चन्द्रकोट गाउँपालिका असार १३
चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा
असार ८ गते देखि संचालन भएको ६ दिने आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तहमा अध्यापनरत प्रधानाध्यापक तथा शिक्षकहरुको ICT सम्बन्धी तालिम समापन भएको छ । तालिमको समापन समारोह गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष श्री युवराज खत्री क्षत्रीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल लगायतको विशेष उपस्थिति रहेको थियो । तालिम अवधिभर शिक्षा अधिकृत नयन सिंह ठकुरी, सूचना प्रविधी अधिकृत कृष्ण प्रसाद गौतम तथा ज्ञानोदय मा.बि. मजुवाका कम्प्युटर प्रशिक्षक अनिल अर्याल शर्मा लगायतले सहजीकरण गर्नुभएको थियो ।


