Category: समाचार

  • तुराङ बहुप्राबिधिक शिक्षालयको नियामित बैठक  सम्पन्न

    तुराङ बहुप्राबिधिक शिक्षालयको नियामित बैठक सम्पन्न

       गुल्मीअसार   १४

    तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को संचालक समितिको नियमित बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री टेक बहादुर के सि को अध्यक्षता भएको बैठकमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष श्री युबराज के सि , कृषि ज्ञान केन्द्रका प्रमुख नबराज भण्डारी , शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ मरासिनी , तुराङ बहुप्राबिधिक शिक्षालयका शिक्षालय प्रमुख प्रदिप राज पाण्डे तथा आमन्त्रित अतिथिका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे , वरिष्ठ अनुसंधान अधिकृत बिनय चतुर्बेदी , नापी कार्यालय मजुवाका प्रमुख सन्ध्या ढकाल , मालपोत कार्यालय मजुवाका प्रमुख ओम बहादुर खाम्चा , शिक्षालयका लेखापाल अमर बिक्रम जि सि लगायतको उपस्थिति रहेको थियो । बैठकमा शिक्षालयको कार्यक्रम तथा योजनाहरु र आगामी शैक्षिकसत्रदेखि संचालन गरिने डिप्लोमा इन एग्रीकल्चर एनिमल साइन्स कार्यक्रम को सम्बन्धमा पनि छलफल भएको थियो ।

  • चन्द्रकोटमा तालिम सम्पन्न

    चन्द्रकोट  गाउँपालिका  असार १३

    चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा असार ८ गते देखि संचालन भएको ६ दिने आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तहमा अध्यापनरत प्रधानाध्यापक तथा शिक्षकहरुको ICT सम्बन्धी तालिम समापन भएको छ । तालिमको समापन समारोह गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष श्री युवराज खत्री क्षत्रीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल लगायतको विशेष उपस्थिति रहेको थियो । तालिम अवधिभर शिक्षा अधिकृत नयन सिंह ठकुरी, सूचना प्रविधी अधिकृत कृष्ण प्रसाद गौतम तथा ज्ञानोदय मा.बि. मजुवाका कम्प्युटर प्रशिक्षक अनिल अर्याल शर्मा लगायतले सहजीकरण गर्नुभएको थियो ।

  • स्व:अमात्यको स्मृतीमा परिवार बाटअटिजममा ५ लाखको अक्षय कोश

    स्व:अमात्यको स्मृतीमा परिवार बाटअटिजममा ५ लाखको अक्षय कोश

    चुरामणि तिमिल्सिना  असार १३

    अटिजम पाठशाला नेपालरुरु क्षेत्र गाउँपालिका वडा न १ लाई एक कार्यक्रम बिच रुरु १ का समाजसेवी अमात्य परिवारले ५ लाखको पशुपति अमात्य स्मृती अक्षयकोश स्थापना गर्नुभएको छ । २०७४ साल देखि समाज कल्याण मन्त्रालयमा दर्ता गरी रुरु १ रातामाटामा सन्चालन भइराखेको यो पाठशालालाई जिवन्त राख्नको लागि आफ्नो परिवारले यो रकम पाठशाला नेपाल मा अक्षयकोष स्थापना गरेको परिवारका जेष्ठ छोरा ओम प्रसाद अमात्यले बताउनु भयो ।

    जग्गा दाता तुल्सी कुमारी श्रेष्ठले कार्यक्रममा स्वागत मन्तब्य राख्दै आगामी दिनमा पनि यस पाठशाला लाई आफ्नो परिवारको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनु भयो । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली कार्यक्रममा प्रमुख अतिथी रहनु भएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले यो पाठशाला पालिकाको मात्र गहना नभइ जिल्लाकै एक अटिजम भएकोले यस संस्था लाई अगाडी बढाउन पालिका प्रदेश र केन्द्र सरकार बाट बजेटको ब्यवस्थापन गर्ने छोटा र कम लागतमा समपन्न हुने योजनाहरु भए आफ्नै पालिकाले सम्पन्न गरिदिने , विद्यार्थीहरु लाई हौसला दिन विभिन्न रचनात्मक कार्यक्रम हरु सन्चालन गर्न थप सहयोग उपलब्ध गराउने शिक्षक देखि स्वयम् सेवक लाई निरन्तरता प्रदान गर्न आफू निरन्तर लागि पर्ने बताउदै स्व.पशुपति प्रसाद अमात्यको स्मरण गर्दै उहाँले गरेका विभिन्न सेवा मुखी काम कहिलै पनि भुल्न नसकिने बताउनु भयो।

    ज्ञवालीले यती धेरौ रकम पाठशाला लाई हस्तान्तरण गर्नु भएकोमा अमात्य परिवार लाई पालिकाको तर्फबाट धन्यवाद समेत प्रकट गर्नुभयो । कार्यक्रममा स्व. अमात्य कि धर्मपत्नी तेज कुमारी अमात्य, छोरा ओम प्रसाद अमात्य, वडा न १ का वडा अध्यक्ष नवराज बिक, वडा सदस्य घनश्याम ज्ञवाली, टोल बिकास समितिका प्रेम भण्डारी , आजिवन सदस्यहरु समाजसेवि हरुको आतिथ्यता रहेको थियो। स्व. पशुपती प्रसाद अमात्य ले पाल्पा, गुल्मी, स्याङ्जा र रुपन्देहीका विभिन्न क्षेत्रमा सहयोग समेत गरेर समाज लाई हरेक कोण बाट योगदान समेत गर्नु भएको थियो । यता उहाँका छोरा अमात्य ले बुवाले गरेका हरेक कार्यक्रम लाई निरन्तरका दिनको लागि बुवाकै नाममा परिवार बाट सन्चालित हुने तरिकाले टस्ट समेत बनाइसकेको र यसै को ब्याज बाट हरेक क्षेत्रमा उहाँकै नाम बाट काम गर्ने बताउनु भयो ।

     

    कार्यक्रम सस्था कि अध्यक्ष लक्ष्मी देवि पन्थको अध्यक्षतामा सन्चालन भएको थियो ।कार्यक्रम समापन गर्दै अध्यक्ष पन्थले छोटो समयमा सबैको सहयोग बाट यो पाठशाला अगाडी बढेको र आगामी दिन्मा पनि यस्तै गरि सन्चालन गर्न स्थानीय तहले सहयोग गर्नु पर्ने बताउदै स्थापना काल देखि हाल सम्म गरेका कामको समेत चर्चा गर्नु भएको थियो। हाल यहाँ ११ जना दैनिकी अध्यान गर्ने गर्दछन कार्यक्रमको सन्चालन बिष्णु प्रसाद भण्डारी ले गर्नु भएको थियो।

  • रुरु क्षेत्र  गाउँपालिका गुल्मीको बजेट सर्वसम्मत  रुपमा सभा बाट पास

    रुरु क्षेत्र गाउँपालिका गुल्मीको बजेट सर्वसम्मत रुपमा सभा बाट पास

    चुरामणि तिमिल्सिना  असार १३

    क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको १४औं गाउँसभाको अधिबेशन  सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०८०/ ८१ लागि ५३ करोड ५४ लाख माथिको बजेट आज बसेको तेस्रो बैठकले  सर्वसम्मत रुपमा पास गरेको हो । सभामा अध्यक्ष यदु ज्ञवालीले आगामी दिनमा पालिकाले साना योजना र छुटेका योजनाहरु लाई समावेश गर्दै लैजाने र पुराना योजनाहरु लाई थप बजेट व्यवस्थापन गर्ने ,सरकारी बिद्यालयमा बाल बालिका पढाउने, बस्ती बिकास कार्यक्रम विभिन्न बिकास निर्माण का कार्यहरुमा साझेदारीका रुपमा सम्पन्न गरिने पर्यटन क्षेत्रमा थप बजेट खोज मुलक गरेर बढी मात्रमा पर्यटन भित्र्याउने सभामा प्रस्तुत गर्नुभयो।

     

    यस्तै सभामा न्यायिक समितिका संयोजक पालिकाका उपाध्यक्ष मिना देवि गौतमले न्यायिक समितिले भए गरेका गतिविधि प्रस्तुत गर्नु भएको थियो। यस्तै सभामा लेखा समितिका संयोजक थर्क बहादुर कुवरले विभिन्न शीर्षक लाई ध्यानमा राख्दै लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको हो ।सभामा वडा.नं. ४ का वडा अध्यक्ष तथा सभाका सदस्य मोति प्रसाद श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको हो । सभामा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले सहजीकरण गर्नु भएको थियो ।

  • समृद्ध सत्यवती१ दिनको लागी नौलो अभियान

    समृद्ध सत्यवती१ दिनको लागी नौलो अभियान

    चुरामणि तिमिल्सिना असार ११

    सत्यवती गाउँपालिका गुल्मीले जिल्लामा नै नौलो कार्यक्रम नीति तथा बजेटमा समावेश गरेको छ। समग्र रुपमा गाउँपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नाको लागि “समृद्ध सत्यवती मेरो १ दिनको लागि” भन्ने अभियान बाट कोश स्थापना गरी कोशको रकम खर्च गर्न शैक्षिककार्य विधि तथा मापदण्ड निर्माण गरिने कार्यक्रम अगाडी सारीएको हो । पालिकाका अध्यक्ष टिकाराम पाण्डेले सबै भन्दा महत्त्वपूर्ण शिक्षा भएकोले यस कार्यलाई वृद्धि र गुणस्तर कायम राख्नको लागि देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण पालिका बासीलाई हातेमालो गरेर अगाडी बढ्न र साथ सहयोग गर्न आग्रह समेत गर्नु भयो । पाण्डे ले वर्षको १ पटक अभियानमा सहभागी भइ समृद्ध पालिका बनाउन पालिकाबासिको ठूलो योगदान हुनेहुँदा सबैतिर यस कार्यलाई प्रचार प्रसार गरी सहभागी हुन पालिकाले आह्वान पनि गरेको बताउनु भयो। जबसम्म शिक्षा क्षेत्रको बिकास हुदैन तबसम्म गुणस्तर कायम पनि नहुने र मुल्यांकनमा नतिजा राम्रो नआउने साथै बालबालिकाको उज्ज्वल र शैक्षिक भबिस्यमा पनि असर पर्ने हुँदा यो अभियानलाई कार्यक्रममा समाबेश गरिएको समाचारमा उल्लेख गरिएको छ ।

  • समृद्ध सत्यवती मेरो १ दिनको लागि कार्यक्रम जिल्लामै नलौ

    समृद्ध सत्यवती मेरो १ दिनको लागि कार्यक्रम जिल्लामै नलौ

    चुरामणि तिमिल्सिना असार ११

    सत्यवती गाउँपालिका गुल्मीले जिल्लामा नै नौलो कार्यक्रम नीति तथा बजेटमा समावेश गरेको छ। समग्र रुपमा गाउँपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नाको लागि “समृद्ध सत्यवती मेरो १ दिनको लागि” भन्ने अभियान बाट कोश स्थापना गरी कोशको रकम खर्च गर्न शैक्षिककार्य विधि तथा मापदण्ड निर्माण गरिने कार्यक्रम अगाडी सारीएको हो ।

    पालिकाका अध्यक्ष टिकाराम पाण्डेले सबै भन्दा महत्त्वपूर्ण शिक्षा भएकोले यस कार्यलाई वृद्धि र गुणस्तर कायम राख्नको लागि देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण पालिका बासीलाई हातेमालो गरेर अगाडी बढ्न र साथ सहयोग गर्न आग्रह समेत गर्नु भयो । पाण्डे ले वर्षको १ पटक अभियानमा सहभागी भइ समृद्ध पालिका बनाउन पालिकाबासिको ठूलो योगदान हुनेहुँदा सबैतिर यस कार्यलाई प्रचार प्रसार गरी सहभागी हुन पालिकाले आह्वान पनि गरेको बताउनु भयो।

    जबसम्म शिक्षा क्षेत्रको बिकास हुदैन तबसम्म गुणस्तर कायम पनि नहुने र मुल्यांकनमा नतिजा राम्रो नआउने साथै बालबालिकाको उज्ज्वल र शैक्षिक भबिस्यमा पनि असर पर्ने हुँदा यो अभियानलाई कार्यक्रममा समाबेश गरिएको समाचारमा उल्लेख गरिएको छ ।

  • गुल्मीमा विद्युत अबरुद्ध हुदा दैनिक जीवन कष्टकर

    गुल्मीमा विद्युत अबरुद्ध हुदा दैनिक जीवन कष्टकर

    श्रीराम गौतम  असार   ११  गुल्मी

    बिगत १० दिन यता गुल्मी जिल्लाको चन्द्रकोट,कालीगण्डकी गाउपालिकाका विभिन्न स्थान तथा बागलुङ जिल्ला बरेङ्ग गाउपालिकाका केही स्थानमा विद्युत आपूर्ति सेवा अनियमित हुदा जनजीवन कष्टकर बनेको छ । विद्युत सेवा अनियमित हुदा लगातार रुपमा सत्य तथ्य घटनाहरूको समाचार सम्प्रेषण गर्न अत्यन्तै असहज भएको रुरु सन्चार खबरका प्रमुख चुरामणी तिमल्सिनाले बताउनु भयो । साथै उहाले आफू लामो समय देखि रुरु धाममा बसिरहेको र त्यहा बढी मात्रामा सुचना समाचार अपलोड गरेर जनता लाई सुचित पनि गरिरहेको तर पटक पटक दिनमा झन्डै १५ पटक विद्युत सेवा अबरुद्ध भैरहेको साथै उक्त क्षेत्र कालीगण्डकी प्रभावित क्षेत्र पनि रहेको कारण त्यहा बारम्बार विद्युत सेवा अबरुद्ध नहुनु पर्ने जानकारी गराइ पटक पटक विद्युत कार्यालय र सिडियोलाइ फोन गर्दा पनि समस्या समाधान नभएको बताउदै जिल्ला भित्रका प्राविधिकले समस्या समाधान गर्ने नसकेको भने अन्य जिल्लाबाट प्राबिधिक ल्याएर विद्युत सेवा नियमित रुपमा सन्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
    यस्तै चन्द्रकोट गाउपालिका गुल्मिमा कार्यरत शिक्षक श्रीराम गौतमले रुरु सन्चार खबर सङ्ग कुरा गर्दै भन्नुहुन्छ ” अहिलेको शिक्षा प्रणाली सुचना तथा सन्चार प्रणालिमा आधारित शिक्षा भएको कारण अध्यापन गराउदै गर्दा मोबाइल, ल्यापटप, कम्प्युटर र इन्टरनेटको प्रयोग अधिकतम मात्रामा गर्नुपर्ने तर विद्युत सेवा अनियमित रुपमा अबरुद्ध हुदा शिक्षा क्षेत्र पनि प्रत्यक्ष रुपमा प्रभावित भएको जानकारी गराउनु भयो । उहाले थप्दै भन्नुभयो यसरी अनियमित रुपमा विद्युत सेवा अबरुद्ध हुदा शिक्षा क्षेत्र मात्रै नभएर स्वास्थ, खानेपानी र अन्य सरकारी कार्यालय लगायत दैनिक घरायसी कामकाजमा पनि प्रत्यक्ष असर परेको बताउदै केही स्थानिय बासिन्दाहरुले यसरी अनियमित रुपमा विद्युत अबरुद्ध भएको प्रती विद्युत कार्यलयसङ्ग आक्रोशित भएको बताउनु भएको छ ।”

  • उपाध्यक्ष  कार्यक्रम  अन्तर्गत   किशोरी  शैक्षिक  कार्यक्रम  आयोजना हुने

    उपाध्यक्ष कार्यक्रम अन्तर्गत किशोरी शैक्षिक कार्यक्रम आयोजना हुने

    चुरामणि  तिमिल्सिना  असार  १०

    सत्यवती गाउँपालिकाको सभाहलमा आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुँदा सबै जनाको अनुहारमा खुसी छाएको देख्न सकिन्थ्यो। पालिकाले गर्ने हरेक कार्यहरु सायद नबिनतम भएकोले हुन पनि सक्छ कतै शालिग्रामको शिव लिङ्ग त कतै सडक भरीनै बृक्षारोपण, कुवा,पोखरी, चौपारी लाई संरक्षण यति मात्र हैन।राम मन्दिरमा रहनु हुने वृद्ध वृद्धा लाई दिवा खाजा!जस्ता थुप्रै कार्यक्रमले जनप्रतिनिधिखुशी हुनुहुन्थ्यो।
    यता पालिकाले हरेक बिद्यालयमा “किशोरी शैक्षिक कार्यक्रम” किशोरी सकारात्मक सचेतता,किशोरीमैत्री संरचना,किशोरी आत्मरक्षा तालीम,किशोरी सशक्तीकरण कार्यक्रम उपाध्यक्ष अन्तरगतका कार्यक्रम भनेर बाचन गर्दै गर्दा सबैले कार्यक्रममा ताली बजाउदै कार्यक्रमका लागि स्वागत गरेका थिए। पालिका उपाध्यक्ष निर माया तरामु आफै पुर्व शिक्षक र विद्यार्थी लाई बुझाउन सक्ने शैली पनि फरक रहेकाले यो कार्यक्रम माथिल्लो तहका बिद्यार्थी भाइ बैनी लाइ असाध्यै आवस्यक परेकोले कार्यक्रम सफल पार्न अध्यक्ष जिले यो कार्यक्रम बजेटमा समाबेश गर्नु भएको हो।

    गाउँघरमा बढी मात्रमा आत्महत्या बढ्दो रहेकाले यश लाई न्यूनीकरण गर्न टोल टोलमा सचेतना कार्यक्रम जगाउने , भिजलका माध्यम बाट कक्षा सन्चालन गरिने बस्तिहरुमा सडक नाटक पनि प्रदर्सन गर्ने योजना
    गरिएको उपाध्यक्ष तरामुले बताउनु भयो।उपाध्यक्ष लाई रुरु संन्चार अन्लाईन खबरले यसै शिलशिलामा जिज्ञासा राख्दा हरेक नारि बर्गहरुमा यो तालिम आवस्यक रहेकोले अवका दिनहरुमा सबै बिद्यालयमा यो आत्म रक्षा तालिम सन्चालन गर्न आफै लाग्ने बताउदै योजना बद्दरुपमा आफना सबै योजना हरु पूरा गर्ने प्रतिबद्धता जायर गर्नु भयो।

  • रुरु क्षेत्र गाउँपालिकाको बजेट  झन्डै ५५ करोड

    रुरु क्षेत्र गाउँपालिकाको बजेट झन्डै ५५ करोड

     

    रुरुक्षेत्र गाउँपालिका गुल्मीको बजेट प्रस्तुत, कफि, गुण, कोल्ड स्टोर प्राथमिक्तामा, प्रअ र स्वयंम सेबिकाको भत्ता डबल ।
    असार १०
    रुरुक्षेत्र गाउँपालिका

    रुरुक्षेत्र गाउँपालिका गुल्मीको अर्थिक बर्ष २०८० ८१ को बजेट गाउँसभामा प्रस्तुत भएको छ ।
    गाउँपालिकाको १४ औं अबिधेसनको दास्रो बैठकमा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले ५३ करोड ५४ लाख ९७ हजार २ सय ३० रुपैयाको बजेट सभामा प्रस्तुत गर्नु भएको थियो ।
    जसमा चालु तर्फ ६४ दसमलब ७५ प्रतिशत अर्थात करिब ३४ करोड बढी र पूजिगत तर्फ ३५ दशमलब २५ प्रतिशत अर्थात १९ करोड बढी रकम बिनियोजन बिनियोजन गरिएको छ ।
    बजेटमा पूर्वाधार बिकासमा गाउँपालिकाको निर्माण सम्पन्न हुन लागेको भवन लागि गाउँपालिका बाट ६३ लाख, कफि, गुण प्रशोधन, कोल्ड स्टोरको लागि पनि आवस्यक बजेटको ब्यवस्था गरिएको छ ।
    महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाको बार्षिक ५ हजार भत्ता डबल बनाएर १० हजार पुर्याईएको छ भने प्रधानाध्यापकको मासिक भत्ता बिद्मालयको तह अनुसार ५ गुणा सम्म बृद्धि भएको छ ।
    यस्तै सडक स्तरोन्ती समपूरकमा धेरै रहेका छन । भट्कुवामा पिक्निक स्पट, पोखरी, बृक्षारोपणमा रकम बिनियोजन गरिएको छ ।
    १३ गते थप छलफल गर्ने गरि आजको सभा स्थगित भएको छ ।

  • छत्रकोटमा ५५ करोड  ५ लाखको बजेट पारित

    छत्रकोटमा ५५ करोड ५ लाखको बजेट पारित

     

     

    माधव ज्ञवाली, गुल्मी  असार  १०

    छत्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८०÷८१ को आनुमानित वार्षिक बाजेट प्रस्तुत गरेको छ ।आइतबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले रु.५५ करोड ५ लाख ६० हजार ६ सय ७१ बराबरको वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो।

    बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुक्षेत्र, दिगो सडक र पुर्वाधार निर्माण, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो, जसमा छत्रकोट गाउँपालिकाको आन्तरिक आम्दानी मात्रै रु.५५ लाख अनुमान गरिएको छ।

    गाउँपालिकाले आर्थिक विकास तर्फ रु.३३ करोड ६१ लाख विनियोजन गरेको छ भने सामाजिक विकास तर्फ रु. २७ करोड ६९ लाख १६ हजार २ सय रकम विनियोजन गरेको छ।

    त्यस्तै पुर्वाधार विकासको लागि गाउँपालिकाले रु.१५ करोड ५६ लाख ८५ हजार २ सय ३९ रुपैयाँ, वन वातावरण तथा विपद ब्यवस्थापन तर्फ रु.१ करोड ४९ लाख ५० हजार विनियोजन गरेको छ भने सुशासन तथा संस्थागत विकासतर्फ रु. ६ करोड ६९ लाख ९ हजार २ सय ३२ रुपैयाँ विनियोजन गरेको छ।

    गाउँपालिकाले स्मार्ट आमा सम्मान कार्यक्रम संचालनको लागि पनि बजेट विनियोजन गरेको छ भने एस.ई.ई दिएर बसेका छत्रकोट गाउँपालिका भित्रका विद्यार्थीहरुलाई कम्प्युटर तालिम तथा प्लस टु र स्नातक उत्तीर्णहरुको लागि शिक्षक सेवा आयोग र लोकसेवा आयोग संबंधित तयारी कक्षा संचालन गर्न आवश्यक बजेट गरिएको उपाध्यक्ष ज्ञवालीको भनाई रहेको छ।

    गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमको लागि रु.५० लाख बजेट विनियोजन गरेको छ भने छाडा भुस्याहा कुकुर बन्ध्याकरण शिविर संचालनको लागि पनि बजेट विनियोजन गरेको छ।

    यता छत्रकोट गाउँपालिकामा पर्यटन प्रबर्द्धनको लागि महत्वाकांक्षी योजनाको रुपमा लिइएको छत्रकोट जीपलाईन निर्माण कार्यको लागि गाउँपालिकाले रु.१ करोड ३० लाख रकम विनियोजन गरेको छ भने छत्रकोट घुमौँ अभियानको लागि समेत बजेट विनियोजन गरेको छ।

    छत्रकोट ३ भेडुवाको राममन्दिर देखि आन्तरिक पर्यटनको लागि प्रसिद्ध चोयगा मन्दिर सम्म झोलुङ्गे पुल निर्माणका लागि रु.३५ लाख रकम विनियोजन गरिएको उपाध्यक्ष ज्ञवालीले बताउनुभएको छ।

    गाउँपालिकाले संचारकर्मीहरुलाई समेत पुरस्कृत गर्ने भएको छ, गाउँपालिका भित्रका गतिविधिहरुलाई प्राथमिकता दिँदै सहि सुचना प्रवाह गर्ने संचारकर्मीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्न आवश्यक बजेट विनियोजन गरेको बताउँदै उपाध्यक्ष ज्ञवालीले स्थानीय संचार गृहहरुलाई नियमित प्रसारण गर्न आवश्यक सहयोग र समन्वयको लागि पनि बजेट विनियोजन गरेको बताउनुभयो ।