग्रामीण भेगमा त्यस्ता नयाँ बिरामि नभएकोले पुराना बिरामी लाई उस्तै खालका औसधि चलाउदा उहाँहरुको स्वास्थमा अझ थप उर्जा प्राप्त हुने बताउनु भयो।

    यता पालिका अध्यक्ष यदु ज्ञवालीले हरेक वडा बस्तिहरुमा स्वास्थ कार्यक्रम लाई प्रभाव कारी रुपमा लैजाने जेष्ठ नागरिक अपांग र असाय लाई स्वास्थ टिमले घर दैलोमा सेवा पुर्याइरहेकोले स्वास्थ क्षेत्रमा पालिका रहेको बताउदै आगामी दिन्मा पनि स्वास्थ क्षेत्रको बजेटमा कार्यक्रम समाबेश गरिने प्रतिबद्धता जायर गर्नु भयो । कार्यक्रममा योगदान गर्नु हुने स्वास्थ कर्मि लाई सम्मान समेत गरिएको थियो।

  • गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो  पुर्ण पोषण मैत्री स्वास्थ सस्था युक्त घोषणा

    गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषण मैत्री स्वास्थ सस्था युक्त घोषणा

    गुल्मीदरवार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त घोषणा
    जेठ ६

    गुल्मीदरवार नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त गाउँपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पालिका घोषणा गरेका हुन । पालिका घोषणा गर्दै कार्कीले अभियानको निरन्तरता र दिगोपनको शुभकामना दिए ।
    दिवंगत गाउँपालिका प्रमुख अशोक कुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षिय दिर्घकालिन योजना बनाउदा पोषण तथा मातृ शिशु सेवालाइ प्राथमिकता दिएको थियो । त्यहि योजना अनुरुप स्थापनाकालदेखिनै गुल्मीदरबार गाउँपालिकाले विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको थियो ।
    सुरक्षित सामाग्रीयुक्त बिद्यालय क्षेत्र गाउपालिका घोषणा गर्ने काम गरियो । त्यसपछि अर्को महत्वपूर्ण अभियानको रुपमा पूर्ण संथागत प्रसुति वडा अभियानको थालनी गरिको थियो । जसका लागि केहि महत्वपूर्ण निर्णय र कामहरु भएका छन् । ०७५ पौष २७ गते सुआहारा र स्वास्थ्य कार्यालयको समन्वयमा उप प्रमुखलाई पोषण फोकल ब्यक्ति चयन गरिएको थियो । गर्भवतिको घरमा झण्डा राख्ने, स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य र पोषण परामर्श गर्ने तथा प्रयोगशाला सेवामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने कार्यको पनि शुरुवात गरिको थियो । यो कामले आमाहरुमा आत्मविश्वास र नागरिकमा आशा थपिएको महिला स्वास्थ्यस्वयसेबिका लिला थापाले बताइन ।०७६∕०७७ मा गाउपालिकामा रहेका ८३ वटा स्वास्थ्य आमा समुह लाइ पुनर्जागरण गर्ने, बिपन्न र पछाडी परेका समुदाय भएका गाउपालिकाका १० वटा ठाँउमा छ सय ८५ जनालाई स्वास्थ्य तथा पोषण प्रवर्दन सम्वन्धि अभिमुखिकरण गर्ने र महिनाको २८ गते तौल अनुगमन दिवस संचालन गरि सुनौलो १००० दिनका आमाहरुलाइ तौल अनुगमन, स्तनपान र पोषणको महत्वबारे अभिमुखिकरण गर्दै तौल लिन आएका बालबालिकाहरुलाइ अण्डा बितरण गर्ने कार्यक्रम संचालन गरिएको थियो । आर्थिक बर्ष ०७७∕०७८ मा मातृ तथा नवशिसुको स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपालमै पहिलोपटक एकिकृत पोषण सम्बन्धि “कस्तो छ आमा” कार्यक्रमको शुरुवात गरियो । यो कार्यक्रमको नाम र कामले गाउँगाउँमा उमंग र उर्जा भर्यो । ०७७ साल भाद्र मा एकै महिनामा ३ वटा स्वास्थ्य संस्थामा नयाँ बर्थिङ्ग सेन्टर संचालन र बलिथुम स्वास्थ्य चौकिलाइ लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्था घोषणा गरियो । यो गाउँपालिकाको लागि ठुलो सफलता हो । गत बर्ष मातृ तथा नवशिसु को स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपालमै पहिलोपटक संचालनमा ल्याइएको कस्तो छ आमा ? कार्यक्रमको निरन्तरता र कुपोषित बालबालिकाको उपचारको लागि गौडाकोट स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र संचालन गरिएको छ । गर्भवति महिलाहरुको लागि निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम संचालन तथा २ वटा वडामा सून्य होम डेलिभरि वार्ड घोषणाको सम्पूर्ण तयारी पुरा गरेर ६ वटा वडामा पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्था घोषणाको संघारमा गाउँपालिका गर्वका साथ उभिन सकेको गाउपालिका प्रमुख सरोज थापाले बताए ।
    मानिसको शरिरमा आवस्यकता अनुसार पोषणयुक्त आहार वा पोषक तत्वको कमि हुनु वा बढि हुनु नै कुपोषण हो भने हाम्रो समुदायमा न्युन पोषणको अवस्था बढि रहेको छ । विशेष गरि गर्भवती, सुत्केरी महिलाहरु, किशोरीहरु र ५ वर्ष मुनिका बालबालिकाहरुमा न्युन पोषणले गर्दा बृद्धि विकाशमा अवरोध भई विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने र समग्र मानव विकासमा बाधा उत्पन्न हुने कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा नै कुपोषणको समस्यालाई निराकरण गर्ने कार्यलाई सामाजिक, आर्थिक तथा मानवीय विकासका साथै दिगो विकास लक्ष्य प्राप्त गर्ने आधारको रुपमा लिइएको छ । विश्वमा पांच वर्ष मुनिका करिव ४५ प्रतिशत बालबालिकाको मृत्यु कुपोषणले हुने गरेको अध्ययनहरुले देखाएका छन् । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने व्यवस्था गरेको अवस्था छ । सन १९७० को दशकदेखि विभिन्न पोषण सर्वेक्षण, आवधिक योजनामा पोषणलाई प्राथमिकता, पोषण नीति तथा रणनीतिको विकास, सर्वेक्षणको आधारमा बालबालिकालाई भिटामिन ए क्याप्सुल र बहुसुक्ष्म तत्व (बालभिटा) तथा गर्भवती र सुत्केरी महिलालाई आइरन फोलिक एसिड चक्की वितरण लगायत कुपोषणको समस्यालाई सम्वोधन गर्न बहुक्षेत्रिय निकायको संयुक्त प्रयासको लागि बहुक्षेत्रिय पोषण योजनाको विकास भएको देखिन्छ । नेपालमा सन् २०१२ मा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी लागु गरिएको हो । नागरिकका स्वास्थ्यप्रतिका आशा स्थानीय सरकारसंग निकै बढि रहेका छन् । स्थानीय सरकारलाई आफ्ना बजेटका सिमाको कारण नागरिकका सवै सपना र आशा पुरा गर्न चुनौति छ । तर, व्यवस्थित योजना र जनप्रतिनिधीमा दृढ संकल्प भए असम्भब केही नरहेकोगाउपालिका उपप्रमुख तारा थापाले बताइन।
    गाउँपालिकालाई अहिलेको अवस्थासम्म ल्याइपुराउन पक्कै पनि सजिलो थिएन । तर, जहाँ अप्ठ्यारो छ त्यहिँ सफलता हुन्छ । त्यहि अप्ठ्याराबिचको संर्घषबाट महत्वपूर्ण अभियानमा गाउँपालिकाले आफुलाई नेपालमै अब्बल र पहिलो सावित गरेको छ । यो अभियानसम्म आउँदा पोषण सेवाका कार्यक्रम अन्तर्गत गुल्मी दरवारले शुरुवातदेखिनै सवै स्वास्थ्य संस्था खोप केन्द्र र गाउँघर क्लिनिक मार्फत ५ बर्ष मुनिका बालबालिकाहरुलाइ सरकारको समय समयमा जारि प्रोटोकल बमोजिम तौल अनुगमन गर्ने साथै पोषण परामर्श गर्ने कार्य नियमित रुपमा गरिरहेको छ । नेपालमै पहिलो पटक मासिक तौल अनुगमन दिवस मनाउने र स्वास्थ्यकर्मी, महिला सामुदायीक स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य आमा समुहका सदस्यहरुलाई बिभिन्न समयमा समुदाय स्तरमै गएर पोषण सम्वन्धि तालिमहरु संचालन गरिएको छ ।
    प्रत्येक बर्ष ५ बर्ष मुनिका बालबालिकाहरुलाइ अभियानका रुपमा संचालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रम र परजिवि नियन्त्रण कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिदै आएको छ ।

  • रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता  घोषण  गरियो

    रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषण गरियो

    चुरामणि तिमिल्सिना,

    बैशाख१९

    रिब्दीकोट गाउँपालिका पाल्पा लाई औपचारिक कार्यक्रमका साथ पुर्णखोप गाँउपालिका सुनिश्चतता घोषणा गरिएको छ । पालिका खोप समन्वय समितिका प्रमुख तथा गाँउपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यू को अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जिल्लाका हरेक स्थानीय तहमा यो कार्यक्रम दौरानमा रहेकोले पछिल्ला समयमा जिल्लामा खोप कार्यक्रम सम्पन्न गरेकोले घोषणा गर्दै लगेकोले स्वास्थ सस्था लाई बलियो गुणस्तर , प्रभावकारिता बनाउदै लैजान सकेमा स्थानिय तह भएको जनताले बुझ्ने छन त्यसैले स्वास्थ जस्तो विषयमा बजेट पनि अन्य विषयमा भन्दा वृद्धि गर्न आग्रह गर्नु भयो। घोषण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष कान्ता अधिकारी, स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी, विशिष्ट अतिथि रहनु भएको थियो।

    सभामा गाँउपालिका प्रवक्ता , सबै वडाका वडा अध्यक्ष ज्यूहरु, पालिका कर्मचारी स्वास्थ्य कार्यालयका कर्मचारी टिम, स्वास्थ्य संस्था प्रमुख ज्यूहरु, खोपकार्यकर्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ शाखा प्रमुख सुनिल अधिकारी ले गर्नु भएको थियो । खोप कार्यक्रम लाई प्रभाव कारी रुपमा बस्ति बस्ति टोल तथा कार्यालयमा रहेर सहजीकरण गरेको भन्दै खोप कार्यकता स्वास्थ स्यम सेविका लाई सम्मान समेत गरिएको थियो।

  • निशुल्कस्वास्थ  शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

    निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

    चुरामणि तिमिल्सिना ।
    गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ ।

    ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो

    रुरु क्षेत्र गाउँ पालिकाको मुख्य आयोजना तथा विभिन्न संघ सस्थाको सहयोग बाट कार्यक्रम आयोजना गरिएको र विभिन्न ठाउँबाट सेवा लिएर बिरामी गन्तव्य तर्फ फर्किदा आफूलाई खुसी लागेको पालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

    शिविरबाट पाल्पा, स्याङ्जा,गुल्मी र अर्घाखाँचीका बिरामीहरुले सेवा लिएकोले यस्ता विभिन्न प्रकारका सेवा मुलक कार्यक्रम सन्चालन गर्न सबैलाई प्रेरणा मिलेको र बिरामीको चाप देख्दा बर्ष भरिमा कम्तिमा पनि ३ पटक सम्म संचालन गर्न सकेमा दीर्घ रोगी लाई प्रत्यक्ष फाइदा पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो।

    यहाँ बढी मात्रामा मुटु रोग,आँखा रोगी,पेट ग्यास्टिक,उच्च रक्तचाप,सुगर लगायतका बिरामीहरुले सेवा लिएको रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क.ले जानकारी दिनुभयो।

    दोस्रो दिनको कार्यक्रममा वरिष्ठ मुटु बिसेसज्ञ डा प्रकाशलाल रेग्मीले मुटुका विषयमा लामो समय सम्म शिविर स्थानमा नै अन्तर्कृया कार्यक्रम समेत गर्नु भयो ।अन्तर्कृया कार्यक्रममा सहभागीले फरक फरक शैलिका जिज्ञासा राखेका थिए ।

    जिज्ञासा मेटाउदै लामो समय सम्म बाच्ने उपाय ,मुटु बिग्रने तत्वहरु विभिन्न नसाहरु, यस लाई न्यूनीकरण गर्ने उपायका विषयमा चर्चागर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल,गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेल ,जनप्रतिनिधिहरु , सुरक्षा निकाय ,पत्रकार पालिकाका कर्मचारीहरु , स्वास्थ कर्मचारी स्थानिय संघसस्थाका प्रतिनिधीहरु क्लबका पदाधिकारीहरु सामाजिक अभियानताहरु लगायतको सहभागीता रहेको थियो।

    शिविर आईतवार दिउसो १ बजे सम्म संचालन हुने छ ।