गुल्मीको बलेटक्सारमा वर्षाले घर भत्कियो मानबिय क्षति भएन

चुरामणि  तिमिल्सिना असार  १६

अबिरल ३ दिन देखि परेको पानीले रुरुक्षेत्र गा. पा. – ४ बलेटक्सार बजारमा खगेन्द्र श्रेस्ठको घर भत्किएको छ । घर भत्किदा अर्घाखाची चिदिका निवासी यसै घरमा फेन्सी पसल गर्ने अहमद मिया (जुठे मिया) को पसलमा सामन्य क्षति हुनुका साथै पछाडी पट्टी पार्किङ्ग गरेको बाईक पुरीएको छ।

स्थानीय , बजारबासी तथा छिमेकीहरुको सकृयतामा पसलमा रहेका सामाग्रीहरु
ईम बहादुर के. सी. र राज कुमार श्रेष्ठको घरमा राखिएको छ । सम्वन्धित पसल मालिक ईद मनाउन घर गएको अवस्था रहेकोले कुनै मानवीय क्षति भएन।।यता उधोग बाणिज्य संघ बलेट्क्सार अध्यक्ष तोयनारायण ज्ञवाली लगातार वर्षा भएकोले आवस्यक परेको ठाउँमा मात्र तथा छोटा दुरिकोयात्रा गर्न मात्र आग्रह गर्दै स्थानीय भेगमा कुनै पनि जुन प्रकारकाको क्षति भए पनि तत्काल नै आफ्नो कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1115