चुरामणि तिमिल्सिना असार १०
सत्यवती गाउँपालिकाको सभाहलमा आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुँदा सबै जनाको अनुहारमा खुसी छाएको देख्न सकिन्थ्यो। पालिकाले गर्ने हरेक कार्यहरु सायद नबिनतम भएकोले हुन पनि सक्छ कतै शालिग्रामको शिव लिङ्ग त कतै सडक भरीनै बृक्षारोपण, कुवा,पोखरी, चौपारी लाई संरक्षण यति मात्र हैन।राम मन्दिरमा रहनु हुने वृद्ध वृद्धा लाई दिवा खाजा!जस्ता थुप्रै कार्यक्रमले जनप्रतिनिधिखुशी हुनुहुन्थ्यो।
यता पालिकाले हरेक बिद्यालयमा “किशोरी शैक्षिक कार्यक्रम” किशोरी सकारात्मक सचेतता,किशोरीमैत्री संरचना,किशोरी आत्मरक्षा तालीम,किशोरी सशक्तीकरण कार्यक्रम उपाध्यक्ष अन्तरगतका कार्यक्रम भनेर बाचन गर्दै गर्दा सबैले कार्यक्रममा ताली बजाउदै कार्यक्रमका लागि स्वागत गरेका थिए। पालिका उपाध्यक्ष निर माया तरामु आफै पुर्व शिक्षक र विद्यार्थी लाई बुझाउन सक्ने शैली पनि फरक रहेकाले यो कार्यक्रम माथिल्लो तहका बिद्यार्थी भाइ बैनी लाइ असाध्यै आवस्यक परेकोले कार्यक्रम सफल पार्न अध्यक्ष जिले यो कार्यक्रम बजेटमा समाबेश गर्नु भएको हो।
गाउँघरमा बढी मात्रमा आत्महत्या बढ्दो रहेकाले यश लाई न्यूनीकरण गर्न टोल टोलमा सचेतना कार्यक्रम जगाउने , भिजलका माध्यम बाट कक्षा सन्चालन गरिने बस्तिहरुमा सडक नाटक पनि प्रदर्सन गर्ने योजना
गरिएको उपाध्यक्ष तरामुले बताउनु भयो।उपाध्यक्ष लाई रुरु संन्चार अन्लाईन खबरले यसै शिलशिलामा जिज्ञासा राख्दा हरेक नारि बर्गहरुमा यो तालिम आवस्यक रहेकोले अवका दिनहरुमा सबै बिद्यालयमा यो आत्म रक्षा तालिम सन्चालन गर्न आफै लाग्ने बताउदै योजना बद्दरुपमा आफना सबै योजना हरु पूरा गर्ने प्रतिबद्धता जायर गर्नु भयो।



