Category: समाचार

  • अर्घाखाँचीमा पहिरोमा  पुरिदा ३ जनाको मृत्यु

    अर्घाखाँचीमा पहिरोमा पुरिदा ३ जनाको मृत्यु

    असार   १९ अर्घाखाँची अर्घाखाँचीमा_पहिरोले_पुरिएर_३_बालबालिकाको_मृत्यु

    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते छन्।

    पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए।

    मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएका छ।

    घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ।

  • चन्द्रकोटमा तालिम समापन सङै सामाग्री  हस्तान्तरण

    चन्द्रकोटमा तालिम समापन सङै सामाग्री हस्तान्तरण

    चन्द्रकोट गुल्मी १८

    नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा एड्भान्स सीप बिकास तालिम अन्तर्गत वडा नं ७ रूपाक‍ोट बोटेगाउँका सिमान्तकृत बोटे समुदायका महिला हरूको लागि लक्षित गरि यस अघि संचालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेती तालिमको प्रविधि हस्तान्तरण, प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।

    गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षता, उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा संचालित कार्यक्रममा कार्यपालिका सदस्य विष्णुकला थापा, कान्तिपुर दैनिकका उपसम्पादक घनश्याम गौतम, कार्यक्रम सम्पर्क व्यक्ति, कृषि विकास शाखा प्रमुख, उद्यम विकास सहजकर्ता लगायतको उपस्थिति रहेको थियो।

    जस अन्तर्गत समुहमा आवद्द २० जनामा प्रत्येक सदस्यलाई पोली ट्याङ्क, विभिन्न किटनाशक औषधि, विउपल, गार्डेन पाईप, हजारी, सेफ्टि ज्याकेट लगायतका कृषि जन्य सामाग्री प्रदान गरिएको थियो भने समुहलाई १ वटा कुटानी पिसानी मिल समेत उपलब्ध गराईएको थियो।

  • चन्द्रकोटमा  शिक्षकको तालिम  समापन

    चन्द्रकोटमा शिक्षकको तालिम समापन

    श्रीराम गौतम
    असार १६

    चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा बिज्ञान बिषय अध्यापनरत शिक्षकहरु तथा आधारभूत तह (कक्षा १-५) मा अध्यापनरत शिक्षकहरुका लागि मिति २०८० असार १४ गतेदेखि संचालित ३ दिने ICT सम्बन्धी तालिम एवम् नेपाली र सामाजिक विषय शिक्षकको विषयगत गोष्ठी समापन भएको छ ।

    तालिम तथा गोष्ठीको समापन समारोह गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीज्युको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल लगायतको विशेष उपस्थितिमा भएको थियो । तालिम अवधिभर शिक्षा अधिकृत नयन सिंह ठकुरी, सूचना प्रविधी अधिकृत कृष्ण प्रसाद गौतम, ज्ञानोदय मा.बि. मजुवाका कम्प्युटर प्रशिक्षक अनिल अर्याल शर्मा, उदय माध्यमिक विद्यालयका शिक्षक गाजिराम गौतम, एम.आइ.एस. अपरेटर पवन पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।

  • सत्यवतीमा सम्मान  कार्यक्रम  सम्पन्न

    सत्यवतीमा सम्मान कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  असार१६

    सत्यवती गाउपालिका जोहाङ गुल्मिमा  अवस्थित  सरस्वती मा.वि मा अध्यापनरत गणित शिक्षक मणिराम गौतम, अङ्ग्रेजी शिक्षक बाबु पोखरेल(होमनाथ पोखरेल) यस्तै बिज्ञान शिक्षक केशव ढकालले शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा गाउपालिकाकै उत्कृष्ट नतिजा निकाल्न सफल हुनुभएको छ।

    सत्यवती गाउँ कार्यपालिकाले आयोजना गरेको यस पालिका भित्र अध्ययन गर्ने उत्कृष्ट बिद्यार्थी र उत्कृष्ट शिक्षक सम्मान कार्यक्रममा यस बिद्यालयबाट शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा सहभागी भै पालिकामै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी आशिस पाण्डे र बिद्यालय कक्षा आठ, दश, र बाह्रमा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा यस बिद्यालयका प्रधानाध्यापक छबिलाल भन्डारी सत्यवती गाउँपालिकाबाट पुरस्कृत हुनुभएको छ ।

    यसरी बिद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत बिद्यार्थी पुरस्कृत हुनु सम्पुर्ण बिद्यालय परिवारलाइ नै गर्वको बिषय भएकोले पुरस्कृत हुने सम्पुर्ण गुरुहरु, बिद्यार्थी तथा यो सबैको लागि सहि ब्यवस्थापन र उत्प्रेरित गर्नुहुने प्रधानाध्यापक छविलाल भण्डारी लगायत सम्पुर्ण सम्बद्ध पक्षलाइ पालिकाको तर्फबाट बधाइ ज्ञापन गरिएको हो ।समारोहमा पालिकाका अध्यक्ष टिकारम पाण्डे यस्तै उपाध्यक्ष निरमाया तरामु , प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल जन जन प्रतिनिधि संमानित ब्याक्तीहरुको आथित्यता रहेको थियो।

     

  • रुरु क्षेत्र  गाउँपालिका वडा न ४ मा ३ दिने  सचेतना कार्यक्रम सम्पन्न

    रुरु क्षेत्र गाउँपालिका वडा न ४ मा ३ दिने सचेतना कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  असार  १६

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ बलेटक्सारमा ३ दिने महिला तथा दलित लक्षित सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४ को आयोजनामा कार्यक्रम गरिएको हो । ३९ जनाको सहभागीता रहेको तालिममा युवराज बस्याल, इस्वरी बस्याल, दुर्गा घायल , यस्तै लेखा तर्फ सुकदेव ज्ञवाली र स्वस्थ्य सम्बन्धि जनार्दन बिस्ट ले प्रशिक्षण गर्नुभएको थियो ।
    गाउँका कुना काप्चामा रहेका तथा पिछडिएका दलित हरु लाई समाजमा जुटेर आफ्ना भनाइ राख्न सामाजिक संघ संस्थाको हिसाब राख्ने तरिका , यस्तै महिलाले लुकाएर राख्ने र परिवारलाई आफूलाई लागेको रोगका बारेमा बताउन पनि तालिममा सहजिकरण गरिएको थियो। वडा नं. ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठको अध्यक्षमा सन्चालित कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनु भएको थियो। प्रमुख अतिथि अध्यक्ष ज्ञवालीले तालिम लाई व्यबहारमा ल्याइ समाज लाई शिक्षित बनाउदै तालिममा सिकेका विषय लाई अन्य सदस्यहरु सामु पनि पहिचान गराउन सकेमा मात्र तालिमको औचित्य हुने बताउनु भयो । समापन सत्रमा वडाका जनप्रतिनिधिको आतित्यथा रहेको थियो। तालिममा सहभागी सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो।

  • गुल्मीको बलेटक्सारमा  वर्षाले घर भत्कियो  मानबिय क्षति भएन

    गुल्मीको बलेटक्सारमा वर्षाले घर भत्कियो मानबिय क्षति भएन

    चुरामणि  तिमिल्सिना असार  १६

    अबिरल ३ दिन देखि परेको पानीले रुरुक्षेत्र गा. पा. – ४ बलेटक्सार बजारमा खगेन्द्र श्रेस्ठको घर भत्किएको छ । घर भत्किदा अर्घाखाची चिदिका निवासी यसै घरमा फेन्सी पसल गर्ने अहमद मिया (जुठे मिया) को पसलमा सामन्य क्षति हुनुका साथै पछाडी पट्टी पार्किङ्ग गरेको बाईक पुरीएको छ।

    स्थानीय , बजारबासी तथा छिमेकीहरुको सकृयतामा पसलमा रहेका सामाग्रीहरु
    ईम बहादुर के. सी. र राज कुमार श्रेष्ठको घरमा राखिएको छ । सम्वन्धित पसल मालिक ईद मनाउन घर गएको अवस्था रहेकोले कुनै मानवीय क्षति भएन।।यता उधोग बाणिज्य संघ बलेट्क्सार अध्यक्ष तोयनारायण ज्ञवाली लगातार वर्षा भएकोले आवस्यक परेको ठाउँमा मात्र तथा छोटा दुरिकोयात्रा गर्न मात्र आग्रह गर्दै स्थानीय भेगमा कुनै पनि जुन प्रकारकाको क्षति भए पनि तत्काल नै आफ्नो कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।

  • आवरण गौतमको  जन्म दिन्मा आमा  पार्वती  गरिन धार्मिक  कार्यमा सहयोग

    आवरण गौतमको जन्म दिन्मा आमा पार्वती गरिन धार्मिक कार्यमा सहयोग

    चुरामणि  तिमिल्सिना  असार  १६

    गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कुसेनीमा रहेको रुरु गौ सेवा आश्रमका लागि रु ७७७७रुपियाँ यस्तै रुरु धार्मिक सेवा सन्चार प्रा लि को केन्द्रिय कार्यालय रिडी लाई १ महिनाको इन्टरनेट सेवा बापत रु १५०० उपलब्ध गराउनु भएको छ।

    जन्म दिनमा गरिने फजुल खर्च लाई धार्मिक कार्यमा लगाउन सकेमा आफू र आपनो परिवारमा समेत पुन्य हुने र पछीका सन्तति लाई समेत ज्ञान हुने हुँदा यसरी धार्मिक अभियानमा जोडिएको पार्वती गौतमले बताउनु भयो। यता धार्मिक कार्यमा सहयोग रकम प्रदान गर्नु भएको मा सन्चारका अध्यक्ष चुरामणी तिमिल्सिनाले आवरण जन्म दिन्को शुभकामना प्रदान गर्दै सम्पुर्ण गौतम परिवार लाई ईन्टरनेटको माध्यम बाट आसिर्बचन प्रदान गर्नु भएको हो । हाल यश गौ आश्रममा १०० गाइरहेका छन गाइको दीर्घकालीन योजना बनाउन निरन्तर समिती लागि परेको छ

  • छोरा  आवरणको जन्म दिनमा आमा पार्वतीले गरिन धार्मिक  कार्यमा सहयोग

    छोरा आवरणको जन्म दिनमा आमा पार्वतीले गरिन धार्मिक कार्यमा सहयोग

    चुरामणि  तिमिल्सिना  असार  १६

    गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कुसेनीमा रहेको रुरु गौ सेवा आश्रमका लागि रु ७७७७रुपियाँ यस्तै रुरु धार्मिक सेवा सन्चार प्रा लि को केन्द्रिय कार्यालय रिडी लाई १ महिनाको इन्टरनेट सेवा बापत रु १५०० उपलब्ध गराउनु भएको छ।

    जन्म दिनमा गरिने फजुल खर्च लाई धार्मिक कार्यमा लगाउन सकेमा आफू र आपनो परिवारमा समेत पुन्य हुने र पछीका सन्तति लाई समेत ज्ञान हुने हुँदा यसरी धार्मिक अभियानमा जोडिएको पार्वती गौतमले बताउनु भयो। यता धार्मिक कार्यमा सहयोग रकम प्रदान गर्नु भएको मा सन्चारका अध्यक्ष चुरामणी तिमिल्सिनाले आवरण जन्म दिन्को शुभकामना प्रदान गर्दै सम्पुर्ण गौतम परिवार लाई ईन्टरनेटको माध्यम बाट आसिर्बचन प्रदान गर्नु भएको हो । हाल यश गौ आश्रममा १०० गाइरहेका छन गाइको दीर्घकालीन योजना बनाउन निरन्तर समिती लागि परेको छ

  • छोरा आवरण गौतमको जन्म दिनमा आमा पार्वती ले  गरिन धार्मिक कार्यमा सहयोग

    छोरा आवरण गौतमको जन्म दिनमा आमा पार्वती ले गरिन धार्मिक कार्यमा सहयोग

    चुरामणि तिमिल्सिना  असार  १६

    गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कुसेनीमा रहेको रुरु गौ सेवा आश्रमका लागि रु ७७७७रुपियाँ यस्तै रुरु धार्मिक सेवा सन्चार प्रा लि को केन्द्रिय कार्यालय रिडी लाई

     

    १ महिनाको इन्टरनेट सेवा बापत रु १५०० उपलब्ध गराउनु भएको छ ।जन्म दिनमा गरिने फजुल खर्च लाई धार्मिक कार्यमा लगाउन सकेमा आफू र आपनो परिवारमा समेत पुन्य हुने र पछीका सन्तति लाई समेत ज्ञान हुने हुँदा यसरी धार्मिक अभियानमा जोडिएको पार्वती गौतमले बताउनु भयो। यता धार्मिक कार्यमा सहयोग रकम प्रदान गर्नु भएको मा सन्चारका अध्यक्ष चुरामणी तिमिल्सिनाले आवरण जन्म दिन्को शुभकामना प्रदान गर्दै सम्पुर्ण गौतम परिवार लाई ईन्टरनेटको माध्यम बाट आसिर्बचन प्रदान गर्नु भएको हो । हाल यश गौ आश्रममा १०० गाइरहेका छन गाइको दीर्घकालीन योजना बनाउन निरन्तर समिती लागि परेको छ

  • तिनाउ नदीमा पानीको सतह बढो  तटिय क्षेत्रमा  नवस्न उपमहानगरको आग्रह

    तिनाउ नदीमा पानीको सतह बढो तटिय क्षेत्रमा नवस्न उपमहानगरको आग्रह

    तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह।
    असार १६
    तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। तिनाउ नदिको आसपासका क्षेत्रहरूमा ठूलो वर्षा भएकोले तिनाउ नदीमा बाढी आएको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा आज बिहान पानीको सतह ६.८८ मिटर पुगेको छ । ५.६ मिटरलाई खतराको तह मानिन्छ। अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको बताईएको छ । प्रशासनले खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह गरेको छ ।