चुरामणि तिमिल्सिना असार१६
सत्यवती गाउपालिका जोहाङ गुल्मिमा अवस्थित सरस्वती मा.वि मा अध्यापनरत गणित शिक्षक मणिराम गौतम, अङ्ग्रेजी शिक्षक बाबु पोखरेल(होमनाथ पोखरेल) यस्तै बिज्ञान शिक्षक केशव ढकालले शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा गाउपालिकाकै उत्कृष्ट नतिजा निकाल्न सफल हुनुभएको छ।

सत्यवती गाउँ कार्यपालिकाले आयोजना गरेको यस पालिका भित्र अध्ययन गर्ने उत्कृष्ट बिद्यार्थी र उत्कृष्ट शिक्षक सम्मान कार्यक्रममा यस बिद्यालयबाट शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा सहभागी भै पालिकामै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी आशिस पाण्डे र बिद्यालय कक्षा आठ, दश, र बाह्रमा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा यस बिद्यालयका प्रधानाध्यापक छबिलाल भन्डारी सत्यवती गाउँपालिकाबाट पुरस्कृत हुनुभएको छ ।
यसरी बिद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत बिद्यार्थी पुरस्कृत हुनु सम्पुर्ण बिद्यालय परिवारलाइ नै गर्वको बिषय भएकोले पुरस्कृत हुने सम्पुर्ण गुरुहरु, बिद्यार्थी तथा यो सबैको लागि सहि ब्यवस्थापन र उत्प्रेरित गर्नुहुने प्रधानाध्यापक छविलाल भण्डारी लगायत सम्पुर्ण सम्बद्ध पक्षलाइ पालिकाको तर्फबाट बधाइ ज्ञापन गरिएको हो ।समारोहमा पालिकाका अध्यक्ष टिकारम पाण्डे यस्तै उपाध्यक्ष निरमाया तरामु , प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल जन जन प्रतिनिधि संमानित ब्याक्तीहरुको आथित्यता रहेको थियो।

Leave a Reply