Category: आर्थिक

  • गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा

    गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा

    सुर्य  सुनार पुस १२   गुल्मी

    गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना निर्माण गरेर जिप लाइन सञ्चालनमा ल्याएको हो ।

    गुल्मी जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरूको सहभागितामा जिप लाइन शुभारम्भ गरिएको छ । जिप लाइनको शुभारम्भ कार्यक्रममा स्थानीय सरकार प्रमुखहरुले साहसिक खेल जिप लाइन चढेर त्यसको रमाइलो अनुभूति समेत लिएका थिए । पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिप लाइन निर्माण गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर–३ को छत्रकोट देवालय मन्दिर देखि अर्को भगवती मन्दिर–लुम्छा सम्म पुग्ने गरि जिप लाइन निर्माण कार्य गरिएको छ । यसले त्यस क्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको छ । जिप लाइनको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लगानीले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।


    १ हजार ८० मिटर लम्बाई रहेको जिप लाइनको ६७ मिटरको उचाइ रहेको छ जिप लाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ ।

    जिप लाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताउनुभयो ।

  • बगनासकाली  पाल्पाको  बजेट ५६ करोड

    बगनासकाली पाल्पाको बजेट ५६ करोड

    पाल्पा १०, असार
    भोजराज भट्टराई

    पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो ।

    पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४९ करोड ८४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेका छ ।

    बजेटमध्ये पुँजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ भने चालुतर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।
    पालिकाको आन्तरिक स्रोतबाट जुटाउने गरी ९५ लाख बजेट प्रस्तुत गरिएको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धी, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ ।

  • बगनासकाली पाल्पाको  बजेट ५६ करोड

    बगनासकाली पाल्पाको बजेट ५६ करोड

    बगनासकालीको बजेट ५६ करोड !
    भोजराज भट्टराई

    पाल्पा ९, असार ।
    पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो ।

    पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४९ करोड ८४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेका छ ।

    बजेटमध्ये पुँजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ भने चालुतर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।
    पालिकाको आन्तरिक स्रोतबाट जुटाउने गरी ९५ लाख बजेट प्रस्तुत गरिएको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धी, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ ।

  • सामाजिकअभियान संगै  रुरु धार्मिक  सन्चार  प्रा लि नबौ बर्षमा

    सामाजिकअभियान संगै रुरु धार्मिक सन्चार प्रा लि नबौ बर्षमा

    धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको हो ।प्रालिले स्थापना भएको आजकै दिन लाई सम्झना गर्दै ९ औ बार्षिकोत्सब समारोह सामाजिक सन्जालबाट शुभकामना आदान प्रदान गर्दै मनाउन लागेको हो ।
    प्रालिले स्थापना काल देखिनै धार्मिक पौराणिक सास्कृतिक एतिहासिक तथा खोज मुकल पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिरहेको छ । रुरु क्षेत्रमा चार जिल्लाका कविहरुको माझ कबि गोष्ठी समारोह , कार्यालय परिसरमा फ्री ईन्टरनेट , असाय, गरिब, बिपन्न , अपांग , गरिब दुखि बर्ग भक्त भक्तेनि आमा बुवा सन्तहरुको लागि दाताहरुको समन्वयमा स्वास्थ शिबिर , लता कपडा वितरण भण्डारा कार्यक्रम , खाद्य सामाग्री वितरण , ठुला ठुला महायज्ञको सन्चालन तथा व्यवस्थापन गर्दै आइरहेको छ । धार्मिक सस्थाले नेपालमै पहिलो पटक रुरु धाममा भजन प्रतियोगिता दोहोरोसंख बजाउने प्रतियोगिता , करोड दिप प्रजलन, चार जिल्ला पाल्पा, गुल्मी ,स्याङ्जा र अर्घाखाँचीका पत्रकार सम्मान , सामाजिक अभियानताहरु सम्मान , जेष्ठ नागरिक देखि बिद्यार्थी कृषक सम्मान असल वुहारीको सम्मान निसुल्क चौरासी ब्रतबन्ध दान दाताको सम्मान कार्यक्रमलाई ८ बर्ष देखिनिरन्तर सन्चालन गरिरहेको छ ।
    प्रालिले यति मात्र हैन विभिन्न स्थानमा आवस्यकता अनुसार भजन मण्डली संगै ब्राह्मण उपलब्ध गराउने,प्रचारप्रसारको लागि रुरु भित्ते पात्रो प्रकाशन गर्ने , सन्चार र सुचना लाई प्रचारप्रसार गर्न विभिन्न बिद्यालय महिला समुह,आमा समुह ,क्लब ,उधोग बाणिज्य संघ वडा परिवार लगायतलाई उत्घोषण , आधारभुत तालिम , पत्रकारिता समाचार लेखन बाचन नेतृत्व बिकास तालिम सन्चालको कार्यलाई निरन्तरता दिदै आयको छ । सेवा सन्चारको नाम राखेकै आधारमा बिपन्न परिवारका बिरामी लाइ सामाजिक सन्जालको प्रयोग गरी आर्थिक सन्कलन तथा हस्तान्तरण कार्यक्रमलाइ केही समय यता देखि प्राथमिकता साथ अगाडी बडाइरहेको छ ।प्रालिको कार्यलय सित कुनै पनि आथिक सहयोग जगेडा नभएपनि हाल सम्म दान विर दाताहरुको सहयोग बाट फ्री ईन्टरनेट सुबिधा देखि कार्यलय बसेको भवन सिसि केमरा जडान ,दराज कुर्चि अफिसियल सामाग्री हाल सम्म दाताकै सहयोग बाट सन्चालन भएको छ । यस अवसरमा आर्थिक भौतिक नैतिक देश तथा बिदेशबाट सहयोग प्रदान गर्नु हुने सम्पुर्ण दानदाताहरु यस्तै स्थानीय निकाय सम्पुर्ण संघ सस्थाहरु प्रति हार्दिक धन्यवाद प्रदान गरिएको छ।

    यसो त यस सस्थाले बिगतका बर्षहरुमा शैक्षिक तथा बौद्धिक कार्यक्रम गर्ने , नेपाल प्रहरीको सहयोगमा पिछडियका महिला बर्ग अपांग मात्र नभइ गाउँका महिला दिदि बैनिहरुलाइ लैङ्गिक हिम्सा,बाल बिबाह, बहु विबाह चेतना मूलक बिषयबस्तु सामाजिक सन्जाल , गाजा फडानी,अबैध मदिरा उत्पादन रोकथाम , सरसफाइ कार्यक्रम जस्ता बिषयमा तालिम पनि प्रदान गरिरहेको छ । यस्ता कार्यक्रम लाई वडा तथा प्रहरीको सहयोग भएमा निरन्तर प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाले जान्कारि गराउनु भयो।

    प्रा लि ले आउँदो पौष महिनामा विविध कार्यक्रमका साथ रुरु धाममा भजन महोत्सव समारोह सम्पन्न गर्ने योजना अगाडी बडायको छ।धार्मिक सस्था प्रालिले बिगतका बर्ष देखि अन्लाईन पुजा कार्यक्रम सन्चालन पनि गरिरहेको छ । कर्ताको माग भएको कारणले अन्लाईन बाट ग्रह शान्ति जप, हबन ,तर्पण नामकरण लघु रुद्राभीषेक तथा विविध पुजा गराउने कार्यक्रम लाई पनि प्राथमिकता साथ अगाडी सारिएको छ।

  • रुरु धाममा तीर्थयात्रीको संख्यामा वृद्धि

    रुरु धाममा तीर्थयात्रीको संख्यामा वृद्धि

    चुरामणि तिमिल्सिना  बैशाख   १३ रुरु धाम

    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र धाममा केही समय यता देखि आन्तरिक तथा बाहय पर्यटक तथा तीर्थ यात्री बढेका छन। कालीगण्डकी नदिमा स्नाम गर्ने , भगवानको दर्शन , १००८ शालकराम भगवानको दर्शन तथा यहाँ का धार्मिक तथा पुराना सम्पदा हरको अवलोकन गर्ने गर्दछन। यहाँ सुबिधा सम्पन्न राम्रा गुणस्तरीय होटलहरु भएको र तिन मुखे पुल्को कारणले पनि यहाँ पर्यटहरु आउने गर्दछन।

  • निशुल्कस्वास्थ  शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

    निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

    चुरामणि तिमिल्सिना ।
    गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ ।

    ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो

    रुरु क्षेत्र गाउँ पालिकाको मुख्य आयोजना तथा विभिन्न संघ सस्थाको सहयोग बाट कार्यक्रम आयोजना गरिएको र विभिन्न ठाउँबाट सेवा लिएर बिरामी गन्तव्य तर्फ फर्किदा आफूलाई खुसी लागेको पालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

    शिविरबाट पाल्पा, स्याङ्जा,गुल्मी र अर्घाखाँचीका बिरामीहरुले सेवा लिएकोले यस्ता विभिन्न प्रकारका सेवा मुलक कार्यक्रम सन्चालन गर्न सबैलाई प्रेरणा मिलेको र बिरामीको चाप देख्दा बर्ष भरिमा कम्तिमा पनि ३ पटक सम्म संचालन गर्न सकेमा दीर्घ रोगी लाई प्रत्यक्ष फाइदा पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो।

    यहाँ बढी मात्रामा मुटु रोग,आँखा रोगी,पेट ग्यास्टिक,उच्च रक्तचाप,सुगर लगायतका बिरामीहरुले सेवा लिएको रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क.ले जानकारी दिनुभयो।

    दोस्रो दिनको कार्यक्रममा वरिष्ठ मुटु बिसेसज्ञ डा प्रकाशलाल रेग्मीले मुटुका विषयमा लामो समय सम्म शिविर स्थानमा नै अन्तर्कृया कार्यक्रम समेत गर्नु भयो ।अन्तर्कृया कार्यक्रममा सहभागीले फरक फरक शैलिका जिज्ञासा राखेका थिए ।

    जिज्ञासा मेटाउदै लामो समय सम्म बाच्ने उपाय ,मुटु बिग्रने तत्वहरु विभिन्न नसाहरु, यस लाई न्यूनीकरण गर्ने उपायका विषयमा चर्चागर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल,गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेल ,जनप्रतिनिधिहरु , सुरक्षा निकाय ,पत्रकार पालिकाका कर्मचारीहरु , स्वास्थ कर्मचारी स्थानिय संघसस्थाका प्रतिनिधीहरु क्लबका पदाधिकारीहरु सामाजिक अभियानताहरु लगायतको सहभागीता रहेको थियो।

    शिविर आईतवार दिउसो १ बजे सम्म संचालन हुने छ ।

  • कृषिमा रमेका फर्सुराम :कृषिबाटै बार्षिक ८ लाख बढी आम्दानी

    कृषिमा रमेका फर्सुराम :कृषिबाटै बार्षिक ८ लाख बढी आम्दानी

    चुरामणी तिमिल्सीना, रिडी ।
    गरे के हुन्न र भन्ने उदाहरण दिदै रुरु क्षेत्र गाउँपालिका वडा १ रिडीका फर्सुराम नेपालले कृषि पेसा लाई मुख्य पेसा बनाउदै आउनु भएको छ ।

    गुल्मीको रुरु गाउपालिका १ रिडीमा बसोबास गर्दै आउनु भएका नेपाल खास गरी तरकारी ,काक्रा,करेला ,केरा ,फलफूल ,कागती खेती गर्दै आउनुभएको छ ।

    यस ब्यबसायी बाट नेपालले राम्रो आम्दानी भएको बताउनु भयो । तरकारी तथा अन्य फलफुल उत्पादन गर्दा आधुनिक प्रबिधी अपनाइ कृषि उपज उत्पादन गरेको बताउनु भयो ।

    अहिले उनको खेत बारीमा ४० वटा कागतीका बोट ले फल दिदा आफै अचम्म परेका छन ।

    सिजनमा कागती उत्पादन कुन्टिवका कृवटल भन्दा माथी टिपेर सबै कागती पैचो पसल प्रा लि लाई दिदै आएको बताउनु भयो। नेपालले आफ्ना खेत बारिमा जे उत्पादन गरेपनि सबै पैचो पसललाई दिदै आयको बताए।

    नेपालले कृषि ब्यबसाय बाट झन्डै बार्सिक रुपमा ८ लाखको आम्दानी गर्दै आयका छन ।

    सिजन्मा गाजर , बन्दा गोभि बोडि घिरम्ला लौरे सेमि र अन्य उत्पादन पनि गर्ने गरेको बताए । नेपाललाई खेत बारिमा सघाउनको लागि उनकी श्रीमती राधा नेपालले सघाउने गर्दछिन ।

    आफुले फर्म सुभारम्भ मा वडा तथा स्थानीय सरकारले कागतीका बिरुवा तथा खन्जोतका उपकरणमा केही प्रतिशत छुट दिएको र पछल्लो समयमा केही आश्वासन पनि दिएको बताउनु भयो।

    कृषक नेपाल लाई थप सुबिधा प्राप्त भए यहाँको सोच कस्तो छभनेर जिज्ञासा राख्दा सिचाइको लागि पाइप तथा बिधुत्तिय उपकरणहरु, लामो समय टिक्ने खन्जोत्का सामग्री स्थायी टनेल लगायतका सामाग्री भएको भए थप तर्कारी वृद्धि हुने बताउनु भयो।

    नेपालले कृषि लाई जो अगाडी बढाउन २०७१ सालमा पि आर नमुना कृषि फर्म समेत दर्ता गरेर अगाडी बढ्नु भएको हो ।

    अहिले बारिमा तर्कारी मात्र हैन झन्डै १०० बोट जि नाइन जातको केरा बाट पनि आम्दानी लिगेको बताउनु भयो ।

    उहाँले थप्दै भनु भयो केरा बाट सबै भन्दा आम्दानी हुने संकेत देखीएकोले केरा लगाउने अभियानलाई निरन्तरता दिने बताउनु भयो।

    खासै कुनै प्रकारको तालिम नलिगेपनी उत्पादनमा कमि नभएको उहाँले बताउनु भयो।

  • कार्यसम्पादनमा जिप्रका गुल्मी  सर्वोत्कृष्ट

    कार्यसम्पादनमा जिप्रका गुल्मी सर्वोत्कृष्ट

    गुल्मी ।
    गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो ।

    बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।

    कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव पुण्यविक्रम पौडेल रहनुभएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर बर्षै पिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।

    सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह,लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक बर्ष प्रतिवेदन तयार गर्दैैै आएको छ ।

    जसअनुुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ ।

    यसैगरी, हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा पर्न सफल भएको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अंक नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा रहन सफल भएको गृह मन्त्रालयले जनाएको छ।

  • रुरु क्षेत्र  गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा

    रुरु क्षेत्र गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा

    रीडि ।
    रुरु क्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७८ /०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

    समिक्षा कार्यक्रममा पालिका भित्रका सबै वडाले गरेका काम प्रगति समस्या वार्षिक रुपमा गर्ने कार्ययोजना प्रस्तुत भएको थियो।

    सबै वडाको प्रतिबेदन केलाउदा बसाई सराइ वृद्धि भएको ,योजना सन्पन्न गर्न सहज नभएको ,उपभोक्ता समितीमा बस्न नमान्नु ले योजना सम्पन्मा ढिलाइ ,उपभोक्ताले तालिम लाई ब्यबहारमा लागू नगर्दा समस्या भोग्नु परेको कार्यक्रममा वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले बताउनु भयो।

    कार्यक्रममा यस्तै पालिकाका विभिन्न शाखाहरु प्रमुख हरुले गरेका कामको प्रगती विवरण काम गर्ने तरिका शैली वर्ष भरी गर्ने कामको तयारीका विषयमा चर्चा गरेका थिए।

    कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिना गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडयाल सबै वडाका वडा अध्यक्षहरु कार्यापालिकाका सदस्य पत्रकार ,अन्य कर्मचारीको सहभागीता रहेको थियोे ।

    कार्यक्रममा पालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत बिच कार्य सम्पदान सम्झौता , यस्तै पालिका अध्यक्ष र वडाका अध्यक्ष बिच कार्य सम्पादन सम्झौता समेत सम्पन्न भएको हो।

    सम्झौता गर्न बाकी रहेका विभिन्न साखाका प्रमुखहरु सित अधिकृत पौडयाल ले बैठकमा सम्झौता गर्ने कार्यक्रममा बताउनु भयो।

    कार्यक्रमलाई समपन गर्दै अध्यक्ष ज्ञवालीले बिकासका योजनाहरु लाई ढिला सुस्ती नगरी समयमा सक्ने ,काममा अटेर गरी भुक्तानी लिन आउनेलाई निकासा नदिने ,कर्मचारी प्रशासन लाई चुस्तदुरुस्तका साथ राख्ने ,भएका समस्यालाई क्रमै सित आबस्यकता अनुसार पूरा गर्ने , बेरुजु न आउने तरीकाले कार्यसम्पादान गर्ने ,शिक्षा स्वास्थ सरसफाइ , बजार अनुगमन जस्ता विषयमा जनता लाई सजकता जस्ता विषयमा चनाखो बनाउने प्रतिबद्धता जायर गर्नु भयो ।

    कार्यक्रमको सन्चालन पालिकाका कर्मचारी दामोदर ज्ञवालीले गर्नु भएको थियो।