रीडि ।
रुरु क्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७८ /०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
समिक्षा कार्यक्रममा पालिका भित्रका सबै वडाले गरेका काम प्रगति समस्या वार्षिक रुपमा गर्ने कार्ययोजना प्रस्तुत भएको थियो।
सबै वडाको प्रतिबेदन केलाउदा बसाई सराइ वृद्धि भएको ,योजना सन्पन्न गर्न सहज नभएको ,उपभोक्ता समितीमा बस्न नमान्नु ले योजना सम्पन्मा ढिलाइ ,उपभोक्ताले तालिम लाई ब्यबहारमा लागू नगर्दा समस्या भोग्नु परेको कार्यक्रममा वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले बताउनु भयो।
कार्यक्रममा यस्तै पालिकाका विभिन्न शाखाहरु प्रमुख हरुले गरेका कामको प्रगती विवरण काम गर्ने तरिका शैली वर्ष भरी गर्ने कामको तयारीका विषयमा चर्चा गरेका थिए।
कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिना गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडयाल सबै वडाका वडा अध्यक्षहरु कार्यापालिकाका सदस्य पत्रकार ,अन्य कर्मचारीको सहभागीता रहेको थियोे ।
कार्यक्रममा पालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत बिच कार्य सम्पदान सम्झौता , यस्तै पालिका अध्यक्ष र वडाका अध्यक्ष बिच कार्य सम्पादन सम्झौता समेत सम्पन्न भएको हो।
सम्झौता गर्न बाकी रहेका विभिन्न साखाका प्रमुखहरु सित अधिकृत पौडयाल ले बैठकमा सम्झौता गर्ने कार्यक्रममा बताउनु भयो।
कार्यक्रमलाई समपन गर्दै अध्यक्ष ज्ञवालीले बिकासका योजनाहरु लाई ढिला सुस्ती नगरी समयमा सक्ने ,काममा अटेर गरी भुक्तानी लिन आउनेलाई निकासा नदिने ,कर्मचारी प्रशासन लाई चुस्तदुरुस्तका साथ राख्ने ,भएका समस्यालाई क्रमै सित आबस्यकता अनुसार पूरा गर्ने , बेरुजु न आउने तरीकाले कार्यसम्पादान गर्ने ,शिक्षा स्वास्थ सरसफाइ , बजार अनुगमन जस्ता विषयमा जनता लाई सजकता जस्ता विषयमा चनाखो बनाउने प्रतिबद्धता जायर गर्नु भयो ।
कार्यक्रमको सन्चालन पालिकाका कर्मचारी दामोदर ज्ञवालीले गर्नु भएको थियो।